नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–६
काठमाडौँ । पहिलाका जमानामा धेरैजसो बाहुनहरुले वेद, पुराण, शास्त्रका ज्ञान धेरथोर राख्ने गर्थे भने अधिकांश कसै न कसैको पुरोहित र केही संस्कृत शिक्षक समेत हुने गर्थे जसले शास्त्रहरुका ज्ञान धार्मिक कृत्य र विधिको शिक्षा दिनु प्रमुख कार्य हुने गथ्र्याे ।तर जैसी बाह्मणबाट भने शिक्षादीक्षा धार्मिक कृत्य आदि गराँदैनथ्यो । पहिलाका समयमा जैसी ब्राह्मणलाई उपाध्याय र कुमाइभन्दा तल हेरिनुका साथै ती जैसीमा पनि असल, मध्यम र कमसल अर्थात् भाट जैसी भनी वर्गीकृत गरी भाट जैसीलाई निम्न रुपमा हेर्ने गरिन्थ्यो ।
यीमध्ये उपाध्याय केटोले उपाध्याय केटीलाई बिहे नगरी ल्याएकाको सन्तान असल जैसी भनिन्थ्यो । यस्तै उपाध्याय केटोले उपाध्याय विधवा केटी बिहे गरी जन्माएको सन्तान समेत असल जैसीमै गनिने गर्थे भने उपाध्याय केटोले जैसीको विधवालाई विवाह गरी ल्याएमा मध्यमवर्गको जैसी हुन्थ्यो भने कमसल वा भाट जैसी भन्नाले उपाध्याय ब्राह्मणले १ वा सोभन्दा बढी श्रीमान् विवाह गरेकी विधवा कन्या भित्र्याएमा तिनका सन्तान भाट जैसी कहलिने गर्थे ।
ब्राह्मण वा बाहुनका धेरैजसो थरहरु ठाउँबाट अर्थात् जुन स्थान वा गाउँठाउँमा बसोबास गरे सोही ठाउँको नामबाट रहन गएको छ भने अर्काे कर्म अर्थात् जे काम गरे सोही कार्य वा पदका नामबाट थरहरु बन्न गएका छन् । जस्तै: राजाको अधिकारप्राप्त व्यक्ति अधिकारी हुन गए भने राजदरबारको भण्डार सम्हाल्ने व्यक्ति भण्डारी भनी कहलिन पुगे, यस्तै संस्कृतमा आचार्यसम्म पढेका व्यक्तिहरुको थर आचार्य बन्न गयो भने दीक्षा दिने दीक्षित कहलिए । त्यस्तै गरी कर अधिकृत वा राजाका कर संकलक उच्च ओहोदोका व्यक्ति सिञ्जाली भाषामा कार्की हुन गए । त्यस्तै महताराबाट महत पनि पदअनुसार रहन गएको थरका रुपमा हामी पाउँछौँ ।
नेपाली खस आर्य बाहुन तथा क्षेत्रीयहरुको विभिन्न थरहरु कसरी बन्न गए भन्ने कुराको वर्णनलाई यस प्रकार पनि बुझ्न सकिन्छ:
अधिकारी: यी ५ प्रकारका हुने गर्छन् भने यी ५ प्रकारका अधिकारी पनि भिन्दाभिन्दै गोत्रका हुने गर्छन् । काम वा कार्यद्वारा बनेको थर हुनाले अधिकारी भिन्दाभिन्दै हुने गरेका हुन् । यी ५ प्रकारका अधिकारीहरुमा भण्डारे अधिकारी, शिलचिने अधिकारी यसैगरी कौवाली, धामी र ठाडाराई अधिकारी रहेका छन् ।
अडै तथा कार्की: राज्यका सर्वाधिकारसम्पन्न शासक, राज्यका ठूला क्षेत्रका प्रशासक सुतारकोट नामको थर्पुका कार्की सुतार कार्की भए ।
महत: महा अमात्यबाट महात हुन गई महत भन्न थालियो ।
आचार्य: कर्मबाट बनेको थर हुनाले आचार्यका कौण्डिण्य, वशिष्ठ गोत्र हुने गर्छ । यज्ञादि, अर्चनादि गरेकाले सम्मानित रुपमा आचार्य भनिएको हो । (स्रोत: आर्यदेखि अर्यालसम्म, प्रकाशोन्मुख)
अर्ज्याल: अर्ज्याललाई अर्जेल पनि भनिन्छ भने अचेल धेरै जसोले अर्याल थर लेख्ने गर्छन् । अज्र्याल थरको उत्पत्ति हुनुमा जुन ठाउँमा बस्यो सोही ठाउँको नामबाट रहन गएको हो । अर्जी भन्ने गाउँमा बिर्ता लिई बसेका परिवार अर्जेल वा अर्ज्याल भनिन थाले, सो गाउँ छाडी अन्यत्र बसाइ सरेपश्चात् अज्र्याल भनी चिनिन वा थर लेखाउन थालेका हुन् । अर्जी भन्ने गाउँ गुल्मीमा पर्छ ।
अर्ज्याल वा अर्जेल पनि दुई किसिमका हुन्छन् । बगाले अर्ज्याल र बिहारे अर्ज्याल । यी दुई बिहारे र बगाले अर्ज्याल समेत दुई भाइका सन्तान रहेका हुन् । शाह वंशका गुरु नारायण दास अर्ज्यालका जेठा छोरा उद्धव दास अर्ज्याल गोर्खामा भएका घरहरुमा सबैभन्दा ठूलो घर रहेकाले यिनको घरलाई बगाले घर भनिन्थ्यो । सोही हुनाले यिनका सन्तान दरसन्तान बगाले अर्ज्याल भनेर चिनिए । त्यसैगरी यिनका साइला भाइ विष्णुदासका घर दुई पाखा भएको र ठूलो गज (चौडाइ)तर्फ स–साना सिकुवा (घोटो) पाखा भएको घरमा बस्ने भाइलाई बिहारे अर्ज्याल भनियो ।
पृथ्वीपति शाहका पालामा नारायणदास स्वर्ग भएकाले र दरबारको धार्मिक कार्यमा बाधा पर्न गएकाले नारायणदासका जेठा छोरा उद्धवदासका सन्तानलाई बगाले र साहिला विष्णुदासलाई बिहारे भन्ने नाम राखी पुस्ता छुट्याई ३ दिन अशौच बार्ने गरी सुचार कार्य चलाइयो । (स्रोत: ‘आर्यदेखि अर्यालसम्म’ लेखक: ध्रुव प्र. अर्ज्याल)
अर्ज्यालको गोत्र आत्रेय गोत्र र त्रिप्रवर आत्रेय, अर्चनानस, श्यावस्य हो । यिनका सगोत्रीमा प. शिखरनाथ सुवेदीद्वारा यस प्रकार व्याख्या गरिएको छ ।
दुवाडी र दुवाल पौडेल र थापा कालिकोटे अनि ।
थापा फेरी पुवारचाहिँ र खुलाल थापा बगोली पनि ।।
पानी पोखरेल कालिकोटी खड्काअर्ज्याल , सिग्देल अरु ।
यी एघार सगोत्री त्रिप्रवर हुन् आत्रेय गोत्रीहरु ।।
उपाध्याय: अध्यापन गराउने ब्राह्मणलाई परापूर्वकालमा उपाध्याय भन्न थालिएको हो । अर्थात् वेदादि विद्वान् जसले वेद पुराण श्लोक आदिको शिक्षा दिने गर्दथे । ती उपाध्याय भए राणा कालसम्म पनि धेरै बाहुनहरुले आफ्नो थरले आफ्ना थर नलेखी उपाध्याय मात्र समेत लेख्ने गर्थे ।
पाण्डे: ब्राह्मण क्षेत्रीय दुवैमा हुन्छन् । ब्राह्मणहरुमा कुमाइ मात्र पाण्डे हुन्छन् । ती तीन प्रकारका हुन्छन् । सिमलदीया पाण्डे, कुलेटा पाण्डे र बडखोरा पाण्डे ।
पोखरेल: पोखरेल थर पोखर भन्ने स्थानको नाउँबाट रहन गएको हो । यो पोखर भन्ने ठाउँ भेरी अञ्चलको दैलेख जिल्लामा रहेको हो । सोही स्थानमा लामो समय बसोबास गर्ने बाहुन वा ब्राह्मणहरुलाई पोखरेल भन्न थालियो । पछि गएर पोखरेल पनि दुई किसिमका अर्थात् पानि पोखरेल र दूध पोखरेल भए । दूधले अभिषेक गर्ने दूध पोखरेल भए जो आत्रेय गोत्री हुन् भने पानीले अभिषेक गर्ने पानी पोखरेल भए जो भारद्वाज गोत्र हुन् ।
सुवेदी: कर्णाली अञ्चलको सुवाडा भन्ने स्थानमा बसेका खस आर्य ब्राह्मण सुवेदी भए । कसै कसैले सु–वेद अर्थात् राम्रो वेद वाचन गर्ने भएर सुवेदी भएका हुन् भनेर पनि व्याख्या गर्ने गरेका छन् ।
पौडेल: पौडी शब्दका गाउँठाउँ कुमाउलगायत पश्चिम नेपालमा समेत रहेको पाइन्छ । नेपालका पौड्याल वा पौडेल बाहुन भने पौडी सताला भन्ने स्थानका नामबाट नामकरण हुन गएको हो । पौडी सताला भन्ने स्थान भेरी अञ्चल दैलेख जिल्लामा पर्छ । पौडेल पनि काला पौडेल र गोरा पौडेल गरी दुई प्रकारका हुने गर्छन् । . . .
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया