कामीरिताको कीर्तिमान र गुनासो सम्बोधन
काठमाडौं । गएको वैसाख २३ गतेका दिन विश्वप्रसिद्ध पर्वतारोही तथा हिमाल आरोहण क्षेत्रका सफल गाइडहरूमध्ये एक कामीरिता शेर्पाले विश्वकै अग्लो हिम चुचुरो सगरमाथाको शिरमा २५औं पटक पाइला राख्न सफल हुनुभएको छ । स्मरणीय छ उहाँलगायत ११ जनाको शेर्पाहरूको टेक्निकलले यो वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोही टोलीको रुपमा सगरमाथा आरोहण गर्नुभएको थियो ।
निश्चय नै उहाँको सो साहसिक कर्म नेपाल र नेपालीहरूका लागि मात्रै नभएर विश्व पर्वतारोहण जगत र विश्वका पर्वतारोही प्रेमी जनहरूका लागि पनि एक अविशमरणीय घटना हो । किनभने कामीरिताले सगरमाथा आरोहणमा राख्नु भएको २५औं पटकको विश्व कीर्तिमान लर्तरो र सानोतिनो काम पक्कै होइन । हुन पनि विश्वको अग्लो हिमचुचुरोको शिरमा यसरी २५औं पटक पाइला राख्ने काम दुर्लभ कीर्तिमान हो ।
त्यसो त उहाँले दुई वर्षअघि (सन् २०१९ मा) २४औं पटक सगरमाथा आरोहण गरेर फर्केपछि आफूले विश्व कीर्तिमान राख्नकै लागि भनेर २४औं पटक सगरमाथा चढेको नभएर कर्म गर्ने क्रममा चढेको हुनाले र सगरमाथा चढ्न आउने विदेशीहरूलाई अझै केही वर्ष सगरमाथा चढाउने क्रम जारी रहने हुनाले कति पटक चढ्ने ? भन्ने प्रश्नै नरहेको भनी एक अन्तर्वार्तामा बताउनुभएको थियो । तर, साथीभाइहरूले भने ३०औं पटक पनि सगरमाथाको चुचुरोमा चढ्न सक्ने भनी हौस्याइरहेका छन् । त्यसैले यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी रहेकोले गर्दा यही वसन्त ऋतुको मौसममै कामीरिता शेर्पाले २६औं पटक सगरमाथा आरोहण गर्नुहुने सम्भावना पनि कायमै रहेको छ । उहाँले यो काम सम्भवतः यही २६, २७, २८, वा २९ मेमा गर्नुहुनेछ । तसर्थ हामीले आजभोलि नै ‘विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले २६औं पटक सगरमाथा चढ्नुभयो भन्ने फेरि अर्को सुखद समाचार सुन्न बेर छैन ।
यसरी कर्म गर्दागर्दै विश्व पर्वतारोहण इतिहासमा २५औं पटक सगरमाथाको चुचुरोमा मानव पाइला राख्न सफल हुनुभएका कामीरिता शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा कर्म गर्न सुरु गर्नुभएको थियो भने, सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सफल हुनु भएको थियो । त्यस्तै सन् १९९८ देखि सफल गाइड/सरदारको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । सो क्रममा उहाँले सन् २००९ (मे ५ र २३), सन् २०१० (मे ५ र २४) र सन् २०१३ (मे १० र २२) मा एकै सिजनमा दुई–दुई पटक सगरमाथा चढ्नुभएको थियो ।
तर, उहाँ आफूले रोजी–रोटीको क्रममा वा भनौं जीवन निर्वाह गर्ने क्रममा २४ वा २५औं पटक सगरमाथा शिखरको चुचुरो चुम्न सफल हुनुभएको भए पनि नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई एल्डिच्युड कामदार (खास गरी शेर्पा गाइड) हरूप्रति नेपाल सरकारको बेवास्ता रहेको भन्ने सम्बन्धमा भने ठूलो गुनासो रहेको छ । यस सम्बन्धमा उहाँ भन्नुहुन्छ ‘सरकारले आफूहरूजस्तो हिमाल आरोहीहरूको उचित सम्मान गरेको छैन । सरकारले हिमाल आरोहणबाट राजस्वको आमदानीमा मात्रै ध्यान दिने गरेको छ ।
वास्तवमा कामीरिता शेर्पाजस्ता एक अद्भूत व्यक्तित्व बनाउनुभएका र, नेपालका मात्रै ‘लिजन्डेरी’ व्यक्तित्व नभएर विश्वकै पर्वतारोही तथा पर्वतारोहण प्रेमीहरूका लागि समेत ‘लिजन्डेरी’ व्यक्तित्व बनाउन सफल हुनुभएका कामीरिता शेर्पाजस्ता एक अद्भूत व्यक्तित्वले नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाइ एल्टिच्युड कामदारहरूप्रति नेपाल सरकारको बेवास्ता रहेको भन्ने जुन गुनासो वा दुःखेसो रहेको छ, सो गुनासो वा दुःखेसो सम्बोधन गर्ने सम्बन्धमा भने हामीले खासगरी, सम्बन्धित निकाय (नेपाल सरकार)ले एक पटक ठण्डा दिमागले सोच–विचार गरेर तुरुन्तै सकारात्मक ढंगको प्रतिफल दिने गरी कदम चाली हाल्नुपर्ने हुन्छ ।
अन्यथा नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई एल्डिच्युड कामदार (खास गरी शेर्पा गाइड)हरू नेपाली उखान ‘भिल्लको देशमा मणि’ भनेझैं भइरहनुहुनेछ । हुन पनि विश्वकै अग्लो हिम शिखर सगरमाथा आरोहण र त्यसमाथि मानवनिर्मित कीर्तिमानहरूको ओइरो नै लागेको छ । त्यसरी सगरमाथा आरोहण र त्यसमाथि मानवनिर्मित कीर्तिमानहरूको ओइरोको सम्बन्धमा भन्नुपर्दा धेरैजसो नेपाली शेर्पाहरूले नै यस्तो कीर्तिमानहरू राख्नुभएको छ ।
जस्तै नै यसअघि आप्पा शेर्पाले २१ पटक र फुर्वाटासी शेर्पाले पनि २१ पटक नै सगरमाथा शिखरको चुचुरोमा पाइला राख्न सफल भइसक्नुभएको छ भने स्वर्गीय भइसक्नु भएका नेपालकै सुन्दरे शेर्पा, आङथार्के शेर्पा, जाङबु शेर्पा, पासाङल्हामु शेर्पा, आङरिता शेर्पा, बाबुछिरी शेर्पालगायतले पनि विभिन्न खाले कीर्तिमानहरू राख्नुभएको छ । त्यस्तै भविश्यमा पनि सगरमाथा शिखरमाथि अनेक कीर्तिमान राख्ने कति नेपाली शेर्पा गाइडहरू जन्मनुहुनेछ ? हामीले अहिले नै किटेर भन्न सकिने कुरो भएन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया