आर्थिक पुनरुत्थानका लागि आन्तरिक पर्यटन विकास
काठमाडौं । आज विश्व नै कोभिडबाट प्रभावित भएको छ । यसमा पनि विशेषतः पर्यटन उद्योग बढी प्रभावित भएको छ । सन् २०२० मा विश्व बैंकद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा पर्यटन उद्योगका लागि उपयुक्त वातावरण बन्दै गएको कुरा प्रतीत हुन्छ । उक्त प्रतिवेदनका अनुसार उक्त उद्योग सञ्चालनको सहजताका सूचकमा ६३ दशमलव २ सहित विश्वका एक सय ९० अर्थतन्त्रमध्ये ९४औँ स्थानमा नेपाल रहेको छ । तर सन् २०१९ को अन्त्यतिर देखापरेको कोभिडको कारणले यहाँको पर्यटन उद्योग धेरै प्रभावित भएको छ ।
वस्तुतः आज काभिडको कारण विश्वको आन्तरिक पर्यटन उद्योगबाट २ दशमलव ८६ मिलियन डलर घाटा भएको छ भने ५० प्रतिशत राजस्वमा गिरावट आएको छ । फलतः विश्व पर्यटन बजारलाई नै तहसनहस बनाएको छ ।
नेपाल पर्यटन बोर्डको एक प्रतिवेदनअनुसार नेपालको पर्यटन क्षेत्रमा प्रतिदिन १० अर्ब नेपाली रूपैयाँबराबरको नोक्सानी भइरहेको छ । सन् २०२१ को मे महिनामा एक प्रतिष्ठित व्यक्तिले पर्यटनसम्बन्धी उद्योगमा गरिएकोे गरेको एक अध्ययनमा उक्त उद्योगको अवस्था चिन्तनीय देखिन्छ ।
लामो अवधिसम्म पर्यटन उद्योगसँगै सम्बन्धित उद्योगहरूमध्ये ९४ प्रतिशत बन्द गरिएको थियो । यसमध्ये १७ प्रतिशत पूर्ण रूपले बन्द गरिएको थियो । फलतः आज यी उद्योगहरूमध्ये १७ प्रतिशत ऋषमा डुबेका छन् । यति मात्र होइन, यी उद्योगहरूमा काम गर्ने ६५ प्रतिशत कामदारहरू बेरोजगार भएका छन् भने हाल ३५ प्रतिशत कामदारहरूले मात्र रोजगारी प्राप्त गरेका छन् ।
यस्तो अवस्थामा आन्तरिक पर्यटनको ठोस विकास गर्न सकेमा कुनै पनि देशको अर्थतन्त्रमा केही योगदान पुग्न सक्नेछ । तर यसका लागि उक्त क्षेत्रमा हतोत्साहित भएका लगानीकर्तालाई आकर्षित गर्न एकातिर पर्यटन सुरक्षा कोषको स्थापना गर्न आवश्यक छ भने अर्कोतिर वित्तीय सहयोग, रोजगार कोषको स्थापना, व्यवसायीहरूलाई केही वर्षका लागि कर छुट र शून्य ब्यजदरमा कर्जाको व्यवस्था गर्न जरुरी छ । योबाहेक सरोकारवालाहरूको क्षमता अभिवृद्धि एवं निजी साझेदारीलाई प्रत्साहित गर्न पनि उत्तिकै आवश्यक छ ।
कोभिड–१९ को महामारीको कारण आज बाह्य पर्यटन धराशायी बनेकोले आन्तरिक पर्यटनलाई बढावा दिन आवश्यक छ । कोरोनाको अन्त्य हुने निश्चित नभएकोले अब यहँका युवायुवतीहरूले विदेश होइन स्वदेश घुम्न लालयित हुनु जरुरी छ । यस्तो भएमा आन्तरिक पर्यटन चलायमान भई नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन आउनेछ । परन्तुः यसका लागि सबै व्यक्तिहरू आकृष्ट हुनुपरेको छ ।
वस्तुतः नेपाल एक खुला विश्व विद्यालय नै हो जहाँ पहाड, झर्ना, तालतलैया, गुफा, सामाजिक रहनसहन र विविध जनजातिका आ–आफ्नै परम्पराहरू छन् । यिनीहरूको अध्ययन र अनुसन्धान गर्न जरुरी छ । यस्तो अध्ययनलाई कल्चरल डिप्लोम्यासी भनिन्छ । जसको प्रवर्द्धन गर्न आवश्यक छ । कोरोना महामारीको यो कठिन परिस्थितिमा उक्त डिप्लोम्यासीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहले सोही डिप्लोम्यासी उपयोग गरी टुक्रिएको नेपाललाई एकीकरण गर्न सफल भएका थिए ।
यथार्थतः आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेको बेला पर्यटनको माध्यमबाट पनि आ–आफ्ना सांस्कृतिक पहिचान गराउन सकिन्छ । सदैव हात बाँधेर बस्यौँ भने मुख र पेट पनि बन्द गर्ने अवस्था आउन सक्छ । त्यसैले अब कोभिड–१९ सँगै सम्पूर्ण पुरुष तथा महिला पनि गतिशील हुनुको विकल्प छैन ।
केही वर्षयता आन्तरिक पर्यटनको महत्व दिन प्रतिदिन बढिरहेको छ । वास्तवमा नेपालमा विविध धार्मिक, सामाजिक र सांस्कृतिक परम्परा हुनाले यही विविधता हेर्नका लागि पर्यटकहरू आकृष्ट हुन्छन् ।
आज पश्चिमा देशहरूमा इको–टुरिजम र कल्चरल डिल्लोम्यासीसम्बन्धी धेरै काम भएका छन् । पर्यटकहरूले अनलाइन र इन्टरनेटको माध्यमबाट आफूले पुगेका देश र स्थानको बारेमा प्रचारप्रसार गरिरहेका छन् । यसबाट धेरै व्यक्ति लाभान्वित भएका छन् ।
वास्तवमा एडमन्ड हिलारी र तेन्जिङ सेर्पाले सरमाथा चढेपछि मात्र नेपालका हिमालहरूको धेरै प्रचार–प्रसार भयो । फलतः यो देशलाई विश्वले चिन्न थाले । विगतमा जति विदेशीहरू नेपाल घुम्न आए उनीहरूले नेपालको बारेमा धेरैलाई जानकारी गराए ।
वर्तमान समयमा विश्वका धेरै मानिसहरू सहरभन्दा गाउँ बढी घुम्न चाहन्छन् । कोभिड–१९ को कारणले आज धेरैजसो मानिसलाई सहर वाक्क लाग्न थालेको छ । त्यसैले वर्तमान समयमा ग्रामीण क्षेत्रको महत्व दिन प्रतिदिन बढिरहेको छ ।
मानव स्वभावले नै प्रकृतिको नजिक रहेर जिउन चाहन्छ । त्यसैले ऊ सहर होइन हिमाल, पहाड, नदीनाला, तालतलैया, सिमसार र ग्रामीण जीवनमा बाँचेका मानिसहरूका रहस्यमय जिन्दगीको बारेमा सिकाउँछ । धेरैजसो नेपालीहरू आफूलाई प्राकृतिकरूपमा सम्पन्न ठान्छन् । परन्तु यहाँ उभिरहेको सगरमाथा र सुतिहेको तराई हेर्न मात्र पहिलाका जस्ता धेरै पर्यटक आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको विज्ञापनले मात्र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्दैन किन भने आजकाल उनीहरू केही नयाँ स्थान वा दृश्य देख्न चाहन्छन् । उनीहरूको बसाइ लम्ब्याउन सके मात्र पर्यटन उद्योगबाट फाइदा लिन सकिन्छ जसका लागि सहर केन्द्रित देवी–देवताका मन्दिरहरू मात्र पर्याप्त छैनन् ।
आगामी दिनहरूमा विदेशी पर्यटकहरूलाई सहरमा होइन गाउँघरमा आकर्षित गर्न सक्नुपर्छ । अब सहरको विज्ञापन होइन गाउँको विज्ञापनमा विशेष जोड दिनुपर्छ । जसले गर्दा गाउँ नै नेपाल हो भन्ने कुरा बुझ्न सकियोस् ।
वर्तमान सरकारले पर्यटकहरूलाई गाउँ जान प्रेरित गर्नुपर्छ किनभने यहाँ बेरोजगारीका समस्या दिन प्रतिदिन बढ्दो क्रममा छ । यहाँका युवायुवतीहरूलाई खाडी मुलुकहरू जान रोक्नका लागि ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ । यसो गर्नसकेमा विदेशी पर्यटकहरूले केही नयाँ अनुभूति गर्नेछन् ।
आगामी दिनहरूमा पर्यटकहरूलाई पशुपतिनाथ, स्वयम्भु र ठमेलको गल्लीमा मात्रै सीमित राख्न सकिने छैन । किनकि यो कुरा अब पुरानो भएको छ । नेपालमा घुम्न आउने धेरै पर्यटकहरू आर्थिकरूपले त्यति सम्पन्न हुँदैनन् । उनीहरू थोरै खर्च गरेर बढी अवलोकन गर्न चाहान्छन् । वास्तवमा उनीहरूको यहाँको बसाइ बढाएर बढी फाइदा लिने हो भने ग्रामीण पर्यटन र होमस्टेलाई बढी जोड दिनुपर्छ ।
वस्तुतः पर्यटकहरूका लागि काठमाडौं एक ट्रान्जिट प्वाइन्ट मात्र हो । वर्तमान अवस्थामा पर्यटनबाट फाइदा लिन ग्रामीण पर्यटन र होमस्टे सञ्चालका आधारशिला खडा गर्न जरुरी छ । सरकारले निजीस्तरबाट सञ्चालनमा आएको होमस्टे, रिसोर्ट र ग्रामीण क्षेत्रमा खोलिएका होटेलहरूलाई सहुलियत ऋण प्रदान गर्नुका साथै करमा समेत छुट दिएर उनीहरूका व्यापारिक मनोबल बढाउनु जरुरी छ ।
वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्नसकेमा आन्तरिक पर्यटकहरूबाट पनि धेरै आम्दानी हुन सक्छ । नेपालीहरूले अब विदेश होइन स्वदेश घुमेर आफ्नो राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउन सघाउ पु¥याउनुपर्छ । उक्त पर्यटनलाई बढुवा दिनसके देशका विभिन्न ठाउँमा निजी तथा साझेदारीमा खोलिएका होमस्टेका सञ्चालकहरू बेरोजगार हुने छैनन् । योबाहेक गाउँलेहरूसँग रमाइलो गर्ने र उनीहरूको खेतबारीमा उब्जेको आर्गानिक खाना खाने गर्नाले स्थानीय संस्कृतिको आदान–प्रदान भई यहाँको आर्थिक विकासमा पनि केही हुनेछ ।
कोभिड–१९ को महामारीसँगै जारी गरिएको बन्दाबन्दीले समाजका धेरै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीका कारण आममानिसको जीवनमा गम्भीर समस्याहरू सिर्जना भए पनि केही सकारात्मक प्रभाव पनि देखिन थालेका छन् । धेरै व्यक्तिको दैनिकीमा आएका परिवर्तनले भ्रमण संस्कृतिको विकास हुन थालेपछि धेरै ठाउँमा आन्तरिक पर्यटन फस्टाउन थालेपछि धेरै गाउँ होस वा सहर बजार सबै ठाउँका मानिसमा फुर्सदमा घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिन्छ ।
बन्दाबन्दीपछि लेक लाग्ने, न्यूनतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगीहरूको कमी खाने बस्ने समस्याहरू रहे पनि नेपाल, भारत सीमावर्ती क्षेत्रहरूमा प्रत्येक दिन सयौँ आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् जहाँ कतिपयले त आफ्नै गाडी र बन्दोबस्ताका सामग्रीहरू ल्याएर रमाइलो गर्छन् ।
वस्तुतः आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले नीतिनियमहरू नबनाएको होइन तर यिनीहरू कार्यान्वयन गर्न नसक्नाले खासै सकारात्मक प्रभाव पर्न सकेको छैन ।
कोभिड–१९ को महामारीसँगै जारी गरिएको बन्दाबन्दीले समाजका धेरै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीको कारण आममानिसको जीवनमा गम्भीर समस्याहरू सिर्जना भए पनि केही सकारात्मक प्रभाव पनि देखिन थालेका छन् ।
धेरै व्यक्तिको दैनिकीमा आएका परिवर्तनको कारण भ्रमण संस्कृतिको विकास हुन थालेपछि धेरै ठाउँमा आन्तरिक पर्यटन फस्टाउन थालेको छ । गाउँ होस् वा सहर बजार सबै ठाउँका मानिसमा फुर्सदमा घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिन्छ । बन्दाबन्दीपछि लेक लाग्ने, न्यूनतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगीहरूको कमी, खाने बस्ने समस्याहरू रहे पनि नेपाल भारत सीमावर्ती क्षेत्रहरूमा प्रत्येक दिन सयौँ आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् जहाँ कतिपयले त आफ्नै गाडी र बन्दोबस्तीका सामग्रीहरू ल्याएर रमाइलो गर्छन् ।
सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा लिई उक्त क्षेत्रलाई प्राथामिकतामा राखेको छ । पर्यटन सेवाको गुणस्तर वृद्धि गरी विदेशी मुद्राको आर्जन बढाउने र रोजगारीका अवसरहरू बढाई सर्वसाधारणको जीवनस्तर उकास्ने सरकारको लक्ष्य स्वागतयोग्य छ । तर विगतमा चरणबद्ध कोरोना महामारीको कारण नेपालमा तत्काल अपेक्षित विदेशी पर्यटकहरूको आगमनको सम्भावना कम छ । यस्तो परिस्थितिमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न जरुरी छ ।
नेपाल सरकारले विगतमा बजेटमार्फत घोषणा गरेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न, निजामति, सार्वजनिक र प्रतिष्ठानका कर्मचारीलाई दश दिनको पारिश्रमिकबराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसलाई यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक छ ।
वस्तुतः पर्यटन काजसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुनसकेमा यसले महामारीको कारण सुस्ताएको पर्यटन क्षेत्रलाई गति प्रदान गर्न र आर्थिक पुनरुत्थानमा सहयोग पुग्न सक्छ । योबाहेक निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नु आवश्यक छ ।
वस्तुतः आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले नीतिनियमहरू नबनाएको होइन । तर यिनीहरू कार्यान्वयन गर्न नसक्नाले खासै सकारात्मक प्रभाव पर्न सकेको छैन । त्यसैले भविष्यमा सरकारले कार्यान्वयन पक्षलाई विशेष जोड दिन नितान्त आवश्यक छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया