धान रोपाइँको प्रदेशगत अवस्था
काठमाडौं । मुलुक कृषिप्रधान देश भनिए पनि एक खर्बभन्दा बढी कृषिजन्य उत्पादन प्रत्येक वर्ष आयात गर्नुपरेको कुरा कुनै नौलौ होइन । कृषि क्षेत्रले कुल जनसंख्याको झण्डै ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपीमा पनि २७ प्रतिशत योगदान यसै क्षेत्रबाट प्राप्त हुने गरेको छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण यस क्षेत्रलाई मानिएको छ ।
मूलतः असार तथा साउन महिना मानो रोपेर मुरी फलाउने मौसम पनि हो । नेपालभर १४ लाख २४ हजार हेक्टरभन्दा बढी धानखेती हुने अनुमानको तथ्यांक कृषि मन्त्रालयसँग छ । यसमध्ये गत साउन २० गतेसम्म सातै प्रदेशमा जम्माजम्मी ९८ प्रतिशत अर्थात् झण्डै १४ लाख हेक्टरमा रोपाइँ भएको सम्बन्धित क्षेत्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ बढेको छ । विगत ५ वर्षयता धान उत्पादन क्रमशः वृद्धि भइरहेको छ ।
यो वर्ष पनि धान उत्पादन एक लाख मेट्रिक टनभन्दा धेरै हुने विभागको अनुमान छ । गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार सात सय १० टन धान उत्पादन भएको छ । यो वर्ष करिब ५८ लाख टन धान उत्पादन हुने विभागको अनुमान छ । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७६/७७मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ । तसर्थ सरकारले आगामी ५ वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ । आर्थिक २०७१/७२ देखि नेपालमा धान उत्पादन वार्षिक रूपमा बढिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
राष्ट्रको सात प्रदेशलाई समष्टिरूपमा अवलोकन गर्ने हो भने प्रदेश नम्बर १ मा दुई लाख २५ हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती हुनेगरेको विभागको तथ्यांक छ । यसमध्ये धानको रोपाइँ दुई लाख १४ हजार पाँच सय १० हेक्टर अर्थात् ९५ प्रतिशत रोपाइँ भएको छ भने रोपाइँ हुन बाँकी भने ११ हजार दुई सय ९० हेक्टर अर्थात् ५ प्रतिशत रोपाइँ हुन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ ।
त्यसैगरी मुलुककै अन्न भण्डारको रूपमा चिनिने प्रदेश २ मा पर्ने विभिन्नजिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यस वर्ष धानको रोपाइँ शतप्रतिशत भएको छ । त्यसरी नै वाग्मती प्रदेशमा भने एक लाख १५ हजार दुई सय ९५ हेक्टरमध्ये एक लाख १२ हजार चार सय ३६ हेक्टर अर्थात् ९७ दशमलव ५ प्रतिशत क्षेत्रफलमा धानको रोपाइँ भएको र दुई हजार आठ सय ५९ हेक्टर अर्थात् २ दशमलव ५ प्रतिशत धानको क्षेत्रफलमा मात्र रापाइँ हुन बाँकी रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा भने एक लाख २० हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख १६ हजार सात सय ३३ अर्थात् ९६ दशमलव ९ प्रतिशत रोपाइँ भई तीन हजार सात सय ९७ अर्थात् ३ दशमलव १ प्रतिशत बाँकी रहेको सम्बन्धित क्षेत्रले जनाएको छ ।
त्यसरी नै लुम्बिनी प्रदेशमा पनि तीन लाख ६५ हजार ९३ हेक्टर धान खेतीमध्ये तीन लाख ५५ हजार ५३ हेक्टरमा अर्थात् ९७ दशमलव ३ प्रतिशत रोपाइँ भइसकेको र रोपाइँ हुन बाँकी १० हजार ४० अर्थात् २ दशमलव ७ प्रतिशत बाँकी रहेको कृषि विभागले जनाएको छ । त्यस्तै गरी कर्णाली प्रदेशमा ४६ हजार र सुदूरपश्चिम प्रदेशमा एक लाख ८५ हजार आठ सय ४६ हेक्टरमा धानको खेती हुनेगरेको छ । उक्त दुवै क्षेत्रहरू मा धानको शतप्रतिशत रोपाइँ भएको सम्बन्धित क्षेत्रले जनाएको छ ।
नेपालमा जलवायु परिवर्तन र विश्वव्यापी कोरोनाको महामारीको कारणहरूले धान उत्पादनमा समस्या एवं चुनौती थपिएको छ । यसरी आर्थिक दृष्टिले भन्ने हो भने नेपालमा धान उत्पादन एक खर्ब रुपैयाँभन्दा बढीको हुने गर्दछ । धान उत्पादन १० प्रतिशतले वृद्धि हुँदा कुल ग्रार्हस्थ्य उत्पादन १ प्रतिशतले बढ्ने देखिन्छ । त्यसैगरी चालू आर्थिक वर्षमा करिब ४० लाख मेट्रिकटन चामल आवश्यक पर्नेमा ३४ लाख मेट्रिकटन स्वदेशमै उत्पादिन धानबाट प्राप्त हुने र छ लाख मेट्रिकटन अपुगहुने देखिएको छ । वार्षिक करिव एक खर्ब ५० अर्ब रकमबराबरको धान तथा धानका सहायक उत्पादन हुनेगरेको छ भने चामल आयातका लागि ३१ अर्ब रकम बाहिरिने गरेको तथ्यांक छ ।
समष्टिरूपमा मुलुकभरको अवलोकन गर्ने हो भने १४ लाख २४ हजार एक सय ७९ हेक्टर धान रोपाइँ हुने खेतीयोग्य भूमि रहेको अनुमान छ । त्यसमध्ये हालसम्म धानको रोपाइँ १३ लाख ९६ हजार एक सय ९३ हेक्टर अर्थात् ९८ दशमलव ०९ प्रतिशतमा रोपाइँ भइसकेको अवस्था छ । अब बाँकी २७ हजार नौ सय ८६ हेक्टर अर्थात् १ दशमलव ९१ प्रतिशत धानको रोपाइँ हुने भूमि रहेको अनुमान छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया