मूल्यवृद्धिको चपेटामा आएको दशैँ
काठमाडौं । केही वर्षअघिसम्म विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल थियो । अहिले धर्मनिरपेक्ष राज्य भए पनि यहाँ हिन्दूहरूको बाहुल्यता रहेको छ । यहाँका ठूला–ठूला चाडपर्वहरूमा दशैँ, तिहार, छठ, धान्य पूर्णिमा, तमु ल्होछार, माघी आदि पर्छन् । यीमध्ये सबैभन्दा महान् पर्व बडादशैँ एक हो । यो पर्व खासगरीकन आश्विन महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन चल्ने भएको हुँदा वा दशमीलाई विशेष महत्व दिएकोले यसको नाम दशैँ रहन गएको अनुमान गर्न सकिन्छ । यस पर्वलाई हाम्रो देशको राष्ट्रिय पर्वको रूपमा मनाइन्छ ।
मूलतः मान्यजनको आशीर्वाद, निधारभरि रातो टीका, कपाल र कानमा जमरा, गलामा विभिन्न किसिमका मालाहरू दशैँ पर्वका विशेषता हुन् । यस पर्वमा नौ दिनसम्म देवीका विभिन्न रूपको पूजाआजा, अर्चना, फूलपाती महोत्सव आदि कार्यक्रमहरू गरिन्छन् । यसर्थ यस वर्षको महान पर्व बडादशैँ संघारमा आइरहेको छ । यस वर्षको बडादशैँको टीकाको राम्रो साइत भने २०७९ साल असोज १९ गते बुधबार बिहानको ११ बजेर ५१ मिनेटमा रहेको सम्बन्धित क्षेत्रका ज्योतिषहरूले जनाएका छन् । यसको साथसाथै यो आफैँमा महान् पर्व पनि हो ।
यो पर्वलाई बढीभन्दा बढी रूपमा देवीदेवताहरूलाई पशुबली दिने पर्वको रूपमा मान्यता पाएको पाइन्छ । यसै कारणले होला यो पर्वलाई मासु खाने रूपमा समेत लिने गरिन्छ । यद्यपि, नेपाल सरकारले पनि अन्य पर्वमा भन्दा यस पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउने हुँदा सरकारी कर्मचारीहरूलगायत अन्य विभिन्न क्षेत्रहरूमा कार्य गर्ने कर्मचारीहरूले धेरै दिन बिदा पाउने हुन्छन् । तसर्थ विदेश तथा अन्य स्थानमा भए पनि यस दशैँमा सारा नेपालीहरू आ–आफ्ना घरमा गएर आफन्तहरूसँग भेटघाट गरी रमाइलो गर्दै ठूलो पर्वको रूपमा मनाइने गरिन्छ । यस पर्वमा टाढा–टाढा बसेका आफन्तसँगसँगै मीठोमसिनो खाने प्रचलन विगतदेखि रहीआएको छ ।
यस पर्वमा बली दिने पर्वको रूपको साथसाथै आफ्ना ईस्ट देवतालाई मान्ने पर्वको रूपमा पनि लिन सकिन्छ । सामान्य व्यक्तिको लागि यो दशैँ महान् पर्व निकै नै खर्चिलो अन्य चाडपर्वहरूमध्ये लिने गरेको पाइन्छ । यसरी परम्परागत रूपमा रहेको धार्मिक तथा सांस्कृतिक मान्यता यो पर्वसँगै जोडिएकोे हो । प्रत्येक साल महान दशैँ पर्व मनाउनको लागि राजधानीबाट २०/२५ लाख मानिसहरू विभिन्न जिल्लाहरू गएको अनुमान गर्न सकिन्छ । तर, यस साल भने विश्वव्यापी कोरोनाको महामारी घटेको कारणले गर्दा राजधानीबाट बाहिर जानेको संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यसरी मुलुकमा महान् पर्वहरू विस्तारै भित्रिने क्रममा रहेको छ ।
यसरी महान् चाडपर्वका बेला अतिरिक्त उपभोग गर्ने खानेतेल, चिनी, दुध, घ्यूजस्ता पदार्थको मूल्य पनि मानिसको काबुभन्दा बाहिर गएको छ । विगत वर्षहरूको भन्दा यस वर्षको दशैँमा अत्यधिक प्रयोग हुने मासुको मूल्यमा वृद्धि भएको छ । हाल नै बजारमा मासु प्रतिकिलो १४ सयभन्दा बढी नाघिसकेको अवस्था छ भने दशैँमा मासुको प्रतिकिलो १५/१६ सय नपुग्ला भन्न सकिन्न । यसरी नै दुधजन्य पदार्थ घ्यू, दही, पनिर, मक्खनमा मूल्यवृद्धि भइसकेको छ । त्यस्तै गरी चिनीको मूल्य एक सयदेखि एक सय १० रुपैयाँसम्म पुगेको छ । दैनिक भान्साको लागि प्रयोग हुने चामल, दाल, गेडाकुडी, तरकारी र फलफूलहरूको मूल्य दिनहुँ वृद्धि हुँदै गएको छ । यी वस्तुहरू गरिबदेखि धनीसम्मलाई नभई नहुने उपभोग्य वस्तुहरू हुन् । आजकाल यसको मूल्य सर्वसाधारण व्यक्तिले धान्नै नसक्ने गरी बढेको छ । यसर्थ सम्बन्धित निकायको भनाइअनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्ने गर्दछ ।
हाल तरकारी बजारमा दैनिक नौ सय टन आयात भइरहेको जनाएको छ । यसमध्ये करिब ४५ प्रतिशत भारतबाटै आयात भएको छ भने बाँकी ५५ प्रतिशत स्थानीय उत्पादनले धान्ने गरेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ । यसरी उपत्यकामा खासगरीकन धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराई जिल्लाबाट तरकारी भित्रिन्छ । मुलुकमा दशैँ नजिकै गर्दा बजार व्यवस्थापनमा सरकार, अझै सचेत नभएको अवस्थाले आम उपभोक्तामा चिन्ता छाएको एकातिर छ भने अर्कोतिर सरकारले भने देशमा असोज १ देखि तिहारसम्मको लागि उपत्यकालगायत देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
यी सुपथ मूल्य पसलहरूमा पनि खासै राम्रा सामानहरू नपाइने सडेकलेका, मिति नाघेका सफानहरू पाइने भन्ने आम उपभोक्ताहरूको गुनासो सुन्नमा आउने गरेको पाइन्छ । यसका साथसाथै चाडपर्वसँगै मानिसले अधिक उपयोग गर्न रुचाउने मासु पनि एक हो । अहिले गत वर्षको तुलनामा खसीको मासुमा दशैँ आउनुभन्दा अगाडि नै वृद्धि भइसकेको छ । यस्तो अवस्थामा सरकारको कुनै पनि अनुगमन हुन सकेको देखिँदैन । दशैँ तिहारमा आर्थिक अवस्था कमजोर हुने परिवारले समेत ऋण गरेर खसीबोकाको मासु किन्छन् । अर्कोतिर भने सामान्य आर्थिक अवस्था भएकाले घरमै खसीबोकाको बली दिएर मासु खान्छन् दशैँ तिहारमा मूल्य बढी हुने भए पनि हालको बजार भाउ बुझ्ने हो भने अहिलेजस्तो चर्को मूल्य कहिल्यै नभएको खसी किन्ने उपभोक्ताहरू बताउँछन् ।
विगतका सरकारले खाद्य संस्थानमार्फत चीनबाट भेडा/च्याङ्ग्रा ल्याएर नेपाली जनतालाई सरल तथा सुपथ मूल्यमा पनि बिक्रीवितरण गर्ने प्रचलन थियो । त्यसैगरी आफ्नै देशका तराई भेगका कृषकहरूले पालन गरेको खसीबोकाबाट कृषि विकास बैंकले ऋणस्वरूप कृषकहरूले लगेको ऋण कट्टा गरी किसानहरूबाट किनेर दशैँको अवसरमा राजधानीलगायत विभिन्न सहरी क्षेत्रमा सर्वसुलभ मूल्यमा बिक्रीवितरण गर्ने प्रचलन थियो भने अहिलेको गठबन्धन सरकारले यसतर्फ कुनै ध्यान दिएको देखिँदैन ।
यसैगरी गत वर्षमा राजधानीमा मात्रै दशैँ तिहारको अवसरमा ६५ हजारको हाराहारीमा खसीबोकाहरू व्यापारीहरूबाट किनबेच भएको थियो भने यसपालिको दशैँ तिहारको लागि ६०/७० हजारको हाराहारीमा खसीबोकाको माग काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रहरू रहेको सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको भनाइ छ । यसैगरी व्यापारी दृष्टिले व्यापार गर्ने व्यापारीहरू यस्तो गर्नेगरेको पाइन्छ । यसमा पनि किसानहरूले खसीबोकाको मूल्य कम पाउने र बीचमा व्यापार गर्ने बिचौलीहरूले यसमा बढीभन्दा बढी नाफा कमाउने अवस्था रहेको छ ।
यसमा सरकारको कुनै पनि निगरानी हुन सकेको देखिँदैन । जसले गर्दा दुःख गरी खसीबोका उत्पादन गर्ने कृषकहरू पनि एकातिर मारमा परेका छन् भने अर्कोतिर उपयोग गर्ने उपभोक्ताहरू पनि यसको मारमा परेका छन् । नेपालमा प्रतिदिन एक अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरूको संख्या धेरै ठूलो छ । कम आम्दानी र बढ्दो मूल्यवृद्धिले उनीहरूको जीवनयापनमा कठिनाइ पैदा भएको छ । यसले गर्दा अब चाडपर्व समेत हुनेखानेका लागि मात्र मनोरञ्जन गर्ने अवसरका रूपमा परिणत हुँदै छ । चाडपर्व विपन्न र गरिब नेपालीहरूको पहुँचभन्दा बाहिरको विषय बन्दै गएको छ । अतः राष्ट्र बैंकले प्रकाशनमा ल्याएका आर्थिक विवरणले देशमा समग्र मूल्यवृद्धिभन्दा कैयन गुणा बढी बजारमा मूल्य बढेको देखिन्छ ।
गत वर्षको तुलनामा सबै प्रकारका तरकारीमा झन्डै दुई सयदेखि चार सय प्रतिशतले मूल्यवृद्धि भएको छ । यो क्रम रोकिने सम्भावना समेत देखिँदैन । त्यसैगरी खाद्यान्न, तेलहन, दलहनजस्ता वस्तु र त्यसका उत्पादनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नका लागि सरकारले थालेको अनुगमन, मूल्यसूची टाँस गर्ने, छापामारबाट पटक्कै प्रभावकारी बन्न सकेको छैन । खुला बजार नीतिका कारण सरकारले मूल्य खुला छाडेकाले गर्दा अहिले बजार अनियन्त्रित बनेको छ । यसले गर्दा न्यून आय भएका सर्वसाधारणको जीवन थप कष्टकर हुन थालेको र आउँदा दिन तिनका निम्ति अरू कठिन हुने देखाएको छ ।
बजारमा सामानहरूको माग बढी भए मूल्य घट्छ र माग बढे मूल्य बढ्छ भन्ने सिद्धान्तअनुसार नै मूल्य निर्धारण हुनेगरेको छ । यसरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार पूर्णरूपले असफल देखिएको छ । यसरी मूल्यवृद्धि हुनुको कारण भने बजारमा पैसा बढेको र सिन्डिकेटलाई मानिएको छ । यसर्थ अर्थशास्त्रको सामान्य नियम नै हो बजारमा पैसा बढेअनुरूप सामानहरू आपूर्ति भएन भने मूल्यवृद्धि हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया