डलरको प्रचलन र यसको विकल्पको खोजी
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्दा एक देशले अर्को देशको मुद्राको मूल्य मान्नुपर्ने हुन्छ । मुद्राको मूल्यको इतिहास हेर्दा सयौँ वर्ष पहिले वार्टर प्रणालीलाई मुद्राको मूल्य मान्यतालाई प्रतिस्थापन ग-यो । सुरुका मुद्राहरू कमोडिटी पैसा थिए जुन बहुमूल्य धातुहरूबाट बनाइएका र त्यही धातुको नै मूल्य रहने गरेको पाइन्थ्यो ।
केही समयपश्चात् कमोडिटी पैसा बोक्न र प्रचलन गाह्रो भयो भनी प्रतिनिधि मुद्रा सिर्जना गरियो जसको स्वयम् मूल्य हुँदैन यसको भौतिक मूल्य नभए पनि मान्य मूल्य रहन गयो । प्रतिनिधि मुद्राको सबैभन्दा उल्लेखनीय प्रयोग सुनको मापनअन्तर्गत राखियो जहाँ प्रत्येक देशको मुद्रा सुनको निश्चित मात्रामा बाँधिएका थियो । सुनको मापनमा पनि कमीकमजोरी थिए जुन प्रथम विश्वयुद्धको दौरान स्पष्ट भएको थियो । सुनको मापनले पैसा आपूर्ति सामायोजन गर्न सकेन किनभने नयाँ पैसा सुनको नयाँ आपूर्तिबाट मात्र जारी गर्ने गरिन्थ्यो ।
सन १९१४ मा पहिलो विश्वयुद्ध सुरु हुँदा धेरै देशहरूलाई विदेशी बजारबाट सैन्य तथा अन्य सामग्री खरिद गर्दा सुनबाट नै लेनदेन गर्ने कुरालाई प्राथमिकतामा राखे जबकि सबै देशहरूसँग आ–आफ्नो देशको कागजी मुद्रा प्रचलनमा रहेको नै थियो । बेलायतले त्यतिखेर आफ्नो मुद्रालाई विश्व बजारमा चलाउन ठूलो प्रयास गरेको थियो । बेलायतले विश्व बजारमा प्रमुख मुद्रामा आफ्नो स्थिति कायम राख्न सुनको मापन कायम ग-यो । यही समय थियो, जब अमेरिका बेलायतलाई अर्थतन्त्रमा पछि पार्दै थियो । यस समयमा विश्वमा एक मुद्रा चलाउन पर्छ भन्ने आवश्यकता सबै देशहरूले महसुस गरे । बेलायतले पहिलो विश्वयुद्धको समयमा पहिलो पटक अमेरिकाबाट उधारो पैसा लियो तर बेलायतले त्यसलाई सुनको मापनमा तिर्न चाहेको थियो । यही दौरान अमेरिका धेरै देशको ऋणदाता बन्न सफल भयो र उसले आफ्नो पैसा विश्व बजारमा चलाउन कोसिस ग-यो । अन्ततः सन १९३१ मा बेलायतले पनि यस कुरालाई आंशिकरूपमा समर्थन ग-यो र सुनको मापन प्रवृत्ति त्याग्यो । त्यतिखेर सम्म डलरले पाउन्डलाई अन्तर्राष्ट्रिय रिजर्व मुद्राको रूपमा प्रथम स्थानबाट द्वितीय स्थानमा प्रतिस्थापन गरिसकेको थियो ।
पहिलो विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धसम्म करिब तीन दशकको बीचमा अमेरिका हातहतियार, सैन्य सामग्री तथा अन्य सामानहरूको प्रमुख निर्यातकर्ता भइसकेको थियो । दोस्रो विश्वयुद्ध सुरु गर्नुभन्दा पहिले नै अमेरिकाले रणनीति बनाइसकेको थियो । उसले अधिकांश देशहरूमा सामान आपूर्ति गरेबापत भुक्तानी सुनमा माग्यो र संसारको अधिकांश सुनको मालिक आफू बन्यो यसबाट अब अन्तर्राष्ट्रिय व्यापार गर्दा सुनको हुने भुक्तानी कम भयो । अब विश्व सुनको मापदण्डमा फर्कन असम्भव भयो ।
ब्रेटन वुड्स सम्झौता सन् १९४४ : अन्तर्राष्ट्रिय व्यापार र विश्व अब सुनको मापदण्डमा फर्कन असम्भव भएको थाहा पाएर अमेरिकाले ब्रेटन वुडमा ४४ देशको प्रतिनिधिहरूद्याई बोलाएर एक सम्झौता ग-यो । बसै प्रतिनिधिहरूले एक निर्णय ग-यो कि विश्वभरका मुद्राहरू अब सुनसँग जोडिन हुँदैन तर अमेरिकामा पिगेड फिक्स गर्न सकिन्छ किनभने ग्रीनब्याक आफैँमा सुनसँग जोडिएको थियो । यस सम्झौताले केन्द्रीय बैंकहरूको अधिकार स्थापना ग-यो र जसले तिनीहरूको मुद्रा र डलरबीचमा स्थिर विनिमयदर कायम राख्ने निर्णय ग-यो । यसको बदलामा संयुक्त राज्यले मागमा सुनको लागि अमेरिकी डलर निकाल्नुपर्ने थियो ।
यसपछि अमेरिकी डलरलाई आधिकारिकरूपमा विश्वको रिजर्व मुद्राको ताज लगाइएको थियो । अब अन्य देशहरू सुनको सट्टा अमेरिकी डलर भण्डारण गर्न थाले र आफ्नो पैसा भण्डारण गर्दा अमेरिकी ट्रेजरी सेक्युरिटीहरू किन्न थाले जसलाई उनीहरूले पैसाको सुरक्षित भण्डार मानेका थिए ।
ब्रिटेन वुड्स एग्रिमेन्टमा समस्या : अन्तर्राष्ट्रिय मुद्रा कोषले यो सम्झौता सन १९७२ देखि १९८१ मा पूर्णरूपमा समाप्त भएको भनी रेकर्ड राखेको छ । भियतनाम युद्ध र ग्रेट सोसाइटी घरेलु कार्यक्रमहरूको वित्त पोषणको लागि आवश्यक घाटा खर्चसँग ट्रेजरी सेक्युरिटीहरूको मागले अमेरिकन कागजी पैसा (डलर)को बजारमा बाढी आयो फलस्वरूप अमेरिकी डलरको स्थिरता र अन्य देशहरूको कागजी पैसाको मूल्यमा स्थिरता प्रति प्रश्नचिह्न खडा भयो । चिन्ताका साथ देशहरूले डलरको भण्डारनलाई फेरि सुनमा रूपान्तरण गर्न थाले । फलस्वरूप सुनको माग यति भयो कि अमेरिकाले हस्तक्षेप गर्न सकेन र सुनलाई डलरसँग स्लिप गर्न बाध्य भयो । जसअनुरूप पेग्ड एक्सचेन्ज रेट (विनिमयदर)बाट परिवर्तनीय विनिमयदरले नेतृत्व लियो । परिवर्तनीय विनिमयदर पहिलो पटक राख्दा कसरी निर्धारण गर्ने समस्या आएपछि सन–१९६८ मा अमेरिकी ट्रेजरीले ३५ अमेरिकी डलरमा एक औँस सुन किन्ने र बेच्ने निर्णय ग-यो र अन्य देशहरूले पनि एक औँस सुन किन्नका लागि लागत स्थापना गरे र त्यही स्थापनासरह विनिमयदर रह्यो, जुन हाल व्यवस्थित अन्तर्राष्ट्रिय विनिमयदरद्वारा निर्धारण गरिन्छ । व्यवस्थित विनिमयदर प्रत्येक मुद्राको मूल्य उसको सरकार वा केन्द्रीय बैंकको आर्थिक कार्यहरूद्वारा प्रभावित हुन्छ भन्ने मान्यता हो ।
चीन र रुसको प्रयास असफल : १९९७–९८ मा एसियामा संकट आउँदा जुन १९९७ मा थाई भाटको अवमूल्यन सुरु भयो । जसले गर्दा थाइलेन्डको केन्द्रीय बैंकले अमेरिकी डलरसँग पीईजी ग-यो र मुद्रा फ्लोट ग-यो । तर मुद्रा संक्रमण छिमेकी देशहरू इन्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, भियतनाम आदीमा फैलियो दिवालियापन बढ्यो । यस्तै चीनले आफ्नो मुद्रा अमेरिकी डलरसँग ८ दशमलव २ मा स्थिर राख्यो जुन १९९५ देखि २००५द सम्म थियो जसले गर्दा चीनले अब अरु अमेरिकल डलर जम्मा नगर्ने विचार ग-यो । उसले आफूले पीईजी दरमा जम्मा गर्दा अमेरिकालाई यसमा फाइदा हुने भए किन आफ्नो मुद्रा ननिकाल्ने भनी लागि प-यो । तर रुस र चीन तयार हुँदा पनि आफ्नो मुद्रा विश्व बजारमा चलाउन नसक्ने देख्दा आफ्नो निर्णय फिर्ता ग-यो । यस्तै जापानको पनि २००९ को सुरुको ५ महिनामा २५ प्रतिशत मुद्राको मूल्य बढ्यो तर २०१३ र २०१६ मा यसको विपरीत हुँदा जापानले पनि आफ्नो मुद्रा विश्व बजारमा चलाउने योजना बनायो तर त्यो योजनाले पनि मूर्तरूप लिन सकेन ।
हाल विश्व बजारमा ५९ प्रतिशत अमेरिकी डलरमा कारोबार हुने गरेको छ भने युरो १५ प्रतिशत, जापानीज ८ दशमलव १ प्रतिशत, पाउन्ड ५ दशमलव ४ प्रतिशत छ तर अब यही अवस्था रहेमा ढिलोचाँडो विकल्प निकाल्ने समय आएको अर्थशास्त्रीहरू भन्दछन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया