धान उत्पादनका लागि अत्मनिर्भर हुने उपाय
काठमाडौं । कृषिमा निर्भर रहेर गरिने आर्थिक क्रियाकलापहरूको योगलाई कृषि अथतन्त्र भनिन्छ । यसमा खेतबारी खनजोत गरी बाली लगाउनुदेखि पशुपन्छी पालन, माछा पालन र यिनीहरूसँग सम्बन्धित सम्पूर्ण काम पर्दछन् ।
वस्तुतः नेपालको अथतन्त्रको मुख्य आधार कृषि नै हो । सरकार यही क्षेत्रको विकासको सपना बाँडेर अनुदान र ऋण प्राप्त गरिरहेको छ । तर कृषिमा हालसम्म पनि कुनै ठोस विकास गर्न सकिएको छैन । यो कुरा प्रत्येक वर्ष बढ्दै गएको खाद्यान्न उत्पादनले औँल्याउँछ ।
कृषि विकासका लागि सरकारले धेरै प्रयास गरेको छ । यस क्षेत्रको विकासका लागि लिएको अनुदान र ऋणको उपलब्धि देखाउन सरकारले तोडमोड गरेको देखिन्छ । तर यो सान्दर्भिक देखिँदैन ।
कृषि सम्पूर्ण जीवको प्राणाधार हो । हालसम्म पनि नेपालीको दुई तिहाइ व्यक्तिको मुख्य पेसा कृषि नै हो । यसको विकास गर्न सके मात्र भोक र रोगबाट बच्न सकिन्छ । यसको उत्पादनको गुणस्तर समान हुन्छ भने उत्पादनको दर भने मौसममा निर्भर गर्छ ।
एक आधिकारिक तथ्यांकअनुसार नेपालको ४७ लाख हेक्टर खेतीयोग्य जमीनमध्ये ३० लाख ९१ हेक्टरमा मात्र खेती गरिएको छ । कृषिको क्षेत्रफललाई नियाल्दा हिमाली क्षेत्रमा ३५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत मात्र जमिन छ ।
कुल खेतीयोग्य जमिनको लगभग २०–२५ प्रतिशत जमिन बाँझो छ । यसरी बाँझो हुनुमा खासगरी वैदेशिक रोजगारीका लागि युवाशक्ति पलायन हुनाले हो । यसबाट नेपालको धान उत्पादनमा प्रत्येक वर्ष नकारात्मक प्रभाव परेको छ ।
यो वर्ष नेपालमा झण्डै ५५ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक कृषि मन्त्रालयले सर्वजनिक गरेको छ । यो परिमाण गत वर्षको तुलनामा करिब ५९ हजार मेट्रिक टन अर्थात् एक दशमलव शून्य पाँच प्रतिशतले कम हो ।
गत वर्ष ५६ लाख १० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको थियो । समयमा मल आपूर्ति पर्याप्त मात्रमा हुन नसकेको र रोगको कारणले यो वर्ष धान उत्पादनको कम भएको सम्बन्धित पक्षलको भनाइ छ ।
यो वर्षको पाँच महिना (विसं २०७७ साउन–मंसिर) मा १७ अर्ब १८ करोड ८६ लाख नौ हजार मासिक अर्थात् औसत तीन अर्ब ६३ करोड ५७ लाखको चामल आयात गरिएको छ । जुन गत वर्षको तुलनामा ६५ दशमलव ३ प्रतिशतले बढी हो । धानखेतीमा सुधार नगरीकन, यहाँ चामल आयात घटाउन गाह्रो छ ।
आजसम्म पनि यहाँका अधिकांश ठाउँमा परम्परागत किसिमबाट धानखेती गर्नाले यसको उत्पादन वृद्धि गर्न सकिएको छैन । योबाहेक उपयुक्त समयमा बीउबिजन, मल, किटनाशक औषधि आदिको अभावले धान उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।
वस्तुतः धान उत्पादन वृद्धिका लागि नयाँ–नयाँ अनुसन्धानको आवश्यकता छ । जसका लागि धेरै बजेटको आवश्यकता छ । तर यहाँ अनुसन्धानका लागि थोरै बजेट छुट्याइन्छ । जुन सदुपयोग गर्न पनि सकिएको छैन ।
हुन त केही वर्षयता नार्कले केही उन्नत जातका धानको बीउ विकास नगरेको होइन । तर प्रचारप्रसारको कमीले यिनीहरूलाई प्रयोग गर्न सकिएको छैन ।
चैतेधानखेतीलाई प्रश्रय दिन सके पनि यहाँ धान उत्पादनमा निकै वृद्धि हुन्छ । तर हालसम्म पनि उक्त खेती थोरै ठाउँमा मात्र सीमित भएकोले धान उत्पादनमा सकारात्मक प्रभाव परेको छैन ।
यथार्थतः नेपालको अर्थतन्त्रमा धानखेतीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले आगामी दिनहरूमा उक्त खेती प्रवद्र्धन गर्न उपयुक्त योजना बनाई कार्यान्वयन गर्न नितान्त आवश्यक छ ।
केही वर्षअघिको तुलनामा हाल नेपालमा धान उत्पादनमा केही वृद्धि भए पनि आत्मनिर्भर भने हुन सकेको छैन । विज्ञहरूका भनाइअनुसार धानमा आत्मनिर्भर हुन यहाँ कम्तीमा प्रतिहेक्टर ३ दशमलव ७५ मेट्रिकटन धान उत्पादन गर्न सक्नुपर्छ । परन्तु वर्तमान समयमा यहाँ प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिकटन धान उत्पादन गरिन्छ ।
उक्त आधिकारिक तथ्यांकअनुसार यहाँ वार्षिक अन्दाजी ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । तर यहाँ वार्षिक सरदर सात सय मेट्रिक टन धान उत्पादन हुन्छ । यसैले हाल यहाँ वार्षिक सरदर ३० अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्नुपरेको छ ।
प्रशस्त खेतीयोग्य जग्गा, सिँचाइका लागि पर्याप्त जलयोग्य र उपयुक्त वातावरणका कारण नेपालमा धानखेती प्रवद्र्धन गर्ने सम्भावना छ । तर अपर्याप्त सिँचाइको व्यवस्था, गुणस्तरीय बीजबिजनको कमी, उपयुक्त समयमा मल तथा कीटनाशक औषधिको अभाव र व्यवस्थित बजारको अभावले गर्दा यहाँका धेरै किसानहरू धानखेती गर्न हतोत्साही भएका छन् । यसैले यहाँका केही ठाउँमा किसानहरूले धानखेती गर्न छोडेका छन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा धान उत्पादनले पनि केही योगदा पु¥याउँदै आएको छ । यहाँ धान उत्पादन १० प्रतिशतले बढ्दा कुल गार्हस्थ्य उत्पादन एक प्रतिशतले बढ्ने अनुमान छ ।
आर्थिक दृष्टिकोणले भन्ने हो भने यहाँ धान उत्पादन वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको हुन्छ । तर यो अपुग हुनाले यहाँ चामल आयातका लागि मात्र प्रतयेक वर्ष सरदर ३१ अर्ब रुपैयाँ बाहिरिन्छ ।
यहाँ जलवायु परिवर्तन र विश्वव्यापी कोरोनाको महामारीको कारण धान उत्पादनमा समस्या एवं चुनौती थपिएको छ । जनसंख्या वृद्धिको कारण यसलाई हटेर होइन डटेर सामना गर्नुपरेको छ । यसका लागि एकातर्फ अनुसन्धानलाई विशेष प्राथमिकता दिन आवश्यक छ भने अर्कोतर्फ जनशक्तिको उत्पादनमा पनि उत्तिकै जोड दिनु जरुरी छ । जसका लागि योजना बनाएर मात्र हुँदैन कार्यान्वयनमा पनि विशेष जोड दिनुपर्छ ।
वस्तुतः यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन धानखेतीले महत्वपूर्ण भूमिका खेल्छ । तर धान उत्पादन गर्ने प्रमुख भूमिका किसानहरूमा निहित भएकाले सरकारले उनीहरूलाई उपयुक्त समयमा बीजबिजन, मलजल, कीटनाशक औषधी र आवश्यकताअनुसार परामर्श दिन आवश्यक छ । यसो गर्न सकेमात्र नेपाल भविष्यमा धानखेतीमा आत्मनिर्भर हुनेछ र यहाँको अर्थतन्त्रमा केही योगदान पुग्नेछ ।
हालसम्म पनि नेपालको दुई तिहाइ जनसंख्या कृषिमा आश्रित छन् । यसैले उक्त क्षेत्रको ठोस विकासविना भोक र रोग हटाउन सकिदैन । यस सन्दर्भमा धानखेतीले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
वस्तुतः कृषिको मुख्य उत्पादन धानलाई नेपालको अर्थतन्त्रको मेरुदण्डसँग आबद्ध गरिएको छ । किनभने जुन वर्ष यहाँको धान उत्पादन बढ्छ कुल गार्हस्थ्य उत्पादन बढ्छ भने धान उत्पादन घटेको वर्ष कुल गार्हस्थ्य उत्पादन पनि घट्छ । कृषि विकास मन्त्रलयले आगामी पाँच वर्षभित्रमा यहाँको हालको धानको उत्पादन ५१ लाख ५२ हजार मेट्रिक टन वृद्धि गरी आगामी २०७९ सम्ममा ८६ लाख ७९ हजार पाँच सय ४० मेट्रिक टन पु-याउन ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने खाका तयार गरेको छ । मार्गचित्रले धान उत्पादनको वृद्धि गर्न हाल यहाँ विद्यमान धानको उत्पादकत्व ३ दशमलव ३ प्रतिशत मेट्रिक टन प्रतिहेक्टर पु-याउने आधार समावेश गरेको छ । तर यसलाई व्यवहारमा उतार्न भने सोचेअनुरूप सहज छैन किनभने यहाँको कार्यान्वयन पक्ष फितलो छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया