नेपालको अर्थतन्त्रलाई अस्थिर बनाउने संयन्त्र
काठमाडौं । नेपालको अर्थतन्त्र आफ्नै स्थिर संरचनामा निर्भर हुन सकेको छैन । देशको कुल गार्हस्थ्य उत्पादन उच्च दरमा बढ्न प्रयासरत छ । यसका लागि स्थिर तथा दिगो संरचना आवश्यक हुन्छ । प्राकृतिकरूपमा प्रशस्त स्रोतसाधन भए पनि आवश्यक पुँजीगत खर्चको अभावले उपयोग हुन सकेको छैन । सरकार लोकप्रिय नीति बनाउन अग्रसर छ तर कार्यान्वयनको पक्ष बलियो बन्न सकेन । अर्थतन्त्र सधैँ रेमिट्यान्स, मुद्रास्फिति र विदेशी सञ्चितिमा अड्किरहेको छ । यी सबै अर्थतन्त्रका अस्थिर अवयवहरू हुन् जसले दीर्घकालसम्म निरन्तर प्रतिफल दिन सक्छन् भन्ने निश्चित हुँदैन ।
मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेमिट्यान्स आफैँमा स्थायी स्रोत होइन । तर पनि देशको कुल ग्रार्हस्थ्य उत्पादनमा यसको योगदान २५ प्रतिशतभन्दा बढी छ । आर्थिक वर्ष २०७८/०७९ मा रेमिट्यान्स ४ दशमलव ८ प्रतिशतले बढेको छ । यस एक आर्थिक वर्षमा १० खर्ब सात अर्ब रुपैयाँको रेमिट्यान्स नेपालमा आएको छ । २०७८/०७९ मा वैदेशिक रोजगारमा जानेको संख्या बढैसँगै रेमिट्यान्समा सुधार भएको छ । २०७८/०७९ मा रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ४ दशमलव ८ प्रतिशतले बढेको देखिएको छ । २०७८/०७९ मा कुल १० खर्ब सात अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको देखिन्छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५४ हजार छ सय ६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालको संख्या १९८ दशमलव ५ प्रतिशतले बढेर दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ । नेपालमा विश्वका एक सय ५८ देशहरूबाट रेमिट्यान्स आउने गरेको छ । वैदेशिक रोजगारका लागि नेपाल सरकारले संस्थागतरूपमा एक सय १० वटा देशसँग सम्झौता गरे पनि डेढ सयभन्दा बढी देशबाट रेमिट्यान्स भित्रिँदै आएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा आइपुग्दा वैदेशिक रोजगारी लागि बाहिरिने संख्या केही घटेको थियो । यसअनुसार आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारमा नेपालबाट बाहिरिने कामदारको संख्या घटेको थियो । अरेबियन देशहरूमा जाने नेपाली युवाहरूले रकम रेमिट्यान्सका रूपमा घरमै पठाउँदै आएको छन् तर ठूला र विकसित देशमा जाने नेपालीहरूले स्वदेशमा पठाउने पैसा न्यून हुँदै गइरहेको छ । उनीहरूको प्राथमिकता सोही देशमा स्थायीरूपमा बसोबास गर्ने भएकाले सोही प्रयोजनका लागि धेरै रकम उही खर्च गर्न लागि पर्दछन् । यसैकारण अमेरिका, जापान, अष्ट्रेलियालगायत विकसित देशहरूबाट नेपालमा कुल रेमिट्यान्सको बढीमा १० प्रतिशतसम्म मात्र रकम भित्रिने गरेको तथ्यांक पाइन्छ ।
आर्थिक वर्ष २०१८/०१९ मा वैदेशिक रोजगारमा गएका श्रमिकको संख्या अधिक रहेको देखिन्छ । मुद्रास्फीति वर्तमान मूल्यस्तरमा हुने निरन्तर वृद्धि हो । यस अवस्थामा धेरै मुद्राले थोरै वस्तुलाई पच्छ्याइरहेको हुन्छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० मा मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । तर, पहिलो त्रैमासमा नै यो बढेर ८ दशमलव ५ प्रतिशत पुगिसकेको छ । सर्वेक्षणले आगामी तीन महिनामा अपेक्षित मुद्रास्फीति १० प्रतिशत पुग्नेसमेत देखाएको छ ।
तीन महिना र एक वर्षपछिको मध्ये अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहने देखिएको छ । सर्वेक्षणले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण २३ देखि २९ असोजसम्म गरेको थियो । सर्वेक्षणमा सहरका र बजार क्षेत्रका जनतासँग अन्तर्वार्तामार्फत तथ्यांक संकलन गरिएको थियो । उक्त सर्वेक्षणमा ८६ दशमलव ६ प्रतिशत सहभागीले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका थिए भने ९५.७ प्रतिशत सहभागीले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका थिए ।
राष्ट्र बैंकको यो सर्वेक्षणले तीन महिनापछिको मध्ये र एक वर्षपछिको मध्ये अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको देखाएको छ । असारमा तीन महिनापछिको र एक वर्षपछिको मध्ये अपेक्षित मुद्रास्फीति दर १४ प्रतिशत रहेको थियो । असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ८ दशमल ५० प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४ दशमलव २४ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ दशमलव ५० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ८५ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण सार्वजनिक गर्दै यसप्रकारको प्रक्षेपण गरेको हो । यस प्रतिवेदनले मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखाएको छ ।
आयातमा निर्भर रहेका देशले विदेशी मुद्राको सञ्चिति उच्च बनाईराख्न आवश्यक हुन्छ । तर यो रेमिट्यान्स र वस्तु तथा सेवाको निर्यातमा निर्भर रहने हुँदा सञ्चितिको दरमा उतारचढाव आइरहेका पाइन्छ । आर्थिक वर्ष २०७७/०७८ को चैतमा देशमा १४ अर्ब ३३ अर्ब रुपैयाँबराबरका सञ्चिति रहेकोमा यो २०७८/०७९ चैतमा घटेर ११ खर्ब ६७ अर्बमा सीमित भएको देखिन्छ । कोभिड १९ को महामारीका कारण पनि यसअघि आयात अवरुद्ध भएको हुँदा बढेका विदेशी मुद्राको सञ्चितिमा आयात खुलेसँगै उच्च दरमा घटन् सुरु गरेको देखिन्छ ।
गत आर्थिक वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । तर, डलरमा भने यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा असोज मसान्तमा शून्य दशमलव ६ प्रतिशतले घटेर नौ अर्ब ४८ करोड कायम छ । हाल उपलब्ध भएको विदेशी विनिमय सञ्चितिले मुलुकलाई ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेछ ।
भर्खरै प्रकाशित भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले मुलुकको अर्थतन्त्र अझै सुधारोन्मुख हुन नसकेको देखाइरहेको छ । नेपाल राष्ट्र बैंकको आगामी एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने प्रक्षेपण, विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब र अर्थतन्त्रका अधिक सूचकहरूमा हुन नसकेको सुधारका कारण अर्थतन्त्र आफ्नो लयमा फर्कन लामो समय लाग्न सक्ने देखिन्छ । कोभिडका कारण शिथिल बनेका सूचकहरूमा केही सुधार देखिए पनि तिनीहरू दबाब मुक्त हुन सकेका छैनन् ।
अध्ययन तथ्यांकले खाद्य र खाद्यवस्तुको सबै उपसमूह, गैरखाद्यवस्तु तथा सेवा र सबै उपसमूह, तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने देखाएको छ । मुलुकमा कोभिडको महामारी अन्त्य हुँदै जाँदा अर्थतन्त्रको सूचकमा केही सुधार देखियो, तर दबाब भने हालसम्म कायमै छ । विदेशी विनिमय सञ्चिति अझै दबाबमा रहेको छ र रहिरहने देखिन्छ ।
हिजोआज बैंकमा तरलता अभाव हुनु र ब्याजदर बढ्नुमा पनि विदेशी विनिमय सञ्चितिको घाटाको असर परेको हो । अहिलेको समस्या ब्याजदरको भन्दा पनि तरलता अभावको हो, यसैले विदेशी विनिमय सञ्चिति घाटामा जाँदा तरलतामा दबाब देखियो र अन्त्यमा ब्याजदर बढी हुन पुग्यो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया