आर्थिक समृद्धिमा पुष्प प्रदर्शनी
काठमाडौं । २३औँ फ्लोरा एक्स्पो गत चैत्र १० गतेदेखि चैत्र १३ गतेसम्म जम्मा चार दिन ललितपुरको जावलाखेलस्थित खेलमैदानमा सम्पन्न भएको थियो । उक्त फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सहआयोजना तथा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा सञ्चालन भएको थियो । सो प्रदर्शनीमा कुल ६२ वटा स्टल रहेको आयोजकले जनाएका थिए । जसमध्ये चारवटा अफिसिएल, दुईवटा प्रतियोगितात्मक स्टल र ५६ वटा व्यावसायिक स्टलहरू रहेका थिए । सो प्रदर्शनीको अवधिभर ४५ हजारभन्दा बढीले अवलोकनकर्ताले अवलोकन गर्ने र ७० देखि ७५ लाख रुपैयाँबराबरको कारोबार हुने अनुमान एसोसिएसनले जनाएको थियो ।
सो एसोसिएसनले पुष्प प्रवर्द्धनमा खेलेको महत्वपूर्ण भूमिकाका कारण सरकारले पुष्प प्रवर्द्धनका कार्यक्रमहरू एसोसिएसनको सहकार्यमा गर्दै आएको पुष्प विकास केन्द्रले जनाउँदै आएको छ । फलतः हाम्रो देशमा कम्तीमा पाँच सय प्रजातिका फूलको व्यावसायिक खेती हुने गरेको छ । पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार वर्षेनी थप प्रजातिका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ ।
फूलका बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी गर्ने कार्यक्रम तय भएको फ्यानले जानकारी दिएको छ । सो मेलाको मुख्य नाराको रूपमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ हुने एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रदर्शनी गरिएको थियो । सोही मेलामा विभिन्न मौसमी फूलका बिरुवा, कृषि औजार, बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको प्रदर्शनी र बिक्रीवितरण पनि गरिएको थियो । त्यसैगरी मेलामा अवलोकनकर्ताले कट् फ्लाबर, ड्राइ फ्लावर, सुनाखरीलगायतका पुष्प तथा पुष्पका बीउबिजन, कृषि औजार, प्याकेजिङ सामग्री, सूक्ष्म थोपा सिँचाइ प्रविधि र विषादीको जानकारी लिने तथा खरिद गर्नसक्ने व्यवस्था पनि मिलाएको जनाइएको छ ।
यसरी मानव मात्रको लागि फूल प्रकृतिको वरदान हो । यसरी प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । त्यस्तै गरी फूल पवित्रताको प्रतीक पनि हो । भगवान्को पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ । तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा बिस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । यसको साथसाथै भक्तपुर, काभ्रे, धादिङ, ललितपुर, काठमाडौंलगायका जिल्लाहरूमा फूलको व्यावसायिक खेती हुने गरेको छ । पछिल्ला केही वर्षहरूमा फूलको माग बढेको छ । जसको कारणले गर्दा माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । यसरी फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्नेगरेको फूल व्यावसायीहरू बताउँछन् ।
हाम्रो देशको कुरा गर्ने हो भने फूलले घर सजाउन चाहने पारखीहरूका लागि मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पु¥याएको आयोजकले दाबी गरेको छ । यसको खेतीको विस्तार पनि क्रमशः बढ्दै गएको छ । अतः पुष्पखेती देशको ४१ जिल्लामा लगभग छ सय ७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ भने एक सय ५३ हेक्टर क्षेत्रफलमा गरिएको अनुमान छ । यसले ४३ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । त्यस्तै, पुष्प व्यवसायमार्फत वार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा वार्षिक वृद्धिदर रहेको बताइएको छ । त्यसैगरी यो हाल सामान्य र सोखपूर्ण ढङ्गबाट मात्र खेती हुँदै आएको छ । अतः सरकारले व्यावसायिक रूपबाट कृषकहरूलाई आकर्षित गर्ने उद्देश्यले पुष्पको खेती विस्तार गरेमा अर्बौँ रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ रहेको छ । यसर्थ विश्व बजारमा नेपाली पुष्पको माग दिनप्रतिदिन बढ्दो रूपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ ।
व्यवसाय प्रवर्द्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यमको रूपमा रहेको छ । यसर्थ नेपाली पुष्पलाई विश्व बजार बढाउनु अति आवश्यक भएको छ । जब कि मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । यसले गर्दा समय–समयमा हुने पुष्प प्रर्दशनी तथा व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ । यद्यपि, दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन । जसको कारणले गर्दा नेपाली पुष्प अरु देशको भन्दा महँगो पर्छ । हाल मुलुकभर छ सयभन्दा बढी पुष्प व्यवसायी छन् र तिनीहरूबाट वार्षिकरूपमा लगभग ६०–६७ करोड रुपैयाँको कारोबार हुने गर्दछ । यसरी पुष्पको आन्तरिक कारोबार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसको साथ साथै काम गर्ने श्रमिकहरूको हित एवं कल्याणको लागि समेत सरकार चनाखो हुनुपर्छ ।
समग्रमा भन्नुपर्दा फ्लोरिकल्चर एसोसिएसन नेपालले स्थापनाकालदेखि नै आइपरेका विभिन्न चुनौती तथा समस्याहरूलाई चिर्दै सम्भावनालाई खोज्दै पुष्प व्यवसायको समग्र विकास, विस्तार तथा प्रवर्द्धन गर्न लागिपरेको एसोसिएसनले उल्लेख गरेको छ । हाम्रो देशमा विसं २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रीकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापालगायतका सहरहरूमा फैलिँदो स्थितिमा रहेको एकातिर छ भने नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ ।
अघिल्लो वर्षमा नेपालले दुई करोड रुपैयाँबराबरको पुष्प निर्यात गरेको थियो । यो खेती निरन्तररूपमा बढ्दै गए पनि पुष्पखेतीको स्थान छनोट र मौसमअनुसारको निर्यातलाई प्रवर्द्धन गर्न सकेमा नेपली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना रहेको छ । त्यस्तै गरी जापान र अमेरिकामा मौसमी पुष्प, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरीलगायतका पुष्प निर्यात हुँदै आएका छन् । देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्पखेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ ।
गत वर्ष लगभग २६ करोड रुपैयाँको पुष्पको व्यापार नेपालभित्र नै भएको सम्बन्धित क्षेत्रको दाबी रहेको छ । यसर्थ फ्लोरिकल्चर एसोसीएसन नेपालका अनुसार अघिल्लो वर्ष ८० लाख रुपैयाँबराबरको पुष्प आयात भएको थियो । गत वर्षभन्दा यस वर्ष पुष्पको खपत बढ्नसक्ने अनुमानका आधारमा १५ प्रतिशत बढाएर पुष्प आयात गर्न लागिएको थियो भन्ने सम्बन्धित निकायको दाबी रहेको पाइन्छ । यसमा सरकारले अलिकति प्राथमिकता दिने हो भने हामी आफ्नै उत्पादनबाट स्वदेशी बजारको मागलाई पूरा गर्न सकिन्छ । यसरी १६ वर्षअघि नेपालको फूलको माग पूर्ति गर्न कुल मागको ८० प्रतिशत आयात गर्नुपर्ने अवस्था थियो, तर अहिले २० प्रतिशत मात्र आयात गरे पुग्ने अवस्था छ ।
हाल देशमा छिमेकी देश भारत तथा अन्य देशबाट कुल पुष्पको मागको २० प्रतिशत आयात हुनेगरेको छ भने हाम्रो देशको उत्पादनले भने ८० प्रतिशतको मागलाई मात्र धानेको छ । यसरी पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहँदै आएको छ । नेपालमा पाइने गुराँसलगायतका जंगली फूलको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन समेत भइरहेको एसोसिएसनले जनाएको छ ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] : https://www.aarthikdainik.com/view/59218/ […]