Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहिमाल चढ्नुको रहस्य र आम्दानीको आधार

हिमाल चढ्नुको रहस्य र आम्दानीको आधार


काठमाडौं । हाम्रो देश नेपालमा हिमरेखाभन्दा माथिका हिमाल (पाँच हजार पाँच सय मिटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि चार सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । अथवा भनौँ ती हिमालहरूलाई कानुनीरूपमा मान्तयता दिएर कुनै पनि देशका पर्वतारोहीहरूबाट निश्चित रकमबराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्नेगरेको छ । हालसम्म चार सय १४ वटा हिमालहरू स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुला गरेको भए पनि विश्वकै अग्लो हिमचुचुरो चोमोलुङमा अर्थात् सगरमाथा, माउन्ट एभरेस्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौँ अग्लो मकालु, छैटौँ अग्लो चो–ओयु, सातौँ अग्लो धौलागिरी, आठौँ अग्लो मनास्लु, १०औँ अग्लो अन्नपूर्ण प्रथमजस्ता ठूला हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै सात हजार मिटर र त्योभन्दा कम उचाइ भए पनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस (थापा) पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोहीहरू नेपाल आउनेगरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा स–साना हिमाल ‘ट्रेकिङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ । ती ट्रेकिङ पिकको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए)ले पाएको छ ।

सरकारले पटक–पटक गरेर चार सय १४ वटा हिमालहरू स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुला गरेको भए पनि विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/माउन्ट एभरेस्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौँ अग्लो मकालु, छैटौँ अग्लो चो–ओयु, सातौँ अग्लो धौलागिरी, आठौँ अग्लो मनास्लु, १०औँ अग्लो अन्नपूर्ण जेठो (प्रथम) हिमालमा नै पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ । त्यस्तै सात हजार मिटर र त्योभन्दा कम उचाइ भए पनि आमा डाब्लाम, पुमोरी, बरुणत्से, कम्भकर्ण (फक्ताङलुङ), किरात चुली, हिमलुङ, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचलीलगायत हिमाल चढ्न विदेशी पर्वतारोहीहरू नेपाल आउने गरेका छन् । त्यसबाहेक ३३ वटा ट्रेकिङ पनि खुला गरेको छ, नेपाल सरकारले । जुन पिकहरूको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए)ले पाएको छ । हुन त हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन करोडौँ खर्च गरेर हिमाल चढ्न आउँछन्, किन लाखौँ खर्च गरेर हिमालयमा क्षेत्रमा घुम्न आउँछन् ? भन्ने सम्बन्धमा डाक्टर हर्क गुरुङले लेखेका छन् ‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्र्या लाग्छ भनेपछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’

‘पर्वत संसारको सबैभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’ (सन्दर्भ स्रोत : डाक्टर हर्क गुरुङद्वारा लिखित, विषय विविध नामक किताबको पाना नम्बर –६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख)

हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा हजारौँ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । अझ नेपालीहरू पेसेवररूपमा पर्वतारोही हुन धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा वर्षेनी लाखौँ अमेरिकी डलर नेपालका हिमाल चढेबापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी पनि तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्टलगायत विश्वका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।

गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरूलाई एक जना बराबर छ हजार रुपैयाँ मात्रै लाग्थ्यो । अहिले त उनीहरूले चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । अन्य खर्च त कति हो कति ! त्यस्तै हालसम्म विश्वले मान्यता दिएका विश्वका आठ हजार मिटरभन्दा माथिका अग्ला १४ वटा हिमालमध्ये आठ हजार आठ सय ४८ मिटर अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट, आठ हजार पाँच सय ८६ मिटर अग्लो कञ्चनजंघा (सेन्छेलुङ/सेवालुङ), आठ हजार पाँच सय १६ मिटर अग्लो ल्होत्चे, आठ हजार चार सय ९६ मिटर अग्लो यालुङकाङ, आठ हजार चार सय ६३ मिटर अग्लो मकालु (सेसेलुङ), आठ हजार दुई सय एक मिटर अग्लो चोओ–यु, आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरी, आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु, आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण–प्रथम गरी नौवटा (६० प्रतिशतभन्दा बढी) नेपालमै छन् । जुन कुरो हामी नेपालीहरूका लागि सौभाग्य र गर्वको कुरो हो । अझ आठ हजार मिटरभन्दा माथिका हिमालको कुरो गर्दा अरु छवटा थपिँदै छन् भनी गत दुई/तीन वर्षअघिदेखि चर्चामा रहेको छ । तर, ती हिमालले हालसम्म औपचारिकरूपमा मान्यता भने पाइसकेको छैन । जे भए पनि अब थपिने ती आठ हजार मिटरभन्दा माथिका छवटै हिमाल नेपाल सरहदभित्र रहेका छन् ।

खासमा चीन र पाकिस्तानमा पर्वतारोहीहरूले कुनै पनि हिमाल चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि रोयल्टी दर घटाउनेतर्फ अझै पनि सोच्ने हो कि ? भनी बहस र छलफल चल्ने गरेको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x