नेपालमा महिला उद्यमशीलताको महत्व, समस्या र सुझाव
काठमाडौं । भक्तपुर बहुमुखी क्याम्पसविश्वमा ४५ प्रतिशत ग्रामीण युवाको पहुँच शिक्षामा हुँदा जम्मा ३९ प्रतिशत छात्राहरूले सो अवसर पाएका छन् । ६८ देशहरूको अध्ययनले बच्चाको विकासमा आमाको शिक्षाको भूमिका रहने देखाएको छ । निर्णय तहमा महिलाको पहुँच एकदम कम देखिएको छ, दक्षिण एसियामा महिला प्रतिनिधि निर्वाचित दर हेर्दा श्रीलंकामा १ दशमलव ६ प्रतिशत र पाकिस्तानमा ३१ प्रतिशत देखिन्छ । त्यस्तै ग्रामीण परिषद्हरूमा नेतृत्व गर्ने प्रतिशत समेत बंगलादेशमा शून्य दशमलव २ प्रतिशत र कम्बोडियामा ७ प्रतिशत देखिन्छ । जम्मा एक तिहाइ ग्रामीण महिलाले प्रसूति हेरचाह सुविधा प्राप्त गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार धेरैजसो ग्रामीण महिलाहरू घरायसी हिंसामा परेका छन्, सँगै ६० प्रतिशत जतिले मात्र संरक्षण र सुरक्षाको प्रत्याभूति प्राप्त गरेका छन् । यसैगरी महिलाहरू प्राकृतिक प्रकोप, वातावरणीय विनाश, द्वन्द्व आदिको चपेटामा समेत बढी परेका छन् । अध्ययनले विश्वमा देखिएका लैंगिक सवालहरूमा राजनीतिक सशक्तीकरण पहिलो, आर्थिक सहभागिता र अवसर दोस्रो तथा शैक्षिक सहभागिता र स्वास्थ्य अन्तिममा रहेका देखिन्छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल)को जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारको तुलनामा २६ लाख ९७ हजार नौ स ७६ ले बढी हो । दश वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिन्छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत देखिन्छ । जुन अघिल्लो जनगणनामा १ दशमलव ३५ प्रतिशत रहेको थियो । कुल जनसंख्यामा एक करोड ४२ लाख ९१ हजार तीन सय ११ जना पुरुष (४८.९६प्रतिशत) र एक करोड ४९ लाख एक हजार एक सय ६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ । दश वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८ दशमलव ५ प्रतिशत र ५१ दशमलव ५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात (प्रतिएक सय महिलामा पुरुषको संख्या) ९५ दशमलव ९१ रहेको छ जुन गत जनगणनामा ९४ दशमलव १६ रहेको थियो ।
उद्यमी शब्द वास्तवमा अंग्रेजीमा इन्टरप्रेनर फ्रान्सिसी भाषाबाट लिइएको हो । यस शब्दको मुल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिको लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्दछ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्दछन् । देशको आर्थिक तथा राजनीतिक प्रणाली जेसुकै होस् । तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैँ उद्यमकर्ता हुन्छ । तर नेपालजस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन सङ्कोच गर्दछन् । जोखिम लिन सङ्कोच मान्दछन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ । उन्नत पुँजीवादी समाजहरूमा निजी उद्यमीहरूले नै समाजको विकासमा महत्वपूर्ण कार्य गर्दछ ।
नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी संख्या महिलाको रहेको छ । यस्तोमा विकासमा महिलाको सहभागिताविना देशको प्रगति नहुने स्पष्टै छ । नेपालमा परम्परादेखि नै महिलाहरू शोषित हुँदै आएका छन् । उनीहरू घरभित्रै सीमिति हुनुपर्ने मान्यता रहेको पाइन्छ । तर हाल विश्वमा महिला सशक्तीकण वा विकासमा महिलाजस्ता अवाज उठिरहेको छ । यसबाट महिलाहरू घरेलु कार्यमा मात्र सीमित बस्नुपर्छ भन्ने धारणा क्रमशः विस्थापित हुँदै गइरहेको छ । हाल नेपालमा उद्यमीशीलतामा महिला सहभागिता क्रमशः वृद्धि हुँदै गएको छ ।
सामान्यतया महिला उद्यमशीलता भन्नाले महिला उद्यमीहरूबाट गरिने व्यावसायिक प्रतिष्ठानको सञ्चालन, संगठन र स्थापनालाई बुझिन्छ । अथवा सुम्पिटरको उद्यमशीलता अवधारणाअनुसार महिला जसले नवप्रवर्तनद्वारा अथवा अन्य व्यवसायको नक्कल वा स्वीकार गरेर व्यावसाय सञ्चालन गर्दछ भने त्यस कार्यालार्य महिला उद्यमशीलताको अर्थमा लिन सकिन्छ । महिलाहरू पनि मानव जाति नै भएकोले उद्यमी शब्दले पुरुष, महिला दुवैलाई समेट्दछ । यस अर्थमा उद्यमीको सामान्य परिभाषा महिला उद्यमीमा पनि समान रूपले लागू हुन्छ । उद्यमीसम्बन्धी सबैभन्दा सरल परिभाषा नरमन एम स्कारब्रो र थोमस डब्लु जिमररले दिएका छन् । उनीहरूको मतअनुसार ‘उद्यमी त्यो हो जसले अवसरहरू पहिचान गरेर र ती अवसरहरूबाट फाइदा उठाउन आवश्यक साधनहरू जुटाएर नाफा तथा वृद्धि हासिल गर्ने उद्देश्यका लागि जोमि तथा अनिश्चितताका सम्मुख नयाँ व्यवसाय सिर्जना गर्छ ।
यस अर्थमा महिला उद्यमी भनेको व्यावसायिक संस्था आरम्भ, संगठन र सञ्चालन गर्ने महिला वा महिलाहरूको समूह हो । यसरी नयाँ व्यवसायबारे सोच्ने, अवसरहरू पत्ता लगाउने र त्यसलाई कार्यान्वयन गर्ने, उत्पादनका साधनहरू एकत्रित र संगठित गर्ने, व्यवसाय सञ्चालन गर्ने, जोखिम र अनिश्चितता वहन गरेर व्यवसायलाई सफलताको शिखरमा पु-याउने महिलाहरूलाई नै महिला उद्यमी भनिन्छ ।
स्कारब्रो तथा जिमररले महिला उद्यमीहरूलाई पहिलो पुस्ताका र दोस्रो पुस्ताका भनी पृथक गरेका छन् । विभिन्न वैयक्तिक सङ्कटका कारणले व्यावसायिक उद्यम सञ्चालन गर्न बाध्य पारेका महिलाहरूलाई ‘पहिलो पुस्ताका’ भनिन्छ । यी महिलाहरूसँग पुरुष समान तालिम, सीप र अनुभव छन् । यिनीहरूका उद्देश्य पनि समान छन् उपलब्धिको अति बलियो आवश्यकता, स्वतन्त्रता तथा नियन्त्रण । वर्तमान समय महिला उद्यमीहरूका ‘दोस्रो पुस्ताको’ युग हो ।
महिला उद्यमीहरूले कुनै पनि उद्योग वा व्यवसाय स्थापना गर्नका लागि उसलाई विभिन्न स्रोत–साधनहरू तथा सुविधाहरूको आवश्यकता पर्दछ । साना उद्योगका लागि थोरै मात्र स्रोत–साधनहरूको आवश्यकता पर्दछ भन्भे ठूला उद्योगका लागि त्यतिकै मात्रामा स्रोत–साधनहरूको आवश्यता पर्दछ । त्यस्ता स्रोत–साधनहरू र सुविधाहरू सम्पूर्ण मात्रामा उद्यमीहरूले आफैँले मात्रै व्यवस्था गर्न सक्षम नहुन सक्दछन् । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्नका लागि विभिन्न संघ–संस्थाहरूको सहयोगको अति आवश्यकता पर्दछ यसरी ती विभिन्न संघ–संस्थाहरूबाट प्राप्त हुने सहयोगलाई नै संस्थागत सहयोग भन्न सकिन्छ ।
महिला उद्यमशीलता विकासका लागि सर्वप्रथम आर्थिक तथा सामाजिक पूर्वाधारहरू निर्माण गरिनु पर्दछ । यातायात, सञ्चार, विद्युत्, ऊर्जा सुविधा, बजार विस्तार आदि आर्थिक पूर्वाधारहरू र विकासको लागि प्रतिकूल रहेका सामाजिक बाधा व्यवधानहरू हटेपछि मात्र उद्यमशीलता विकासको सम्भावना वृद्धि हुन्छ । यातायात, सञ्चार, वित्तीय संस्थाको विकास, विद्युत्, इन्धन, सिँचाइ आदिको सिर्जना तथा विकास गर्नु आर्थिक आधारशीला निर्माण गर्नु हो भने शिक्षा, स्वास्थ्य, आवास, प्रशिक्षण, कुशल प्रविधिको विकास आदिमा लगानी गर्नु सामाजिक आधारशला निर्माण गर्नु हो । विशेषतः यो कार्य गर्नमा सरकार तथा सरकारी नियकायहरू सहभागी हुन्छन् । यी आर्थिक तथा सामाजिक पूर्वाधारहरूले अर्थतन्त्रको विकासको गति अगाडि बढाउँदै लैजान्छ ।
नेपालमा उद्यमीहरूलाई संस्थागत सहयोग पु-याउन सरकारी स्तरबाटै विभिन्न व्यवस्थाहश्ररु भएका छन् । विशेषगरी विभिन्न सरकारी निकायहरूले संस्थागत सहयोगले संस्थागत सहयोग पु-याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यस्ता सरकारी निकायहरू भन्नाले सरकार मातहतमा रहेका विभिन्न मन्त्रालय, विभागहरू र स्थानीय शाखा वा प्रशाखाहरूलाई बुझाउँछ । यी निकायहरूले उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न नीतिनियमहरू तर्जुमा गरेर उद्यमीहरूलाई सहयोग गर्दछन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया