Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्याजको मूल्य घटाउने उपाय

प्याजको मूल्य घटाउने उपाय


काठमाडौं । हालैको चाडपर्वले भारतमा प्याजको मूल्य महंगिएपछि यसको असर नेपालको स्थानीय बजारमा परेको छ । गत महिनादेखि नेपाली बजारमा प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार आश्विनको तेस्रो साता प्रतिकिलो ४५ रूपैयाँ रहेको प्याजको थोक मूल्य अहिले प्रतिकिलो १५ रूपैयाँदेखि ६० रूपैयाँमा पुगेको छ । अहिले ‘अफ सिजन’का कारण प्याजको भाउ बढेको छ ।

अन्य बेलाको तुलनामा दशैँमा प्याज माग ह्वात्तै बढ्ने हुँदा भाउ बढ्ने विगतको अनुभव हो । अघिल्ला वर्षहरूका दशैँमा पनि प्याजको मूल्य बढ्ने गरेको थियो ।

तथ्यांकको सरसरी समीक्षा गर्दा एक वर्षमा नेपालमा २५ अर्ब रूपैयाँभन्दा बढीको करिब चार लाख १७ हजार मेट्रिक टन प्याजको खपत भएको देखिन्छ । नेपालमा उपभोग हुने सबै प्याज यहाँ उत्पादन हुँदैन । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा दुई लाख ८९ हजार टन प्याज उत्पादन भएको देखिन्छ । सोही वर्ष माग धान्न विदेशबाट करिब एक लाख २९ हजार मेट्रिक टन आयात भएको थियो । साथै सोही वर्ष नेपालबाट साढे ११ टन प्याज निर्यात भएको देखिन्छ  ।

स्मरणीय छ कि प्याज नेपालमा प्रचुर मात्रामा उत्पादन गर्न सकिने बाली हो । विगत तीन वर्षको तथ्यांक हेर्दा प्याज उत्पादनको क्षेत्रफल पनि घट्दै गएको देखिन्छ । २०७५/७६ मा २० हजार नौ सय हेक्टर जमिनमा प्याज खेती भएको थियो । त्यसपछिका वर्षहरूमा प्याजखेती गर्ने क्षेत्र क्रमशः घट्दै गएको देखिन्छ । सरकारी तथ्यांकअनुसार २०७६/७७ मा २० हजार चार सय हेक्टर र २०७७/७८ मा २० हजार तीन सय हेक्टर मात्रै खेती भएको देखिन्छ  ।

व्यापारीहरू भने प्याज दशैँका कारणभन्दा पनि भारतमै महंगो भएकाले यसको असर नेपाली बजारमा परेको बताउँछन् । भारतीय बजारमा प्याजको मूल्य बढ्न थालेकाले यसको असर कालीमाटी बजारमा परेको छ । प्याजको अफ सिजन सुरु भएसँगै चाडपर्वले भारतीय बजारमा प्याज महंगो भएको भारतीय बजारमा मूल्य प्याजको मूल्य बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले भनेको छ । बेमौसमसँगै चाडपर्वले भारतीय बजारमा प्याज महंगो भएको कुरामा सत्यता छ । चाडपर्वमा हरिया तरकारीको मूल्य बढ्ने गरेको थियो । हुन त प्याज नभई नहुने तरकारी भने होइन । तर प्रयोग गरिरहेको उपभोक्ताले मूल्य बढे पनि खरिद गर्न छोड्दैनन् । यसले गर्दा चाडपर्वमा बजारमा प्याजको मूल्य बढ्दा उपभोक्ता थप मारमा पर्ने गरेको कुरा कुनै नौलो होइन ।

प्याजको मूल्य भारतीय बजारसँग निर्भर रहेको छ । उता मूल्य बढे यहाँ पनि बढ्छ । कुनै समय आयात कम हुँदा मूल्य बढ्ने गरेको थियो ।

हरेक वर्ष चाडपर्वको समयमा प्याजको मूल्य बढ्ने गरेको छ । अहिले आयात कम भएर प्याजको मूल्य बढेको होइन । भारतमा प्याजको मूल्य एक सातामा प्रतिकेजी १५–२० रूपैयाँसम्म बढेको पाइएको छ । यसले गर्दा स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो ।

’अबको केही समय प्याजको मूल्य अझ केही बढ्छ । नयाँ उत्पादन आउन अझै केही समय लाग्ने हुनाले मूल्य महंगिन सक्ने सम्भावना छ ।

हाल बजारमा बिक्री भइरहेको प्याज सबै आयातित प्याज हो स्वदेशी उत्पादन प्याजले थोरै समय मात्र माग धान्ने गरेको छ । जसले गर्दा नेपालमा वर्षेनी दुई अर्बभन्दा बढी रूपैयाँको प्याज भारतबाट मात्र आयात हुनेगरेको छ ।

नेपालमा दैनिक ८० देखि एक सय मेट्रिक टनसम्म प्याज खपत हुुनेगरेको र यो बेलामा प्याजको सबै माग भारतले धान्ने गरेको छ । हरेक वर्ष प्याजको मूल्य बढ्ने गरेको र अहिले माग बढी भएर मूल्य बढेको नभई भारतमै भाउ बढेकाले हाम्रोमा पनि बढेको हो भन्नुमा अत्युक्ति नहोला ।

त्यसो भएको हुनाले स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो । भारतीय बजारमा नै प्याजको माग धेरै हुनेगरेको छ । उत्पादन कम र माग धेरै भएकाले केही वर्षदेखि प्याजको मूल्यमा उतारचढाव भइरहेको छ । उताबाट मूल्य घटेर आए मात्र स्थानीय बजारमा प्याजको मूल्य घट्ने हो ।

यस सन्दर्भमा, घरेलु आपूर्ति बढाउने प्रयास बुझ्न जरुरी छ, किनकि यो तरकारी नेपाल र भारतमा एक आहार मुख्य गरी गरिबहरूको लागि हो । दुई दशक पहिले भारतीय जनता पार्टीले दिल्लीमा कांग्रेस पार्टीको हातबाट ‘प्याज चुनाव’को रूपमा सत्ता गुमाएको इतिहास छ । त्यो शृंखला हामीले बिर्सिएको छैनौँ । सरकारले अस्थायी राहत प्रदान गर्नसक्छ, तर त्यहाँ मूल्य अस्थिरतासँग सम्झौता गर्ने अन्य तरिकाहरू छन् ।

भारत एक निर्यातक मुलुक भएकोले बरु मनमानी प्रतिबन्धको सहाराभन्दा राम्रो आपूर्ति व्यवस्थापनले प्रभावी काम गर्न सक्छ । त्यहाँ दरमा यी ‘खाद्य बल्ब’ बेच्नको लागी केही मौसमी छ । सामान्यतया, मूल्यहरूमाथिको प्रवृत्ति वार्षिक मनसुन सिजनपछि समाप्त हुन्छ । यो एकबीचको चरण हो, ‘रबी’ बालीको वसन्त पातलो भएपछि, तर ‘खरीफ’ फसल अझै बजारमा आउन बाँकी छ । पछिल्लो आधा दशकमा मूल्यप्रवृत्तिको एक विश्लेषण यस अवधि प्रत्येक वैकल्पिक वर्षको दौरान मूल्य बढेको अनुभभ छ । यसले सुझाव दिन्छ कि किसानहरू आफ्नो प्याज आम्दानीमा एक उछाल र चक्रको प्रतिक्रिया दिइरहेका छन् । यदि अघिल्लो वर्ष पुरस्कृत भएको थियो, अधिक हुर्कन्छ, जो थोक मूल्यहरू दुर्घटना हुन सक्छ । यदि अनुभव खराब थियो, अर्कोतर्फ, उनीहरू अन्य जमिनको लागि आफ्नो जमीनप्रयोग गर्न रुचाउँछन् । यो सिजनदेखि सिजनसम्म पनि हुन सक्छ। यस वर्षको कथालाई विचार गर्नुहोस् ।

नेपाल प्याज आयात गर्न अबौँ रूपैयाँ खर्च गरिरहेको छ किनकि देश प्याज आयातमा धेरै निर्भर छ । अधिकांश प्याज भारतबाट आयात गरिन्छ जब कि नेपाली बजारमा प्याजको केही मात्रमा चीनबाट आउँछ। यसप्रकार स्थानीय बजारमा प्याजको मूल्य भारतीय बजारमा यसको मूल्यमा निर्भर गर्दछ ।

नेपालमा प्याज उत्पादनको राम्रो सम्भावना छ । जे होस्, देश प्याजको आयातको लागि अर्बाैँ रूपैयाँ खर्च गरिरहेको छ बढ्दो मागको विरूद्ध जनताको खानपानको बानीको कारणले गर्दा यसको उत्पादन बढाउन जरुरी छ ।

प्याजको आयात प्रतिस्थापन गर्न र देशलाई प्याज र अन्य तरकारीमा आत्मनिर्भर बनाउन तीन तहका सरकारहरूबीच समन्वय गरी प्याज केन्द्रित कार्यक्रम सुरू गर्नु आवश्यक छ ।

बारा, पर्सा, रौतहट, सप्तरी र सिरहालगायत केही जिल्लाका किसानहरू व्यावसायिकरूपमा प्याज खेती गर्दै छन् । सरकारले २०१४/१५ सम्म ती क्षेत्रका विभिन्न जिल्लाहरूमा ‘प्याज मिसन कार्यक्रम’ सुरू गरेको थियो, यसको उत्पादन बढाउने लक्ष्य राखी । तर यो व्यापारिकरूपमा प्याज उत्पादन गर्ने उद्देश्यअनुसार फलदायी हुन सकेन । जे होस् यसले उत्पादन बढाउन र किसानहरूलाई कम्तीमा आफ्नो घरेलु उपभोग पूरा गर्न प्याज उत्पादन गर्न प्रोत्साहित गर्न मदत गरेको छ ।

प्याजको स्थानीय उत्पादनले देशमा प्याजको कुल बजार आपूर्तिको ५ प्रतिशतभन्दा कम अंश ओगटेको छ र बाँकी माग आयातको माध्यमबाट पूरा गरिएको छ । प्याजका लागि किसानलाई प्रोत्साहित गरी उत्पादन नबढेसम्म देश प्याजको लागि विदेशी देशमा निर्भर रहनेछ । मात्राको हिसाबले प्याजको आयात यसको मूल्यमा निर्भर गर्दछ किनकि प्याज को उपभोग घट्छ यदि यसको मूल्य बढ्छ र माग बढ्छ यदि यसको मूल्य घट्छ। ‘स्थानीय बजारमा प्याजको मूल्य भारतमा यसको मूल्यद्वारा निर्धारित गरिन्छ ।

विगतका केही वर्षमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि उपभोक्ताहरू प्याजको उच्च मूल्य तिर्न बाध्य भएको कटु अनुभव हामीसँग छ ।

तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्न अनुकूल भए पनि व्यावसायिक प्याजखेतीबाट नाफा नदेखेर किसान यसतर्फ आकर्षित नहुँदा नेपाल प्याज आयातमा निर्भर रहँदै आएको कटु वास्तविकता छ ।

विगतमा पनि भारतले प्याजको निकासीमा रोक लगाएपछि नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो दुई सय ५० सम्म पुगेको थियो । हरेक वर्ष भदौ–असोजपछि प्याजको अभाव सुरु हुन थाल्छ। अनि, दैनिक भान्सामा पाक्ने अधिकांश तरकारीलाई स्वादिलो पार्न अनिवार्यजस्तै मिसाइने प्याजको तिखो हरकजस्तै मूल्य पनि चर्को हुन थाल्छ ।

व्यावसायिकरूपमा प्याजखेती बढाउन अहिले पनि उन्नत बीउको अभाव मुख्य समस्या हो। प्याजको बेर्ना राख्ने बेला बीउको सधैँ अभाव हुन्छ । देशमा प्याजको बीउ किसानले मागेजति उपलब्ध हुँदैन, भारतबाट आयात गर्नुपर्छ। भारतले त्यो बेला प्याजको बीउबिजनमा रोक लगाएपछि यो कार्यक्रमले गति समातेन। कार्यक्रम लागू गरिए पनि न प्याजखेती गर्ने किसान थपिए, न उत्पादन बढ्यो ।

प्याजको बीउ सामान्यतया असार महिनामा उत्पादन हुन्छ । तर, यसका लागि पानी कम पर्ने क्षेत्र चाहिन्छ । देशको पूर्वी र मध्य क्षेत्रका तुलनामा मध्यपश्चिममा कम पानी पर्ने र हावापानी पनि सुहाउँदो भएकाले रुकुमको तरकारी बीउ उत्पादन केन्द्रअन्तर्गत प्याजको बीउ उत्पादन गरिन्छ । तर, त्यसले मागको १ प्रतिशत पनि थेग्दैन । प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुनेबेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् ।

नेपालमा प्रायः मंसिर–पुसमा रोपेर चैत–वैशाखमा उत्पादन हुनेगरी एक मौसममा मात्र प्याज खेती गरिन्छ । यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ । व्यावसायिक रूपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन् । नेपालमा प्याज उत्पादनका लागि विशेष कार्यक्रम सञ्चालन गरी किसानलाई मल, बीउ, सिँचाइ आदिको प्रबन्ध र अनुदान नदिएसम्म उत्पादन बढाउन कठिन छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार, प्याज खेती गर्ने जग्गालाई दुई तीन पटकसम्म खनजोत गरी माटो बुर्बुराउँदो बनाउनुपर्छ । बिरुवा लगाउनुभन्दा एक साताअघि कम्पोस्ट वा कुहिएको मललाई राम्रोसँग माटोमा मिलाउनुपर्छ । रासायनिक मल भने दुइदेखि तीन दिनअघि वा त्यसै दिन राख्दा पनि हुन्छ । ब्याड बनाएर १५ सेमीको लाइनमा १० सेमीको दूरीमा बेर्ना सार्नुपर्छ । बेर्नाहरू मध्याह्नपछि वा बादल लागेको समयमा सार्नुपर्ने र तुरुन्तै पानी दिनुपर्ने केन्द्रले जनाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x