शान्त मन : सक्रिय जीवन
काठमाडौं । मन मानिसको चैतन्य शक्ति हो । मन कुनै भौतिक तत्वद्वारा निर्माण भएको वस्तु होइन । मनको स्वस्थ, सबल र सकारात्मक विचारले संसारको कायाकल्पमै सुखद् परिवर्तन ल्याउन सक्तछ भने मनमा उत्पन्न हुने अस्वस्थ, प्रदूषित र नकारात्मक विचारले संसारलाई दुखद् र अशान्तिको स्थल पनि बनाइदिन सक्छ । आज विश्वमा जति पनि नवीन खोज, आविष्कार र भौतिक प्रगति भएका छन्, ती सबै मानव मनकै उपज र अभिव्यक्ति हुन् । यसबाट के स्पष्ट हुन्छ भने मानव मन यदि कुनै कुरामा उत्साह, उमङ्ग र एकाग्र भएर लाग्ने हो भने उसले चामत्कारिक उपलब्धि हासिल गर्न सक्तछ ।
मनको स्वभाव : मानव मन त्यत्तिकै चुप लागेर बस्न सक्तैन । याने कि मन निर्विचार भएर रहन सक्तैन । मनमा हरपल, हरक्षण कुनै न कुनै विचार वा संकल्प चलि नै रहेको हुन्छ । मनमा उत्पन्न हुने यस्ता संकल्प र विचारहरू विशेषगरी दुई प्रकारका हुने गर्दछन् । एउटा चिन्तनशील विचार र अर्को चिन्ताग्रस्त विचार । मनमा यदि चिन्ताग्रस्त विचार मात्र बारम्बार उठिरहन्छ भने हामी मानसिकरूपमा तनावग्रस्त बन पुग्दछौं र यसले हाम्रो शरीरलाई पनि कमजोर र रोगग्रस्त तुल्याइदिन्छ । तर मनमा यदि चिन्तनशील विचार उत्पन्न भइरहने हो भने यसले हाम्रो जीवनलाई समस्याको भुमरीबाट समाधानको दिशातर्फ उन्मुख गराउ“दछ र समृद्धिको बाटोतर्फ अग्रसर गराउ“छ ।
मन र तनबीचको अन्तरसम्बन्ध : मन र तनबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । मनोचिकित्सकहरूको भनाइअनुसार मनमा उत्पन्न हुने खुशी, आनन्द र हर्षले हाम्रो अन्तः स्राबित प्रणालीमा इन्डोरफिनजस्ता हार्मोन्सहरू पैदा गरिदिन्छ जसले गर्दा मानव शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ र अनेक प्रकारका विषालु तत्व तथा रोगका भाइरसहरूले शरीरलाई कुनै हानी गर्न सक्तैन, नोक्सान पु¥याउन सक्तैन । तर मानिस जब चिन्ता, आवेग र तनावपूर्ण मनस्थितिबाट ग्रसित हुन्छ उसको शरीरको अन्तःस्राबित प्रणालीले कार्टिको स्टेर्वाइड नामक हार्मोन्स पैदा गर्दछ । यसबाट हाम्रो शरीरमा युरिक एसिड, पेटमा घाउ अथवा अल्सर, कोलेस्टोरल आदिजस्ता तत्वहरू उत्पन्न हुन्छ र शरीर रोगको घर बन्न पुग्दछ । तसर्थ शरीरलाई निरोगी राख्ने अथवा रोगको घर बनाउने यो सबै बाह्य परिस्थितिभन्दा हाम्रो आन्तरिक मनस्थितिमथि नै बढी निर्भर रहने गर्दछ ।
आज विश्वमा जति पनि अशान्ति, द्वन्द्व, हत्या, हिंसा, प्रदूषण आदिका घटनाहरू हामी देख्छौं, सुन्छौं त्यसको बीजांकुरण पनि कुनै न कुनै रूपमा मानव मनमा नै भएको हो । इष्र्या, द्वेष, घृणा, क्रोध, वैमनस्यलगायत अनेकन स्वार्थजन्य सोचाइ र भावनाले मानव मनलाई गाँजिरहेको हुन्छ, पिरोलिरहेको हुन्छ । यस्तो मानसिक अवस्थामा न मन शान्तमय हुन्छ न त आनन्दमय र सुखमय जीवनको नै परिकल्पना गर्न सकिन्छ । बरु यस्तो अशान्त, असन्तुलित र तनावग्रस्त मन आफैँमा एक जटिल समस्या बन्न पुग्दछ । किनकि हाम्रो मनको सोचाइ, विचार वा दृष्टिकोणले नै हामीलाई उन्नति अथवा अवनतिको मार्गतर्फ धकेल्ने गर्दछ । तसर्थ जुनसुकै प्रकारका समस्याको सर्जक मानव मनको सोच र चिन्तन नै भएको हुँदा यसको समाधान पनि हामीले मानव मनको विचार वा भावनामै खोज्नु पर्दछ र त्यसमा सुधार अथवा परिवर्तन ल्याउने प्रयत्न गर्नु पर्दछ ।
आध्यात्मिक ज्ञान र योग : वास्तवमा हाम्रो मन यति चञ्चल र अस्थिर भइरहन्छ कि यसलाई शान्त र सन्तुलित राख्ने काम त्यति सहज र सजिलो पक्कै पनि छैन । तर यदि हामीले निरन्तर अभ्यास गर्ने हो र निरन्तर साधना गर्ने हो भने यो असम्भव कुरा पनि होइन । त्यो साधना हो आध्यात्मिक ज्ञान र योगको साधना । आध्यात्मिक ज्ञान र योगको साधना नियमितरूपमा गर्नाले र दैनिक जीवनमा यसको व्यावहारिक प्रयोग गर्नाले मानव मन स्वच्छ, सबल र शक्तिशाली बन्दै जान्छ ।
अर्को कुरा आध्यात्मिक ज्ञान र योगको साधना गर्नु भनेको मनलाई दबाउनु अथवा दमन गर्नु होइन । बरु यस्तो अभ्यास र साधनाबाट मनलाई सुमन गर्ने अथवा मनलाई सुमार्गतर्फ लैजानेजस्ता व्यावहारिक पद्धतिको अवलम्बन गरिन्छ । त्यति मात्र नभएर आध्यात्मिक साधनाबाट मनभित्रको अथाह क्षमता र सम्भाव्यतालाई पनि सकारात्मक रूपमा उत्सर्जित गर्न सकिन्छ र आफ्नो कर्म क्षेत्रमा अग्रसर रहन सकिन्छ । जसले गर्दा मानव मनको अन्तरचेतनामा रहेको गुण र क्षमता पनि प्रस्फुटित हुन थााल्दछ र हामी पूर्ण सक्रियताका साथ प्रगतिको बाटोमा अगाडि बढ्न सक्तछौँ ।
अध्यात्म र स्वपरिवर्तन : आध्यात्मिक ज्ञानको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले अरुलाई बदल्ने प्रयास अथवा परिश्रम गर्नुको साटो स्वयंलाई रूपान्तरित अथवा परिवर्तन गर्न अभिप्रेरित गर्दछ । जसबाट मानिस निहित स्वार्थको त्याग गरी सर्वहित कल्याण र सेवााको लागि अभिप्रेरित हुन पुग्दछ, समर्पित बन्न पुग्दछ । आध्यात्मिक ज्ञानले मानिसको बाह्य सुधार र श्रृंगारभन्दा पनि आन्तरहृदयको शुद्धता र सशक्तीकरणलाई महत्व दिने गर्दछ । त्यसैले आध्यात्मिक साधना र योगको अभ्यासद्वारा मनलाई शान्त र सन्तुलित अनि शरीरलाई स्वस्थ र सक्रिय तुल्याई उन्नतिको बाटोतर्फ अग्रसर हुन सकिन्छ ।
आध्यात्मिक ज्ञानले मानिसलाई भौतिक प्रगति नै गर्नु हु“दैन अथवा आध्यात्मिक ज्ञानले मानिसलाई दीन, हीन र भिखारी नै बन्नुपर्दछ भन्दैन र भनेको छैन । बरु आध्यात्मिक ज्ञानले हामीलाई जहिले पनि सही मार्गको अवलम्बनद्वारा आफ्नो कर्तव्य पथमा अगाडि बढ्दै भौतिक उपलब्धि हासिल गर्ने र आफूले प्राप्त गरेको त्यस्तो भौतिक उपलब्धिलाई सहीरूपमा उपयोग गरी मानव हित र कल्याणमा पनि लगाउन अभिप्रेरित गर्दछ ।
अन्त्यमा प्रत्येक व्यक्तिले आफ्नो जीवन सुखी होस्, शान्त होस् र समृद्ध बनोस् भन्ने चाहना राखेको हुन्छ, परिकल्पना गरेको हुन्छ । यस्तो चाहना राख्नु स्वाभाविक हो र यो वास्तवमा हामी मानव मात्रको जन्मसिद्ध अधिकार पनि हो । तर चाहना राख्दैमा अथवा परिकल्पना गर्दैमा मात्र कुनै पनि कुरा पूरा हुने त होइन । आफ्नो यस परिकल्पनालाई मूर्तरूप दिन हामीले आध्यात्मिक ज्ञान र योगको साधनाबाट आफ्नो आन्तरिक मनस्थिति शान्त, स्थिर र सन्तुलित राख्दै जीवनलाई सक्रिय र कर्मशील बनाउनेतर्फ पनि निरन्तर प्रयत्नशील र अग्रसर रहनु पर्दछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया