सन्दर्भ २८औँ महानगर दिवस २०७९ : सम्पूर्णमा हार्दिक शुभकामना !!
काठमाडौं । आजकाल सामाजिक सञ्जालहरूमा ‘बालेन हाइ हाइ,……बालेन हाइ हाइ…’ सुन्न पाइन्छ । चमत्कार ग-यो, कसैले गर्न नसक्ने, हुनै नसक्ने ग-यो, अचम्मै ग-यो, गजब आँटिलो आदिआदि, मुख्य समाचार गरी अनलाइनहरूले सम्प्रेषण गरेको देखिन्छ । उनी हुन्, एकमात्र स्वतन्त्र निर्वाचित । कालो कोट र कालो चस्मामा प्रायः देखिने काठमाडौं महानगरप्रमुख । जहाँ गए पनि हुटिङका हुटिङ खाने उनी सायद पहिलो प्रमुख होलान् । यस्तो गर्ने समूहमा खासगरी युवाहरूको पंक्ति पर्न आउँछ । -याप गीतका पारखीहरूलाई यो थप अर्को मनोरञ्जन पनि भएको होलाजस्तो लाग्छ । कहाँसम्म भने ज्यान दिन र लिन तयार हुने समर्थकहरू भर्खरका केटाकेटीदेखि वृद्धसम्म अन्तर्वार्ता लिनेदिने क्रममा देखियो । साँच्चै हो अथवा टिभीमा अन्तर्वार्ता दिई अनुहार देखाउन गरेको हो त्यो परेपछि मात्र थाहा हुनेछ ।
हालै महानगर दिवसको उपलक्ष्यमा पैदलयात्राको आयोजना गरेको थियो । यात्राको क्रममा ठाउँ–ठाउँमा फूलको वर्षा गरेको थियो रे । सोको तस्बिर जताततै देखियो । उनका शुभचिन्तकहरू निकै खुसी हुने नै भए । तर पञ्चायती शासनकालमा राजारानीलाई स्वागत गरेको झल्को आयो भन्दै टिप्पणी गर्नेहरू धेरै थिए । जे होस् केही समूहमा सनक चढेको पक्कै हो । यो हाइ हाइ कहिलेसम्म चल्ने हो दिगो राख्न सक्ने नसक्ने आउने दिनमा हेर्न पाइन्छ नै ।
निर्वाचनमा जनतासमक्ष के भन्यो, के बाचा ग-यो अनि के–के गर्न सफल हुन सक्यो अथवा सकेन, अहिले नै मूल्यांकन गर्ने बेला भएको चाहिँ छैन । तर ठाउँ कुठाउँ महानगरको चर्चा सुन्न पाइन्छ । सुरुवाती दिनमा जसरी धेरै जनसमूहको वाहवाही थियो त्यो आजसम्म आउँदा ओरालो लाग्न सुरु भइसकेको विभिन्न सञ्चारमाध्यमबाट देखाएको छ । हुन त काम गर्नेको पक्ष र विपक्षी हुनु स्वाभाविक हो ।
मापदण्डविपरीत संरचना भत्काउने सुरुवाती काम काठमाडौंवासीले धेरै राम्रो मानेका थिए । तर जुन प्रकारले महानगर प्रस्तुत भए, स्थानीयवासीहरू अचम्मित हुन पुगे । महानगरका प्रतिनिधिहरूले गरेको व्यवहार, खासगरी जसको भत्काइयो, सबैलाई पच्नेखालको पक्कै थिएन । भत्काएको बेलाको भिडियो सामाजिक सञ्जालमा छयापछ्याप्ती प्रचार गरियो मानौँ त्यो टहरा बनाउने खुंखार अपराधी नै हो र अपराधीकै जस्तै व्यवहार गरियो । कामको सुरुवात नगरप्रहरीको बल र डोजरको सहायताले गरियो । महानगरका प्रतिनिधिहरूले गरेको व्यवहार र बोलेका शब्दहरू हेर्ने र सुन्ने सबैलाई पच्ने खालको पक्कै थिएन । काठमाडौंवासी सबै त्रसित हुन पुगे । तर्साउन ‘बालेनको डोजर’ भनी नामाकरण गरियो । डोजर देख्यो भने ‘बालेन आयो’ भन्न थाले । के डर र त्रासले मात्रै काम चल्छ ? समस्या समाधान हुन्छ ? महानगरको यस्ता व्यवहारले गर्दा जनता विभाजित हुन पुग्यो । जनसहभागिता नपर्ने ? यो नै आगामी दिहरूमा महानगरको लागि ठूलो चुनौती हुन सक्छ । माथिका प्रश्नको जवाफ महानगरले देला नै ।
दोस्रोमा टुकुचा प्रकरण आयो । सोचविचार नै नगरी जयनेपाल चित्रघरको निजी कम्पाउन्डभित्र खन्ने काम भयो । टुकुचा आविष्कार गरेको जस्तै सामाजिक सञ्जालमा प्रचार प्रसार गरीयो । सो कार्यको निरीक्षण गर्न महानगरप्रमुख दलबलसहित सो स्थानमा पुगेको थियो । सोचविचार नै नगरी वाहवाह गर्नेहरूको अन्तर्वार्ता प्रचार गरियो । महानगरले टुकुचामाथि बनेका लालपुर्जा भएको संरचना तथा घर–घरमा गई तोडफोड पनि ग-यो । मुग्रो र छिलनाले भत्काउन सक्ने ठाउँमा डोजरको प्रयोग भयो । घरधनीलाई भू–माफियाको संज्ञा दिइयो । तानाशाहीको अर्को रूप देखाइयो । धेरैले यो काम रुचाएनन् । यो अर्को अपरिपक्वको प्रदर्शन थियो । सरकारले बनाएको नियम होला, कानुन होला के त्यो आधार लिनु पर्दैन ? जोस मात्र होइन होस पनि आवश्यक हुन्छ । के टुकुचा काठमाडौंवासीलाई प्राथमिकताको विषय थियो ? कसको सल्लाहबाट यो खन्ने काम भयो ? महानगरको आफ्नो योजना देखिएन, अरु सरकारी निकायहरू जस्तैः मालपोत, पुरातत्व, नापी विभागलगायतसँग समन्वय नगरेको पाइयो । लक्षित घरपरिवारसँग छलफल भएको देखिएन । यसमा महानगर नराम्ररी चुकेकै हो र आखिरमा सो कार्य टुकुचाजस्तै बगेर गयो । जुन हतारमा भत्काइयो त्यो हालसम्म यथावत देख्न सकिन्छ । यसबाट पाठ सिक्नुपर्ने थियो ।
महानगरले सडकपेटीका पसल हटाएको छ जुन प्रशंसनीय कार्य मान्नुपर्छ । तर जुन किसिमले जबरजस्ती गरी हटाइयो त्यो दिगो किसिमले होलाजस्तो देखिएन । यसमा पनि राम्रो तयारी भएको देखिँदैन । पसलेहरूलाई कसरी व्यवस्था गर्ने सोच्नु नै पर्छ र दीर्घकालीन समस्या समाधान गर्नै पर्छ । प्रत्येक दिन नगरप्रहरी र पसलेहरू ‘चोर पुलिस’को जस्तै भागदौड देख्न पाइन्छ । खोसाखोस गरेको, रोएको, जबरजस्ती गर्नु सभ्य समाजको लागि शोभनीय पक्कै छैन र हेर्ने बटुवाको लागि असहज हुने नै भयो ।
नेपाल आर्मीको अधीनमा रहेको एयरपोर्टभित्र रहेको हिटीको एक कार्यक्रममा सुरक्षाको संवेदनशीलताको ख्याल नै नगरी ढोका नखोल्दा, उपस्थित जनसमुदायलाई ढोका फोड्ने आदेश दिएको कुरा सर्वजनिक भएको थियो । केहीले गजब ग-यो, आर्मीसँग टक्कर लियो भनी प्रशंसा गर्न भ्याए । अधिकांशले केटाकेटीपनको संज्ञा दिए । के यो सही थियो ?
हालै सुकुमबासी बस्तीमामा अर्को अपरिपक्व काम सुरुवात गरेको छ । निश्चय पनि सुकुमबासीको नाममा थापाथलीको सो ठाउँ कब्जा गरेर बसेको बस्ती हटाउनुको कुनै विकल्प छैन, हट्नुपर्छ र हटाइनुपर्छ । विनायोजना, समन्वय र तयारी नगरप्रहरीको टोली डोजर लिएर सुकुमबासी हटाउन पुग्यो । ठूलो झडप भयो । नगरप्रहरी प्रमुखलगायत ३० भन्दा बढी घाइते हुन पुगे । सुकुमबासीहरू प्रतिकार गर्न पहिलेदेखि हातहतियारसहित तयार अवस्थामा रहेको देखिन्छ ।
जुन घटना घट्यो त्यो कुनै ठूलो आन्दोलनको स्वरूपजस्तै थियो । आगजनी र हतियारको समेत प्रयोग भएको थियो । यो कुनै एकको घरटहरा भत्काउनेजस्तो पक्कै सजिलो होइन । सुकुमबासीहरू मर्ने र मार्ने मनस्थितिमा देखिन्छन् । साथै राजनीतिक र भू–माफियाको समर्थन प्राप्त समूह भएबाट सजिलै कुरा सुन्ने वा हट्नेवाला छैन । यो समूह देशभरिको सञ्जालमा आबद्ध छ साथै राजनीतिक दलहरूको समर्थन पनि छ । चुनावको भोटबैंक नै हो । चुनावी प्रचारप्रसारमा मत माग्ने क्रममा महानगरप्रमुखले सुकुमबासीलाई सहयोग गर्ने आश्वासन दिएको भिडियो पनि प्रसारमा ल्याएको छ । बस्तीका जनताले महानगरको व्यापक विरोध गरी टक्कर लिने वक्तव्य जरी गरेको छ । ठूलो संगठित बस्ती र परिवार हटाउने संवेदनशील कार्य त्यति सामान्य नहोला ।
यहाँको बस्ती हटाउने काम पहिला पनि प्रयास नगरेको होइन । सरकारले सुकुमबासी समस्या समाधानको लागि राष्ट्रिय भूमि आयोगको गठन गरेको छ । यसमा धेरै अरु सरकारी निकायहरूबीच समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ ।
के कारणले बस्ती हटाउन सकेन र किन मुठभेड भयो अध्ययन नै नगरी महानगरले जसरी भए पनि सो बस्ती हटाउने अड्डी लिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले अर्को ३५ दिने सूचना प्रकाशित गरी खोला अतिक्रमण बस्ती हटाउने घोषणा गरिसकेको छ भने राष्ट्रिय भूमि आयोगले हाललाई सो बस्तीलाई नछुन अर्को विज्ञप्ति जारी गरेको छ । यो परिस्थितिमा दुवै निकाय कसरी व्यवस्थापन गर्ने हो ठूलो प्रश्न उठेको छ ।
काठमाडौंवासीले पनि आफ्नो गम्भीर चासो देखाएको छ र जसरी भए पनि बस्ती हटाउनुपर्ने, सुकुमबासीको नाममा काठमाडौंमा जग्गा दिन नपाउने माग राख्दै धर्ना दिएका छन् । समस्या निकै जटिल बन्दै गएको छ । महानगरले अब कसरी व्यवस्थापन गर्ने हो हेर्न बाँकी नै छ । कुनै एक पक्षले जोसमा होस गुमाए मुठभेड र रक्तपात हुने अवस्था नआउला भन्न सकिन्न ।
काठमाडौंवासीहरूको चाहना र काठमाडौंको समस्यामाथि मात्रै सीमित छैन । महानगरले आफ्नो प्राथमिकता पहिचान गर्न नसकेको पक्कै हो । जे–जति बोल्यो धेरैमा चुकेको महसुस हुन थालेको छ । महानगरले हालसम्म जे–जति कार्यको थालनी गरेको छ त्यो जनताबाट क्षणिक त हाइहाइ गर्ला, राम्रो काम थालनी भयो त भन्ला तर सफल कार्यान्वयन हुने खालको देखिँदैन । कामै गर्न दिइएन भन्ने हल्ला गर्न गराउन बहानाचाहिँ पाउनेछ ।
फोहरमैलाको दिगो व्यवस्था, खानेपानी, ढल निकास, सार्वजनिक शौचालय, सडक, ट्राफिक व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगार जो काठमाडौंवासीका व्यक्ति, परिवार र समुदायसँग प्रत्यक्ष सम्बन्ध भएको आवश्यकताहरूको हालसम्म खासै काम गरेको अनुभव गर्न पाएको छैन ।
विकास भनेको खाली संरचना निर्माण मात्र होइन । मानव संशाधन विकास नभई सोच्न पनि सकिन्न । उदहारणको लागि बाल विकास जसमा उनीहरूको शारीरिक र बौद्धिक विकास प्राथमिकतामा पर्दछ । बाल स्वास्थ्य, शिक्षा, पोषण, खेलकुद, आदि मुख्य पर्न आउँछ । त्यस्तै युवा तथा महिला विकास, वृद्धहरूको लागि उपयुक्त कार्यक्रम ल्याउनुपर्छ नै तर जति माथि उल्लेख गरेका महानगरको कामको हो–हल्ला भयो तर यी मानवीय विकास क्षेत्र सुनसान देखिन्छ । स्वतन्त्रले स्वतन्त्र तवरले जे पनि गर्न मिल्छ ? दलबाट निर्वाचित अरु सबै मुकदर्शक बन्ने हो ?
हालै सम्पन्न चुनावमा महानगरप्रमुखले खुलेर प्रदेशसभामा मतदान गरेनन् । मत दिनु/नदिनु व्यक्तिगत अधिकारको कुरा हो तथापि अरु मतदातासामु खुलेर यस्तो कदम चाल्नुलाई जनताले स्वाभाविक हिसाबले लिएका छैनन् । व्यवस्था विरोधी त होइनन् भनी प्रश्न उठाएका छन् ।
काठमाडौंवासीले धेरै नेतालाई शिखरसम्म पु-याएको पनि छ र थाहै नदिई भुइँमा झारेर थचारेको पनि छ । केही समूहले हाइहाइ गर्दैमा सबै राम्रो छ भन्नु, विश्वास गर्नु अपरिपक्व हुनसक्छ । महानगरप्रमुखले ‘सम्राटको नयाँ लुगा’ भन्ने कथा त सुनेको वा पढेकै होलान् ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया