विश्वसम्पदा दिवस र नेपाल
काठमाडौं । प्रत्येक वर्ष नेपाललगायत विश्वभरि अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न कार्यक्रमका साथै यस दिवस मनाउने गरिन्छ । यो विश्वसम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो र यस दिवसमा विश्वभरि धेरै सम्पदा संरक्षणका आवाजहरू उठ्ने गर्दछन् । यसरी विभिन्न किसिमका सम्पदाहरू चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरूलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन महत्वपूर्ण रहेको छ ।
नेपाल एक बहुजातीय, बहुभाषिय, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो । यहाँ धर्म संस्कृतिक विविधताभित्र एकता पाइन्छ । यहाँ विविध सांस्कृतिकहरूले परापूर्वकालदेखि नै अपूर्व मेल रहिआएको छ । जसले गर्दा देशलाई साझा संस्कृतिको विकास भएको देश भनी सगौरव भन्न सकिन्छ । फलतः प्राचीन कालदेखि नै देश विभिन्न धर्मालम्बीको बसोबास गर्ने थलोको रूपमा रहेको छ । यहाँ खासगरीकन हिन्दु धर्म र बौद्ध धर्मको बाहुल्यता रहेको छ । यीबाहेक इस्लाम, इसाई, किराँत, शिखलगायत अन्य धर्मावलम्बीहरू पनि उत्तिकै स्वतन्त्रता रूपमा रहेका छन् । देशको कुरा गर्ने हो भने पनि प्राचीनकालदेखि परम्पराको रूपमा चलिआएका मानव संस्कारहरूलाई नै संस्कृति भनिन्छ । यिनै संस्कृतिभित्रै जसले धार्मिक आस्था र विश्वास झल्किने संस्कृतिलाई सांस्कृतिक सम्पदा भनिन्छ । यसमा खासगरीकन हाम्रा परम्परागत मान्यताहरू, आचारविचार, अभिलेख, धर्म र धार्मिक ग्रन्थहरू लोकनृत्य, शिलापत्रहरू नै सांस्कृतिक सम्पदाहरू हुन् ।
सन् २०१० सम्ममा विश्वका ऐतिहासिक तथा सांस्कृतिक महत्वका सात सय चारवटा स्थानहरू विश्वसम्पदामा परेका छन् । यसमध्ये हाम्रो देशमा १० वटा स्थानहरू विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको सम्बन्धित क्षेत्रले जनाएको छ । त्यसमध्ये आठ स्थानहरू ऐतिहासिक तथा सांस्कृतिक महत्वका रहेका छन् । यिनै विभिन्न सम्पदाले नै समाजको विशेषतालाई प्रतिविम्बित गर्दछन् । यसको लागि नेपाल सरकारले सांस्कृति सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पुरातत्व विभागको स्थापना गरिएको छ । मूलतः भौतिक र अभौतिक गरी दुई प्रकारका सांस्कृतिक सम्पदाहरू हुन्छन् । यसरी भौतिक सांस्कृति सम्पदाहरूमा ऐतिहासिक दरबार, पौराणिक मन्दिर, शालिक, लोक बाजा, गुम्बा, स्तूप, मूर्ति, ताम्रपत्र, लोकनृत्य, शिलालेखजस्ता अभिलेखहरू, ऋषिमुनिका तपोभूमिका रूपमा रहेका हिमाल पहाड तथा नदीहरू ऐतिहासिक गुफा तथा तीर्थस्थल, श्रीखण्ड, रुद्राक्ष आदिजस्ता धार्मिक महत्वका वृक्षहरू, प्राचीन गरगहना, प्राचीन हातहतियार आदि पर्दछन् । त्यसरी नै अभौतिक सांस्कृतिक सम्पदाहरूमा चालचलन, चाडपर्व, रीतिस्थिति, धर्म, भेषभूषा, रहनसहन, तीथी, व्रत आदि पर्दछन् ।
विगतको समयलाई केलाउने हो भने सम्पदाको चोरी चकारीमा पञ्चायत शासनको बेला सबैभन्दा बढी मूर्ति देशबाहिर पुगेको विभिन्न सञ्चारमाध्यहरूबाट पनि छर्लङ्ग भएको प्रमाणित भएको छ । यसलाई मध्यनजर गरी हेर्ने हो भने प्रायः बेलायत, अमेरिका, जर्मनी, फ्रान्सलगायत पश्चिमी देशका संग्रहालयमा नेपाली मूर्ति पुगे । यसरी अन्तर्राष्ट्रिय सन्धि तथा प्रावधानका कारण अमूल्य निधि जहाँबाट चोरिएका थिए । उक्त अन्तर्राष्ट्रिय सन्धि तथा प्रावधानअनुसार फिर्ता गर्ने पहल हुन थाले । यस किसिमको ऐतिहासिक सम्पदाका मठमन्दिर तथा मूर्ति संरक्षणमा संयुक्त राष्ट्रसंघीय संस्था युनेस्कोको ठूलो योगदान रह्यो । अतः मूर्ति देशका अमूल्य निधि हुन् । तथापि, मठमन्दिरमा स्थापित देवीदेवताका मूर्तिमा भक्तजनको आस्था स्वाभाविक पक्ष हो भने यी मूर्ति राष्ट्रको कला, संस्कृतिलगायत पाटाका सम्बन्धमा पनि जानकारी दिने महत्वपूर्ण निधिसमेत हुन् ।
यसरी विसं २०४७ मा बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपश्चात् सर्वसाधारणमा चेतना अभिवृद्धिलगायत पक्षका कारणबाट देशका मठमन्दिरबाट मूर्ति चोरी हुने घटनामा केही कमी आएको थियो । यसको साथसाथै नेपाल प्रहरीको आँकडाअनुसार विगत चार वर्षमा काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिरबाट मात्र १४ वटा मूर्ति हराइसकेका थिए । जसमध्ये तीनवटा मूर्ति मात्र फेला परेका छन् । यो तथ्यांकले के देखाउँछ भने चोरिएका मूर्ति फेला पर्ने दर निकै न्यून रहेका प्रस्ट्याउँछ । यसलाई विश्लेषण गर्दा चोरिएका मूर्ति प्राप्तिमा नेपाल प्रहरीको थप सजगता आवश्यक रहेको तथ्यमा दुईमत छैन् ।
नेपाल सरकारबाट राष्ट्रिय सांस्कृतिक नीति २०६७ जारी गरिएको छ । यसमा समावेश भएका भाषा, कला, संस्कृति, ललितकला र संगीत नाट्य क्षेत्रको विकास प्रवर्द्धन र संरक्षणको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको गठन भई सञ्चालनमा रहेका छन् । त्यसरी नै सूचीकृत सम्पदाहरूको संरक्षणका लागि कार्यक्रमहरू सञ्चालनमा रहेका र पवित्र धार्मिकस्थल देवघाट क्षेत्रले २० वर्षे गुरुयोजना स्वीकृत भएको छ । यसको साथसाथै मुलुकमा हाल राष्ट्रिय संस्कृति नीति, २०६७, पशुपति क्षेत्र विकास कोष ऐन, लुम्बिनी विकास कोष ऐन, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, तथा मन्त्रालयअन्तर्गतका विकास समितिहरूका गठन आदेशहरू, प्राचीन स्मारक संरक्षण ऐन, अभिलेख संरक्षण ऐन र नियममावलीहरू, नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, सञ्चार संस्थान ऐन, नेपाल प्रतिलिपी अधिकार ऐन तथा नियामावली कार्यान्वयनको क्रममा रहेको पाइन्छ ।
समग्रमा भन्नुपर्दा विसं १९९० साल २०७२ सालको भूकम्पले अझ धेरै विभिन्न सम्पदाहरूको नोक्सान पु¥याएको थियो । यी सम्पदाहरू हालसम्म पनि निर्माण हुन सकिरहेको छैन् । जसले गर्दा यी सम्पदाहरू जोगाउनु सरकारको परम कर्तव्य तथा अधिकार पनि हो । यस्ता किसिमका सम्पदा हेर्नको लागि विदेशबाट पर्यटनहरूको ओहिरो लाग्ने गरेको कुरा कसैबाट पनि छिपेको छैन । जसले गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका सम्पदाहरूको सुरक्षा तथा संरक्षण गर्नु सरकारको अधिकार तथा कर्तव्य पनि हो । यी राष्ट्रको सम्पत्तिको रूपमा रहेका यस्ता किसिमका धरोहरहरूलाई जोगाइराख्नु अनि इतिहास जोगाउने सम्पदाहरूको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । अपितुः पञ्चायतकालमा राजकीय शक्तिसँग नजिक रहनेहरू नै मूर्तिचोरीमा संलग्न हुन्थे भन्ने कुरा छर्लङ्गै छ । त्यस क्रममा द्रव्यपिचासले विदेश पु-याएका ७६ वटा मूर्ति नेपाल फिर्ता ल्याइसकिएको छ । अझै केही मूर्ति फिर्ता हुने क्रममा रहेको तथ्य आफैँमा सुखद तथा खुसीको विषय हो ।
विश्वका कुनै पनि स्थानमा रहेका चोरिएका नेपाली मूर्ति स्वदेश फिर्ता ल्याउन सरकारले निकै गम्भीरतासाथ प्रयास गर्नुका साथै यससम्बन्धी अध्ययन गर्नु पनि निकै महत्वपूर्ण छ । हाम्रो देश यस्तो मुलुक हो जहाँ एउटा इतिहास बोकेको प्राचीन सहरहरूको देश हो । उदाहरणको लागि काठमाडौंको बसन्तपुर दरबार त केवल एउटा प्रतिनिधिस्थल मात्र भयो यस्ता धेरै ऐतिहासिक नेपाली संस्कार तथा सभ्यता बोकेका सम्पदाहरू देशका कुनाकन्दराहरूमा अवस्थित रहेका छन् । यद्यपि, हजारौँ वर्ष अनूभूत गरेका अनि देखेका यस्ता सम्पदाहरूलाई हामीले कत्तिको जोगाउन सकेका छौँ त ? आज नेपालीहरू सकलले यो प्रश्नको उत्तरमा गहनतापूर्वक सोच्ने बेला मात्र हैन अबेला नै भएको छ । यी कुराहरूलाई राम्ररी मनन गरी तीनै तहका सरकारहरूले आ–आफ्नो कार्य क्षेत्रमा रहेका भौतिक तथा अभौतिक सम्पदाहरूको संरक्षण तथा सवद्र्धनको लागि बेलैमा गम्भीररूपमा सोच्नुपर्ने बेला टड्कारोरूपमा रहेको देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] : https://www.aarthikdainik.com/view/60798/ […]