Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभारतीय प्रधानमन्त्री मोदीलाई भेट्न नसकेकोमा किन दुःखी ?

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न नसकेकोमा किन दुःखी ?


काठमाडौं । कूटनीतिमा जे भनिन्छ त्यो गरिँदैन र जे गरिने हो त्यो भनिँदैन । प्रधानमन्त्री मोदीलाई भेट्न नसकेकोमा पुष्पकमल दाहाल दुःखी भए भने प्रधानमन्त्री मोदीसँगको भेट किन रद्द भयो थाहा छैन । तीनदिने भारत भ्रमणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता नगरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्नुअघि प्रचण्ड आफैँले समेत मोदीलाई भेट्ने बताएका थिए ।

नयाँदिल्लीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनलाई स्वीकार गरेर नेपाल–भारत सम्बन्धको समीक्षा गर्नुपर्ने बताएका थिए । उनले नेपाल र भारतबीचको सन् १९५० को सन्धिको विषय पनि उठाएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष र मोदीबीचको नियोजित भेटघाट किन हुन सकेन भन्ने खुल्न सकेको छैन ।

‘मोदीसँग ‘लास्ट आवर’मा भेट हुन सकेन, तर टेन्सन छैन’ भन्छन् प्रचण्ड तर कुटनीतिमा जे भनिन्छ त्यो गरिँदैन र जे गरिने हो त्यो भनिँदैन ।

तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किनुअघि प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने तय भएको थियो । तर अन्तिम समयमा भेट रोकियो । स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटलमा जाने क्रममा मोदीसँग हुने भेट स्थगित भएको जानकारी पाएको बताए । ‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो’, प्रचण्डले अघि भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौँ । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईँहरूजस्तै मलाई पनि थाहा छैन ।’

बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि ‘क्लाइमेक्स’ त्यही हो भन्ने ठानेको हुनसक्ने प्रचण्डले सुनाए । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उनले बताए । प्रचण्डले भने, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । ‘उनले अघि भने, ‘किनभने भन्नुपर्ने, गर्ने कुराहरू भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र फोटो खिच्ने त हुन्थ्यो होला, त्योभन्दा बढी त समय थिएन ।’ मनको सन्तोष लिने उपाय हो ? वा वास्तविकता हो ?

भनिन्छ, चीनको विषयमा पाउनुपर्ने सबै सूचना प्रचण्डले विदेशमन्त्री र भाजपा अध्यक्षसँगको भेटमा चुहाउनु पनि मोदीले भेट नदिनुको अर्को कारण बनेको हो कि भन्ने संशय छ ।

‘जति सूचना पाउनुपर्ने हो सबै आइसकेपछि प्रधानमन्त्रीले किन भेट्नु ? दोस्रो तहकै नेतासँगको भेटमा नेपालमा चिनियाँ विदेश विभागका प्रमुखको भ्रमणमा भएको सबै रणनीति थाहा पाइसकिएको छ ।’

प्रचण्डले गत वर्षको चैतमै भारतका लागि कांग्रेस, माओवादी र मधेशी दल मिलेर बनाउने सरकार नै कम्फर्टेबल हुने बताउनुभएको थियो । उहाँको सोही अभियानअनुसार सर्वोच्च अदालतबाट परमादेशको नाममा एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकार हटाएर देउवा प्रधानमन्त्री बन्नुभएको हो ।
प्रचण्ड भन्छन्, ‘सम्बन्धको पूर्ण सम्भावनालाई साकार पार्न इतिहासले छोडेका मुद्दा सम्बोधन गर्नुपर्छ, नेपालका पूर्वप्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धमा नयाँ गतिशीलता देखिए पनि केही समस्या बाँकी रहेको बताउनुभएको छ । इतिहासमा जुन सम्बन्धको पूर्ण सम्भावनालाई महसुस गर्न क्रमबद्ध गर्न आवश्यक छ ।’

हालै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलेभाजपा अध्यक्ष जेपी नड्डा र विदेशमन्त्री एस जयशंकरसँग दिल्लीस्थित भाजपा मुख्यालयमा भेट गरेका थिए । उनी भाजपा अध्यक्षको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन् । नड्डाले प्रचण्डलाई भाजपाको सम्पूर्ण पार्टी कार्यालयको विशेष भ्रमण गराएको थियो ।

हालै कुराकानीमा प्रचण्डले मित्रवत् छिमेकी भएकाले नेपाल र भारत एक–अर्काको चासो र संवेदनशीलताप्रति सचेत रहेको र काठमाडौंले आफ्नो भूमि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिने र भारतबाट पनि यस्तै आश्वासनको अपेक्षा गरेको बताए । ‘आपसी विश्वास र एक–अर्काको संवेदनशीलताप्रतिको सम्मानले विगतमा भएका केही गलत हटाउन मदत गरेको छ…उच्चस्तरीय भ्रमणको आदानप्रदान रबारम्बार अन्तरक्रियाले हाम्रा दुई देशबीचको सदियौँ पुरानो, समयसापेक्ष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाएको छ’, उनले भने ।

स्मरण रहोस्, मे १६ गते बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा सम्बोधन गर्दै भारतकाप्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका जनताबीचको मित्रता हिमालयजस्तै अटल रहेको बताउनुभएको थियो । हामीले यो वर्ष नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा यो नयाँ गतिशीलताले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने ठूलो सम्भावनाको कुरा गर्छ । यस अवसरबाट हामी पर्यटन, संस्कृति, वाणिज्य र कनेक्टिभिटीलगायतका विभिन्न क्षेत्रमा आगामी ७५ वर्ष र त्यसपछिको सदैव बलियो र बृहत्तर सहयोगको लागि विश्वस्त भई प्रतीक्षा गर्न सक्छौँ ।

नेपालको व्यापारघाटा उल्लेख गर्दै उनले भने, ‘हाम्रो अर्थतन्त्रको आकारका लागि यो डरलाग्दो दरमा फराकिलो हुँदै गएको छ । यो परिदृश्यलाई ध्यानमा राख्दै, नेपालको निर्यात सम्भावनालाई पूर्णरूपमा महसुस गर्न अनिवार्य छ, र नेपालको निर्यात सम्भावनालाई पूर्णरूपमा महसुस गर्न अधिक अनुकूल बजार पहुँच र व्यापार सहजीकरण आवश्यक छ ।’

‘नेपाल सन् २०२६ सम्ममा एलडीसी वर्गबाट स्तरोन्नति हुने भएकाले दिगो विकासको इन्जिनका रूपमा उत्पादनशील क्षेत्रहरूमा आधारित व्यापारको पूर्ण सम्भावनामा विश्वास गर्नुपर्नेछ ।

सामान, चिकित्सा आपूर्ति र एन्टी–कोभिड भ्याक्सिन र भूकम्पपछिको पुनर्निर्माणको लागि भारतको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त ग¥यो । जलविद्युत् आयोजना र विद्युत् व्यापारको संयुक्त विकासको उल्लेख गर्दै उनले यस कदमले दुई छिमेकीबीच अझ आर्थिक सम्भावनाहरू खोल्ने बताए । ‘संयुक्त भिजनको आधारमा, हामी बीबीआईएन ढाँचाअन्तर्गत क्षेत्रीय आधारमा विद्युत् व्यापारलाई थप अन्वेषण गर्न सक्छौँ ।’

सीमा समस्याको सन्दर्भमा ‘नेपाल–भारत सम्बन्ध र सहयोगको पूर्ण सम्भावनालाई पूर्णरूपमा साकार पार्नका लागि इतिहासले बाँकी रहेका केही मुद्दाहरूलाई असल नियतका साथ सम्बोधन गर्न आवश्यक छ ।

सन् १९५० को सन्धि, सीमा र र्ईपीजी प्रतिवेदनसँग सम्बन्धित विषय कूटनीतिक पहल र संवादबाटै समाधान गर्नुपर्छ । असल छिमेकीको भावनामा हामी हाम्रो सम्बन्धलाई समस्यामुक्त बनाउन सक्छौँ । ‘नेपाल र भारतबीचको समानता र संलग्नताको दायराले बलियो अन्तरनिर्भरताको लागि तालमेल सिर्जना गरेको छ । दुवै देशका जनताका लागि सहयोग फलदायी हुन्छ भन्ने कुरा सुनिश्चित गर्न हामीले यी सक्षमहरूलाई पुँजीकरण गर्नुपर्छ । सद्भाव, विश्वास, समझदारी, समानता, पारस्परिक सम्मान र लाभले हाम्रो सम्बन्धलाई निरन्तरता दिनुपर्छ’, प्रचण्डले भने ।

विश्वभरका राजनीतिक दलहरूसँग संलग्न हुन पार्टीको ‘भाजपालाई जान्नुहोस्’ अभियानअन्तर्गत पार्टी–पार्टी संलग्नतासहित सदियौँ पुरानो सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने तरिकाहरूबारे छलफल भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएपछि प्रचण्डले नयाँदिल्ली जानुअघि भारतीय नेताहरूसँग कुराकानी गर्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्छु भनेर स्पष्ट पारेको बताएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर प्रचण्डले नयाँ दिल्ली जानुअघि भारतीय नेताहरूसँग कुराकानी गर्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्छु भनेर स्पष्ट पारेको बताए । ‘म खुसी छु र मेरो भारत भ्रमण मैले सोचेभन्दा धेरै सफल र फलदायी भएको छ’, उनले भने । दिल्लीमा, प्रचण्डले बीजेपी अध्यक्ष नड्डा, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रा र अन्यलाई भेटे । काठमाडौं फर्किनुअघि उनले भाजपा मुख्यालयको पनि भ्रमण गरेका थिए ।

प्रचण्डले भनेझैँ मोदीसँगको भेट तस्बिर मात्रै हो ? प्रचण्डले भेट्ने प्रयास गर्दा पनि मोदीसँग सम्भव भएन, त्यसैले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने प्रस्ट हुन्छ ।

यससँगै प्रचण्ड मोदीसँग भेटिएमा फोटो खिच्ने मात्रै हो, त्योभन्दा बढी केही नभएको बुझेका छन् । अघिल्लो बैठकमा सीमा, व्यापार र अन्य राष्ट्रिय हितका विषयमा भएको वार्ताको विवरण साँचो भएन भन्ने प्रश्न उठेको छ । उनको भ्रमण विशेषगरी सत्तारुढ दलमा केन्द्रित रहेको देखिएको छ ।

मोदीसँग भेट नभए पनि अरुसँगको भेट अर्थपूर्ण भएको उनको भनाइ छ । ‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि वर्तमानसम्मका सबै विषयमा छलफल भयो’, प्रचण्डले भने, ‘म निकै आशावादी भएर फर्केको छु ।’

जेपी नड्डाले प्रचण्डलाई भाजपाको पाँचतले मुख्यालयको भ्रमणमा पनि लिएर गए । नेपालका पूर्वप्रधानमन्त्रीले भाजपा अध्यक्ष जेपी नड्डासँग पार्टीको मुख्यालयमा भेटेर आफ्नो पार्टी र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षले आफ्नो पार्टी र भाजपाको फरक विचारधारा रहेको तर समाजको गरिब वर्गको उत्थान गर्ने साझा उद्देश्य रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ ।

बीजेपी नेताले पछि ट्वीट गरे, ‘हामीले भारत र नेपालबीचको सम्बन्धलाई सुदृढ र गहिरो बनाउनेबारे फलदायी छलफल ग-यौँ, विशेषगरी हाम्रो पुरानो सांस्कृतिक र जनतासँगको सम्बन्ध, हामीले पार्टी टु पार्टी सहयोगलाई अगाडि बढाउने उपायहरूबारे पनि छलफल ग-यौँ ।’

२०७८ भदौमा नेपाल भ्रमण गर्दा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै मधेशकेन्द्रित दलका नेताहरूसित समेत भेटवार्ता गरेका थिए । सत्तारुढ गठबन्धनको उपराष्ट्रपतिको उम्मेदवार जगदीप धनखरलाई उम्मेदवार बनाएकोमा नड्डालाई अभिनन्दन गर्न भाजपाको मुख्यालयमा भेला भएका किसान नेताहरूलाई पनि नेपालका पूर्र्वप्रधानमन्त्रीले भेटे ।

‘नेपालबाट भारततर्फको जलविद्युत् निर्यातको मात्रा तीन सय ६० मेगावाटभन्दा बढी भएको छ र यो निर्यातलाई दीर्घकालीनरूपमा सुदृढ गर्न हामी तत्पर छौँ,’ उनले साझा भिजनका आधारमा नेपालले ऊर्जाको थप अन्वेषण गर्नसक्ने विश्वास व्यक्त गरे । बीबीआईएन फ्रेमवर्कअन्तर्गत क्षेत्रीय स्तरमा व्यापार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियानछाओ नेपालमा राजनीतिक दलहरूसँग भेटवार्ता सकेर बेइजिङ फर्केको पर्सिपल्टै सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली उडे ।

यहाँ यो उल्लेखनीय छ कि, नेपालका दुई छिमेकी चीन र भारत सरकारस्तरमा मात्र नभएर राजनीतिक दलहरूमार्फत ‘ट्र्याक टु डिप्लोमेसी’ अपनाएर सम्बन्ध विस्तार गर्न उद्यत छन्  । नेपालमा आम निर्वाचन नजिक आएको अवसरमा दुई छिमेकबाट पार्टीस्तरमा भइरहेका भेट र छलफल कूटनीतिक सम्बन्ध विस्तारसँग समेत जोडिएको देखिन्छ ।

भारतमा मोदी दोस्रो पटक प्रधानमन्त्री भइसकेपछि नेपालका राजनीतिक दलले सत्तारूढ भाजपासँग सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ । स्मरणीय छ, दोस्रो पटक पार्टीसभापति र पाँचौँ पटक प्रधानमन्त्री भएपछि गत चैतमा दिल्ली उत्रिएलगत्तै देउवा भाजपा मुख्यालयमा पुगे र अध्यक्ष जेपी नड्डालाई भेटे ।

हालका केही वर्षमा, भारतको भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि चीनका सीपीसी विदेश विभाग प्रमुखजस्तै एकपछि अर्को मुलुक भ्रमणमा निस्किरहेका छन् । त्यस क्रममा विभिन्न पार्टी र नेताहरूसँग भेटवार्ता गर्छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x