Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक विकासकेन्द्रित शैक्षिक गन्तव्य

आर्थिक विकासकेन्द्रित शैक्षिक गन्तव्य


काठमाडौं । समुन्नत राष्ट्र निमार्णका लागि निश्चितरूपमा गुणस्तरीय शिक्षाको आवश्यकता पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । ज्ञानरूपी अब्बल शैक्षिक विकासको अवधारणाको अभावमा कुनै पनि मुलुकले आर्थिक विकासको प्रारूप तयार पार्न सक्दैन । तसर्थ सन्तुलित शैक्षिक प्रणाली नै आर्थिक विकासको मार्गदर्शन समेत भएको हुँ‘दा यसको अनिवार्य आवश्यकतालाई पृथक राखेर विकासको लक्ष्य हासिल गर्छु भन्नु मिथ्या साबित हुनेछ । जसले आर्थिक विकासको साथै उत्पादकत्व अभिवृद्धि गर्न समेत निर्णायक भूमिका निर्वाह गर्ने देखिन्छ । परिणामतः प्रतिव्यक्ति आयमा वृद्धि गराई व्यक्तिगत आयआर्जनको क्षमता श्रीवृद्धि गर्न सहयोग प्रदान गर्नेछ । जसका कारण आर्थिक स्तरोन्नति गराउँदै व्यक्तिविशेषलाई समेत समृद्ध बन्ने सौभाग्य प्राप्त हुनेछ । सूक्ष्मरूपमा भन्ने हो भने, व्यक्ति समृद्ध हुनु भनेको पक्कै पनि सम्बद्ध राष्ट्र आर्थिक सम्मुन्नतिको पथमा अगाडि बढ्नु नै हो ।

यसप्रकारको शैक्षिक गन्तव्यको विकासले निश्चितरूपमा गुणस्तरीय एवं संख्यात्मक हिसाबमा मानवपुँजीको अभिवृद्धि गराउने अवस्था तयार पार्नेछ । मुलुकको अर्थतन्त्रमा प्रस्तुत अवस्था तयार हुनु भनेको श्रम उत्पादन तथा उत्पादकत्वमा समेत असीम मात्रामा वृद्धि हुनु हो । तदुपरान्त उल्लेख्य मात्रामा नवप्रवर्द्धनको प्रविधिमा आधारित विकासको सम्भावना मुलुकको अर्थतन्त्रमा भित्रिने प्रबल सम्भावना जीवन्त रहन्छ ।

जसबाट रुग्ण अवस्था रहेको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ । तत्पश्चात् उच्च नौलो ज्ञानले भरिपूर्ण रहेको प्राविधिक जनशक्तिको अभावलाई परिपूर्ति गर्दै उत्पादनमूलक प्रक्रियाको क्षेत्रमा नेपालजस्तो आर्थिक विकासको बाटोमा निरन्तर अगाडि बढिरहेको मुलुकलाई डोहो-याएर लग्नसक्ने अवस्था पैदा हुनेछ । प्रस्तुत उत्पादनमूलक कार्यलाई परिणाममुखी बनाउनुको खातिर विशेषगरी बहुआयामिक प्रतिभाको सदैव खाँचो रहन्छ । विशेषगरी मुलुकको शैक्षिक विकासलाई धेरैजसो अवस्थामा एउटै नजरले हेर्ने हाम्रो अन्तरशैक्षिक दृष्टि नै मूलतः केही हदसम्म दोषी हुन सक्दछ । जसका कारण लाखौँ लाख शैक्षिक जनशक्तिहरू या त खालिहात बाँधेर बेरोजगार भर्ई बस्न बाध्य छन् भने, अर्कोतर्फ न्यून पारिश्रमिक आर्जनका लागि खाडीलगायतका मुलुकहरूमा विदेशिन बाध्य भएको वास्तविक यथार्थलाई भुल्न मिल्दैन ।

हामीले जहिले पनि प्राविधिक विकास केन्द्रित शैक्षिक गन्तव्यलाई पृथक राख्दै गुणस्तरहीन शैक्षिक जनशक्तिको झुण्ड निर्माण गर्ने शैक्षिक विकासको मार्गलाई मात्र अपनाउने चेष्टा गरौँ । जसले केवल संख्यात्मक हिसाबमा मात्रै शैक्षिक वृद्धिदर अभिवृद्धि भएको दस्ताबेजहरू खडा गर्न सहयोगीको भूमिका निर्वाह गरेको पाइयो । प्रस्तुत अवस्थाविपरीत हामीले प्राविधिक जनशक्तिको ज्ञानले युक्त बहुआयामिक शैक्षिक विकासको मार्गदर्शनलाई आत्मसात् गर्ने चेष्टा गरेको भए आज मुलुकले आर्थिक विकासको क्षेत्रमा निकै ठूलो फड्को मार्न सक्षम रहने अवस्था तयार भइसक्ने थियो भन्न सकिन्छ । किनकि बहुआयामिक आर्थिक विकासले नौलो सोचलाई विकासको मित्रशक्ति मान्दै सम्बद्ध क्षेत्रमा खर्चिन सक्ने अवस्था तयार पार्नेछ । जसबाट आर्थिक विकासको साथै समग्र मुलुकको सामाजिक जनजीविकाको क्षेत्रमा समेत दूरगामी सकारात्मक प्रभाव छाउने अवस्था सिर्जना गर्ने देखिन्छ ।

अब्बल शिक्षा विकासमा मात्र परिवर्तनको प्राथमिक स्रोत पहिचान गर्ने एक प्रमुख सामर्थ कायम रहेको हुन्छ । जसले मानवमात्रलाई ज्ञान र सीपले भरिपूर्ण बनाउन ठूलो मदत पु-याउनेछ । प्रस्तुत अवस्थापश्चात सम्बद्ध समूहले आफ्नो रुचि तथा क्षमताअनुसारको रोजगारीको क्षेत्रमा आफूमा भएको सीप, ज्ञान र शिक्षालाई समाहित गर्दै श्रमबापत प्राप्त हुनआएको पारिश्रमिकलाई नगदमा रूपान्तरण गर्ने अवसर प्राप्त गर्नेछन् । यही त्यो कारक तत्व हो, जसको अभावमा चाहेअनुरूपको रोजगारी विकासको क्षेत्रमा आफू वा आफ्नो समूहलाई समाहित गर्न नसकेकै कारण बाध्य भई गरिबी उन्मुखपथमा अगाडि बढ्नुपरेको तथ्यहरूले प्रमाणित गरिसकेको वर्तमान अवस्था हो । यस प्रकारका कदमहरूले मुलुकको शैक्षिक विकासमा आशातित सफलता हासिल गर्न नसकी आर्थिक दुरावस्थाको मार्गलाई नचाहँदा नचाहँदै पनि आत्मसात् गर्न बाध्य भई आर्थिक पछौटेपनमा रुमलिनुपरेको मात्र हो ।

विकासोन्मुख राष्ट्रहरूमा कायम रहँदै आएको कमजोर शैक्षिक गतिविधिले मानवपुँजी विकासमा ऋणात्मक असर पुग्ने भएकै कारण आन्तरिक एवं बाह्य प्रतिस्पर्धाको क्षेत्रमा समेत नकारात्मक प्रभाव परी लगानीअनुरूपको प्रतिफल हासिल गर्न सम्बद्ध राष्ट्रहरूलाई कठिनाइ उत्पन्न भएको मात्र हो । जसका कारण नयाँ सीप विकासमा गतिरोध उत्पन्न भई मुलुकको आर्थिक विकासको क्षेत्रमा प्राविधिक ज्ञानविहीनको जनशक्तिलाई सहजरूपमा समाहित गर्नसक्ने वातावरण तयार नहुँदासम्म आयातीत बौद्धिक प्रतिभाको परनिर्भरतामा अन्तरर्निहित रहनुपर्ने हुँदा राष्ट्र निर्माणको महायज्ञमा व्यवधान खडा हुनु अस्वाभाविक प्रक्रिया पक्कै पनि होइन । किनकि आज एक्काईसौँ शताब्दीको युग भनेको प्रविधिले भरिपूर्ण युग हो भन्ने तथ्यलाई, प्रस्तुत सन्दर्भमा हामीहरू कसैले पनि भुल्न मिल्दैन ।

नेपाललगायत समस्त दक्षिण एसियाका अधिकांश मुलुकहरूको सम्वभतः यही नै हविगत रहन आएको बुझिन्छ । किनभने शिक्षाको समग्र विकासबाट नै निरक्षताको समुलरूपमा अन्त्य भई आर्थिक सम्मुन्नतिको विविध पाटोलाई क्रमशः विकासको मार्गमा अगाडि बढाउन सहयोग पुग्ने देखिन्छ । जसबाट आधुनिक वैज्ञानिक प्रगतिलाई शैक्षिक ज्ञानको विकासले निखारपन ल्याई माझ्न सकिने अवस्था तयार हुनेछ भन्दा फरक नपर्ला । जसको सकारात्मक प्रतिफल भन्नु नै नागरिक समाजमा विकासका अवधारणालाई शैक्षिक गन्तव्यमार्फत प्रस्तिथापन गराउन सम्भव रहनु हो ।

जसबाट नागरिक समाजले आर्थिक विकाससम्बन्धी राज्यद्वारा प्रशारित नयाँ–नौलो तथ्यलाई राम्ररी बुझ्न एवं आवश्यक परेको बखतमा प्राप्त शैक्षिक ज्ञानको माध्यमद्वारा यथोस्थानमा स्थानान्तरण गर्ने क्षमता अभिवृद्धिको विकास गर्नेछ । जसको सफल प्रयोगबाट आधुनिक प्रविधि विकासलाई मुलुकको सफल अर्थतन्त्रमा समायोजन गरी आर्थिक वृद्धिलाई गतिशीलता प्रदान गर्ने कार्यमा यस प्रकारका कदमहरू निश्चितरूपमा कोशेढुंगा साबित हुने देखिन्छ । त्यसो भएको हुँदा आम नागरिक समाजको लागि शिक्षा विकासको मूल अवधारणा भन्नु नै आर्थिक विकासकेन्द्रित लक्ष्यहरूमध्ये प्रमुख लक्ष्यको रूपमा प्रस्तुत अवधारणालाई लिन सकिन्छ ।

किनकि शिक्षित समुदायको विचारको मन्थनबाट निस्किएको निष्कर्ष नै सामाजिक न्याय एवं विकासशील अवधारणा समेत हो । तसर्थ शैक्षिक विकासलाई राज्यका तर्फबाट लगानीको रूपमा परिभाषित गर्नुपर्ने हुन्छ । कति लगानी गरिन्छ सोको अनुपातमा प्रतिफल प्राप्त भयो वा भएन भन्ने कुराको मापनविन्दु भनेको आर्थिक विकासकेन्द्रित साँचो हो । जसबाट यस क्षेत्रमा घनात्मक वा ऋणाात्मक कस्तो परिणाम रह्यो भन्ने तथ्यको निक्र्योल गर्नु सही अर्थमा आर्थिक विकासको मूल्यांकन गर्नु हो । जसले नागरिक समाज तथा राष्ट्र दुवैलाई समानरूपले लाभ पुग्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x