कोरोना महामारी र नेपाली पर्यटन
काठमाडौं । पर्यटनको कुरो गर्दा हामी नेपालीहरूका लागि सुखद कुरो के भने, सन् २०२० मा कोरोना महामारी (कोभिड–१९) का कारण धेरै कम संख्या (दुई लाख ३० हजार ८५) विदेशी पर्यटक मात्रै नेपाल घुम्न आएका थिए । त्यसो भए पनि सो वर्ष नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आमदानी भएको थियो । त्यस्तै अर्को वर्ष अर्थात् सन् २०२१ मा नेपाल आउने विदेशी पर्यटकको संख्या केही न केही संख्यामा भए पनि बढ्ने अपेक्षा गरिएकोमा सो नेपालको पर्यटनको वर्ष इतिासमै धेरै कम विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । स्मरणीय छ, सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए भने सो वर्ष पर्यटन क्षेत्रबाट कति रकमबराबर विदेशी मुद्रा आमदानी भयो ? सो बारेमा हालसम्म आधिकारिक निकायबाट तथ्य–तथ्यांक बाहिर आएको छैन ।
जे भए पनि सन् २०२० को पर्यटनबाट भएको आमदानीलाई तुलनात्मक रुपमा हेर्दा सन् २०१९ को तुलनामा ८० प्रतिशतले बढी आम्दानी भएको हो भन्ने विज्ञहरको भनाइ रहेको छ । जुन कुरो पर्यटन विभागले पनि आधिकारिक रूपमा पुष्टि गरेको थियो । हुन त तथ्यांक नै हेर्ने हो भने, सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट नेपाली पर्यटन उद्योग र नेपाल सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो, पर्यटन क्षेत्रबाट । हामी सबैलाई थाहा भएकै कुरो हो, अहिलेको पर्यटन क्षेत्रको दुरावस्था भनेको नेपालको मात्रै नभएर, विश्वभरिकै पर्यटन उद्योग र पर्यटनसँग सम्बन्धित व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भने सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानीसरह वुहानबाट फैलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’को महामारी नै हो भन्ने कसैबाट पनि लुकेको–छिपेको छैन ।
संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन ‘वर्ल्ड टुरिज्म अर्गनाइजेसन’ (युएनडब्लुटिओ) को पछिल्लो प्रतिवेदअनुसार विश्व पर्यटनमा पूर्ण रूपमा सुधार आउन अझैै लगभग तीन वर्ष अर्थात् सन् २०२४ सम्म लाग्न सक्छ भनेको हो । तर, कोरोना महामारीले अनेक रूप फेर्दै नयाँ–नयाँ ‘भेरियन्ट’ (हाल ओमिक्रोन)को रूप लिएर फैलिरहेको हुनाले अब त्यो अनुमान पनि गलत साबित हुने पक्का जस्तै भएको छ । त्यसैले अब सन् २०१९ को स्थितिमा विश्व पर्यटन आइपुग्न सन् २०२५/२६ सम्म लाग्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसपछि बल्ल बढोत्तरीको स्थितिमा पुग्छ, अर्थात् सन् २०२५/२६ पछि बल्ल विश्व पर्यटनमा संख्या (घुम्न निक्लने पर्यटक) र उनीहरूले गर्ने खर्च पनि बढ्दै जाने आशा गर्न सकिन्छ । त्यो पनि हालको कोरोना महामारी (कोभिड–१९)ले यही वर्ष (सन् २०२२ मा) विश्राम लिएमा ।
जे भए तापनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट फैलन सुरु भएको कोरोना महामारीले हाल (लगभग दुई वर्षपछि) केही हदसम्म कम हुँदै गएको संकेत गर्दै छ । यो संकेतसँगै विश्व पर्यटनले पुनः गति लिनेछ, आफ्नो लयमा पुनः हिँड्नेछ भन्ने आशा जागेको छ । आशा गरौँ नेपाली पर्यटनले पनि विस्तारै आफ्नो गति लिनेछ, पूरानै लयमा हिँड्नेछ, अझ अगाडि बढेर उन्नति र प्रगति गर्नेछ ।
तथ्यांक हेर्दा सन् १९६३ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्यांक राख्न थालेको देखिन्छ । तत्कालीन श्री ५ को सरकारले सन् १९६३ मा आधिकारिक रूपमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्य–तथ्यांक राख्न थालेको देखिन्छ । यसरी हेर्दा सन् १९६३ मा सात हजार दुई सय ७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै सन् १९६४ मा नौ हजार पाँच सय २६, सन् १९६५ मा नौ हजार तीन सय ८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलव ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार पाँच सय ६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार दुई सय नौ जना, सन् १९६९ मा ३४ हजार नौ सय जना, सन् १९७० मा ४५ हजार नौ सय ७० जना, सन् १९७१ म ४९ हजार नौ सय १४ जना, सन् १९७२ मा ५२ हजार नौ सय ३० जना, सन् १९७३ मा ६८ हजार ४७ जना, सन् १९७४ मा ८९ हजार आठ सय ३८ जना, सन् १९७५ मा ९२ हजार चार सय ४० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको माथि उल्लिखित किताबको तथ्यांकमा उल्लेख भएको देखिन्छ ।
त्यस्तै सन् १९७६ देखिचाहिँ नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले एक लाख नाघ्न थालेको देखिन्छ । स्मरण रहोस्, सन् १९७६ मा एक लाख पाँच हजार एक सय आठजना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले दुई लाख नाघ्यो । स्मणीय छ, सन् १९८६ मा दुई लाख २३ हजार ३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् १९९२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याले तीन लाख नाघ्यो । सन् १९९२ मा तीन लाख ३४ हजार तीन सय ५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो बढोत्तरी निरन्तर कायम रहन सकेन । किनभने, सन् १९९३ मा सो संख्या घटेर दुई लाख ९३ हजार पाँच सय ६७ जनामा झयो । सन् १९९२ को तुलनामा यो संख्या माइनस १२ दशमलव दुई प्रतिशत कम रहेको थियो ।
जे होस्, सन् १९९७ मा चार लाख पुग्यो, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या । तर, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच लाख पुग्न अर्को १० वर्ष लाग्यो । अर्थात् सन् २००७ मा बल्ल पाँच लाख २६ हजार सात सय पाँच जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार आठ सय ६७ जना, सन् २०११ मा सात लाख ३६ हजार दुई सय १५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार छ१६ जना (अघिल्लो वर्षको तुलनमा माइनस शून्य दशमलव सात प्रतिशत कम) हुँदै र बीचमा नेपाल आउने विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै आठ लाख, नौ लाख एक सय १० लाख हुँदै सन् २०१९ मा आई पुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार एक सय ९१ जना (१२ लाख नजिक) पुगेको थियो । यस्तैमा नेपाल सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षको रूपमा मनाउने घोषणाका साथै त्यहीअनुसार तयारी गरेको थियो । तर, सोही समयमा छिमेकी देश चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको कोरोनाले महामारीको रूप लिएपछि नेपाल सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित ग-यो । फलतः सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरे । सो वर्ष नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकको संख्या घटेर माइनस ७३/७४ प्रतिशतदेखि ८४/८५ प्रतिशत पुगेको थियो भने विश्वमा औसत ७३ प्रतिशतले पर्यटक आगमनमा कमी आएको थियो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया