Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगओमिक्रोन अनि कोभिड–१९ का अन्य उपभेद

ओमिक्रोन अनि कोभिड–१९ का अन्य उपभेद


काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भ्यारियन्ट उपभेद आधिकारिक रूपमा विगत केही पहिला दक्षिण अफ्रिकामा घोषणा गरियो । हाल विश्वका ४० मुलुकमा फैलिएको अवस्था छ । यो कति घातक हुन सक्छ वा सक्दैन विस्तृत अनुसन्धानबाट थाहा हुन सक्ला तर अहिले नै केही भन्न सकिने अवस्था छैन । तैपनि कोभिड–१९ आफ्नो तीन पात्रो वर्ष यात्रा अवधिमा भिन्न–भिन्न खाले उपभेदसहित विद्यमान रहेको अवस्था अनि यस भारतीय उपमहादीपमा डेल्टा उपभेदले मच्चाएको दोस्रो लहरको प्रलयकारी ताण्डवपछि भने जनसमुदायमा, सार्वजनिक जनस्वास्थ्य एवं आवासीय चिकित्सा सेवा प्रदायकहरूलाई अलि चनाखो त बनाएको हुनुपर्दछ । साथै जनस्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्ने नियामक जिम्मेवारी बोकेका अधिकारीहरूलाई पनि सुरुका संकेतअनुसार ओमिक्रोन संक्रमितहरूमा देखिएको लक्षणहरू डेल्टा उपभेदको बेला देखिएको जस्तै तर न्यून घातक हो कि जस्तो छ । तर पनि वैश्विकस्तरमा जन स्वास्थ्य विज्ञहरू चिन्तित गराएको एउटा कुराले मात्र हो त्यो के भनेको हो भने यस भाइरसको सतहमा भएका स्पाइक काँडाहरूमा धेरैखाले उपभेदहरू छन्, तिनले कस्तो व्यवहार देखाऊलान् अनि कति द्रुत गतिमा परिचरण गरी फैलिएलान् एवं पहिलोको संक्रमण एवं खोप लगाएर विकास भएको प्रतिरक्षा शक्तिलाई भेद गर्ला कि भन्ने हो ।

दक्षिण अफ्रिका प्रयोगशाला परीक्षणमा धेरै जनसमुदायमा यो उपभेद देखिनु तथा धेरै जनसमुदाय आवासीय चिकित्सा सेवाका लागि स्वास्थ्य सेवा प्रदायक संस्थामा भर्ना हुनुलाई विश्व स्वास्थ्य संगठनले यस उपभेदलाई चिन्तित हुनुपर्ने भनी निगरानीमा राखेको छ ।

यस उपभेदबाट संक्रमित बिरामीमा लक्षणहरू डेल्टा उपभेदबाट संक्रमित बिरामी देखिएकै सरह पाइएको छ । तर कम घातक छन् । यसका संक्रमितहरूमा स्वाद एवं गन्ध हराउने लक्षण त कम नै भेटिएको तर मांसपेशीमा हुने दुखाइ बढी रहेको दक्षिण अफ्रिकाका चिकित्सकले जनाएका छन् । यसबाहेक ज्वरो आउने खोकी लाग्ने एवं सकल स्वास्थ्य अवस्था शिथिल हुनेगरेको छ । दक्षिण अफ्रिकाका प्रायजसो संक्रमित कलेज जाने उमेरका भएकाले तीनको प्रतिरक्षा प्रणलीले राम्रो काम गरेको हुनाले पनि यस्तो भएको हो कि भन्ने विश्व स्वास्थ्य संगठनको अहिलेसम्मको आकलन छ ।

ओमिक्रोनबारे यत्रो चिन्ता अनि चासो किन त ?
कोरोना भाइरस मानवीय शरीरमा प्रसारण हुने गर्दछ । जसले गर्दा निरन्तर उप परिवर्तित भई उपभेदहरू तयार हुन्छन् प्रायजसो त भाइरसलाई त्यति प्रात्साहित हुने मौका दिँदैन तर कहिलेकाहिँ उपपरिवर्तनले भाइरसलाई बढी उत्साहित गराउँछ, जस्ले गर्दा यो छिटो फैलिने तथा शरीरको प्रतिरक्षा प्रणालीलाई छल्न सफल हुन्छ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताले यस उपभेदको सतहमा भएको स्पाइक प्रोटिनमा ३० भन्दा बढी उपपरिवर्तित अवस्था विद्यमान रहेको उल्लेख गरेका छन् । यदि धेरै उपपरिवर्तित अवस्था हुनुलाई ओमिक्रोनले कतै पहिलेको संक्रमणपछि प्राप्त र खोपबाट प्राप्त प्रतिरक्षा शक्तिलाई भेद्ने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

यस उपभेदलाई किन ओमिक्रोन भनियो ?
जब विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ उपभेदहरूलाई नामाकरण सुरु गरे उनीहरूले ग्रीक वर्णमालाअनुसार अल्फा बेटा, गामा, डेल्टा गरी सजिलोका लागि नाम राखे । पहिलो उपभेद अल्फा सन् २०२० को मध्यमा ब्रिटेनमा पहिचान गरियो त्यसको लगत्तै बेटा दक्षिण अफ्रिकामा पहिचान गरियो । पहिलोले नयाँ कोरोना हो कि द्विविधा पार्ने अनि दोस्रोले चीनको राष्ट्रपतिको नामसँग जुध्ने विवाद सिर्जना गर्ला कि भन्ने त्रासले पनी नयाँ उपभेदको नामाकरण भएको देखिन्छ ।

धनी एवं शक्तिशाली राष्ट्रहरूले खोप अनावश्यक रूपमा थुपारेर राख्नाले विपन्न मुलुकहरूले खोप उपलब्ध गर्न ठूलो संघर्ष गर्नपरेको छ। यसले ठूलो संख्यामा जनसमुदाय खोपविहीन हुँदा सार्स–२ को भन्दा भाइरस त्यस्ता समुदायमा उपरिवर्तित हुन सहयोगी भई प्रतिरक्षा घेरा तोड्ने क्षमतासहित आउने खतरा बढेर गएको छ । जसको परिणामस्वरूप कोभिड–१९ आजको सन्दर्भमा जनस्वास्थ्यसम्बन्धी मात्र चासो रहेन । रोग देखिएको अवस्थामा गरिने प्रतिबन्ध यात्रा पर्यटन एवं व्यापारको क्षेत्रमा विकासशील देशलाई मात्र होइन विकसित मुलुक पनि अछुतो के रहलान्, यदि विपन्न एवं गरिब मुलुकका जनसमुदाय खोपविहिन भएको अवस्थामा ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x