कोभिड–१९, जल संकट र जनस्वास्थ्य संकट
काठमाडौं । कोभिड–१९ महामारीले हाम्रो अर्थ–सामाजिक अवस्थालाई धमिराले जस्तो गरी नोक्सानी पु-याइराखेको अवस्था छ । यस्तोमा हामीले यो सोच्न आवश्कय छ कि हामी सबैका लागि स्वच्छ सफा तरिकाले पानीको उपलब्धता कति महत्वपूर्ण होला यस विनाशकारी महामारीबाट बच्ने एउटा मात्र अचुक तरिका यो छ कि हामी लगातार आफ्ना हातहरूलाई प्रत्येक पटक कम्तीमा २० सेकेण्डसम्म धोऔँ अर्थात् सफा पानी रोगहरूको रोकथामका लागि दुनियाँको सबैभन्दा महत्वपूर्ण उपाय हो एवं वैश्विकस्तरमा चिकित्साकर्मीहरू यही सचेतना सूचना प्रवाह गरिराखेका छन् । यस्तोमा कोरोना भाइरसजस्तो वैश्विक दुश्मनलाई हराउनमा पानीको उपलब्धता एउटा महत्वपूर्ण कदम हुनेछ ।
अधिकांश मानिसहरू यस कुराबाट निश्चिन्त हुन सक्दछन् कि हामी आफ्नो धाराबाट पानी लिन्छौँ एवं त्यो सफा र स्वच्छ हुन्छ । फेरि पनि केही मानिसहरू यस्ता पनि छन् जसले यो सोच्न सक्दछन् कि यदि आफ्नै धाराको पानी सफा नभए के भो त हामीले बोतलबन्द पानी छाने त भइगयो नि । तर हामी दुई कुरा बिर्सन्छौँ, । पहिलो जुन पानी हामी खरिद गर्दछौँ त्यो पानी त सार्वजनिक स्रोतहरूबाट नै आउँछ । खनिजहरूको मात्रा पनि त्यसमा बढी हुन्छ । अर्को कुरा हामी यो सोचेर बोतलबन्द पानी किन्दछौँ कि यो सुरक्षित छ र पानीलाई ब्वाइलेटका रुपमा उत्र्सजित गर्दछौँ अर्थात् जतिधेरै पानी हामी उपयोग गर्दछौँ त्यति नै फोहर पानी हामी उत्पन्न गराउँदछौँ । यदि यो ढललाई उपचार गरिएन भने यसले प्रदूषण एवं जल जमावको समस्या उत्पन्न गराउनेछ, जुन सामान्यतया हाम्रा सहरी क्षेत्रका नदी प्रणालीमा देखिँदै आएको छ । वाग्मती सफाइ अभियान चलाउनुपर्ने कारण पनि यसैले गर्दा हो किनभने हामी आफैँले त्यसमा ढल मिसाएका थियौँ अर्थात् हामी एक पटक फेरि फोहोर पानीको युगमा फर्कन लागेका त छैनौँ ?
जल संकट एउटा जनस्वास्थ्य संकट पनि हो । केभिड–१९ को उदाहरणलाई हेरौँ त, २० सेकेण्ड हात धोएर भाइरस मार्ने सल्लाह दिइँदै छ । यसको अर्थ हुनेछ, प्रत्येक पटक हात धुँदा १ दशमलव ५ देखि २ लिटर पानी खर्च गर्नुपर्छ । यसरी पटक–पटक धुनुको मतलव हामीलाई प्रतिदिन प्रतिव्यक्ति १५–२० लिटर पानी आवश्यक पर्नेछ । हाम्रोसामु यो चुनौती छ कि विकासशील देशहरूका ठूलो जनसमुदाय सक्षम पानीको सहज आपूर्ति व्यवस्था छैन अनि ती समुदाय यो प्रलयकारी भाइरसबाट कसरी मुक्त रहलान् ?
यस प्रलयकारी कोभिड–१९ महामारीले हामीलाई अर्ती दिइराखेको छ कि हामी यस श्रृंखलामा त्यति नै कमजोर छौँ, जति दुनियाँमा निरिह, निःसहाय गरिब समुदाय हुन्छन् । त्यसैले यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक नागरिकसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् । ता कि कोही पनि यस प्रलयकारी कोभिड–१९ को सिकार नबनून् । पानी पनि यसैसँग सरोकार राख्दछ कि जनसमुदायसँग सफा पानीको पहुँच छैन भने यस महामारी फैलिनबाट रोक्ने क्षमता कहाँबाट पाउन त ? हाम्रो आफ्नो परिवेशमा जत्रै महाभारत गरी मेलम्चीको पानी ल्याए पनि पानी जनसमुदायको धारामा उराउनुपर्नेमा बाटा–बाटामा पानी आपूर्ति गर्ने पाइप फुटेर बरु सडक जलमग्न भएको रोमाञ्चक तीतो यथार्थ छ भने सरोकारवाला जिम्मेवार निकाय जस लिने आत्मरतिमा नै अल्झेको अवस्था छ ।
शुभ संकेत त यो छ कि हामीलाई थाहा छ के गर्नुपर्नेछ । हामी सबैले जानेकै कुरा हो कि पानीलाई पुनः उपयोग गर्न सकिन्छ । हामी यो सुनिश्चित गर्न सक्छौँ कि वर्षाको पानीको प्रत्येक थोपा संकलन गरौँ, स्थानीय जलभण्डारण प्राणलीहरूको निर्माण गरौँ । कम पानी चाहिने बालीनाली लगाऔँ र फोहोर पानीको प्रत्येक थोपालाई पुनः चक्रित गरेर प्रयोग गरौँ । वर्तमानको हाम्रो सहरी एवं ग्रामीण खानेपानी वितरण प्रणाली यति महँगो छ कि केही घरधुरीसम्म मात्र आपूर्ति गर्न सकएिको छ । धेरै टाढाबाट पानी ल्याउनका लागि जति लामो पाइप लाइन होला आपूर्तिको लागत त्यति नै बढी लाग्ला अनि समय पनि ।
हाम्रो आफ्नो परिवेशमा मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घर धारासम्म पुग्न झण्डै साढे दुई दशक लागेको दृष्टान्त ताजै छ । हाम्रा सहरहरूमा अझै पनि ठूलो संख्यामा जनसमुदायहरू पाइपबाट खानेपानी आपूर्तिको सुविधाबाट वञ्चित छन् । खासगरी वाग्मती, विष्णुमती, मनहरा खोला किनारमा वैध–अवैधरुपले बसोबास गरेका सुकुमबासी बस्तीहरूमा । तिनीहरू या त ट्याङ्करहरूबाट पानी लिन्छन् वा पिउनका लागि एवं अन्य घरेलु प्रयोजनका लागि वा अन्य फोहर एवं अविश्वसनीय जलस्रोतहरूमा निर्भर हुन्छन् जसबाट तिनीहरूको स्वास्थ्यमा नराम्रो असर पार्दछ ।
खानेपानी आपूर्तिको लागत जति बढी हुनेछ पानीलाई ढलबाट फिर्ता ल्याई त्यसलाई उपचार गर्ने खर्च पनि त्यति नै बढ्नेछ । ज्यादा पानी आपूर्ति एवं ज्यादा ढल उपचार प्लान्ट स्थापना एवं सञ्चालनका लागि योजना बनाउनु हाम्रा लागि पर्याप्त नहुने रहेछ । मेलम्ची खानेपानी आयोजनाको तीतो अनुभव हाम्रा अगाडि छँदै छ, अन्यबारे चर्चा नै किन गर्नुप-यो ? हामीले हाम्रा खानेपानी आयोजना सञ्चालन गर्नेबारे पुनर्डिजाइन गर्नुपर्ने अवाश्यकता पो देखिएको छ । जसले गर्दा हामी स्थानीय जलसंसाधन प्रणालीहरूमा लगानी गरेर पाइपलाइनको लम्बाइमा कटौती गर्न सक्षम होऔँ । हामीले पानीको कम उपयोग गरेर मागलाई पुनर्संरचना गर्नुपर्नेछ, जसले गर्दा खेर जान कम होस् । हामीले हाम्रा ढल प्रणालीहरूलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । सबै कुराको चुरो यति मात्र हो कि स्वच्छ सफा पानी सबैलाई सस्तो एवं सुलभ हुनुपर्नेछ । होइन भने यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध हुने छैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया