प्लास्टिकको उपयोग र यसका असर
काठमाडौं । मानव सभ्यताको विकासको गतिसँगै दैनिक जीवनयापनमा सहजीकरणको वातावरण तयार रहोस् भन्ने भित्री मनसायअनुरूप विविध प्रकारका वस्तु तथा सेवाहरूको अन्वेषण, आविष्कार एवं उपयोगको गतिशीलताले प्रमुख प्राथमिकता हासिल गरेको देखिन्छ । जसमध्ये प्लास्टिकजन्य उपभोग्य वस्तुको विकास, विस्तार एवं प्रयोगलाई पनि लिन सकिन्छ ।
नेपाललगायत विश्वको जुनसुकै मुलुकमा पनि यसको प्रयोग दैनिक रूपमा उच्चगतिमा वृद्धि हुँदै आएको वर्तमान अवस्था हो । प्रचलनमा आएको तीव्रताको कारण प्लास्टिकजन्य वस्तुको जोखिमलाई समयमै व्यवस्थित गरी नियन्त्रणमा राख्न सकिएन भने सम्बद्ध उपभोग्य वस्तुको प्रयोगले कुनै पनि बखत आधुनिक मानव समुदायलाई अकल्पनीय दुर्घटनाको चपेटामा पार्नसक्ने तथ्यलाई इङ्कार गर्न मिल्दैन । त्यसो भएको हुँदा जोखिमको सम्भावना बोकेको वस्तुको प्रयोगको मात्रालाई न्यू्न गर्न सरोकारवाला पक्षको ध्यान पुग्नु अत्यन्त जरुरी भइसकेको छ ।
व्यापार प्रवर्द्धनको सिलसिलामा उपभोक्तालाई सामान खरिदको लागि सहज रहोस् भन्ने उद्देश्यअनुरूप सानो आकारका प्लास्टिकको झोलाको अतिरिक्त मुलुकका विभिन्न भू–भागमा छरिएर रहेका प्लास्टिकजन्य सोतो गुफा आकारका मानवनिर्मित कृत्रिम बजारलाई समयमा नै उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । अन्यथाः तत्सम्बन्धी सम्भावित अकल्पनीय गम्भीर दुर्घटनाको सिकारबाट उक्त क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने व्यवसायी एवं उपभोक्ता वर्गको जीवन सुरक्षा संवेनशीलताको रक्षाको लागि गम्भीर प्रश्न खडा हुने देखिन्छ ।
हेर्दा सामान्य प्रवृत्तिको लाग्ने प्रस्तुत निर्माणको सन्दर्भमा संवेदनशील भएर अध्ययन गर्ने हो भने उक्त गुफाजन्य व्यवसाय निर्माणस्थललाई मानव जीवन सुरक्षाको दृष्टिले कुनै पनि हालतमा प्रयोगको लागि उपयुक्त मान्न सकिने वैज्ञानिक आधार देखिँदैन । दिउँसै पनि विद्युत् सेवाको उपयोगको भरमा व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यताका कारण कुनै पनि तवरबाट सेवा अवरुद्ध भएको खण्डमा प्रकाशको लागि वैकल्पिक व्यवस्थापन गर्दा प्रयोगमा ल्याइने मैनबत्ती, टुकी, लालटिन वा प्रेट्रोम्याक्स बाल्ने क्रममा अथवा अन्य कुनै पनि कारणले निम्तिन सक्ने कहालीलाग्दो सम्भावित दुर्घटनाजन्य अवस्थालाई सहजै नजअन्दाज गर्न मिल्दैन ।
किनभने प्लास्टिकजन्य वस्तु तथा लत्ताकपडाका अतिरिक्त अन्य उपभोग्य सामग्रीले भरिएका गुफाजन्य व्यावसायिक निर्माणस्थलहरूमा मानवीय त्रुटि वा अन्य कुनै पनि सानोभन्दा सानो लापरबाहीले पनि आगलागीजन्य ठूलै दुर्घटना उत्पन्न हुनसक्ने अर्को तथ्यलाई विशेष हेक्का राख्दै कार्य गर्नुपर्ने हुन्छ । कुनै पनि दुर्घटनाहरू भवितव्यवश हुने भएकाले कुन, कति, र के कारणले दुर्घटना हुनसक्छ भन्नेतर्फ समय खेर फाल्नुभन्दा सुरक्षात्मक रणनीतिलाई अख्तियार गर्दै व्यवहारतः लागू गर्नु बुद्धिमानी ठहरिनेछ । तसर्थ सम्भावित दुर्घटना न्यूनीकरणका लागि समयमै ध्यान पु-याउनु क्षतिको दर न्यूनीकरण गर्नुसरह अवस्था हो भन्दा फरक नपर्ला ।
भनिन्छ, रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै सुरक्षाका अब्बल उपाएहरू हुन् । घटनापश्चात् सम्बद्ध दोषी पत्ता लगाई आयोगहरू निर्माण गरी क्षतिपूर्तिको व्यवस्थापन गर्नुभन्दा क्षतिपूर्तिका लागि खर्चिने रकमलाई समस्या समाधानका पक्षमा नयाँ र नौलो प्रविधियुक्त उपाएहरू अपनाई व्यापक जनधनको क्षतिबाट सम्भाव्य समूूहलाई सकुशल जोगाउनु नै सही अर्थमा उचित सहयोगको साथै मानवीय धर्म निभाएको मान्न सकिनेछ । यसका साथै अत्यधिक रूपमा प्लास्टिकको प्रयोग गर्दा वा खाद्यवस्तुको प्याकेजिङको समयमा उल्लेख्य मात्रामा प्लास्टिकजन्य वस्तुमा रहँदै आएको हानिकारक रसायनहरू मानव स्वास्थ्यमा प्रविष्ट हुनसक्ने सम्भावना एवं त्यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबाट सचेत रहँदै सुरक्षा संवेदशीलताका लागि अवलम्बन गरिने विविध पक्षका सन्दर्भमा अध्ययन गर्नुपर्ने हुन्छ । आजभोलि यस प्रकारका उपभोग्य वस्तुलाई पुनर्ताजगी गरी उपयोगमा लाउने चेष्टा गरिन्छ, जुन मानव स्वास्थ्य एवं पर्यावरण संरक्षणका लागि घातक साबित हुने यस क्षेत्रका जानकारहरूको बुझाइमा रहेको पाइन्छ ।
सुरक्षा एवं प्राविधिक दृष्टिबाट अनुपयुक्त ठहरिएका यस प्रकारका प्लास्टिक गुफाजन्य निर्माणकार्यलाई यथोचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । जसका लागि आवश्यकताअनुसार वैकल्पिक स्थानको पहिचान गर्ने अथवा सोही स्थानमा ग्याल्भनाइज पाता वा यस्तै प्रकारका अन्य सहजै अग्नि प्रतिरोधात्मक उपायका अनेकन विधिहरूलाई अपनाई सम्बद्ध समूहको न्यूनतम आधारभूत मानवअधिकारको रक्षा गर्दै व्यवसाय विस्तारको लागि उचित प्रबन्ध मिलाउनु राज्यको प्रमुख दायित्व समेत हो ।
बेला–बखत विश्वका विभिन्न सरहमा प्रस्तुत प्रविधिमा आधारित मानव निर्मित प्लास्टिकका गुफाजन्य स्थानमा भएका आगलागिका घटना र त्यस क्रममा भएको भागदौडका कारण उत्पन्न भएको मानवीय एवं भौतिक क्षतिलाई सम्भावित पाठका रूपमा लिँदै सकारात्मक कार्यको थालनी गर्न ढिलो गर्नु हुँदैन । यसका साथै प्लास्टिकजन्य पदार्थबाट निर्मित वस्तु आगलागिको जोखिमको हिसाबले लगभग प्रेट्रोलियम पदार्थसरहकै अत्यन्त प्रज्वलनशीलता कायम रहने हुँदा प्रयोगमा अझ धेरै मात्रामा सचेत रहनुपर्ने देखिन्छ । समस्या सिर्जना भएमा अग्नि प्रतिरोधात्मक उपायका अनेकन विधिहरू अपनाउन समेत कठिनाइ उत्पन्न हुने देखिन्छ । तसर्थ यसको विकल्पको लागि केही हदसम्म भए पनि धातुजन्य वस्तुको प्रयोगबाट निर्मित स्थानको पहिचान गर्दै व्यवहारतः उपयोगमा ल्याउनुपर्नेहुन्छ ।
तसर्थः संवेदनशील एवं जोखिमले भरिएको कार्य भएको हुँदा सम्भावित दुर्घटना न्यूनीकरणको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावमा समस्याले उग्ररूप धारण गर्नसक्ने अवस्था कायम रहन्छ । त्यसैले बेलामै आवश्यक सतर्कताका उपायहरू अवलम्बन गर्नुपर्नेछ ।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि सम्भव भएसम्म प्लास्टिकजन्य गुफा आकारका संरचनाहरूको निर्माणमा विशेष सावधानी अपनाउनु पर्नेछ । यदि बाध्यात्मक अवस्थामा निर्माणकार्य गर्नुपर्ने नै भए त्यस क्षेत्रको उचाइ बढाउँदै टिनको प्रयोगलाई उच्च प्राथमिकता राख्ने प्रयत्न गर्ने हो भने केही हदसम्म घटना न्यूनीकरणमा योगदान पुग्न सक्ला । अत्यधिक रूपमा प्रयोग गरिने प्लास्टिकका सामानले वातावरणलाई दूषित गर्नुको साथै सहजै गल्न वा कुहिन नसक्ने भएको हुँदा भूमिको उर्वरा शक्तिमा समेत ह्रासआई कृषि उत्पादकत्व अभिवृद्धिमा समेत न्यूनता कायम रहने प्रबल सम्भावना रहन्छ ।
जसका कारण पानी, प्राणवायु, एवं जमिन समेत प्रदूषित रहनेछ । साथै मानव सम्प्रदायलगायत सम्पूर्ण प्राणी जगतलाई प्रत्यक्ष वा परोक्ष असर पार्ने हुँदा प्लास्टिकजन्य प्रदूषणको कुप्रभावबाट आफू बचौँ र अरुलाई बचाउन सक्दो सहयोग गर्दै यसको प्रयोगको नकारात्मक प्रभावबाट मुक्त रहन जनचेतनामूलक कार्यक्रमलाई अत्यधिक रूपमा प्रचार प्रसार गर्नुपर्ने देखिन्छ । सम्भावित अग्नि नियन्त्रण एवं दुर्घटना न्यूनीकरणका सन्दर्भमा अपनाउनुपर्ने विपत् व्यवस्थापनसम्बन्धी तत्कालीन एवं दीर्घकालीन रणनीतिलाई यथासम्भव चाँडोभन्दा चाँडो प्रक्रियामा ल्याउन प्रयत्न गर्नु नै प्रकोप न्यूनीकरणको दरलाई उच्च प्राथमिकता राख्नुसरहको अवस्था हो ।
तसर्थ : अकल्पनीय दुर्घटनापश्चात् एक पक्षले अर्को पक्षलाई दोषारोपण गरी पन्छिने प्रवृत्तिको विकास गर्नुभन्दा क्षति न्यूनीकरणको लागि प्रभावकारी उपाय अपनाउनुपर्ने हुन्छ । सावधानीपूर्वक भन्नै पर्ने हुन्छ यसको प्रयोगको जति सहजता र सरलता छ, त्योभन्दा हजारौँ गुणा जोखिमको मात्रा रहेको हुँदा मानव सभ्यताको सुरक्षाको लागि प्रयोगमा न्यूनता नै अचुक उपाय हो भन्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया