Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवायु प्रदूषण र मानवीय जीवन

वायु प्रदूषण र मानवीय जीवन


काठमाडौं । प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारणहरू छन् । हवामा प्रदूषणको एउटा कारण प्राकृतिकरूपमा उड्ने धुलो मानिन्छ । कलकारखानाहरूको परिचालन या जंगलको डँढेलोबाट तमाम किसिमका हानिकारक करण हावामा दाखिल हुन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलिरहन्छ । जब जङ्गलमा आगो लाग्दछ त्यसबाट वनजङ्गल डढेर खरानी हुन्छ र यही खरानी जब हवामा मिसिन्छ अनि प्रदूषण फैलिन्छ । दोस्रो सबैभन्दा ठूलो कारण अवादी बढ्नु एवं मानिसलाई खाने पिउने र आवतजावत गर्नका लागि साधन उपलब्ध गराउनु, जसका कारण स्कुटर, कारहरू एवं तिनको उपयोगहरूको वृद्धि हुनु, थर्मल प्लान्ट बढ्नु, कारहरूको गति बढ्नु प्राकृतिक पर्यावरणमा परिवर्तन हुनु हो । आवादी बढ्नाले प्रदूषण पनि धेरै द्रुत रूपमा बढ्दो छ । प्रदूषण चाहे पानीका कारणले होस् वा हावाको कारणले यसले मानवीय स्वास्थ्यलाई बर्बाद गरेको छ । यस प्रदूषणका कारण कसैलाई क्यान्सर, कसैलाई चिनी वा हृदयरोग हुनेगरेको छ ।

वायु प्रदूषण एउटा यस्तो प्रदूषण हो, जसका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दोछ । यो प्रदूषण ओजोनको तहलाई पातलो गर्नमा मुख्य भूमिका निर्वाह गर्दछ जसका कारण जसै हामी घरबाहिर पाइला राख्छौँ हामी अनुभूति गर्न सक्छौँ कि हावामा कति हदसम्म प्रदूषित भइसकेको छ । धुवाँको मुस्लोलाई हामी, बसहरू, स्कुटरहरू, कारहरू एवं कलकारखानाहरूको चिम्नीबाट निस्किराखेको सजिलै देख्न सक्छौँ । थर्मल पावर प्लान्टसहरूबाट निस्किने फ्लाइ ऐस हावामा फैलिने खरानीका कारण कसरी हवालाई प्रदूषित गरिराखेको छ कारणहरूको गति कसरी प्रदूषण बढाइराखेका छन्, सिगरेटको धुँवाले पानी, हावालाई प्रदूषित गर्न पछि पर्दैन । वायुलाई प्रदूषित गर्ने खाले प्रदूषक बढी हुन्छन् त्यहाँ आँखा पोल्ने, छाती आरसे हुने एवं खोकी लाग्ने सामान्य मानिन्छ । केही मानिस यसलाई अनुभूति गर्दछन् भने केहीले गर्दैनन् यसका कारण सास फुल्न थाल्दछ । अन्जायना (एक हृदयरोग) वा अश्यमा (फोक्सोको एक रोग) वा अचानक स्वस्थ्य अवस्था बिग्रनु पनि वायु प्रदूषणको सङ्केत मानिन्छ । जसै–जसै वायुमा प्रदूषण निख्रिँदै जान्छ स्वास्थ्य पनि ठीक हुँदै जान्छ । केही मनिस निकै कमलो खाले हुन्छन् जसमाथि वायु प्रदूषणको प्रभाव धेरै छिटो र कडा खाले हुन्छ भने केही मानिसमा ढिलो देखिन्छ । केटाकेटीहरू बुढापाकाहरूभन्दा बढी नाजुक हुन्छन् यसैले तिनमा वायु प्रदूषणको प्रभाव अधिक पर्दछ एवं बिरामी पर्दछन् । बढी वायु प्रदूषण भएको बेला बालबालिकाहरूलाई घरभित्र राख्नु बुद्धिमानी हुन्छ जसले गर्दा वायु प्रदूषणबाट बचाउन सकियोस् ।

वायु प्रदूषण र यसका आधार :
कार्बन मनोअक्साइड, यो एउटा अधकल्चो कार्वन हो जनु पेट्रोल, डिजेल इन्धन एवं काठदाउरा बाल्दा उत्पन्न हुन्छन् । यो सिगरेटबाट पनि उत्पन्न हुन्छ । यसले शरीरमा अक्सिजनको कमी गराउँदछ जसले गर्दा हामी निद्रामा अप्ठ्यारो अनुभूति गर्दछौँ ।

कार्बनडाइअक्साइड, यो एक प्रकारको हरितगृह ग्यास हो । जुन कोइला, तेल एवं प्राकृतिक ग्यास जलाउनाले कार्बनडाइअक्साइड ग्यास उत्पादन हुन्छ ।

क्लोरोफ्लोरो कार्बन, यो ओजोन नष्ट गर्ने खाले एक प्रकारको रसायन हो । जब यसलाई एयर कन्डिसिनिङ एवं रेफ्रिजेरेटरका लागि उपयोग गरिन्छ तब यसका करण हवामा मिसिएर हाम्रो वायुमण्डलको समताप मण्डलसम्म पुग्दछ र अन्य ग्यासहरूसँग मिसिएर ओजोन तहलाई क्षति पु-याउने गर्दछ । यही ओजोन तह जसले जमिनमा जीवजन्तुहरू एवं वनस्पतिहरूलाई सूर्यको नोक्सानबाट पु-याउने परावैजनी किरणहरूबाट बचाउँदछ । यही कारणले होला क्लोरोफ्लोरो कार्बन मानव एवं अन्य जैविक जगतका लागि धेरै घातक मानिन्छ ।

सिसा, लीड सिसा, डिजेल, पेट्रोल, ब्याट्री पेन्ट एवं हेयर डाइमा पाइन्छ । सिसाले खासगरी बालबालिकाहरूलाई प्रभावित गर्दछ । यसबाट मस्तिष्क एवं पाचनक्रिया खराब हुने गर्दछ । यसको दुष्प्रभावले क्यान्सर पनि हुन सक्दछ ।
ओजोन तह वायुमण्डलमा समताप मण्डलको सबैभन्दा माथिल्लो तह मानिन्छ । यो एउटा विशेष एवं महत्वपूर्ण ग्यास मानिन्छ । यसको काम सूर्यलाई हानी पु-याउने परावैजनी किरणहरूलाई भूमिको सतहमा पुग्नबाट रोक्नु मानिन्छ । फेरि पनि जमिनी सतह धेरै दूषित छ एवं जहरिलो पानी कलकारखानाहरूबाट ओजोन ठूलो मात्रामा निस्कन्छ । यसले गर्दा आँखामा पानी आउँछ, पोल्छ पनि ।

नाइट्रोजन अक्साइड, यसका कारणले धमिलो एवं अम्लीय वर्षा हुने गर्दछ । यो ग्यास पेट्रोल, डिजेल एवं कोइला बाल्दा निस्कन्छ । यसबाट बालबालिकाहरू धेरैखाले रोगव्याधि हुन्छन् जुन जाडो मौसममा देखिन्छ ।

निलम्बित अभिकणीय पदार्थ, यो हावामा ठोस धुवाँधुलोको कणको रूपमा हुन्छ जुन एउटा खास समयसम्म रहिरहन्छ । जसका कारण फोक्सोलाई नोक्सानी पु-याउँछ एवं सास फेर्न गाह्रो हुन्छ ।

सल्फरडाइअक्साइड, जब कोइलालाई थर्मलप्लान्टमा जलाइन्छ त्यसबाट जुन ग्यास निस्किन्छ त्यही हो सल्फरडाइ अक्साइड । धातुलाई गलाउन एवं कागजलाई तयार गर्दा निस्कने ग्यासहरूमा पनि सल्फर अक्साइड हुन्छ । यो ग्यास तुवाँलो उत्पन्न गराउन एवं अम्लीय वर्ष गराउन अति सहयोगी मानिन्छ । सल्फरडाइअक्साइडका कारण फोक्सोजन्य रोगव्याधि लाग्ने खतरा बढेर जान्छ ।

त्यसो भए वायु प्रदूषणबाट कसरी बच्ने ? सरकारले यस्तो नीति बनाओस् जसले गर्दा कर्मचारी घरबसी काम गरुन्, एक सप्ताहमा एक दिनमा कार्यलय आउन अहिले सूचना प्रविधि आउनाले यो सम्भव पनि छ । धेरै–धेरै साइकल प्रयोग गरौँ । सार्वजनिक परिवहन सेवा उपयोग गरौँ । बालबालिकालाई निजी कारमा राखी स्कुल पु-याउनुको साटो स्कुल पारवहन सेवामा जान प्रोत्साहित गरौँ । आफ्नो घर–परिवारबीच कारपुल बनाउने अनि बाहिर कामले निस्कन पूरै एउटै सवारीसाधन प्रयोग गर्ने । यसबाट इन्धनको खपत कम हुनेछ एवं प्रदूषण पनि कम हुनेछ । आफ्नो घर–वरिपरिका बोटबिरुवाहरूको हेरचाह राम्रेसित गर्ने । आवश्यक नपरेको बेला बिजुली बत्ती नबाल्ने, कुलर, पङ्खा, एयर कन्डिसनरहरू आवश्यक परे मात्र चलाउने अन्यथा बन्द राख्ने । घरको आँगन करेसाबारीमा भएका झारपात सुेका छन् भने नबाल्नुहोस् बरु कम्पोस्ट मल बनाउनु बेस । आफ्नो सवारीसाधानको प्रदूषण परीक्षण प्रत्येक तीन महिनामा गर्ने । केबल सिसामुक्त पेट्रोल मात्र प्रयोग गर्ने । बाहिरको दाँजोमा घरभित्र प्रदूषण कम हुने गर्दछ त्यसैले जब प्रदूषण बढी हुने बेला घरमा नै बस्नुस् । लकडाउन घोषणा गर्नु नै पर्ने भन्ने छैन ।

किनकि हिजो बचेका थियौँ र पो आज छौँ अज बचे न भोलि रहौँला नत्र भोलि कसले पो देखेको छ र बाँचौँला । त्यसैले पर्यावरणमा प्रदूषण हुने सबैखाले प्रदूषण न्यूनीकरण एवं नियन्त्रण कार्यमा हामी आफैँ पनि सक्रिय सहभागी होऔँ, अरुलाई पनि अभिप्रेरित गरौँ । सरकारी निकायको काम त त्यही एउटा विज्ञापन निकाल्नु अनि सचेतनाका लागि वर्षदिनमा वातावरण दिवस मनाउने प्रभातफेरी निकाल्नुसम्म त हो । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x