Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रदूषण न्यूनीकरण : आजको आवश्यकता

प्रदूषण न्यूनीकरण : आजको आवश्यकता


काठमाडौँ । गत मंसिर ११ गते शनिबार पनि नेपालको विभिन्न ठाउँहरूको वायुको गुणस्तर निकै खस्केको थियो । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सिमराको एक सय ९५ एक्यूआई, विराटनगरको एक य ९४, पोखराको एक सय ८९, काठमाडौँ कीर्तिपुरको एक सय ६९, रत्नपार्कमा एक सय १५, धनगढीमा एक सय ५९, जनकपुरमा एक सय २२ एक्यूआई भएको जनाएको छ ।

त्यस्तै मंसिर ४ गते शनिबार बिहान पनि काठमाडौँमा पीएम दुई दशमलव पाँचको मात्रा प्रतिघण्टा एक सय ७६ सम्म पुगेको आईक्यूएअरको तथ्यांकमा उल्लेख छ । विश्व स्वास्थ्यय संगठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्ययको लागि स्वस्थ भएको मानिन्छ । एक्यूआई एक सयभन्दा माथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ मानिन्छ ।

त्यस्तै गतवर्ष २०७७, चैत्र १३ गते बिहानसम्म सफा रहेको काठमाडौँको वायुमण्डल एकाएक धुमलिन पुगी क्षणभरमै तुँवालोले भरिएको थियो । भिजिबिलिटी झट्टै घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्हपछि हवाई सेवा समेत रोकिएको थियो । घरबाहिर निस्केका सर्वसाधारणले आँखा पोलेको महसुस गरेका थिए । विश्व स्वास्थ्यय संगठनले वायुको गुणस्तर सूूचकांक तीन सयभन्दा बढी भएकोलाई घातक भनेको छ । सो समयमा उपत्यकामा सूचकांक चार सय ७० सम्म रेकर्ड हुनपुग्यो । सो बेला काठमाडौँको चारै दिशाको जंगलमा २०७७, चैत्र १२ गतेदेखि नै डढेलो लागेको थियो ।

२०७७ चैत्र १२ गते बिहीबार एकैदिन ४७ जिल्लामा चार सय ७९ ठाउँमा डढेलो लागेको थियो । विज्ञका अनुसार सो दिनको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताएका छन् । नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्ने हो भने यति डढेलो विगतमा कहिलै लागको थिएन । मध्यफागुनदेखि वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्दछ । तर गतवर्ष हिमाली क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्न सुरु भएको थियो । सोको प्रभाव समेतले काठमाडौँमा प्रदूषण अत्यधिक मात्रामा बढेको विधितै छ ।

जाडोयाम बढेसँगै जताततै फोहोर बाल्ने र आगो ताप्ने क्रियाकलापहरू बढ्दछ । जसको कारणले गर्दा प्रदूषणको खतरासँगै डढेलोको खतरा पनि बढ्न सक्छ । गत वर्षको डढेलोको तथ्यांक र खतरालाई ध्यानमा राखी यस वर्ष सो समस्याको न्यूनीकरण तथा समाधानको लागि विपत् पूर्वतयारी योजनाको अति आवश्यकता पर्दछ । सोको लागि स्थानीय सरकारले बेलैमा सोच्न सके गत वर्षको जस्तो क्षति व्यहोर्नु पर्दैन ।

नेपालमा प्रदूषण बढ्नुमा भारतको पनि प्रभाव पर्दछ । कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषण समेत मिसिएपछि वायु थप प्रदूषण बन्छ । वायु वेगले बगेको भए प्रदूषण घट्थ्यो । तर हावा पनि चलेन, प्रदूषण मात्रै भित्रिरह्यो । सो कारणले वायुमण्डलको तल्लो तहसम्मै प्रदूषण अत्यधिक फैलिन्छ । विश्व स्वास्थ्यय संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि एक सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई दुई सय एकभन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । तीन सय एकभन्दा माथि पुगे घातक हुन्छ ।

प्रदूषणको कारण मानव स्वास्थ्ययमा गम्भीर असर परेको छ । सो असरको प्रभावले छाति, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमण हुने जोखिम बढेको छ । प्रदूषणको कारणबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित भएका छन् । स्वस्थ व्यक्तिमा पनि सो कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखा पोल्ने, छातिमा संक्रमण हुनेगरेको छ । भौगोलिक बनावटको कारण काठमाडौँको वायु प्रदूषण त्यसै पनि उच्च छ । बाक्लो बस्ती, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ ।

स्टेट अफ ग्लोबल एयर २०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण वर्षेनी ४२ हजार एक सय जनाको मृत्यु हुनेगरेको छ । वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ ।

वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाखभन्दा बढीको मृत्यु हुनेगरेको छ । यसको रोकथामको लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्ययकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भिडभाड भएको ठाँउमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि ।

तुवाँलाको स्तर व्यापक रहेसम्म आम व्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिन सल्लाह दिने, बढ्दो प्रदूषणको अवस्थामा मर्निङ, ईभिनिङ वाक, वा घरबाहिर गरिने व्यायामले स्वास्थ्ययमा असर गर्ने हुनसक्छ । सोबाट जोगिने, वायु प्रदूषणले छालामा समेत असर पार्ने, समयभन्दा अगावै बुढ्यौली आउने, चाउरिनु, छालामा दाग लाग्नुलगायतका थुप्रै छालासम्बन्धी समस्या देखुनका साथै तत्काल एलर्जी, छाला रातो हुने, विमिरा आउने, चिलाउने, घाउ हुने, जलन र संक्रमण हुनसक्ने हुन्छ ।

एक्जिमाको समस्या हुनेलाई वायु प्रदूषण÷तुवाँलोले झन् असर गर्न सक्छ । चिकित्सकका अनुसार प्रदूषण बढेको समयमा वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानी वा फेस वासले राम्ररी धुने र मोइस्चराइज वा नरिवलको तेल लगाउनुपर्छ । त्यस्तै समय–समयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छाला, जम्मा भएको प्रदूषक रसायनको तह आदि हटाउन सकिन्छ । स्वास्थ्यकर्मीका अनुसार तुँवालोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुनसक्छ । एलर्जी भएर आँखा जोडले चिलाएमा आँखाको सतहमा चोटपटक भई संक्रमणको खतरा हुनसक्छ ।

यस्तो प्रदूषणबाट आँखालाई जोगाउन बेला–बेलामा सफा पानीले धुनुपर्दछ । प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि सम्बन्धित निकायसँग समन्वयको कमी छ । यो अवस्थाबाट बच्न तत्कालीन र दीर्घकालीन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समन्वय गर्दै प्रदूषणजस्तो विपत्लाई अविलम्ब न्यूनीकरण गरी मानव स्वास्थ्ययको रक्षा गर्नु आजको आवश्कता हो । लेखकः डा. अधिकारी गुणस्तरीय जीवनमा विद्यावारिधि ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x