जैविक विविधता जोगाउन सिमसार
काठमाडौं । विश्वस्तरमै नौ प्रतिशत र नेपालको कुलक भू–भागको पाँच प्रतिशत सिमसार क्षेत्रले ओगटेको छ । फलतः देशका आदिवासी जनजातिहरूमध्ये १० प्रतिशत यस्तै सिमसार क्षेत्रमा आश्रित छन् । यसरी हाम्रो देशका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व भएका सिमसार क्षेत्रहरू रहेका छन् । यसरी नै अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई नेपालले रामसार सूचीमा सूचीकृत गराई व्यवस्थापन गर्दै आइरहेको छ । यसर्थ मुलुकका सबै प्रदेश र स्थानीय तहमा यस्ता सिमसार क्षेत्रहरू रहेका छन् । यसको साथै राष्ट्रमा पाँच हजार तीन सय ५८ वटा ताल, तीन हजार दुई सय ५२ वटा हिमनदी, दुई हजार तीन सय २३ वटा हिमताल छन् । जुन तराई क्षेत्रमा भने एक सय ६३ वटा र पहाडमा ७९ वटा सिमसार रहेका छन् ।
यसै क्रममा संसारभरि नै संरक्षण गर्नका लागि सिमसार क्षेत्र मानव मात्र नभएर समस्त प्राणीवर्गका अमूल्य स्रोत हुन् । सिमसार हाम्रा लागि गतिला प्राकृतिक उपहार हुन् । मूलतः जीवन र जीविका अनि जैविक विविधता सबै सिमसारबाट मात्र सम्भव छ । यसरी सिमसारमै अपार अवसर छन् । यो आयआर्जन र गरिबी निवारणका अनेक उपाय पनि सिमसारले नै दिन्छन् । मनुष्यले प्राप्त गर्ने माछा मात्र होइन, सिमसारले जीवनकै आशा जगाइदिन्छन् । जहाँ सिमसार, त्यहीँ भेटिन्छ जीवनको सार । यी सिमसार स्वस्थ र स्वच्छ रहे मात्र मानवस्वास्थ्य पनि ठीक रहन्छ । यसरी पृथ्वीको विभिन्न सिमसार क्षेत्रलाई हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन् तर यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ । यसका अलावा सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ । यसर्थ संसारभर रहेको झण्डै आठ अर्ब जनसंख्यामध्ये झण्डै तीन अर्ब संसारका वासीहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरूले उत्पादन गर्दछन् । अपितु सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीको निमन्त्रणा गर्नुजस्तै भयावह छ ।
हाम्रो देशको कुरा गर्ने हो भने पनि समुद्रलाई नछोएको भूपरिवेष्ठित देश भए पनि नेपाल जलस्रोतमा अत्यन्त धनी छ । किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवा पोखरीहरूको कुल पानीको मात्रा धेरै छ । यसरी नै हाम्रो देश जलस्रोतको धनी देश मानिन्छ । तर, हाम्रोमा समुद्र छैन तर नदीनाला र तालतलैयामा हामी धनी छौँ । हिमालको हिउँ पग्लेर बग्ने बाह्रैमासे ठूला नदीहरू मेची, कोशी, गण्डकी, कर्णाली र महाकाली हाम्रा लागि अमूल्य वरदान हुन् । एक तथ्याङ्कअनुसार नेपालमा जलाशय, ताल, दलदल, घोल गरी सात लाख ३५ हजार नौ सय पाँच हेक्टर क्षेत्रफल सिमसारले ढाकिएको छ । नेपालको कुल भूमिमध्ये यो करिब पाँच प्रतिशत हो ।
वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधैँ अर्थात् बाह्रैयाम पानी नसुक्ने भूमिहरू हुन् जसमा सामान्यतया दलदल या हिलो सधैँ कायम रहन्छ । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चराहरूको पनि वासस्थान रहने गरेको छ । यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उति मनमोहक र सुलभ नदेखिन सक्छन् तर यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ । यसको राम्रोसँग हेरचाह सवर्द्धन र संरक्षण गर्न पछाडि पर्न हुँदैन । यसबाट नै पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ सजिलैसँग हेर्न सकिन्छ । यसका अलावा सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्दछ । यसरी हाम्रो देशमा रहेको कैलालीको घोडाघोडी ताललगायत कोशीटप्पु वन्यजन्तु आरक्ष, जगदिशपुर ताल, गोसाइँकुण्ड, बीसहजारी ताल, माईपोखरी अनि पोखरा नगरीका नौवटै तालहरू सिमसार क्षेत्रका प्रमुख उदाहरणहरू हुन् । तर बढ्दो सहरीकरण, अनियन्त्रित बसाइँ सराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारको निर्माणलगायतका क्रियाकलापले पनि सिमसार क्षेत्रको अस्तित्व सङ्कटमा पर्दै गएको देखिन्छ ।
भू–माफियाको चलखेलका कारण यस्ता क्षेत्र अतिक्रमित हुँदै छन् भने जथाभावी रूपमा विकसित भएको आवास क्षेत्रका कारण कैयौैँ सिमसारयुक्त क्षेत्रको अस्तित्व नै लोप भएर गइसकेको छ । नेपालमा भएको सिमसारयुक्त क्षेत्रको अस्तित्व लोप हुनुको पछाडि राष्ट्रिय नीतिको पनि अभाव देखिन्छ । यसको साथसाथै वन तथा भू–संरक्षण मन्त्रालयले सिमसार नीति निर्माण गरेको छ तर हालसम्म ऐन कानुन आउन नसक्दा सिमसार क्षेत्रको खासै व्यवस्थापन वैज्ञानिक ढंगले हुन नसकेको हो । यसर्थ वनजंगलको अतिक्रमण, चुरे दोहन, भू–माफियाको जथाभावी जग्गा अतिक्रमण, जथाभावी फोहोरमैला विसर्जन आदिका कारण हाम्रा सिमसार क्षेत्रहरू दिनप्रतिदिन जोखिममा परेका छन् । अधिकांश जीवजन्तुले वन, घाँसेमैदान र पानी क्षेत्रवरपर बच्चा कोरल्ने, वासस्थान बनाउने, विचरण गर्ने भएका कारण यस्ता सिमसारलाई जैविक विविधताका कारण महत्वपूर्ण मानिएको हो । त्यसैले हामी सबैले यस्ता सिमसार क्षेत्रको संरक्षणमा विशेष जोड दिनुपर्दछ ।
नेपालमा भएका विभिन्न ताल, नदी, पोखरी, छिपछिपे जमिनको संरक्षण गर्नका लागि विशेष नीति निर्माण गर्न अत्यावश्यक छ । त्यस्तै, यसका बारेमा व्यापकरूपमा खोज–अनुसन्धान गर्न पनि समयमा नै ऐन कानुन निर्माण गर्नु अपरिहार्य देखिन्छ । नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ ।
अन्त्यमा भन्नुपर्दा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका सिमसारलाई रामसार सूचीमा सूचीकृत गरिन्छ । नेपालले पनि सिमसार क्षेत्रका यिनै महत्वलाई आत्मसात् गर्दै विसं २०५९ सालमा ल्याएको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको छ तथापि सिमसार क्षेत्रहरू जोखिममै छन् । अतः कानुनको दायरा फराकिलो पार्दै अपराधीहरूलाई कानुनको कठघरामा ल्याउन जरुरी छ । यसरी मानव बसोबास पृथ्वीको संरक्षण जरुरी छ नत्र मानव समुदायको अस्तित्व संकटमा छ । वस्तुतः सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जीवजन्तु बसोबास गर्ने र विभिन्न प्रकारका वनस्पतिसमेत पाइने हुँदा यस प्रकारको भूमिको संरक्षण गर्नु अत्यावश्यक ठहरिन्छ । यी सिमसार क्षेत्रमा विभिन्न प्रकारका जीवहरू विचरण गर्ने तथा बास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुन पुग्छ र वातावरण संरक्षणमा टेवा पुग्छ । यसले गर्दा दिगो इकोसिस्टमका लागि पनि यस्ता सिमसारको ज्यादै महत्व हुन्छ । हाम्रो देशको लागि आफैँ सिमसार क्षेत्रको सरंक्षणका लागि अगाडि बढ्न जरुरी छ ।
यसै क्रममा पोखराका तालहरूलाई नै उदहारणमा लिऔँ, वर्षैपिच्छे ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । मान्छेले सहज आवासको खोजी गरेकाले पनि नेपालमा भू–अतिक्रमण बढ्दै गइरहेको छ र सिमसार क्षेत्र जोखिममै छ । यसरी नै समुदायका अगुवा अनि सरकार स्वयंले पनि आफूअनुकूल अनि व्यावसायिक नीतिहरू ल्याएर क्षणिक पैसा कमाउनका लागि दीर्घकालीन घाटा हुने कार्य गरिरहेको पाइन्छ, आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हामी सबैको कर्तव्य हो । वास्तवमा भन्ने हो भने मानवीय विकासक्रमको अनि पूर्वाधारहरूको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र दिनप्रतिदिन नाश हुने दुश्चक्रबाट ग्रसित रहेको छ । यी कुरा सबैले बुझ्नुपर्छ मानवको लागि पर्यावरण अति आवश्यक पर्छ त्यो जोगाउनु भनेको सिमसरलाई जोगाउनु हो ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] : https://www.aarthikdainik.com/view/57692/ […]