उडान व्यवस्थापनको एउटा कथा
काठमाडौं । एयर इन्डिया अप्रेसन विभागबाट बम्बईदेखि काठमाडौँसम्मको इन रुट वेदरको रिपोर्ट लिएपछि म सिधै बे. नम्बर ५४ मा राखिएको हाम्रो ध्वजाबाहक जहाजको ककपिटमा गएँ ।
जहाज ठीक समयमा अवतरण भएको थियो । जहाजमा रिफ्युलिङको काम सकेर क्लिनिङको काम भैरहँदा आज क्लिनिङमा विशेष ध्यान दिनु है भनेर क्लिनिङ सुपरभाइजरलार्ई सम्झाएँ । त्यो दिन कमान्ड पाइलटमा हुनुहुन्थ्यो क्याप्टेन एसके श्रेष्ठ र कोपाइलट हुनुहुन्थ्यो योगेश हिराचन ।
मैले वेदर रिपोर्ट योगेश हिराचनलाई दिए । रिपोर्टिङअनुसार योगेशले मुम्ब्र्य टावरसँग आफ्नो जहाजको बारेमा, कल साइन, प्यासेन्जर कन्फिगरेसन, फ्युल, कार्गो बारेमा रिपोर्टिङ गर्नुभो । ग्राउन्ड सर्भिसको कामहरू सबै सकिएपछि प्यासेन्जर छोड्नु भन्नूभो क्याप्टेन एसके श्रेष्ठले ।
मैले भित्र चेकइन काउन्टरमा गोपाल तन्डुकार दाइलाई खबर गरेँ । आर एन पान्डेले अघि नै प्रि बोर्डिङ सकिसक्नुभएको खबर आयो उताबाट । म बोर्डिङ गेटमा गएँ । एयर इन्डियाका सपोर्टिङ युनिटका भाइहरूलाई प्यासेन्जर बोर्ड गर्न अनुरोध गरे । एयरबस ३२० मा एक सय बीस जना यात्रु, दश टन कार्गो भनेपछि लोड राम्रै थियो । एक्सेज ब्यागेज पनि पाँच सय किलो थियो । जहाजमा राम्रो लोड छ भनेपछि क्याप्टेन एसके श्रेष्ठ पनि खुसी हुनुभो ।
बिज्नेस क्लासमा मात्रै दुईजना यात्रु थिए । त्यो दिनको फाइनल प्याक्स कन्फिगरेसन २/११८ थियो । यात्रुका लागि खाना काठमाडौँबाट नै लोड हुन्थ्यो । म एयरपोर्ट मेनेजर थिए । एयरपोर्ट अप्रेसन, चेकइन, प्यासेन्जर ह्यान्डलिङ, एराइभल, डिपाचरको सम्पूर्ण जिम्मेवारी मेरो थियो । म त्यही दिन दुई दिनको लागि काठमाडौँ ड्युटीमा जाँदै थिएँ । आज म पनि हजुरहरूसँगै काठमाडौँ जाने भनेपछि क्याप्टेन एसके श्रेष्ठ पनि खुसी हुनुभो ।
स्टेसन खोलेको थोरै समयमा नै मुर्म्ब्य स्टेशनले राम्रै प्रगति गरेको कुरा यता हेड अफिसमा बेला–बेलामा कुरा उठेको थियो रे । यही हौसलाले पनि हाम्रो सिंगो टिमलार्ई काम गर्ने वातावरण मिलिरहेको थियो । त्यो दिन बिज्नेस क्लासमा दुई जना यात्रु मात्रै थिए । अरु सिट खाली नै थिए । रिफ्युलिङ, क्लिनिङ, प्यासेन्जर बोर्ड गर्ने काम सकेर म स्वयं जहाजभित्र बसें ।
क्याप्टेन एसके श्रेष्ठले बिजनेसमा आउनू भन्ने अनुरोध एयरहोस्टेस बहिनीले खबर ल्याए पनि म आफ्नो क्लास ५ को एफमा थिएँ । क्याप्टेनले अगाडि बोलाउनासाथ म अगाडि गइनँ । त्यहाँ अघिदेखि एउटा सुन्दरी नेपाली हिरोनी ५ को ए सिटमा बसेकी थिइन् । उनको छेउमा एउटी अपाङ्गता भएकी बहिनी (दुवै हात नभएको ५ को सी सिटमा बसेकी थिइन् ।
जब ती सुन्दरी हिरोनीले आफूसँगै ती अपाङ्गता भएकी बहिनीलाई देखिन् तिनले एयरहोस्टेज बहिनीको सातो खाइन् र भन्दै थिइन्, ‘यस्ता अपाङ्ग बसेको सिटमा मलार्ई किन राखेको ? यिनको दुवै हात छैन के मैले यिन्लाई फ्लाइटमा खाजा ख्वाउनु र बाथरुम मुताउन लानुपर्ने हो ?’
‘पर्दैन बहिनी यिनको सेवाको लागि त हाम्रो क्रु टिम छँदै छ नि’
‘जे भए नि मलार्ई मतलब छैन । म यिनीसँग बस्दिनँ, कि यिनलाई यो सिटबाट हटाउनु कि मेरो सिट उता बिज्नेसमा खाली देखेँ त्यता सार्दिनुस् ।’
‘तपाईं बिज्नेस क्लासमा बस्ने हो भने इकोनोमिक्स क्लास र बिज्नेस क्लासबीचको पैसाको डिफिरेन्स तिर्नुपर्छ बहिनी !’
एयर होस्टेसको कुरा सुनेर ती हिरोनी झन् जंगिइन् । झगडा गर्न थालिन् तिनले । त्यतिकैमा जहाज टेकअफ प्वाइन्टमा पुग्यो । सबैलार्ई सिटबेल्ट बाँध्न र आ–आफ्नो सिटमा धैर्यतापूर्वक बसिदिन आग्रह आयो । तर ती नेपाली हिरोनी बेल्ट नै नबाँधी एयर होस्टेजलाई बोलाइरहेकी थिइन् । जहाज टेकअफ भो । ती हिरोनीले रातो बत्ती थिचिरहिन् । विमान परिचारिका नजिक पुग्दा ती अपाङ्ग बहिनी रोइरहेकी थिइन् । हिरोनी फेरि कराउन थालिन् कि म यस्ती अपाङ्ग महिलासँग बस्दिनँ मलार्ई क्याप्टेनलार्ई भेट्न दिनु म आफ्नो सिट परिवर्तन गर्छु भनेर ।’
अति नै भएपछि विमान परिचारिका ककपिटमा क्याप्टेन एसके श्रेष्ठलार्ई रिपोर्टिङ गर्न गइन् । एकछिनमा क्याप्टेन एसके श्रेष्ठ ककपिट कक्षबाट बाहिर निस्कनुभो । ती नेपाली हिरोनीले क्याप्टेनलार्ई चिनेको जस्तो गरेर हात मिलाउन गइन् । तर क्याप्टेन एसकेले हात मिलाउन मान्नुभएन । क्याप्टेन बोल्न थाल्नुभो, ‘ल भन्नुस् बहिनी तपाईंको समस्या के हो ?’
‘मलार्ई किन अपाङ्ग बस्ने सिटमा राखेको ?’
‘तपाईंले यो सिट आफैँले माग्नुभएको रे नि त अगाडिको दिनु भनेर’
‘होइन मलार्ई के थाहा यो सिट अपाङ्गहरूको लागि पनि हो’
‘जहाजभित्र आएपछि सद्दे, अपाङ्ग भन्ने हुन्न सबैजना यात्रु हो ।’
‘मलार्ई यो सिटबाट सार्दिनुस् म अपाङ्गसँग बस्दिनँ’
एकछिन्पछि ती अपाङ्ग बहिनीलाई क्याप्टेनको अनुरोधमा बिज्नेसक्लासमा स्थान्तरण गरिन्छ । क्याप्टेन एसके श्रेष्ठ आफैँ आएर सलाम गर्छन् । माफी माग्छन् । ती अपाङ्ग महिला थिइन् आर्मी मेजर शान्ता थापा, जसको हात माओवादी द्वन्द्वकालमा होलेरीको जंगलमा शत्रुसँग भिड्दा गुमेको थियो । राष्ट्रको लागि लडेका ती हातलाई सलाम गर्दै विमान परिचारिकाले ससम्मान भित्र बिज्नेस क्लासमा लैजाँदा ती नेपाली हिरोनी वाक्क परेर ती अपाङ्ग यात्रुलाई हेरिरहेकी थिइन् । अनुहार राम्रो तर हृदय कुरूप भएकी ती हिरोनीलाई विमान परिचारिकाले भनिन्, ‘तपाईलार्ई खाना खान मदत चाहियो भने भन्नुहोला है ?’
जहाज आफ्नै गतिमा दिल्ली एयरपोर्ट नजिकै पुग्दै थियो । क्याप्टेन एसके श्रेष्ठ मेरै प्रतीक्षामा हुनुहुँदोरहेछ । म त्यहाँ पुगेँ ।
‘काउन्टरमा प्यासेन्जर चेकइन गर्दा सिटहरू प्यासेन्जर अन डिमान्डमा होइन सिस्टमबाट नै दिनु लाउनू सिटौलाजी !’
‘हस् सर ! तर आज म्यानुल चेकइन गरेको सिस्टम बिग्रेर ।’
जिन्दगी आजसम्म म्यानुअलमै चलिरहेको छ खै कहिले पनि गल्ती भएन । डिजिटलमा चल्नको लागि त हामीसँग प्रशस्त व्याकअप हुनुपर्छ । जहाजमा खासै खाना खान पनि मन लागेन । झोक्राए केहीबेर । सुस्ताएर बाहिर हेरिरहे । परपर बिजुली चम्किएको जस्तो लाग्यो । पृथ्वी र आकाश मिलेको जस्तो ।
क्याप्टेन एराइभल तयारीमा लाग्न ककपिट जानूभो । मेरो छेउको अर्को सिटमा मेजर शान्ता थापा आरामले निदाइरहनुभएको छ । यो अनुहार जो रास्ट्रको लागि उपयोगमा आएको थियो अनि त्यो नेपाली हिरोनी जसको अनुहार हिराजस्तै चम्केको त थियो तर त्यो हिराभित्रको कुरूप कीराले कसरी मान्छेको सग्लो इमान्दारिता मनुष्यत्वलाई खर्लप्प निलेको हुँदोरहेछ थाहा भयो ।
ती सुन्दरी हिरोनीको मुहारमा कसैले परबाट तेजाब छ्यापिदिएको सम्झिएँ । ती एकैछिनमा कुरूप भएको सम्झिएँ । अनुहार कुरूप अनि मन पनि कुरूप भएपछि के तिनले पनि आफूलाई अपाङ्ग सम्झिन्छिन् कि वा सधैँझैँ घमण्डको रापिलो धुवाँ जसले कुनै दिन सत्यको पर्दा च्यातिदिनेछ र यो ईश्वरको सृष्टिमा कोही अपाङ्ग र कोही सपाङ्ग, कोही माथिल्लो जात र कोही तल्लो जातको हो भन्ने हीन भावनाको अन्त्य होला नि है !सोच्दै थिएँ । जहाजले ल्यान्डिङ गियर झा-यो । अलिकति पर आँखा पुगेछ । हाम्रो एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट ।
बहिनी सबै महिला तपाईंजस्तै सुन्दर नहोलान् । हामीले पुज्ने मूर्ति पनि कति सुन्दर हुन्छ । हामीले अक्षता पाती चढाउँछौ सदा त्यसलाई तर त्यो सुन्दर मूर्ति परेको बेलामा हाम्रो आँसु पुछ्न कहिले अगाडि आएन । तपाईं त्यो ढुंगाको मूर्तिजस्तो नबन्नुस् है ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया