अंग्रेजी नयाँ वर्ष र कोभिडको तेस्रो लहर
काठमाडौँ ।विश्वमा शनिबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भयो । मूलतः विभिन्न देशहरूमा आ–आफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एक–आपसमा मनाइन्छ ।
यसरी ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा इस्वी सन् २०२१ बिदाइ र नयाँ वर्ष सन् २०२२ को हार्दिक स्वागत गरियो । त्यसैले उक्त दिन विश्वभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइयो । यसर्थ पश्चिमी देशहरूमा प्रचलनमा रहेका विभिन्न पात्रोमध्ये ग्रेगोरियन पात्रोअनुसार सन् अर्थात् संवत् प्रचलनमा ल्याइएको थियो । फलतः यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो नामाकरण गरिएको थियो ।
यसरी न्यू एयरको रूपमा संसारभरि अंग्रेजी नयाँ वर्ष सन् २०२२ लाई नयाँ जोश र जाँगरलाई लिएर भव्यताका साथ मनाइन्छ । जब कि सन् २०२१ एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई नै कोभिड–१९ ओमिक्रोन संस्करणको कारणले गर्दा नै एक सयभन्दा बढी देशहरूमा फैलिसकेको अनुमान गरिएको छ । यस कहरको महमारीको कारणले गर्दा एक तिहाइ विश्व नै घरका छतमुनि धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोस्रो विश्वयुद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रूपमा लिइएको छ ।
विश्व अझै पनि भाइरसका तेस्रो लहरको साथै विभिन्न नयाँ संस्करणहरूको प्रभावमा छ, कतिपय देशहरू अझै खुलेका छैनन् । कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरू सुधारउन्मुख छन् । यसरी हेर्ने हो भने सेनाहरूभन्दा सेता कोटहरूले, हतियारगृहभन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य यस वर्षले प्रमाणित गरिदिएको छ । यस वर्षले विश्वलाई डिजिटल थलोहरूतर्फ डोहो-याएको छ । अब मानवीय अंगालोहरू च्याटबोर्डका इमोजिहरूले प्रतिस्थापन गरेको छ ।
यसरी भिडहरू अब डिजिटल थलोमा बढ्न थालेको छ अनि डिजिटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षमा भएको थिएन । यद्यपि, सन् २०२१ ले पछिल्ला शताब्दीभरिमा हुन नसकेका रूपान्तरणहरू एकैवर्षमा गरिदिएको छ । यस वर्षले नयाँ र नर्मल विश्वको परिकल्पना दिएर गएको छ । यसको साथसाथै नर्मल वर्षहरूको प्रतीक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो । अतः जिन्दगीलाई अनुभव र यादहरूको संगालो रूपमा लिन सकिन्छ । हरेक वर्ष एउटा नयाँ अनुभव संगालिँदै पुरानो वर्ष बित्छ भने नयाँ वर्ष आउँदछ ।
हुन त हामी नेपालीहरूको क्यालेन्डरदेखि चाडबाड अनि कार्यलगायत कुराहरू धेरैजसो विक्रम संवत्मा आधारित भएकाले यो इस्वी संवत्लाई आगन्तुक र पराई संवत्का रूपमा लिने पनि गरिन्छ । हरेक नयाँ वर्षहरूमा हामी केही सोचाइ या परिवर्तन गर्ने चाह राख्दछौँ तर ती धेरैजसो चाहहरू अनि वाचाहरू त्यतिकै तुहिएर जाने पनि गर्दछन् । यस वर्षको सकारात्मक सोच अनि प्रगतिका लावालस्करहरू तपाईँको पाइलाअगाडि रहिरहून्, फर्केर हेर्नु नपरोस् अनि ताकेका चिताएका कुराहरूमै निशाना लागोस् ।
विश्वमा प्रायः गरी धेरैजसो मुलुकहरूमा जनवरी १ तारिखका दिन अंग्रेजी नयाँ वर्ष भनेर मनाउने चलन बढिरहेको छ । हाम्रो देशमा भने यो झन्डै पुसको दोस्रो हप्तातिरबाट मात्रै अंग्रेजी नयाँ वर्ष सुरु हुनेछ र हामी नेपालीहरूको भने प्रत्येक वैशाख १ गतेबाट नै नव वर्ष सुरुवात हुन्छ । नेपालमा अन्य प्रचलित संवत्हरूमध्ये युगलवारनीय, शाक संवत्, नेपाल संवत् र इस्वी सन् मुख्य मानिएका छन् ।
संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । यसको साथसाथै राष्ट्रमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको बताएको पनि छ ।
यसरी अर्कोतिर हेर्ने हो भने इस्वी सन् २०२१ पक्कै पनि विश्व इतिहासमा आर्थिक रूपमा भन्ने हो भने संकटमय वर्षका रूपमा याद रहनेछ । चीनको वुहानमा पहिलो पटक देखापरेको कोरोना भाइरसले विश्वव्यापी रूप लिँदा दुनियाँभर ५२ लाख बढीको मृत्यु भइसकेको छ भने अझै संक्रमित संख्या झण्डै २७ करोड पार गरेको छ । यो महामारी रोकिने संकेत देखिएको छैन । यो महामारी सुरु भएको दुई वर्ष बितिसक्दा पनि बिरामीहरू दिनप्रतिदिन थपिने क्रम अझै रोकिएको छैन ।
यसरी अर्कोतिर हेर्ने हो भने कोरोना सन्त्रासले गर्दा पश्चिमी देशहरूमा भने सरकारले न्यू इयर इभका दिन भिडभाड नगर्न अनुरोध गर्दै आइरहेको छ । त्यसरी हाम्रो छिमेकी देश भारतमा चाहिँ विभिन्न सहरहरूमा रातिको कफ्र्यु जारी गरिएको छ भने ठूलो भिडभाड रोक्न कडाइ अपनाइएको छ । यसले संसारभर करोडौँ मानिसहरूले रोजगारी गुमाउनुको साथै हवाइ, यातायात, उद्योगधन्दा, कलकारखाना, पर्यटन व्यवसायबाट हात धुनुपर्ने स्थिति सिर्जना भएको छ । यसले गर्दा संसारभरिका रोजगारदाताहरूलाई नयाँ आर्थिक संकटको पनि जन्म दिएको छ ।
समग्रमा भन्नुपर्दा कोरोना महामारीका कारण यसपटकको नयाँ वर्षमा विश्वभरि नै पहिलेजस्तो उल्लासमय माहोल छाएको छैन । यसरी अंग्रेजी पात्रोअनुसार सन् २०२१ ले हामीलाई विभिन्न भोगाइ र अनुभव दिलाउँदै बिदा लिएको छ । यससँगै नयाँ वर्ष २०२२ को स्वागत गरिँदै छ । सन् २०२० को सुरुवातीदेखि नै संसारभर नै कोरोना कहर भोग्न बाध्य हुनेले सन् २०२२ लाई प्रतिकूलताका रूपमा लिनु स्वाभाविक हो । तर पनि यो वर्ष मानिसलाई जीवनको महत्व राम्ररी सिकाउन सफल भएको मान्नुपर्छ ।
यसरी अझै भन्ने हो भने थुप्रै मुलुकहरू यतिबेला कोभिडविरुद्ध संघर्षरत अवस्थामा भएकाले नयाँ वर्षको उत्सव मनाउनेसम्बन्धी विश्वव्यापी रूपमा विभिन्न नियमहरू लागू गरिएका छन् । अतः आकाशमा झिलिमिली पटकाको प्रस्तुतिलगायत सबै किसिमका सार्वजनिक कार्यक्रमहरू सिड्नीदेखि र न्यूयोर्कसम्मका सहरमा यसपालि विगतको भन्दा कमी नै रहेको देखिन्छ । उता युरोपमा त चाडपर्व मनाउने कार्य पूर्ण रूपमा रोक्ने प्रयास जारी छ । अतः कोरोना भाइरसको तेस्रो लहरको नयाँ प्रकारका कारण तीव्र रूपमा फैलने डरले पनि त्यहाँ सबै योजनाहरू स्थागित गर्नुपरेको हो ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीहरूले सो संवत् प्रचलनमा ल्याएका थिए । यसरी यो पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुन जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । त्यसमा केही विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको भन्ने भनाइ छ । यो विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो इस्वी सन् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो इस्वी सन् हाम्रो देशमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशी पाहुनाहरूले यसको प्रयोग गर्छन् ।
यसैगरी केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भिडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा न्यू इयर इभका नाममा यो संवत् मनाइन्छ । अतः यसरी आउने नव वर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गरिन्छ । यसरी स्वागत र बिदाइ गर्ने परम्परा आ–आफ्नो देशमा आ–आफ्नै प्रकारका हुन्छन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया