Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन् २०२१ : नेपाली पर्यटनका दुःख र प्रमुख १० देश

सन् २०२१ : नेपाली पर्यटनका दुःख र प्रमुख १० देश


काठमाडौं । नेपाली पर्यटनको कुरो गर्दा सन् २०२०/०२१ धेरै दुःखद रहेको थियो । त्यसो हुनुको खास कारणचाहिँ सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिन सुरु भएको नोभेलकोरोना भाइरस (पछि भाइरल रोग विज्ञहरुले ‘कोभिड–१९’ दिएको) महामारीले नै हो । जसले गर्दा लगभग २९ महिनासम्म पनि विश्व पर्यटनले सन् २०१९ ताकाको गतिमा फर्कन नसकेको अवस्था छ, अझ अगाडि बढ्ने त कुरै भएन ।

स्मरणीय छ, सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीकै कारण सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले मात्रै भ्रमण गरेका थिए । तापनि सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि भने बढेर १५ दशमलव एक (१५.०१) दिन पुगेको थियो । त्यस्तै सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन ६५ अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अझ घट्यो । स्मरणीय छ, सन् २०२१ मा एक लाख ५० हजार ९६२ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । हुन त यस्तो दशा नेपाललाई मात्रै लागेको नभएर विश्वभरिकै देशहरुलाई लागेको थियो ।

संयुक्त राष्ट्रसंघसँग आबद्ध विश्व पर्यटन संगठन (यूएन डब्लुटीओ) का अनुसार सन् २०२० मा विश्वमा चार सय एक मिलियन (चालीस करोड ४४ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थए । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा ७४ प्रतिशतले कम हो । तर, सन् २०२१ मा भने चार सय १५ मिलियन (चालीस करोड ५५ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा ७२ प्रतिशतले कम संख्या हो । हुन पनि सन् २०१९ मा एक दशमलव पाँच बिलियन अर्थात् एक अर्ब ५० लाख पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको सन् २०१८ को तुलनामा विश्व भ्रमण गर्न निक्लेको पर्यटकको संख्या ४ दशमलव ३ प्रतिशतले बढी संख्या हो ।

यसरी महादेशको हिसाबबाट सन् २०२० को तुलनामा सन् २०२१ मा विश्व भ्रमण गर्ने पर्यटकको संख्याको बढोत्तरी अर्थात् बढेको तथ्यांक हेर्दा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक बढेको भनेको युरोप महादेशमा देखिन्छ । त्यसमा पनि देशपिच्छे तथ्यांक छुट्याएर हेर्दा फ्रान्समा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको देखिन्छ  । हुन पनि सन् २०२१ मा फ्रान्समा मात्रै ८ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांंक देखिन्छ । त्यस्तै सन् २०२१ मा दोस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै स्पेन रहेको छ । जहाँ सन् २०२१ मा ८ करोड ३७ लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा तेस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देशचाहिँ उत्तर अमेरिकी महादेशको संयुक्त राज्य अमेरिका रहेको छ । सुंयुक्त राज्य अमेरिकामा सन् २०२१ मा ७ करोड ९३ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ । सन् २०२१ मा चौथो धेरै विदेशी पर्यटकले भ्रमण गरेको देशचाहिँ एसिया महादेशको चीन रहेको छ ।

सन् २०२१ मा चीनमा ६ करोड ५७ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । त्यस्तै गरेर पाँचौँ धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै इटली रहेको छ । स्मरणीय छ, सन् २०२१ मा इटलीमा ६ करोड ४५ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२१ मा धेरै पर्यटकले भ्रमण गरेको छैठौँ देश आप्mनो आधा भूगोल युरोप र आधा भूगोल एसियामा पर्ने तर, आपूmलाई सधैँ युरोप महादेशकै एक देश भनेर दाबी गर्ने टर्की रहेको थियो । याद रहोस्, टर्कीमा सन् २०२१ मा ५ करोड १२ लाख विदेशी पर्यटक भ्रमण गर्न गएका थिए । त्यस्तै सन् २०२१ मा सातौँ स्थानमा रहेको (विदेशी पर्यटकले भ्रमण गरेको) देशचाहिँ उत्तर अमेरिका महादेशको मेक्सिको हो ।

स्मरणीय छ, सन् २०२१ मा मेक्सिकोमा ४ करोड ५० लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ भने सन् २०२१ मा धेरै विदेशी पर्यटकले भ्रमण गरेको आठौँ देशमा एसिया महादेशको थाइल्यान्ड रहेको छ । सन् २०२१ मा थाइल्यान्डमा ३ करोड ९८ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै सन् २०२१ मा नवौँ धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै जर्मनी रहेको छ । ज्ञातव्य रहोस्, जर्मनीमा सन् २०२१ मा ३ करोड ९६ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२१ मा १०औँ धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशको बेलायत रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा बेलायतमा ३ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x