बढ्दो जीवनयापन खर्च र यसले दैनिक जीवनमा पार्ने प्रभाव
काठमाडौं । मानिस जिउनकै लागि दैनिक संघर्ष गरिरहेको हुन्छ । जिउन गुजाराकै लागि संघर्ष गरे पनि जीवनयापन भने सहज बनिरहेको छैन । दैनिक उपभोग्य वस्तुको बजार मूल्य चर्कँदै जानु, अप्राकृतिक उत्पादनको कारण स्वास्थ्यमा समस्या देखिएर स्वास्थ्य खर्च बढ्नु, जलवायु परिवर्तनको कारण उत्पादन प्रभावित बन्नु र विभिन्न समयमा आउने प्राकृतिक प्रकोपले समयमा उत्पादन व्यवस्थापन गर्न नपाउनुले मानिसहरूको आम्दानीमा कटौती गरिदियो तर खर्चमा कमि गर्न सकेन । आजभोलि किराना सामग्रीलगायतका सामग्रीको मागले विश्वमा मानिसहरूको जीवनयापन लागत माथि चढिरहेको छ । अहिले विश्वमा महँगी दर सन् २००८ यताकै उच्च भएको छ । महँगीले आकास छोएको छ ।
केही वर्षयता ऊर्जा र इन्धनको मूल्य बढ्दै गयो महामारीको सुरुमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको थियो तर त्यसपछि माग ह्वात्तै बढ्यो र सन् २०२२ को पहिलो महिना अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो । अमेरिकामा पेट्रोलियम पदार्थ एक ग्यालनको ३ दशमलव ३१ अमेरिकी डलर औसत मूल्य पर्छ जुन एक वर्षअघि २ दशमलव ३८५ अमेरिकी डलर थियो । बेलायत र युरोपमा पनि ऊर्जा र इन्धनको मूल्यको अवस्था एउटै छ । दैनिक भान्सामा जोडिएको ग्यासको मूल्य पनि सोहीअनुसार बढेको छ । गत वर्ष एसियाबाट ग्यासको माग बढ्दा र युरोपमा चिसो मौसमको कारण उत्पादनमा कमी हुँदा ग्यासको भण्डारण नै रित्तियो । उत्पादन एकसाथ बढाउनु पर्दा उत्पादन लागत बढ्न पुग्यो सोहीअनुसार मानिसको आम्दानीमा बढोत्तरी हुन सकेन ।
कोरोना महामारीका बेलामा धेरै दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना भयो र वस्तुको मूल्य आकासियो । मानिसहरू गत वर्ष लकडाउनका बेला घरमै बस्न बाध्य हुँदा घरायसी सामग्रीको प्रयोग बढ्यो । न उनीहरूले बाहिरबाट आवश्यकीय वस्तु खरिद गर्न पाए, न रेष्टुराँ जान पाए न त बिदामा घुमघाम नै गर्न पाए । अधिकांश एसियाली देशहरूमा उत्पादकहरू धेरैले कोरोना संक्रमण नियन्त्रणार्थ उत्पादन नै बन्द गर्नुप-यो । उनीहरूले त्यसपछि माग धान्न नै संघर्ष गर्दै आइरहेका छन् । यसले प्लास्टिक, कंक्रिट र स्टिलजस्ता वस्तुको अभाव हुनथाल्यो जसले मूल्यवृद्धि निम्त्यायो । सन् २०२१ मा बेलायतमा काठको मूल्य त सामान्य अवस्थामा भन्दा ८० प्रतिशतभन्दा धेरैले बढेको थियो । यो अमेरिकामा दोब्बर बढीले बढ्यो । आजभोलि अमेरिकी खुद्रा बिक्रेताहरूले उनीहरूको मूल्य आपूर्ति शृंखला लागत बढेको भन्दै बढाएका छन् । त्योसँगै माइक्रोचिप्सको बजारमा अभाव छ जुन कार, कम्प्युटर र अन्य घरायसी वस्तुका लागि मुख्य सामग्रीको रूपमा प्रयोग हुन्छ ।
विश्वकै सिपिङ कम्पनीहरू जसले विश्वमा सरसामग्री ओसारपसारको काम गर्छन् उनीहरूलाई महामारीपछि बढ्दो मागले हैरान पारेको छ । यसको मतलब रिटेलरहरूले ती सामान स्टोर गर्न धेरैभन्दा धेरै पैसा तिर्नुपर्ने भयो । परिणामतः उपभोक्ता मूल्यवृद्धि ह्वात्तै बढ्यो । एसियाबाट ४० फिटको एक कन्टेनर युरोपमा पठाउन अहिले १७ हजार अमेरिकी डलर लाग्छ जुन भनेको एक वर्षअघिभन्दा १० गुणा धेरै हो जतिखेर यो १५ सय डलर मात्रै लाग्थ्यो । यसलाई हवाई ढुवानी शुल्क र युरोपमा लरी चालकहरूको अभावले पनि साथ दिएको छ । अर्को उपभोक्ता मूल्य बढाउने कारण नै जहाज भाडा (सिपिङ कस्ट) हो ।
अधिकांश मानिसहरूले महामारीमा काम छोडे या त परिवर्तन गरे । अमेरिकामा अप्रिलमा मात्रै ४० लाख मानिसभन्दा धेरैले काम छाडेको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ । जुन हालसम्मकै धेरै हो । परिणामतः कम्पनीहरूले चालक, खाद्य प्रक्रिया मिलाउने र रेष्टुराँ वेइटरजस्ता कर्मचारीको अभाव सामना गरे । ५० मुख्य अमेरिकी खुद्रा बिक्रेताको एक सर्वेअनुसार ९४ प्रतिशतले खाली ठाउँ पदपूर्ति गर्न समस्या भोग्नुपरेको थियो । यसको परिणाम कम्पनीहरूले काममा आकर्षित गर्न तलब बढाए, बोनस घोषणा गरे । म्याकडोनाल्ड र अमेजनले दुई सय डलरदेखि एक हजार डलरसम्मको बीचमा बोनस अफर गरिरहेका छन् । तर त्यसले कर्मचारीको लागत बढायो र यसको चाप उपभोक्तामा पर्न गयो । कपडाको विश्व ब्रान्ड नेक्स्टले सन् २०२२ को लागि योजना गरिएको मूल्यवृद्धिलाई यसैमा दोष दिएको छ ।
जलवायु प्रभाव विश्वमा उपभोक्ता मूल्य बढाउने अर्को सूचक बन्यो । विश्वका धेरै ठाउँमा असामान्य मौसमले पनि महँगी बढाउन योगदान गरेको छ । आँधीजन्य विपत्ले विश्व तेल आपूर्तिमा क्षति पु-याउँदा तेलको मूल्य बढ्न पुगेको छ । त्योसँगै माइक्रोचिप्सको अभावले समस्यासँगै बजार मूल्य बढायो । त्यस्तै ब्राजिलजस्ता धेरै कफी उत्पादन गर्ने देशले कफिको लागत बढाउँदा पनि बजारको महँगीमा योगदान पुगेको छ । पछिल्ला दिनहरूमा धेरै आयात लागतले पनि मूल्यवृद्धिमा योगदान पुगेको छ । ब्रेक्जिटपछिका व्यापार नियमले युरोपबाट बेलायतमा आयात घटेको छ । युरोप घुम्ने बेलायतीमाथि रोमिङ शुल्क पुनः लाग्ने देखिएको छ । चिनियाँँ वस्तुमाथि अमेरिकी आयात शुल्कवृद्धिले पनि उच्च मूल्यवृद्धिमा मदत पुगेको छ ।
विश्वभरका सरकारले महामारीका बेला दिएको राहत अब क्रमशः सकिँदै गएको छ यसले मानिसलाई अल्छि र डुलन्ते बनायो । डुल्ने घुम्ने खाने प्रवृत्ति संस्कारिक वा देखासेखीको रूपमा वृद्धि भयो । जसका कारण कर बढ्न पुग्यो, यसरी कर बढ्दा कस्ट अफ लिभिङ बढ्न पुगेको हो । तर मानिसहरूको तलबमा खासै परिवर्तन भएको छैन । विकसित अर्थतन्त्र भएका राष्ट्रहरूले कामदार संरक्षण गर्ने नीति अँगालिरहेका छन् । यसले पनि बजारमा महँगी बढ्न पुग्ने केही अर्थशास्त्रीहरूले बताइरहेका छन् ।
महामारीसँगै नाक र मुख छोप्न मास्क लगाउने विश्वव्यापी ह्वीप जारी भयो । मानिसको प्राकृतिक स्वतन्त्रतामा अंकुश लाग्यो । जसका कारण मानिस थप रोगी बन्न पुगे । स्वासप्रस्वास, मेन्टल र मुटुसम्बन्धी रोगबाट मानिस थलिन थाल्यो । उसको जीवनयापनका लागि गरिने खर्च अन्यत्र गयो, अनुपयोगी भयो । उसलाई पुनः स्वस्थ बन्न थप लागत सिर्जना भयो । यसले परिवारकै उपभोग क्षमता न्यून बनाई एउटा स्वासको लागि लागत वृद्धि गरिदियो । पछि पूरै परिवार कम गुणस्तरको जीवन जिउन बाध्य बने ।
विश्वव्यापीकरण, विश्वस्थानीयकरणजस्ता अवधारणा आजभोलि आम मानिसको जिब्रोको टुप्पोमा झुण्डिएको छ । यसले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड गर्दै लगेको छ । प्रविधि नजानेको र उपकरण नभएको मानिस आज विश्वमा टिक्न गाह्यो हुन्छ भन्नेजस्तो गैरशैक्षिक विज्ञापन बजारमा फैलाइएको छ । यस विज्ञापनको उम्मेदवार बन्न मानिस तँछाडमछाड गरिरहेको छ । मानिस यसैमा लगानी गर्न भिडिरहेको छ । जसका कारण पनि मानिसको जीवनयापन लागत बढ्न पुग्यो ।
एक्काईसौँ शताब्दीमा उपभोगभन्दा पनि उपभोगबाट नष्ट भएको वस्तु व्यवस्थापनमा खर्च बढ्न पुग्यो । उपभोगको एक चौथाइ व्यवस्थापनमै खर्च भइरहेको छ । तसर्थ मानिसले व्यवस्थापनमा कम लागत लाग्ने वस्तु उपभोगमा जोड दिँदा बुद्धिमानी हुन्छ । शरीर बच्छ, लामो समयसम्म स्वस्थ रही बाँच्ने दर बढ्छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया