Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा वैदेशिक व्यापारको अवस्था र सुधारका उपाय

नेपालमा वैदेशिक व्यापारको अवस्था र सुधारका उपाय


काठमाडौं । दुई वा दुईभन्दा बढी देशहरूबीच हुने व्यापारलाई विदेशी व्यापार वा वैदेशिक व्यापार भनिन्छ यसलाई अन्तर्राष्ट्रिय व्यापार पनि भनिन्छ । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकोले आज प्रत्येक देशले विभिन्न देशहरूसँग व्यापार गरिरहेको छ । हाम्रोजस्तो देशको अर्थव्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक बजार सीमित भएकोले देशभित्र खपत हुन नसकी बाँकी रहन गएको वस्तुहरू निकासी गर्नुपर्ने हुन्छ र उपलब्ध गर्नुपर्ने हुन्छ । वैदेशिक व्यापार भन्नाले देशको बाह्य जगतसँग आफ्नो व्यापार सम्पर्क बढाउनु हो । अर्थात् एउटा देशले अर्को देशसँग सेवा वा सीपको किनबेच गर्ने व्यवहार नै वैदेशिक व्यापार हो । यसमा वस्तु एवं सेवाको विनियम क्रियाले राजनीतिक या राष्ट्रिय व्यापारले राजनीतिक सिमानाभन्दा बाहिरका देशहरूसँग गरिने व्यापार भन्ने बुझ्न पर्दछ । कुनै पनि देश स्वयं सर्वसमान हुन सक्दैन, चाहे त्यो विकसित देश नै किन नहोस् ।

प्रत्येक देशले आफ्नो आवश्यकता परिपूर्ति गर्न अन्य देशहरू या अन्तर्राष्ट्रिय क्षेत्रसँग कुनै न कुनै प्रकारले सहयोग प्राप्त गर्ने गर्दछ । मानिसको सभ्यताको प्रारम्भदेखि नै कुनै न कुनै रूपमा वैदेशिक व्यापार अस्तित्वमा रहेको पाइन्छ । पुरातात्विक अनुसन्धानबाट पनि विश्वमा हजारौँ वर्षदेखि नै वैदेशिक व्यापारको परम्परा रहेको भेटिएको छ । इजिप्ट, रोम, ग्रीक आदि प्राचीन सभ्यतामा पनि वैदेशिक व्यापार चलेको तथ्य फेला परेको छ । त्यसपछि सभ्यताको विकाससँगै वैदेशिक व्यापारको पनि विकास हुँदै गयो । युरोप, अमेरिका र एसियामा समेत यसको विस्तार भयो ।

नयाँ नयाँ प्रविधि र वस्तुको उत्पादनको वृद्धिले गर्दा वैदेशिक व्यापारले फस्टाउने मौका पाएको देखिन्छ । पन्ध्रौं र सोह्रौँ शताब्दीसम्म पुग्दा यसले विकसित रूप लिन पुगिसकेको थियो । सत्रौँ शताब्दीमा व्यापारले महाजनी समयमा प्रवेश गरेर ठूला देशहरूले उपनिवेशहरूलाई व्यापारद्वारा नै नियन्त्रण गर्न प्रयास समेत भएको बुझिन्छ । प्रथम विश्वयुद्ध पहिले (सन् १८२०–१९१३), भन्दा र सुधार व्यवस्था (सन् १९२९–१९३८), द्वितीय विश्वयुद्ध र त्यसपछिको समय (सन् १९३९–१९५२) आधुनिक वर्तमान अवस्था (सन् १९५२ पछि) आदि समयमा विदेश व्यापारको वृद्धि भएको देखिन्छ । दोस्रो विश्वयुद्धमा विदेश व्यापार राम्ररी फस्टाउन पाएन । द्वितीय विश्व युद्धपछि संयुक्त राष्ट्र« संघ र यसका विभिन्न आर्थिक संस्थाहरू स्थापना भएपछि यिनीहरूले विश्वव्यापी व्यापारलाई बढाउन मदत गरे ।

दुई वा दुईभन्दा बढी देशहरूबीच हुने व्यापारलाई विदेशी व्यापार वा वैदेशिक व्यापार भनिन्छ, यसलाई अन्तर्राष्ट्रिय व्यापार पनि भनिन्छ । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकोले आज प्रत्येक देशले विभिन्न देशहरूसँग व्यापार गरिरहेको छ । नेपालले पनि परापूर्वकालदेखि नै विदेशी व्यापार गर्दै आएको छ । नेपाल एउटा अल्पविकसित कृषि मुलुक भएकोले कृषि उत्पादनका अतिरिक्त अन्य औद्योगिक वस्तुहरू विभिन्न मुलुकबाट आयात गरिएको छ भने देशमा बढी उत्पादन हुने कृषि एवं वनजन्य वस्तुहरू गरी विदेशी व्यापार सम्पन्न गर्दछ । वैदेशिक व्यापारको वृद्धि भन्नाले कुनै पनि देशको वैदेशिक व्यापार (आयात र निर्यात दुवै)मा समयको गतिसँगै के–कस्तो किसिमले विस्तार भएको छ भन्ने अध्ययनलाई बुझाउँछ । प्राचीनकालदेखि नै नेपालले वैदेशिक व्यापार गर्दै आइरहेको छ ।

प्राचीनकालमा विश्वका सीमित देशहरूसँग मात्र व्यापारिक सम्बन्ध थियो, देशको जनसंख्या र आर्थिक गतिविधि पनि सीमित थिए । परिणामस्वरूप वैदेशिक व्यापारको आकार पनि सानो थियो । तर विसं २००७ सालमा राणा शासनको समाप्तिपछि नेपाल र विश्वका अन्य राष्ट्रहरूबीच सम्बन्ध स्थापित हुनथाल्यो त्यसबेला भारत र चीनको स्वसासित प्रदेश तिब्बतँग मात्र व्यापारिक सम्बन्ध रहीआएको नेपालमा बढ्दो वैदेशिक व्यापारको मात्रामा पनि विस्तार हुन थाल्यो । खास गरेर दोस्रो विश्वयुद्धपछि विश्वव्यापारमा आएको वृद्धिको प्रभावले गर्दा पनि नेपालको वैदेशिक व्यापारमा निकै वृद्धि आएको छ । विंस २०२१ सालदेखि नेपालको वैदेशिक व्यापारमा वृद्धि भई भारत र तिब्बतबाहेक समुद्रपारका अन्य देशहरूसँग पनि व्यापार सम्बन्ध सुरु भयो ।

आर्थिक वर्ष २०७८/७९ को सुरूदेखि नै बाह्य क्षेत्रमा दबाब पर्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्यवृद्धिका साथै उपभोग्य तथा निर्माणजन्य सामग्रीको उच्च आयात, पर्यटन आय र विप्रेषण आप्रवाहमा संकुचनलगायतका कारण पछिल्लो समयमा समग्र शोधनान्तर स्थिति उच्च घाटामा रहेको छ र अघिल्लो वर्षहरूको तुलनामा यस्तो घाटा फराकिलो हुँदै गएको छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति समेत घटेको छ ।

कोभिड १९ को संक्रमण क्रमश : कम भएपश्चात् वैदेशिक व्यापारको वृद्धिदर उच्च देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४ दशमलव ४ प्रतिशत र आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १० दशमलव १ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७७/७८ फागुनसम्म यस्तो अंश ७ दशमलव ९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई एक सय ४७ अर्ब ७५ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म भारततर्फ १०४ दशमलव २ प्रतिशत र अन्य मुलुकतर्फ २९ दशमलव १ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ ११ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतसँग ११ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ २ प्रतिशतले निर्यात बढेको थियो भने चीनतर्फको निर्यात ४३ दशमलव ७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म पाम तेल, सोयाविन तेल, पिना, धागो– पोलिस्टर तथा अन्य) ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले बढेर १३ खर्ब आठ अर्ब ७३ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेर नौ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/२०७९ को फागुनसम्म भारतबाट भएको आयात २८ दशमलव १ प्रतिशत, चीनबाट भएको आयात २६ दशमलव ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/२०७९ को फागुनसम्म पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वैदेशिक व्यापार ४२ दशमलव १ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब ४८ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कुल व्यापार २ दमलव ६ प्रतिशतले बढेर १० खर्ब २४ अर्ब ७७ करोड पुगेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुनमा निर्यात एकाइ मूल्य सूचकांङ्क ११ दशमलव ३ प्रतिशतले बढेको छ भने आयात एकाइ मूल्य सूचकांक १३ दशमलव ८ प्रतिशतले बढेको छ । २०७८ फागुन महिनामा बार्षिक विन्दुगत आधारमा व्यापारको सर्त २ दशमलव २ प्रतिशतले घटेको छ । २०७८ फागुन महिनामा वार्षिक विन्दुगत आधारमा व्यापारको सर्त २ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा व्यापारको सर्त १ दशमलव २ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/२०७९ को फागुनसम्म कुल वस्तु व्यापारघाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/२०७८ को सोही अवधिमा यस्तो घाटा १ दशमलव ६ प्रतिशतले बढेर आठ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो । आर्थिक वर्ष २०७८/२०७९ को फागुनसम्म शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । बढ्दो व्यापारघाटा, खुद सेवा आयमा वा ट्रान्सफर आयको कमी, पुँजीगत खाता, वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमीलगायतका कारण शोधनान्तर स्थिति उच्च घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७७/२०७८ को सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब एक करोडले बचतमा रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म एक अर्ब ५१ करोडले घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म चार खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । आर्थिक वर्ष २०७८//७९ को फागुनसम्म विप्रेषण आप्रवाह १ दशमलव ७ प्रतिशतले संकुचन भई छ खर्ब ३१ अर्ब १९ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह छ खर्ब ४२ अर्ब ३३ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादनको २२ दशमलव ५० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७//७८ मा २२ दशमलव ४७ प्रतिशत रहेको थियो ।

२०७८ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब तीन करोड रहेकोमा २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब पुगेको छ । विदेशी विनिमय सञ्चिति २०७८ असारसम्म अमेरिकी डलरमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ रहेकोमा २०७८ फागुन मसान्तमा ९ अर्ब ५८ करोड पुगेको छ । २०७८ फागुन मसान्तमा कायम रहेको कुल विदेशी विनिमय सञ्चितिमा नेपाल राष्ट्र बैंकमा रहेको सञ्चितिको अंश ८६ दशमलव ९ प्रतिशत रहेको छ । कुल विदेशी विनियम सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश ४२ दशमलव २ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्व १८ करोड रहेको थियो । २०७७ असार मसान्तमा प्रत्यक्ष वैदेशिक लगानी दायित्व एक खर्ब ९८ अर्ब ५२ करोड रहेकोमा २०७८ असार मसान्तमा यस्तो दायित्व दुई खर्ब १८ अर्ब तीन करोड कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म वैदेशिक लगानीबापत आठ अर्ब ६८ करोड लाभांश भूक्तानीको लागि स्वीकृति प्रदान गरिएको छ । आर्थिक वर्ष २०७७/२०७८ को सोही अवधिमा यस्तो स्वीकृति २५ अर्ब ३५ करोड रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७८ फागुन मसान्तमा नेपाली रुपैया अमेरिकी डलरसँग २ दशमलव ६३ प्रतिशतले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाली रुपैयाँ ३ दशमलव ६२ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७८ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमयदर १२२ दशमलव २५ रहेको छ । २०७७ फागुन मसान्तमा उक्त विनिमयदर ११६ दशमलव १६ रुपैयाँ रहेको थियो ।

नेपालको निर्यात व्यापार सीमित वस्तु र सीमित देशमा केन्द्रित छ । नेपालको मुद्रा र पुँजीबजार शिशु अवस्थामै हुनु । निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थको आयात वृद्धि हुँदै गएको छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने उद्योगहरूको पनि आयातीत मेसिनरी र कच्चापदार्थको आयातमा आश्रित रहेको छ । देशमा तीव्ररूपमा वृद्धि भइराखेको वैदेशिक सहायताको आधारभन्दा पनि बढी रकम वस्तुगत आधारमा खर्च हुनेगरेको छ । कुल निकासीमा कृषिजन्य वस्तुहरूको नगन्य स्थान भएको र कृषि क्षेत्रको उत्पादनमा मौसमको निर्णायक भूमिका कायमै रहेको छ । निर्यातयोग्य वस्तुहरूको उत्पादनमा विविधीकरण हुन सकेको छैन । परम्परागत निर्यात हुँदै आएका कृषिजन्य वस्तुहरूको निर्यातमा ह्रास आएको छ । पर्यटन उद्योगको आयबाट शोधनान्तर स्थितिमा सुधार गर्न थप योगदान नहुनु । निकासी व्यापारले अर्थतन्त्रमा आशातित योगदान पु-याउन नसकेको देखिन्छ । नेपाली बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु-याउन सकेका छैनन् । औद्योगिक विकासजस्तै राष्ट्रको विकासको निम्ति वाणिज्य क्षेत्रको पनि विकास गर्नु जरुरी छ । हालसम्म वाणिज्य क्षेत्रमा विविध उपलब्धिहरू भएका छन । ती उपलब्धिहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

वर्तमान पन्ध्रौँ पञ्चवर्षीय योजना २०७६–७७/८०/८१ मा वैदेशिक व्यापार, शोधानान्तर र विदेशी विनिमय कार्यक्रमअन्तर्गत सन्तुलित वैदेशिकव्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्रको विकास गर्ने सोच राखिएको छ भने निर्यात प्रवर्द्धन, वैदेशिक व्यापार सन्तुलन र शोधानान्तर बचत कायम गर्ने लक्ष्य राखिएको छ त्यस्तै उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धनका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापारघाटा कम गर्नुको साथै विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्य राखिएको छ । यसको साथै तुलनात्मक लाभ भएका कृषि, जडीबुटी, जलविद्युत् तथा पर्यटनजस्ता क्षेत्रको विकासगरी वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि गर्ने, वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि र अनावश्यक आयात नियन्त्रण गरी आयात व्यवस्थापन गर्ने, वस्तुगत तथा देशगत निर्यात बजार विस्तार तथा विविधीकरण गर्ने, शोधानान्तर स्थिति र बाह्य क्षेत्र सन्तुलन कायम गर्ने, विदेशी विनिमय सञ्चिति गर्ने आदिजस्ता रणनीति पनि यस योजनामा राखिएको पाइन्छ ।

बाह्य क्षेत्रको सुदृढीकरणमार्फत आर्थिक सामाजिक समृद्धि गर्ने सोच र निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, पर्यटन प्रवर्द्धन, ऊर्जा विकास, वैदेशिक लगानी आकर्षण तथा विप्रेषण परिचालनमार्फत शोधनान्तर बचत र पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य र सम्भावित वस्तुको आन्तरिक उत्पादन र देशगत तथा वस्तुगत निर्यात विविधीकरण गरी व्यापारघाटा तीव्र दरमा न्यूनीकरण गर्नु । पर्यटनको दिगो विकास, विप्रेषणको कुशल व्यवस्थापन र वैदेशिक लगानीको वातावरण सिर्जना गरी शोधनान्तर बचतमार्फत विदेशी विनिमय सञ्चितिको पर्याप्तता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

विप्रेषण आप्रवाह र आयातको प्रवृतिमा निर्भर रहेको बाह्य क्षेत्रको स्थायित्व दिगो बनाउनु, औद्योगिक क्षेत्रमा उत्साह, नवप्रवर्तन तथा त्यसको अग्रपृष्ठ सम्बन्ध कायम गर्नु, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि तथा पुँजी र श्रमको उत्पादकत्व वृद्धि गर्नु, व्यावसायिक वातावरणमा सुधार गरी पर्यटन आय वृद्धि गर्नु, औद्योगिक पूर्वाधार तथा ऊर्जाको पर्याप्त व्यवस्था गरी निजी लगानी आकर्षित गर्नु र विप्रेषण आप्रवाहको कारण बढ्दो क्रममा रहेको कुल राष्ट्रिय बचत उत्पादनशील क्षेत्रमा उपयोग गर्नुजस्ता चुनौती रहेका छन् । अवसर विकसित एवं उदीयमान अर्थतन्त्रमा तुलनात्मक लाभका वस्तुहरूको निर्यात गर्न सकिने, उच्च सम्भावना भएका धार्मिक, सांस्कृतिक, दृश्यावलोकन र साहसिक पर्यटनको विकास गर्न सकिने, ऊर्जा, पर्यटन, खनिजजन्य र उत्पादनमूलक व्यवसायमा वैदशिक लगानी भित्र्याउन सकिने, वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति विकास गरी विप्रेषण आप्रवाहमा उच्च वृद्धि गर्न सकिने र छिमेकी देशहरूमा भएको उच्च आर्थिक वृद्धिबाट देशको पर्यटन, व्यापार र लगानीका क्षेत्रमा फाइदा लिन सकिनेजस्ता अवसर रहेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x