नाइरोबी फ्लाइ कति घातक ?
काठमाडौं । नेपालमा अहिले नयाँखालको संक्रमण देखिन थालेको छ । एसिडले पोलेको जस्तो पोल्ने, दाग देखिने, जनैखटिराको जस्तो फोका आउने, रातो दागसहितको एलर्जीजस्तो हुने समस्या धेरै जिल्लामा देखिएको छ । यो नाइरोबी फ्लाइ कीराको संक्रमणबाट हुने गर्दछ । यो कीरा अफ्रिकी मुलुक हुँदै नेपाल प्रवेश गरेको जानकार बताउँछन् ।
तराईका विभिन्न जिल्लामा नाइरोबी फ्लाइ कीराको संक्रमण देखिएको छ । भारतीय सीमासँग जोडिएका स्थानमा यो कीराको संक्रमण बढी देखिएको छ । नाइरोबी फ्लाइको संक्रमणले एसिडले पोलेको जस्तो दाग देखिने, पोल्ने, दुख्ने, खटिराको जस्तो फोका आउनेलगायतका लक्षण देखिएका छन् ।
नाइरोबी फ्लाइ भनेको बिटल्स प्रजातिको किटाणु (कीरा) हो । विश्वभर बिटल्सका तीन लाख ५० हजारभन्दा बढी प्रजाति छन्, तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो कीरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्रयागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिने चिकित्सकहरू बताउँछन् । अहिले यो कीराको संक्रमण इलाम, झापा, काठमाडौं, धनगढीलगायतका जिल्लामा देखिएको छ ।
सन् १९९८ मा असामान्य रूपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त कीरा ठूलो संख्यामा प्रवेश गरेको आकलन गरिएको छ ।
बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने । उक्त कीराहरू सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । चिकित्सकका अनुसार उक्त कीराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ (एसिड) छोड्छ जसले छालालाई जलाउँछ ।
‘यो कीराले टोक्दैन । यदि केही गरी हाम्रो छालामा कीरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ, ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन् । एक वा दुई हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुनसक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ । ‘एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खत समेत बस्छ ।
उक्त कीराको एसिडको संक्रमणबाट लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म देखा पर्छन् । यसको एलर्जी निको हुन एकदेखि दुई हप्ता लाग्छ र आफैँ निको भएर जाने चिकित्सक बताउँछन् । यो कीराको शरीरमा हुने एक किसिमको रसायनले मानिसमा फैलँदा यस्तो समस्या आउने गर्दछ । कीराको टोकाइ मात्र नभई शरीरका कुनै भागमा प्रवेश गरेको कीरा माड्दा ‘पेड्रिन’ भन्ने टक्सिनले यस्तो लक्ष्यण देखाउने भनाइ छ छाला रोग विशेषज्ञको ।
यो कीरा झरीको समयमा देखा पर्छ । रातको समयमा पनि बत्तीको उज्यालो खोज्दै आएर मानिसको शरीरमा बस्छ । यस्तो समस्या हरेक वर्ष बर्खाको समयमा देखिने गरेको चिकित्सकहरूले बताएका छन् । नाइरोबी फ्लाइ कीराको संक्रमणबाट ठूलो जोखिम नहुने भए पनि जोगिन विशेष सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकको छ ।
घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला–ठूला फोका आउँछन् । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्याउन गाह्रो हुन्छ ।, यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनु पर्दैन ।’
कस्ता हुनसक्छन् लक्षण ?
– जनै खटिराजस्तो फोका आउने ।
– ठूलो खालको पानी फोका आउने ।
– पीप आउने फोका ।
– छाला रातो हुने ।
– पोल्ने ।
– रातो दाबर तथा बिमिरा आउने ।
– रातो धर्सेखालको एलर्जी हुने ।
चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भागजस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरू निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ । नाइरोबी फ्लाइले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनैखटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुनसक्ने हुन्छ । नाइरोबी फ्लाइकै कारण हो भनेर एकिन गर्न बायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको कारण क्लिनिकल डाइग्नोस्टिकल नाइरोबी फ्लाइकै कारण पुष्टि गर्न सकिन्छ ।
यो कीरा देखिएमा हातले नछुने र छोए साबुनपानीले हात सफा गर्नुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेषगरी आँखालाई नछोओस् भनेर ध्यान दिनुपर्छ । कीराको संक्रमणको लक्षण देखिएर बढी पोले वा बढी चिलाए चिकित्सकको सल्लाह लिनुपर्छ । यसबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने, झुल लगाएर सुत्ने, बत्तीले कीरा झुमिने भएकाले सुत्दा बत्ती निभाउने, घाउ भए फोहोर हुन नदिने, पोलेमा चिसो आइसले सेक्ने गर्नुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोओस् भनेर ध्यान दिनुपर्छ ।
यसको लागि खास उपचार छैन । कीराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ ।
कसरी सावधानी अपनाउने ?
– पूरा बाहुला भएको लुगा लगाउने ।
– झुल लगाएर सुत्ने ।
– सेतो बत्तीले कीरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।
– फोहोरमैला हुन नदिने ।
– पोलेमा चिसो आइसले सेक्ने ।
– धेरै नै दुःख दिएमा नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गर्ने आदि ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया