कोरोनाको तेस्रो लहर र आर्थिक संकट
काठमाडौं । संसारका धेरै देशहरूमा अहिले नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा संक्रमण तीव्र भएको देखिन्छ । यो भेरियन्ट डेल्टाभन्दा कम जोखिमयुक्त भए पनि धेरैलाई संक्रामक भएको देखिएको छ । मूलतः देशमा जनजीवन सामान्य लागेको अवस्थामा नयाँ संक्रमण फैलनु निराशाको विषय हो । दक्षिण अफ्रिकाबाट सुरु भएर विश्वका धेरै राष्ट्रमा पुगेको ओमिक्रोनले नेपाललाई समेत अछुतो राख्न सकेन । यसको साथसाथै अहिले कोभिडबाहेक पनि मानिसहरूको जीवनमा सुगर, प्रेसर, थाइराइड, किड्नीमा समस्या, क्यान्सरजस्ता रोग बढिरहेको देखिन्छ । यसले जनमानसमा चिन्ताको विषय बनाएको छ । यस्तो बेला किड्नीको समस्या तथा क्यान्सरजस्ता रोगले कुन रूप लिन्छ, त्यो समयले देखाइहाल्छ । यसमा पनि प्रायः पैसावालाहरू बचिराखेका हुन्छन् । बाँकी व्यक्तिको जीवनमा पैसा पनि सकिने र शरीर पनि सकिने अवस्था देखिराखेकै कुरा हुन् । यसभन्दा अगाडि ओमिक्रोनको पहिले भेटिएको दक्षिण अफ्रिकामा समेत संक्रमण घट्दै गएको छ । यसरी युरोपियन देशहरूमा कुल जनसंख्याको ६७ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाएका छन् । जसमध्ये ६३ प्रतिशतले खोपको पूर्ण डोज लगाएको तथ्यांक छ । हाम्रो देशमा भने संक्रमणदर ४९ दशमलव ८ प्रतिशत रहेको वताइएको छ । पछिल्ला भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको पुष्टि भइसकेकाले संक्रमण बिस्तारै कमजोर हुँदै गएको चिकित्सकहरू बताउँछन् । तसर्थ देशमा हालसम्म लक्षित जनसंख्याको ८१ दशमलव ८ प्रतिशतले खोपको एक मात्रा र ६५ दशमलव १ प्रतिशतमा खोपको पूर्ण मात्रा लगाएका छन् ।
चीनको वुहानमा सन् २०१९ को अन्तिमतिर देखिएको कोरोना भाइरसले यो रूप लेला भन्ने अनुमान कमैले गरेका थिए । त्यसयताका दुई वर्ष बितिसक्दा पनि यसबाट तत्काल पार पाइने अवस्था देखिइसकेको छैन । फलतः कोरोना भाइरसको निरन्तर उत्परिवर्तनका कारण परिस्थिति बदलिइरहेको छ । यसरी विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ मा विश्व अर्थतन्त्र ५ दशमलव ६ प्रतिशत बढ्ने अनुमान गरेको थियो । तर, पछिल्लो समयमा देखिएको ओमिक्रोन भेरियन्टको त्रास र अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको खोप कार्यक्रमले फेरि आर्थिक परिसूचकहरू घट्दो क्रममा देखिएका छन् । विश्वको जीडीपीलाई खुम्च्याउँदै जानेछ । युरोप अमेरिकाको पुँजीबजार लयमा फर्किए पनि एसिया–प्रशान्त क्षेत्रमा असर खस्कँदो अर्थतन्त्रले सिर्जना गरिरहेको छ ।
विश्व बैंकले जुन २०२१ मा ग्लोबल इकोनोमिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वको जीडीपी वृद्धिदर यस वर्ष ५ दशमलव ६ प्रतिशत हुने तर ओमिक्रोनको उदयले सन् २०२२ मा ४ दशमलव ५ र २०२३ मा ३ दशमलव २ प्रतिशतमा खुम्चने अनुमान गरेको छ । ओमिक्रोनको त्रासले पुँजीबजार र पेट्रोलियमको मूल्यमा गिरावट तथा उपभोग्य सामग्रीमा बढ्दो महँगी विश्वव्यापी रूपमा देखिन थालिसकेको छ । यसबीच सारा विश्वको ध्यान यसबाट कसरी पार पाउन सकिन्छ भन्नेमा गइरहेको छ । यसरी विभिन्न मुलुकहरूले आ–आफ्नो सम्पूर्ण ऊर्जा कोरोना भाइरस सिर्जित समस्याबाट आमनागरिकलाई निकाल्नमै खर्च गरिरहेका छन्। । यसरी कोभिड–१९ पछि विश्वको अवस्था फेरिएको छ ।
गत माघ १५ गतेसम्मको कोरोनाको तथ्यांकलाई हेर्ने हो भने विश्वमा झण्डै २६ करोड मनिसमा कोभिड–१९ को संक्रमण भएको छ । यसरी विश्वभरि ५२ लाखभन्दा बढी मानिसको ज्यान यसले लिइसकेको छ । यसरी संसारभरि कोभिड–१९ विरुद्ध खोप नपाउने व्यक्तिको संख्या अझै कुल विश्व जनसंख्याको आधा छ । यसले समेत संसारका विपन्न मुलुकहरूलाई बढ्ता समस्यामा पारेको छ । जबसम्म खोपको उत्पादन सबै देशबाट हुन सकेको भए स्वाभाविकरूपमा प्राप्ति सहज हुन सक्थ्यो । खोप सजिलै नपाएका देशका नागरिक यसबाट बढ्ता आक्रान्त भएका छन् ।
चालू आर्थिक वर्षको छ महिना पूरा हुँदा समेत बजेट कार्यान्वयन सन्तोषजनक नहुनु र कोभिड संक्रमण बढ्दै जाँदा आर्थिक सूचकांकहरूमा संकुचन आउन थालेपछि अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्न थालेको छ । यसको साथै पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ३१ प्रतिशत बराबर मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । यो खर्चको स्थिति संक्रमण दर कम हुनुअघिको हो । महामारीको स्थिति बढ्दै जाँदा सरकारलाई खर्चसहित राजस्व संकलनमा प्रभाव पर्ने र आगामी दिनमा लक्ष्य भेट्न थप चुनौती हुने देखिएको छ । त्यसो त विश्व बैंकले सरकारको लक्षित वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा खुम्चाएको थियो ।
कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख भएको प्रतिवेदनले औँल्याएको थियो । यता, अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रहरू फेरि महामारीको चपेटा फस्न थालेका छन् । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार सबैभन्दा गरिबको न्यून आय भएकै कारण प्रत्येक दिन २१ हजारले ज्यान गुमाउनुपरेको छ । तर, विश्वका १० धनी व्यक्तिको सम्पत्ति भने दोब्बरले बढेको छ । यसरी हेर्ने हो भने मार्च २०२० यता धनी व्यक्तिको सम्पत्ति बढ्दै गएको देखिन्छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा रहेका छन् । यस उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित छन् । यसको साथसाथै मुुलुकमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बााँके, रूपन्देही, दाङ, कैलाली गरी १७ पुगेको छ । त्यस्तै दुई सयमाथि सक्रिय संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलाख, गोरखा, तनहँ, स्याङ्जा, बाग्लुङ, पाल्पा, दाङ, गुल्मी, सुर्खेत, कन्चनपुरसहित १९ छन् । योसँगै नेपालमा कोरोनाले मुत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ । देशमा मुत्युदर १ दशमलव ४ रहेको, संक्रमणमुक्त हुनेको संख्या ८९ दशमलव १ प्रतिशत रहेको छ । यसको अलवा कोरोना महामारीबाट बच्नको लागि नागरिक तहमा विशेषगरी ध्यान दिन आवश्यक छ । सामाजिक दूरी कायम गर्ने, संक्रमणबाट बच्नुपर्ने गरी अनावश्यक काममा जमघट नगर्नेलगायत सतर्कता अपनाउनुपर्नेछ । विगतमा आवश्यक ध्यान नदिएकै कारण नेपालले मानवीय, आर्थिक र सामाजिक क्षति बेहोर्नुपरेको छ । पहिलो पटकको लहरको पाठ सिक्न र आवश्यक तयारी गर्न नसक्दा ठूलो मानवीय क्षति मुलुकले बेहोर्नुपरेको थियो । त्यसैले अहिले अति उच्च सतर्कताको विकल्प छैन । यसमा सबैभन्दा ठूलो प्राथमिकता नागरिकको जीवनरक्षा नै हो ।
समग्रमा भन्नुपर्दा कोरोनाको नयाँ लहर ओमिक्रोन विश्वकै साझा समस्या हो । यो विश्वका सम्पन्न देशहरू यसका विरुद्ध एक ठाउँमा उभिन जरुरी छ । यसमा सारा संसारले भोगिरहेका कोभिड–१९ को महामारीका कारण बहुआयामिक क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले सन् १९३० को विश्व आर्थिक मन्दीपछिको सबैभन्दा खराब अवस्थाको रूपमा चित्रण गरेको थियो । अतः संयुक्त राष्ट्र संघका अनुसार महामारीले विश्वभर तीन करोड ४३ लाख मानिसलाई निरपेक्ष गरिबीमा धकेलिदिएको छ । यसरी नै युनाइटेड नेसन वर्ल्ड इकोनोमी सिचुएसन एन्ड प्रस्पेक्ट रिपोर्ट, २०२० ले महामारीका कारण सन् २०२० पछिका दुई वर्षमा मात्र ८५ खर्ब अमेरिकी डलरको क्षति अनुमान गरिएको छ । अबका दिनका यसको क्षति कति हुने हो, सहज अनुमान गर्न गाह्रो छ । अतः ओमिक्रोनका कारण बैंक–वित्तीय संस्थाहरूबाट विश्वमै निक्षेप झिक्ने क्रम बढेको छ । जसले गर्दा विश्वका थुप्रै वित्तीय संस्थाहरूमा संकट उत्पन्न हुने सम्भावना देखिाएको छ । अपितु कोरोना सङ्क्रमणको अहिलेको जटिल स्थितिबाट मुक्ति पाउने आधारका रूपमा व्यक्तिगत सरसफाइ, भिडभाड नियन्त्रण तथा सचेतना कार्यक्रम नै मुख्य हुन् । यसका साथै बुस्टर डोजलगाउनुका साथै मौज्दात खोपको अधिकतम प्रयोग गरेर कोरोनाविरुद्धको खोप कार्यक्रमलाई सशक्तता साथ अगाडि बढाउन अहिलेका लागि मुख्य कार्यसूची हो । यी कार्यमा सबैको सहकार्यले अति नै महत्वपूर्ण भूमिका खेल्ने परिप्रेक्ष्यमा सरकारद्वारा कोरोना नियन्त्रणका लागि गरिने सबै कार्यमा आमजनताको सहयोग एवं सहकार्यले निकै प्रभावकारी एवं महत्वपूर्ण भूमिका हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया