अन्तरदेशीय सामाजिक सम्बन्ध
प्रदीप उप्रेती
पर्यटन तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन एवं सम्वद्र्धन गर्दै राष्ट्रको शिर माथि उठाउने उद्देश्यका साथ नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने भव्य तयारी गरेको हो । जसअनुसार उक्त समयावधिभित्रमा करिब लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहितको कार्ययोजनालाई विशेष प्राथमिकता अगाडि सारेको छ । यसप्रकारका सहभागितामूलक कार्यको विकासले मुलुकको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको चाहनाका अतिरिक्त बाह्य मुलुकसँग आपसी सम्बन्ध विस्तारको लागि पर्यटकीय गन्तव्य पहिचानका साथै व्यापार अभिवृद्धीकरण, अन्तरदेशीय आपसी सहसम्बन्ध विस्तार गर्दै बाह्य विश्वमा नेपालको परिचय गराउन सम्भव रहनेछ । जसको सकारात्मक परिणामस्वरूप नेपालीजनको मित्रवत व्यवहारका कारण स्वदेश भित्रिएका विदेशि पाहुनाले आथित्य सत्कारको अनुपम आस्वादनको अनुभूति गर्न पूर्णरूपले सफल रहनेछन् भन्ने विश्वास लिन सकिन्छ । उक्त भ्रमणलाई सफल गराएबापत परिवत्र्य वैदेशिक मुद्रा आर्जनको सम्भावनालाई नकार्न मिल्दैन । प्रस्तुत कार्यको सफलताको लागि नेपालको मौलिक संस्कृति, प्राचिन कला सम्भता, रीतिथिति, धर्मसंस्कार, पुरात्तन र आधुनिक सभ्यताको समिश्रण, जुन विश्वसमुदायको लागि नितान्त नौलो एवं भिन्न संस्कृति रहेको छ । जसको उत्कृष्ट प्रदर्शन नै पर्यटकीय विकासको महत्वपूर्ण आधारस्तम्भसमेत हो, भन्ने कुरालाई हामी कसैले पनि भुल्नु हँुदैन । यसप्रकारका पृथक देखिने आफ्नै मौलिक कला संस्कृतिसँग प्रत्यक्ष साक्षत्कार राख्ने विषयले निश्चितरूपमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा उल्लेख्य सकारात्मक भूमिका निर्वाह गर्न प्रत्यक्ष सघाउ पुग्ने देखिन्छ ।
प्रस्तुत कार्यको सफलताको लागि केही गृहकार्य भने अवश्य पनि गर्नुपर्ने हुन्छ । जुन–जुन क्षेत्रमा पर्यटकको विशेष अभिरुचि रहेको हुन्छ सो क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेर कार्य गर्ने संस्कृतिको विकासले यस क्षेत्रमा आशानुकूल सफलता प्राप्त हुने कुरामा कुनै द्विविधा रहने छैन । साथै एक्काइसौँ शताब्दिको आधुनिक सूचना प्रविधिलाई सहयात्रीको रूपमा लिई सूचनामूलक जानकारीको लागि आवश्यक पर्ने तत्वमार्फत व्यापक रूपमा प्रचारप्रसार गर्दै अन्तरदेशीय पर्यटकको समूहलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्न सहज हुनेछ । यस प्रयोजनको लागि पर्यटकीय क्षेत्रको पहिचानसहित लाग्ने सम्पूर्ण खर्चको विस्तृत विवरणसहितको प्रचारात्मक कार्यक्रमले हाम्रा आगन्तुक पाहुनाहरू अन्य समुदायबाट ठगिने प्रवृतिमा ह्रास आई भ्रमणको सुनिश्चितता कायम गर्ने विश्वसनीय आधार तयार हुनेछ । जसको पूर्ण सफलताको कामनासहित सम्बद्ध क्षेत्रको सौन्दर्य, प्राकृतिकता एवं मौसम आदिको बारेमा सम्भव भएसम्म सही सूचनामूलक जानकारी सम्प्रेषण गर्ने प्रयत्न गर्ने हो भने, आगन्तुक अथितीलाई सहजता प्राप्ति हुनेछ ।
यसप्रकारका सदाशयताले गर्दा नयाँ पर्यटकको वृद्धिको सम्भावना रहनुको साथै पुराना पर्यटकको पुनरावृत्ति पनि सशक्तरूपमा अभिवृद्धि हुनेछ । पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण सफल बनाउन सहुलियत दरमा यात्राको प्रबन्ध मिलाउनुको अतिरिक्त यथेष्ट मात्रामा सवारी साधनको व्यवस्थापनमा जोड दिनुपर्ने हुन्छ । जसको मूल उद्देश्य भनेको भ्रमणअवधिमा कुनै प्रकारको असुविधा भोग्नु पर्ने अवस्था सिर्जना नभई बसाइ अवधिसमेत निश्चितरूपमा लम्बाउनेतर्फ सचेत रहनु हो । जसले परिवत्र्य विदेशी मुद्रा आर्जनमा धनात्मक परिणाम देखाउनेछ । यसका लागि उनीहरूको अभिरुचिअनुरूपको वस्तु तथा सेवा उत्पादन तथा बिक्री वितरणमा आत्मीय सम्बन्धको सविस्तार गर्दै उक्त वस्तु पुनः प्रयोगको लागि मनमोहक हुने अवस्था तयार पार्नुपर्ने हुन्छ । राज्यका तर्फबाट पर्यटन प्रवद्र्धन एवं संरक्षण गर्दै त्यस सन्दर्भमा सशक्त भूमिका निभाउन सक्ने साहसिक खेलहरू, जस्तैः बन्जिजम्प, प्याराग्याइडिङ, ¥याफ्टिङ, जिपलाइन, केबुलकार, एवं प्रकारले पथपर्दशकजस्ता प्राकृतिक सुन्दरता कौतुहलताले भरिएका आकर्षणजन्य खेल तथा सोसँग सम्बन्धित सेवा, सुरक्षा र विकासलाई विशेष ध्यान दिई पर्यटकको मन जित्न सकिने प्रशस्त आधारहरू मुलुकमा अझै पनि जीवन्त रहेको रहेको हँुदा यस क्षेत्रको सुधारको लागि सरोकारवाला पक्षले कुनै किसमको कसर बाँकी राख्नु हँुदैन ।
विदेशी पाहुनालाई मन्त्रमुग्ध पार्न सक्षम रहने संस्कृतिको विकासलाई कार्यान्वयनमा ल्याउन पयर्टन प्रवद्र्धनको क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने व्यावसायिक समूहका अतिरिक्त अन्य समूहलाई पनि प्रोत्साहित गर्ने रणनीतिलाई व्यवहारतः लागू गर्नुपर्ने हुन्छ ।यस प्रकारका भ्रमण वर्षको आयोजना नेपालको लागि कुनै नौलो प्रसङ्ग होइन । किनकी यसभन्दा अगाडि सन् १९९८ तथा २०११ मा पनि भ्रमण वर्षको आयोजना गरिएको भए पनि लक्ष्यअनुसारको प्रगति हासिल गर्न सकेको भने देखिएन । एवं प्रकारले आजभन्दा करिव २ वर्ष अगाडि सन् २०१८ मा आयोजना गर्ने भनिएको भ्रमण वर्षलाई कतिपय अवस्थामा पूर्ण तयारीको अभाव देखाई स्थगन गर्नुपरेको थियो भने अहिले आएर कोरोनाले स्थगित गर्न बाध्य बनाएको छ । पर्यटकीय विकासको क्षेत्रमा भएको सकारात्मक कार्यको व्यवस्थापनले केही हदसम्म मुलुकको आर्थिक विकासको क्षेत्रमा पनि राहतको महसुस गर्न सकिने अवस्था प्रारम्भ हुनेछ । यस क्षेत्रमा रहेको कमजोरीको पहिचान गर्दै दिगो आर्थिक विकास एवं समृद्धिको लागि सहकार्यको भूमिका निभाउन यसप्रकारका कदमहरू कोशेढुंगा साबित हुनेछ । त्यसो भएको हँुदा राष्ट्रको अवस्थाअनुकूल यसप्रकारका भ्रमण वर्षहरूको आयोजना निकट भविष्यमा पनि सशक्तरूपमा गरिनुपर्ने हुन्छ । जसले यसको उपादयतासहितको सान्दर्भिकता झल्काउनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया