आकाशियो बजारमूल्य, नियन्त्रणको औजार के ?
केशव आचार्य काठमाडौं । विश्वमा कोरोना महामारी फैलिएसँगै उत्पादन न्यून हुँदै गयो । रोजगारी र आय घट्दै गयो । अर्थतन्त्र निरन्तर ओरालो लाग्न थाल्यो । आजभोलि त विश्वव्यापीरूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म आइपुगेको छ । कोभिडपछि मागको तुलनामा आपूर्ति बढ्न नसक्दा विश्वभर मूल्यवृद्धिको दबाब पर्न थालेको हो ।
पछिल्लो समय रुस–युक्रेन युद्ध विश्वभरि नै बजारभाउ बढाउने कारण बन्यो । विशेषतः इन्धनको मूल्यमा भएको बढोत्तरीले हरेक वस्तुको मूल्यमा वृद्धि भयो । नेपाल पनि विश्वव्यापी खाद्य र इन्धन संकटको प्रभावबाट अछुतो रहन सकेन । संकटको सामना गरिरहेको अवस्थामा विश्वव्यापी संकट र समाधानका उपाय विषयक अन्तरक्रियात्मक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले कोभिड र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको बताउनुभयो ।
आज विश्वमा बजारमूल्य तीव्रत्तर हुँदै गइरहेको छ । मुद्रस्फीतिले हरेक देशलाई आक्रान्त बनाइरहको छ । अहिले अमेरिकामा मूल्यवृद्धि ४० वर्षपछिकै सबैभन्दा उच्च ८ दशमलव ३ प्रतिशत पुगेको पाइएको छ । भारतमा झन्डै ८ प्रतिशत, टर्कीमा ७० प्रतिशत, युरोपमा ५ प्रतिशत र नेपालमा पनि चैतसम्म आइपुग्दा मूल्यवृद्धि दर ७ दशमलव २ प्रतिशत पुगेको छ ।
रुस–युक्रेन युद्ध सुरु नहुँदै मूल्यवृद्धिको चाप पर्न गएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । हाल खाद्य तथा इन्धन संकटको प्रभाव विश्वकै अर्थतन्त्रमा परेको छ, उहाँले भन्नुभयो, हामीले पनि साढे ७ प्रतिशतको मूल्यवृद्धि व्यहोर्नुपरेको छ । तर, नेपालमा जतिसुकै मूल्य बढ्दासमेत उपभोग घट्न नसकेको उहाँ बताउनुहुन्छ । कोरोनापछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा विश्वकै अर्थतन्त्रमा असन्तुलन देखिन पुगेको हो ।
विश्वव्यापी खाद्य संकट चुलिने आकलन गरेर भारतले गहुँ निर्यातमा रोक लगाएको थियो । यस्तो समस्याबाट जोगिने उपाय स्वदेशमै उत्पादन नबढाउनुको विकल्प देखिँदैन । देशभित्र रहेको कृषियोग्य भूमि पूरै उपयोग गर्न सकेमा कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकिने अवस्था सिर्जना हुन्छ । पछिल्लो समय कृषि उत्पादनमा बढेको उत्साहलाई थप प्रोत्साहन गरी खाद्यान्नजन्य उत्पादनलाई बिस्तारै आत्मनिर्भर बनाउन सकिने अवस्था छ । यसका लागि सरकारको कृषि नीति प्रभावकारी बनाइनुपर्दछ ।
कोभिडको प्रभाव कम हुँदै गएर एक्कासि बजारमा माग बढ्दा मूल्यवृद्धिमा चाप परेको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)ले बताएको छ । विश्वमै ऊर्जा, मल र खाद्यान्नको मूल्य समानान्तर रूपमा बढ्दै गइरहेको बताइएको छ । उत्पादनमा कमि र उपभोगको लागि उच्चतम मागको कारण पूर्तिमा न्यूनता देखियो । पूर्ति न्यून भएकोले बजार मूल्य आकाशिन पुग्यो ।
यदि खाद्य संकट हुने अवस्था आएमा त्यसलाई अवसरका रूपमा लिँदै देशभित्रै उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने हुन्छ । पछिल्लो समय इन्धनको मूल्य बढ्दा ढुवानी र उत्पादनमा लागत बढ्न गई बजारभाउ उच्च भएको हो । कोभिडपछि विश्व नै तंग्रिन खोज्दा बजारमा चाप पर्दै गइरहेको अवस्थामा रुस–युक्रेन युद्धले मूल्य वृद्धिमा थप सहयोग पुु¥याइदियो ।
कोभिडको प्रभाव, रुस र युक्रेन युद्ध, अमेरिकी डलरसँगको विनिमय दरका कारण नेपालमा पनि मुद्रास्फीति, खाद्यान्न, ऊर्जा, वैदेशिक व्यापार र विदेशी मुद्रा सञ्चितिमा चाप पर्ने देखिएको छ । यस संकटलाई पार लगाउन हामीले पूर्वतयारी गर्नु आवश्यक छ । नेपालमा कुल आयातको करिब १५ प्रतिशत हिस्सा इन्धनको छ । नेपालमा विद्युत् आयोजना निर्माणलाई तीव्रता दिनुका साथै विद्युतीय उपकरणको उपयोग बढाउँदा इन्धन आयात घटाउन सकिनेछ । निरन्तररूपमा बढेको इन्धनको मूल्यका कारण ढुवानी खर्च, औद्योगिक एवं कृषि मेसिन उपकरणको सञ्चालन खर्च वृद्धि हुन पुग्यो । नेपालमा वार्षिक करिब छ लाख मेट्रिकटन खाद्यान्न अपुग हुने कृषि मन्त्रालयको तथ्यांक छ । विश्वव्यापीरूपमा खाद्यान्न आपूर्तिमा आइरहेको समस्याले समेत नेपालमा खाद्यान्न संकट निम्तिन सक्ने अवस्थालाई नेपालले मध्यनजर गर्न ढिला गर्नु हुँदैन ।
विद्यमान खाद्य तथा ऊर्जा संकट र बढ्दो मूल्यवृद्धि न्यूनीकरणका लागि इन्धन व्यवस्थापन, कृषिको इकोसिस्टम सुधार कार्ययोजना, मुलुकको अर्थतन्त्रले तत्काल भोगिरहेको तरलता र बाह्य क्षेत्रको चापको समाधानमा केन्द्रित हुनुपर्ने सुझाव आम मानिसले दिएका छन् । इलेक्ट्रिक सवारीसाधनलाई सार्वजनिक यातायातको मुख्य साधनका रूपमा प्रयोग बढाउनु आजको आवश्यक्ता भइसकेको छ ।
उपभोक्ताको बचतमा शून्यता र उपभोग क्षमतामा आएको कमीबाट बजार थप साँघुरिन पुगेको छ । आकाशिएको बजार मूूल्यको कारण आम मानिसको खरिद क्षमतामा ह्रास आइरहेको छ । यसकै कारण बजार कारोबारमा न्यूनता आइरहेको हो । अबका दिनमा मुद्रास्फीतिको महामारी फैलनसक्ने आशंका बढेको छ । उत्पादन घटेकोले आपूर्ति निश्चित बन्न पुग्दा मूल्य वृद्धि हुने हो ।
बजारमा मूल्य वृद्धिले उपभोगखर्चमा वृद्धि गर्दछ । यस अवस्थामा वस्तुको मूल्य बढी र स्वयं मुद्राको मूल्यमा कमी आउँछ । यसरी मुद्राको मूल्यमा आएको कमीले मुद्रामाथिको विश्वसनीयतामा आँच सिर्जना गर्दछ । यसका लागि सरकारको उत्पादन र वितरण नीति व्यवस्थित र नियन्त्रित हुन जरुरी छ । संकटको समयमा आम नागरिकको सहाय सरकार नै हो । सरकारले कृषकलाई ब्याज अनुदान, करार खेती ऐन, खाद्यान्न प्रशोधन गर्ने उद्योगलाई सहुलियत ऋण, खाद्यान्न भण्डारणदेखि समयमा मल तथा बीउ उपलब्ध गराउनेजस्ता कार्यहरूले उत्पादन बढ्न गई बजार मूल्य स्वत नियन्त्रित बन्न पुग्दछ । नियन्त्रित मूल्य दीर्घकालीन अर्थतन्त्रका लागि फलदायी हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया