विश्वको अर्थतन्त्र मध्यम वर्गको काँधमा
काठमाडौं । मानव सभ्यता सुरु भएसँगै मानिसले विभिन्न युग पार गर्दै आयो । हिजोको ढुंगे युगको सभ्यतादेखि आजको सभ्य वैज्ञानिक सभ्यतासम्म आइपुग्दा मानिसका सबै आवश्यकताहरू परिपूर्ति हुन सकेनन् । आवश्यकता परिपूर्तिकै लागि एकथरी मानिसहरू आफ्नै उत्पादनतर्फ लागे भने अर्काथरी मानिसहरू उत्पादकलाई सघाउँदै कामदारको रूपमा काम गर्न थाले । उत्पादक वर्ग उत्पादन अभिवृद्धि गरी अयको ठूलो हिस्सा ओगट्न पुग्यो । ऊ पुँजीपति कहलियो । जो कामदारको रूपमा काम ग¥यो ऊ कामदार वा सर्वहारा वर्ग कहलियो ।
विश्व अर्थतन्त्रमा परिवेशभित्र दुई वर्गीय समाजको परिकल्पना गरिएको पाइन्छ । यस समाजमा मानिस पुँजीपति र सर्वहारा वर्गमा विभाजित हुनेगरेको हो । तर आजको वर्तमान वस्तुस्थितिलाई नजरअन्दाज गर्दा यी दुई वर्गका बीचमा पनि अर्को वर्ग छ त्यो वर्ग हो मध्यम । यो वर्ग हुने खाने र हुँदा खाने वर्गभन्दा फरक छ । जीवनभर आधा पेट खाएर जीउन बाध्य हुने वर्ग मध्यम वर्ग हो । आज विश्व समाजको बनावट यसै वर्गको उपस्थिति, स्वभाव र व्यवहारबाट निर्देशित छ ।
हुने खाने बन्न पनि नसक्ने र हुँदा मात्र खाने परिस्थितिबाट अलिक माथि आएको यो वर्गहीन भावनाबाट ग्रसित भइरहेको छ । हुनेखाने हुँ भन्दै धनीको जस्तो जीवनशैली अपनाउन खोज्ने तर अभावको चरमताले पूरा गर्न नसक्ने वर्ग विश्वमा सबैभन्दा पीडित छ । उच्च जीवनशैलीलाई प्रतिष्ठाको प्रतीक बनाउने अभिलाषाले समाजमा विलासिताको निमित्त खर्च गर्ने प्रवृत्ति बढ्छ । यो प्रवृत्ति धनीको लागि अझ बढी धन कमाउने अवसर बन्न पुग्दछ ।
हुनेखानेका लागि भ-याङ र हुँदाखानेका लागि स्रोत साधन जुटाइदिने यो वर्ग दुवैतर्फको थिचोमिचो सहन बाध्य बनेको छ । किनभने मध्यम वर्गका कोही पनि आफूलाई यो वर्गको मान्न तयार हुँदैन । यसले आफ्नो वर्गीय अवस्थालाई सर्वहारा वर्गबाट पुँजीपति वर्गतर्फको बाटोमा हिँड्न खोज्छ तर सक्दैन । सर्वहारा वर्ग वा हुँदाखाने वर्ग तुरन्त संगठित हुन्छ । पुँजीपति वर्गको हातमा मुलुकको आर्थिक बागडोर छ यसले अर्थतन्त्रलाई नै निर्देशित गरिरहेको छ । यस अस्तित्वको संघर्षमा मध्यम वर्ग सामान्यतया पुँजीपति वर्गको छहारी खोज्न पुग्छ । त्यसबाट नकारिएपछि सर्वहारा वर्गको समूहमा मिसिने निरर्थक कोसिस गर्छ । मध्यम वर्गले जम्मा गरेको धन आफैँले खर्च गर्दा अपुग मात्र हुन पुग्दछ र धन सङ्कलन गर्ने अथक प्रयत्न सुरु गर्छ ।
जीवनमा निरन्तर मिहिनेत गरी गुणस्तरीय जीवन जीउन प्रयाग गरे पनि मध्यमवर्ग उसको जन्मजात अवस्था बन्न पुग्छ । एकादुईको अपवादको उदाहरण उसको प्रेरणास्रोत हुन्छ । धेरैजसो अवस्थामा स्थान्तरण पुँजीपति वर्गमा हुन चाहे पनि अपुगको कारण सर्वहारा वर्गमै ढल्कन पुग्छ । त्यस पछि यो वर्ग भाग्यवादी बन्छ, कर्मलाई पूर्वजन्मको उपलब्धि मान्छ । संघर्षको वा विरोधको मार्ग आफ्नो निमित्त रोज्दैन तर जीवन नै होम्ने संघर्ष भने राजनीतिक नेता वा दलको निमित्त गर्छ ।
यो वर्ग सधैँ भ्रममा परेको हुन्छ राजनीतिक आशमा संरक्षित छु भन्नेमा ढुक्क हुन्छ र समस्या पर्दा आफैँले होइन राजनीतिले लडिदिने हो भन्ने विचार पालेको हुन्छ । राजनीतिकै पछि दौडन थालेपछि आफ्ना नेताले जे भने नि सही हो भन्न थाल्छ त्यसको निमित्त जीवन समेत उत्सर्ग गर्न तयार हुनुपर्छ । यो वर्ग जीवनमा कुनै चामत्कारिक भ्रमको प्रतीक्षाबाट बाँचिरहेको हुन्छ । आसमा बढी हुने हुँदा जे–जसरी प्राप्तिको पछि लाग्छ । राजनीतिक क्रान्तिले वा कुनै राजनीतिक सिद्धान्तले जीवन सहज बनाइदेला कि भनेर त्यसलाई स्थापना गराउन लाग्छ ।
संसारमा सर्वहारा वर्ग र पुँजीपति वर्ग दुवैको हित तथा स्वार्थको रक्षक धेरै हुन्छन् । तर मध्यम वर्ग आफ्नो निमित्त स्वयम केही पनि गर्दैन । संगठित हुनु नहुनु मध्यम वर्गको विषेशता नै हुन पुग्छ । शोषक, सामन्ती आदि विशेषणबाट लाञ्छना लाग्दै मध्यम वर्गको यो पीडाले पोल्दा पोल्दै अनेक जायज–नाजायज प्रयत्नले समाजमा बाँचिरहन्छ । अफ्नो रगत पसिनाले आर्जन गरेको सम्पत्ति रक्षाको निरर्थक प्रयत्न गर्दा गर्दै यो अभिभारा उत्तराधिकारीलाई सुम्पेर संसारबाट बिदा लिन्छ । यसरी नै मध्यम वर्गको जीवनचक्र चलिरहन्छ ।
विश्वमा पुँजीपति वर्ग र सर्वहारा वर्ग आफ्नो वर्गीय हितको निमित्त संगठित हुन्छन् । उनीहरूको त्यो संगठनको तेजले राजनीतिक दलहरूलाई आफ्नो अनुकूल काम गर्न विवश पार्दछ तर मध्यम वर्ग आफ्नो वर्गीय हितको निमित्त संगठित हुँदैन । मध्यम वर्ग जातीय, धार्मिक, क्षेत्रीय, लिंगीय कुरामा संगठित हुन्छ । यसकै फाइदा उठाएर नेताहरू आफ्नो अभीष्ट पूरा गर्दछन् ।
पुँजीपति वर्गलाई कुनै असर नपु-याई सर्वहारालाई गुलिया लड्डु देखाउन मध्यम वर्गलाई निचोर्ने बाटो अहिलेको विश्वमा सबैभन्दा सहज र छिटो छ । अन्य वर्गको स्वार्थमा खलल परेमा त्यहाँबाट आउने विरोधले आपूmलाई बढार्ने डरले सबैको आकर्षण मध्यम वर्गलाई निचोर्नतर्फ नै हुन्छ । कुनै प्रतिक्रिया जनाएमा विभिन्न किसिमका नाम दिएर सुरु गरिने दमनचक्रको कल्पनाले कातर बनेको मध्यम वर्ग आफू सो वर्गमा परिँदैन भन्ने अज्ञानले ग्रसित बन्छ । यसमा आफ्नै सदस्यको असहयोगले चुपचाप अन्याय सहन विवश हुन्छ । यो अपमानजनक उत्पीडन पचाउनु नै यो वर्गको नियति बन्न पुग्छ ।
वास्तवमा पुँजीपतिको वर्गको बजार र सर्वहाराको रोजगारको ग्यारेन्टी यसै वर्गको क्रयशक्तिमा निर्भर गर्छ । मुलुकको विकास प्रगतिको निशाना बनाउने मध्यम वर्ग नै हो । राजनीतिक दल, अनेकौँ संस्था, बुद्धिजीवी वा अधिकारकर्मीको सफलताको स्रोत यही वर्ग हो तर आजसम्म यो वर्गको पहिचान र विकासको सन्दर्भमा कुनै निकायले पनि सोचेको पाइँदैन । सबैभन्दा धेरै संख्याको प्रतिनिधित्व गर्ने मध्यम वर्ग कहिलेसम्म सबैको कमारो भएर बस्ने हो ? मध्यम वर्गको बारेमा चिन्तन गर्ने अरु कोही नभए पनि आफैँले काम गर्ने चेतनाको विकास कहिले होला ? कति समयसम्म पर्खिनुपर्ने हो ?
जब यो वर्ग वर्गीय हितको निमित्त संगठित हुन सुरु गर्छ त्यसपछि विश्वमा द्वन्द्व अन्त्य हुँदै सुन्दर र सुखद समाज बन्न थाल्छ । यसले मध्यम वर्गलाई अनेकौँ बहानामा थिचोमिचो गर्ने प्रवृत्तिमा नियन्त्रण हुन्छ । विश्व अर्थतन्त्रमा ठूलो हिस्सा बोकेको यो वर्ग खुशी र सुखी हुनु भनेको विश्व नैै खुशी अनि सुखी हुनु हो । यसैको क्रयशक्तिमा भएको वृद्धिले अन्य वर्गलाई जीवन जिउन सहज हुन्छ । त्यसैले आजको विश्वमा यस वर्गको संरक्षण आवश्यक छ । मध्यम वर्गको चाहना शान्तिपूर्ण सहअस्तित्वको हुन्छ । सबैको आधारभूत आवश्यकता पूरा भएकोे अवस्थामा समाजले समाजमा शान्ति ल्याउँछ ।
विश्व अर्थतन्त्रमा उत्पादन र उपभोगको सबैभन्दा ठूलो हिस्सा मध्यम वर्गले ओगटिरहेको छ । उद्यम व्यवसाय गरी राष्ट्रलाई योगदान पु-याउन दिनदनै खटिरहेको हुन्छ । दैनिक आर्थिक क्रियाकलापमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । बचत गर्न सक्दैन भएको आम्दानी उपभोगमै सकिन्छ । उपभोगमा खर्च अधिक हुनेहुँदा बजारमा उपभोग्य वस्तुहरूको उत्पादन बढिरहेको हुन्छ । यस वर्गको सिमान्त उपभोग प्रवृत्ति बढी हुन पुग्छ । बजार सधैँ निरन्तररूपमा चलायमान, यसै वर्गको उपभोगमा निर्भर गर्दछ । राष्ट्रप्रेमी र आफ्नै माटोको संरक्षणमा रमाउन चाहने कारण देशमै केही गर्नुपर्छ भन्ने सोचबाट उत्पादन प्रेरित बनिरहेको हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया