आत्मनिर्भरताको आधार ढाका उद्योग
काठमाडौं । हरेक मानिसहरूले आफूले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदि अरुले झट्ट हेर्दाखेरि आकर्षक, टिकाऊ सहज होस् भन्ने चाहन्छ । आजभोलि त्यसका लागि मान्छेहरूले बजारमा पाइने नानथरिका लुगा–कपडाभन्दा पनि हातले बुनेको घरेलु ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा)बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन बढेको छ । मान्छेमा आएको चेतनाको विकास क्रमसँगै घरैमा हातले बुनेको घरेलु ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा)बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदिको व्यापा र व्यवसाय पनि बढेको देखिन्छ ।
त्यसैले यहाँ अरु कुरो (अल्लो/सिस्नोको रेसा)बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि)लाई छाडेर ‘तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभालगायत लिम्बुवान क्षेत्रमा ढाका’ भनेर चिनिने हातले बुनिने कपडा अर्थात् हाते तानबारे केही लेख्ने जमर्को गरिएको छ । हुन त परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर ढाकालाई चिनिन्छ भने, लिम्बु भाषामा ‘थाक थाक्मा’ तान बुन्नु/तान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको हो । त्यसो भए पनि लिम्बु, कुलुङलगायत प्रायः सबै किराँतीहरूमा प्रचलनमा रहेको ढाका कपडा अलि अघिसम्म ‘पाल्पाली’ र ‘तेह्रथुमे’ ढाकालाई व्यावसायिकरूपमा चिनिने गरिन्थ्यो । सम्भवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङफेले तेह्रथुममा ढाकालाई व्यावसायिकरूपमा सुरु गरिन् भन्न सकिन्छ । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झण्डै ३३/३४ वर्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर/खोलेर ढाका उद्योग सुरु गरेकी थिइन् ।
उज्वलताका अनुसार उनको ढाका उद्योगमा काम गर्ने बुनकर मजदुरहरूलाई सकेसम्म राम्रो सेवा सुविधा दिइएको छ । हुन पनि लगभग नौ वर्षअघिको तथ्यांक हेर्दा तेह्रथुम जिल्लाबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ता–कपडा दुई करोड रूपैँयाभन्दा बढीको बिक्री हुनेगरेको थियो अहिले त तीन करोडदेखि तीन करोड ५० लाखसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट मात्रै बाहिर जाने अनुमान गर्न सकिन्छ ।
त्यसो त पाँचथर जिल्लाको थर्पु गाउँकी कल्पना योङहाङ पनि विसं २०६२/०६३ देखि ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागी परेकी छिन् । कल्पनाले नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागि परेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत खोलेकी छिन् । उनका अनुसार सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन् । स्मरणीय के छ भने, यसरी नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन, बजार प्रवर्द्धन र बिक्री गर्नका लागि उनले कुनै शो रुम, अफिस वा कार्यलय खोलेकी छैनन्, उनी यी सबै काम सामाजिक सञ्जाल फेसबुकबाटै गर्छिन् । हुन त अहिलेको अवस्था भनेको विश्वव्यापी रूपमा चलेको कोरोनाको महामारी गर्दा ढाका व्यवसाय मात्रै नभएर सबै व्यापार व्यवसायमा नराम्रोसँग धक्का लागेको अवस्था छ ।
जे भए पनि नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनहरूमा के–के उत्पादन भइरहेका छन् त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेख्ली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमानहरू तयार हुन्छ । त्यसो त हाल अधिकांश नेपाली क्रेताहरू पनि विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउन र, आफैँ पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रमहरूमा लगाउनका लागि ढाका कपडा र ढाकाजन्य उत्पादनहरू किन्ने गरेका छन् ।
त्यस्तै लिम्बुलगायत आदिवासी जनजातिहरूले गीत–संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्नका लागि कलाकारहरूले लगाउने ड्रेस–अपका लागि चाहिने कपडा किन्न वा भाडामा लिने क्रेज पनि अहिले बढ्दो क्रममा रहेको एक ढाका व्यापारीको भनाइ छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरीलगायत जिल्ला–जिल्लामा घुमघाममा जाने/आउने आन्तरिक पर्यटकहरूले पनि कोसेलीको रूपमा टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् । त्यसो त, हाल जुनजुन देशमा लिम्बु समुदाय र समग्र नेपालीहरू पुगेका छन्, ती देशहरूमा पनि ढाका कपडालगायत ढाकाजन्य उत्पादनहरू पुग्न थालेको छ ।
यसरी हेर्दा तेह्रथुम, पाँचथर, धनकुटालगायत नेपालको पूर्वी क्षेत्र र काठमाडौं, ललतिपुर, भक्तपुरलगायत अन्य जिल्लामा पनि नजानिँदो किसिमले थुप्रै ढाका उद्योगहरू खुलेर सञ्चालनमा आएको देखिन्छ । अझ धेरैजसो व्यक्तिगतहरूले पनि व्यक्तिगत रूपमा आ–आफ्नो घरमा तान लगाएर पनि ढाका बुन्ने क्रम बढ्दै गएको देखिन्छ । निश्चय नै यस्तो कार्यले मान्छेहरूले व्यक्तिगत रूपमा केही न केही आय–आर्जन भएको छ भने यस्तो कार्यले समाजमा आत्मनिर्भरता पनि बढाएकै छ । साथै व्यक्ति–व्यक्तिको यस्तो आर्थिक आय–आर्जन र स्वरोजगारले देश अथवा भनौँ सरकारको पनि केही हदसम्म आय स्रोतको माध्यम बढेकै छ । ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया