नेपालमा सूचना प्रविधिको आवश्यकता, समस्या र सुझाव
काठमाडौं । विज्ञान र प्रविधिको माध्यमबाट आज विश्वमा टाढा–टाढा छरिएर रहेका राज्यहरू पनि नजिक हुनपुगेका छन् । सूचनाको माध्यम रेडियो, टीभी र पत्रपत्रिका टेलिफोन, फ्याक्स आदिबाट हामी कोठामै बसेर संसारका गतिविधि अवगत गर्न सक्छौँ । मोटर, हवाइजहाज आदिबाट हामी एक ठाउँबाट अर्को ठाउँमा छोटो समयमा पुग्न सक्दछौँ । विभिन्न किसिमका सूचना माध्यमबाट हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिसित सम्बन्धित रहेका छौँ । सूचना भन्नाले भाषा, हाउभाउ, इसारा, चित्रज्ञान, तथ्यांक, रङ्ग, नक्सा र क्रियाकलाप आदि विभिन्न माध्यमबाट दुई व्यक्ति वा समूहबीच गरिने सूचना र जानकारीलाई जनाउँछ । लेखक, हेराइ स्पर्श, संकेत चार्ट र डायग्राम आदिबाट पनि सूचनाको प्रवाह हुने गर्दछ । बुझाउन खोज्नेले राम्ररी बुझाउनु र बुझ्नुपर्नेले बुझ्नुमा सूचनाको धारणा अडेको छ । सञ्चार एक व्यक्तिबाट अर्को व्यक्तिमा सूचना तथा ज्ञान पु¥याउने प्रक्रिया हो ।
सूचना केवल मानिसहरूको बीचमा विचारहरूको आदान प्रदान नै हो । यदि एक जनाले आफ्नो कुरा बुझ्ने गरी अर्कोलाई भन्छ भने त्यो क्रिया नै सूचना हो । सूचना तबसम्म सार्थक हुँदैन जबसम्म यसले सूचित गर्दैन । सूचना एक प्रकासकीय प्रक्रियाद्वारा अर्थहरू धारण गरिन्छन् र एक जानकारीमा पुगिन्छ । राष्ट्रेको चौथो अंगको रूपमा रहने सञ्चार क्षेत्रलाई सबैले संवेदनशील क्षेत्रको रूपमा स्वीकार गरेका छन् ।
सूचना भन्नाले विचार जानकारी, दृष्टिकोण, सोचाइ, भावना आदिको आदानप्रदान गर्ने एक प्रक्रिया हो । सूचना प्रक्रियामा दुई पक्षहरूको बीचमा जानकारी आदानप्रदान हुन्छ । सूचनाको उद्देश्य त्यसबेला मात्र सफल भएको मानिन्छ जब प्रेषकले जस्तो किसिमको अर्थ लगाएर सन्देश पठाएको छ । प्रापकले पनि त्यस्तै अर्थ लगाएर बुझ्न सकोस् । सन्देशको अर्थ दुवै पक्षहरूमा समान हुनुका साथै प्रेपकले जुन उद्देश्य पूरा गर्न सन्देश पठाएको छ प्राप्त गर्नेले पनि त्यसै उद्देश्यअनुसारको कार्य गर्न खोजेको हुनुपर्दछ । सूचनामा तीनवटा तत्वहरू समावेश भएका हुन्छन्, ती हुन् स्रोत, सन्देश र प्रापक सूचना प्रक्रिया पूरा हुनका लागि यी तीन तत्वहरूको उपस्थिति हुनु आवश्यक छ ।
सामान्यतया सूचना प्रविधि भन्नाले कम्प्युटर, सूक्ष्म, विद्युतीय यन्त्र दूरसञ्चारको एकीकृत प्रविधिलाई बुझाउँछ । सान् १९०६ को दशकपछि निकै गति लिन सफल माइक्रोचीव र माइकको प्रोसेसरको विकास स्वरूप कम्प्युटरको चलनले गति लिएपश्चात् सूचना प्रविधिले पनि बिस्तारै आफ्नो बाटो बनाउन सुरु गरेको हो । सूचना प्रविधिको अर्थ गतिमा मात्र सीमित भने छैन । साधारणतया कहिलेकाही सूचना प्रविधिको समग्र स्वरूपलाई समेट्न सक्दैन । बहुसञ्चार ओभरहेड प्रोजेक्टर स्व्यानर डिम्लेक्ग सिप्टग, नेटवर्किङ कम्प्युटर इत्यादि डिजिटल इलेक्ट्रोनिक साधनयुक्त प्रविधिलाई एकीकृत रूपमा उपयोग गर्ने प्रमुख माध्यमको रूपमा कम्प्युटर रहेको हुन्छ । हामी सूचना प्रविधि भन्न सक्छौँ । यसको प्रमुख कारण प्रश्न भनेको त्यसले कुनै तथ्ययुक्त सूचना वा तथ्यांकको भण्डार र प्रसारण गर्न सक्षम पनि हुनुपर्छ । प्रविधि मात्र जडित भएर यसको उद्देश्य पूरा हुँदैन । सञ्चार वा सूचना प्रणाली हुनको लागि ३ महत्वपूर्ण तत्व हुन जरुरी छः– (क) सूचना प्रसारक (ख) सूचना प्राप्तकर्तामा सूचना उल्लिखित तीन तत्वमध्ये कुनै एकको अनुपस्थितिमा सञ्चार प्रणाली स्थापित हुन सक्दैन ।
सूचना तथा सञ्चारका निम्नलिखित चरणहरू हुन्छन् ।
१) सन्देश २) सांकेतिक रूप ३) सन्देशको हस्तान्तरण ४) प्राप्त गर्नु ५) रूपान्तर ६) बुझाइ ७) हल्ला र पृष्ठपोषण सूचना तथा सञ्चारका सिद्धान्तहरू सूचना तथा सञ्चारलाई प्रभावकारी बनाउनका लागि निम्नानुसारका सिद्धान्तहरू स्थापित छन् । जसमध्ये आधारभूत सिद्धान्तहरू निम्नानुसार छन् ।
१) स्पष्टताको सिद्धान्त २) सहभागिताको सिद्धान्त ३) पर्याप्तताको सिद्धान्त ४) सुसङ्गतिको सिद्धान्त ५) उत्पेरणाको सिद्धान्त ६) पृष्ठपोषणको सिद्धान्त संगठनभित्र माथिल्लो तहबाट तल्लोतहमा गरिने कुनै पनि सञ्चारअन्र्तगत राख्न सकिन्छ । व्यवस्थापनको उच्च तहबाट प्राप्त हुने निर्देशन, सूचना, जानकारी निर्णय आदि कार्यान्वयनको लागि संगठनको तल्लो तहमा पठाइन्छ । संगठनमा तल्लो तहबाट सुझाव निर्णयको लागि आवश्यक पर्ने सूचना कर्मचारीको पीरमर्का आदि माथिल्लो तहमा जानु पनि सूचनाहरू तथा सञ्चारको अलावा समान तह वा छड्के तहमा पनि सञ्चार र सूचना गरिन्छ । यस्तो सञ्चार वा सूचना संगठनभित्र समान तहका शाखा, विभागबीच गरिन्छ । संगठनको कार्य सुचारुरूपले सञ्चालन गर्न यसप्रकारको सूचना वा सञ्चार आवश्यक पर्दछ । संगठनभित्र एक विभाग र अर्को विभागबीच एक आपसमा समान तहमा सञ्चार वा सूचनाको आदानप्रदान हुनु अति आवश्यक छ । यसको साथसाथै सञ्चार गरिने तरिकाको आधारमा पनि सञ्चारलाई दुई भागमा बाँड्न सकिन्छ । (१) लिखित सञ्चार (२) मौखिक सञ्चार ।
सूचनाका तत्वहरू
सूचनाका मुलभूत उद्देश्यहरू यसप्रकारका छन्ः (१) समाचार तथा विचारहरूको आदान प्रदान । (२) उपर्युक्त कुरा बुझाउन ।
सूचनामा हुनुपर्ने तत्वहरू यसप्रकारका छन् :
(१) स्पष्टता (२) सहभागिता (३) सञ्चार विचारहरूको सञ्चारण) (४) प्रेरणा (५) मूल्यांकन । सूचनाका किसिमहरूलाई यसरी वर्गीकरण गर्न सकिन्छ ः
(१) मौलिक तथा लिखित सूचना (२) औपचारिक तथा अनौपचारिक सूचना (३) उध्र्वमुखी अधोमुखी तथा समतल सूचना ।
सूचना प्रविधिका विशेषताहरू यस्ता छन् : (१) सूचना दोहोरो प्रक्रिया हो (२) सूचना, विचार, तथ्यको आदान प्रदान गर्नु (३) निरन्तर चल्ने प्रक्रिया (४) सन्देश पठाउनु मात्र सञ्चार होइन । सन्देशको अर्थ बुझी, सो को प्रतिक्रिया सन्देश पठाउने कहाँ पुगेपछि मात्र सूचना पूर्ण हुन्छ । (५) विभिन्न माध्यमहरूमध्ये उपयुक्त, माध्यमको छनौट । (६) अभिप्रेरणा, नेतृत्व, नियन्त्रण र समन्वयको लागि सूचना आवश्यक ।
सूचनाले संगठनलाई गतिशील र परिवर्तनउन्मुख गराउनुको साथै कामदार व्यवस्थापन र समूहबीच सुसम्बन्ध स्थापना गर्दछ ।
प्रविधिको व्यापक प्रयोगबाट कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक सेवा प्रवाह र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट प्रदान गर्न सकिन्छ । यस अर्थमा सूचना प्रविधि नेपालको भौगोलिक विषमताबाट सिर्जित विकासका चुनौतीको सामना गर्ने एउटा सशक्त पूर्वाधारको रूपमा समेत स्थापित हुनसक्ने देखिन्छ ।
आउँदो वर्षहरूमा विश्वमा सूचना प्रविधिको क्षेत्रमा विकसित राष्ट्रहरू र सूचना प्रविधिको कम पहुँच भएका राष्ट्रहरूको बीचमा आर्थिक विषमतामा वृद्धि हुन जाने प्रचुर सम्भावनाको पृष्ठभूमिमा सूचना प्रविधिमा पहुँच हुनेर नहुनेबीचको खाडलले निरन्तरता पाउने अवस्था विकसित राष्ट्रहरूका लागि पनि ग्राह्य हुन सक्दैन । यस सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायबाट विकासोन्मुख मुलुकहरूमा सूचना प्रविधिको विकासका साथै यस प्रविधिको प्रयोगद्वारा विकासका लक्ष्यहरू प्राप्त गर्ने दिशामा निरन्तर सहयोग उपलब्ध हुने प्रबल सम्भावना समेत देखिन्छ ।
नेपाल २०२८ सालमा कम्प्युटरको प्रयोग जनगणना तथ्यांक राख्ने कार्यदेखि अगाडि बढ्न थालेको प्रविधि अहिले सरकारी तथा गैरसरकारी निकायहरूमा समेत यसको प्रयोग बढ्दै आएको छ । कम्प्युटरको प्रयोगमा वृद्धि भई देशमा स्तरीय सञ्चार नेटवर्कको विकास निजी क्षेत्रबाट इन्टरनेट, इमेल सेवाको सुरुवात, व्यापारिक क्षेत्रमा अत्याधिक प्रयोगमा ल्याउन सकिने प्रविधिको विकास, विभिन्न कम्प्युटरसम्बन्धी गैरसरकारी तालिम संस्थानहरूको वृद्धि कारणले गर्दा पनि नेपालको सूचना प्रविधिमा अभिवृद्धि हुँदै आएको छ । साथै सूचना प्रविधि नीति २०६५ पनि लागू गरिसकेको छ । समयको अन्तरालसँगै हुलाक सेवाको विकास र विस्तार गर्ने चिठीपत्रको माध्यमबाट विकसित हुँदै आएको सञ्चार प्रविधिमा वैज्ञानिक आविष्कारको प्रतिफल स्वरूप टेलिफोन, आकाशवाणी, फ्याक्स, टेलिप्रिन्टर आदि विभिन्न आधुनिक मेसिनहरूले यसै क्षेत्रका सुगमता ल्याएका छन् । यसै क्रममा रेडियो, टीभी खबर पत्रिकाहरू समेत संघारको आधुनिक प्रविधि बनेको छन् जसले छोटो समयमा खबर आदान प्रदान गर्न सजिलो भएको छ । नेपालजस्तो विकासोन्मुख र भू–परिवेष्ठित मुलुक जहाँ यातायात र सञ्चारको क्रम विकास भएको छ, त्यस्तो देशमा सूचना प्रविधिको झन् महत्व रहेको छ ।
सूचना प्रविधिले संगठनका लक्षहरू कामदारहरूमा जानकारी गराउने गर्दछ । कार्य सन्तुष्टि र उत्प्रेरणाका आधारहरू पनि अभिवृद्धि गर्ने कार्य गर्दछ । व्यवस्थापनलाई शीघ्र र सही निर्णय लिने कार्यमा सहयोग पु-याउने काम पनि सूचनाले गर्दछ । अर्को कुरा सूचनाबाट औद्योगिक अशान्ति हटाउनमा मदत गर्दछ । सूचना वा सन्देशलाई भाषामा लेख्ने काम गर्दछ र उसका सूचनाको संकेत, भाव वा इसारा गरिन्छ । सूचनाको माध्यम भनेको सूचना पठाउने साधन हो, उसमा साधनको छनौट गरिन्छ ।
आधुनिक व्यवस्थापनको युगमा सूचनाको अत्यन्त महत्व छ । सूचना जति प्रभावकारी, विश्वसनीय, भरपर्दो र शुद्ध हुन सक्छ त्यत्तिकै संगठनको निर्णय क्षमता नेतृत्व र उत्पादकत्वमा सकारात्मक प्रभाव पर्छ । व्यवस्थापनको आधुनिक अवधारणामा उसलाई व्यवस्थापकीय सूचना प्रणाली पनि भनिन्छ । सूचना प्रणालीबाट निर्णय गर्नमा सहयोग गर्नुको साथ योजना बनाउनु र त्यसको सफल कार्यान्वयनमा सहयोग प्रदान गर्दछ । सूचनाबाट मूल्यांकन र अनुगमन गर्नमा समेत सहयोग गर्दछ । सूचना प्रविधिले व्यवस्थापन परिवर्तन उन्मुख हुन आधारशीलाको निर्माण गर्दछ र संगठनभित्र सद्भाव, सहयोग र आपसी सम्बन्धको विकास भई औद्योगिक अशान्ति उत्पन्न नै हुने सम्भावनाको विकास गर्दछ । संगठनमा सूचनाको धेरै महत्व छ । सूचनाले नै संगठनको उद्देश्य प्राप्त गर्न मदत मिल्दछ । संगठनमा आउने धेरैजसो समस्याहरू सूचनामय नै सम्बन्धित हुन्छन् । संगठनमा कार्यरत कुनै पनि व्यक्तिले समयमा सूचना नगरिदिँदा वा सो व्यक्तिले सही सूचना नगर्दा वा सूचना गर्नुपर्ने कार्य समयमा सम्पादन नहुन सक्छ । प्रभावकारीरूपमा सूचनाले संगठनको प्रत्येक काम प्रभावकारी रूपमा सम्पादन हुने गर्दछ । अनुसन्धान कार्यबाट यो पुष्टि भएको छ कि व्यवस्थापकको ८० प्रतिशतभन्दा बढी समय सूचना कार्यमा नै व्यतित भएको हुन्छ । व्यवस्थापकले गर्नुपर्ने कार्यहरू जस्तैः योजना संगठन, निर्देशन तथा नियन्त्रणसँग सम्बन्धित प्रत्येक व्यवस्थापकीय गतिविधिमा सूचनाको आवश्यकता पर्दछ र योजना बनाउनको लागि पनि सूचनाको आवश्यकता पर्दछ । संगठन कार्यको लागि कार्य विवरण अधिकारीको प्रत्यायोजन गर्दा सूचनाको लिखितरूपमा आवश्यकता पर्दछ र नेतृृत्व र निर्देशनको लागि पनि सूचनाकै आवश्यकता पर्दछ ।
पारदर्शी कार्य प्रणाली अवलम्बन गर्न संस्थागत क्षमता विकास गर्न प्रोत्साहन गरेको छ । सार्वजनिक निकायले आफ्नाहरूलाई गर्ने, सूचना बोर्डहरू गर्ने, सूचना अधिकारीको व्यवस्था गर्ने, पब्लिक मिडियामार्फत सार्वजनिक निकायका गतिविधि पब्लिक गर्न प्रोत्साहित गर्दछ । सूचनाको हकले सार्वजनिक निकायले खुला गर्नुपर्ने कुरा खुला नगरेमा कानुनी बाटो अवलम्बन गर्नसक्ने व्यवस्था छ । सूचनाको हक नागरिकको मौलिक अधिकारअन्तर्गत नै रहने भएकोले सार्वजनिक निकाय पारदर्शी बन्दै जान कर नै लाग्दछ । मनोवैज्ञानिक त्रास र द्वन्द्व निवारण गर्नु । महत्वपूर्ण सरकारी विवरण बहुराष्ट्रिय कम्पनीको हातमा पुग्नबाट बचाउनु । अध्ययन, अनुसन्धान र अन्वेषण विकास गर्दै लैजानु । पहुँचवालाको प्रभाव न्यूनीकरण गर्नु । नागरिकको वास्तविक समस्याको सुनुवाइ हुने वातावरण बनाउनु । मुलुकको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न यहाँ भएका आईटी कम्पनीको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नमा सहयोगी बन्छ । उच्च सीपयुक्त जनशक्ति र अर्धदक्ष जनशक्ति पर्याप्त मात्रामा विकास गराउन सहयोगी बन्छ । सेवा छिटो, छरितो, पारदर्शी, नागरिकमैत्री र जनमुखी हुन्छ । नागरिक र सरकारबीच सुमधुर सम्बन्ध कायम भई सरकारप्रति जनविश्वास अभिवृद्धि हुन्छ । सार्वजनिक सेवाको लागत घट्छ ।
सुनिल कुमार केसीज्यूले आफ्नो लेख कर्मचारी व्यवस्थापन र सूचना प्रविधिमा यसरी सूचना प्रविधिको प्रयोग व्याख्या गरिएको पाइन्छ । जस्तै : १. जनशक्ति योजनामा सूचना प्रविधि २. जनशक्ति प्राप्तिमा सूचना प्रविधि ३. परीक्षा सञ्चालनमा सूचना प्रविधि ४. कार्यजिम्मेवारीमा सूचना प्रविधि ५. सरुवा, कामकाज, पदस्थापनामा सूचना प्रविधि ६. कार्यसम्पादन मूल्यांकनमा सूचना प्रविधि ७. तालिम, अध्ययन, भ्रमण अध्ययनमा सूचना प्रविधि ८. पुरस्कार, दण्ड र सजायमा सूचना प्रविधि ९. सेवानिवृत्त र सेवानिवृत्तपछिको सेवामा सूचना प्रविधि १०. कर्मचारीको वैयक्तिक विवरणमा सूचना प्रविधि ।
वर्तमान पन्ध्रौँ पञ्चवर्षीय योजना २०७६–२०८१ मा विज्ञान तथा सूचना प्रविधि विकास कार्यक्रमअन्तर्गत समाजसँग विज्ञान र उत्पादनसँग प्रविधि तथा नवप्रवर्तन गर्ने सोच राखिएको छ भने समाजमा वैज्ञानिक संस्कारको विकास गरी उत्पादन प्रविधिमा नवप्रवर्तनलाई आबद्ध गर्दै मुलुकको समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । त्यस्तै जनताको गुणस्तरीय जीवन प्राप्ति र विज्ञानमा आधारित सोच निर्माण र विश्लेषण गर्न विज्ञान तथा प्रविधिको महत्तम उपयोग गर्नु, विज्ञान शिक्षालाई व्यावहारिक बनाउँदै नवीनतम विज्ञानको उन्नयन र उदीयमान प्रविधिहरूको अंगीकार गर्दै तिनलाई आधारभूत सेवा प्रवाहमा उपयोग गर्नु, उत्पादन वृद्धि तथा औद्योगिक विकासका लागि प्रकृतिप्रद्धत्त स्रोत एवं प्रविधि तथा नवप्रवर्तनको उपयोग एवं विकास गर्ने उद्देश्य राखिएको पाइन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया