नेपालको पर्यटन प्रवर्द्धनमा विदेशीको भूमिका
काठमाडौं । गत वर्ष (सन् २०२२ मा) नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको महिनैपिच्छेको तथ्यांक तल उल्लेख गरिएको छ ।
हालै नेपाल पर्यटन बोर्ड (एनटीबी) प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार नौ सय ७६ जना, फेब्रुअरी महिनामा १९ हजार सात सय ६६ जना, मार्च महिनामा ४२ हजार छ जना, अप्रिल महिनामा ६१ हजार दुई सय ८९ जना, मे महिनामा ५३ हजार छ सय आठ जना, जुन महिनामा ४६ हजार नौ सय ५७ जना, जुलाइ महिनामा ४४ हजार चार सय ६२ जना, अगस्ट महिनामा ४१ हजार तीन सय चार जना, सेप्टेम्बर महिनामा ५८ हजार तीन सय १४, अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना, नोभेम्बर महिनामा ७२ हजार छ सय ३५ जना र डिसेम्बर महिनामा ६७ हजार नौ सय २३ जना गरी छ लाख १४ हजार एक सय ४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस हिसाबले हेर्दा सन् २०२३ मा पनि सोही रफ्तारमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढेमा लगभग १९ लाख पुग्ने देखिन्छ । तर त्यस्तो हुन्छ त ?
हो, हामीले सन् २०२३ मा पनि सन् २०२२ कै रफ्तारमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउन सकिँदैन । त्यसो गर्नसके त राम्रै हो किनभने सन् २०२३ मा लगभग १९ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेको कीर्तिमान कायम हुनेछ । तर फेरि पनि इमान जमानका साथ भन्नुपर्दा त्यो त कुनै हालतमा सम्भव छैन । त्यसैले हामी सन् २०२३ मा कम्तीमा पनि सन् २०२२ को तुलनामा ४०–४५ देखि ५०–५५ प्रतिशत बढी विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिनु पर्छ । त्यसो गर्दा लगभग १० लाख वा साढे १० लाखदेखि १२ लाख–साढे १२ लाखसम्म विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन सकिन्छ ।
जुन वास्तविक लक्ष्य पनि हुन सकछ । तर हामीले चमत्कार नै गरेर १५ १६ लाखसम्म विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन सक्ने सम्भावना पनि छ । तर त्यसका लागि युरोपियन युनियनले तत्कालै नेपालको हवाइ क्षेत्रलाई लगाएको प्रतिबन्ध अर्थात् कालोसूचीबाट हटाउनु पर्छ । त्यसपछि तुरुन्तै युरोपियन युनियनसम्बन्धी देशहरूले नेपालमा हवाइ उडान सुरु गर्ने र नेपाली हवाइ कम्पनीहरूले पनि युरोपियन युनियन सम्बद्ध देशमा हवाइ उडान सुरु गरी हाल्नुपर्ने हुन्छ ।
त्यस्तै चीनले पनि आफ्नो मुख्य–मुख्य र घना जनसंख्या भएको विभिन्न सहरहरूबाट नेपालमा तत्कालै हवाइ सुचारु गर्ने र हाल हवाइ उडान नभएका सहरमा हवाई उडान सुरु गरिहल्नुपर्ने हुन्छ । साथै लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, इन्डोनेसिया, रसिया, क्यानडा, संयुक्त, राज्य अमेरिका, मेक्सिको, जर्मनी, फिनल्यान्ड, अष्ट्रिया, स्वीटजरल्यान्ड, साउदी, कुवेत, कतार, इरान, सार्क देशहरू जस्तैः बंगलादेश, भारत, श्रीलंका, माल्दिभ्स, भुटान, पाकिस्तानबाट पनि हवाइ सेवा तुरुन्तै सुचारु गर्ने र हवाइ सेवा सञ्चालन भइरहेका देशहरूमा उडान संख्या बढाउनुपर्ने हुन्छ । जुन तत्कालै सम्भव हुने कुरो होइन ।
जे होस्, गत वर्ष (सन् २०२२) को १२ महिनामा जसरी अघिल्लो दुई वर्षमा भन्दा क्रमशः सन् २०२१ मा तीन सय नौ दशमलव ७६ प्रतिशत र सन् २०२० मा एक सय ६६ दशमलव ९२ प्रतिशतले बढी विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन्, त्यसलाई हामीले धेरै नै राम्रो मान्नुपर्ने हुन्छ । त्यसो त सन् २०२० र २०२१ को तुलनामा सन् २०२२ मा त्यसरी ठूलो मात्रामा विदेशी पर्यटकको संख्या बढ्नका लागि नेपालका पर्यटन व्यवसायीहरूले कम मिहिनेत गरेको छैनन् । अझ माथिको ताजा तथ्यांकमा गत वर्ष सन् २०२२ को १२ महिनामा हवाई मार्ग हुँदै नेपाल आएका विदेशी पर्यटकको संख्या मात्रै समावेश गरिएको भन्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
त्यसरी हेर्दा विगतका वर्षहरूमा झैँ लगभग ६०–७० हजारदेखि ८०–९० हजार विदेशी पर्यटक भारत र चीनहुँदै सडकमार्गमार्फत नेपाल आएका रहेछन् भने सन् २०२२ मा सात लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन कुरो भविष्यमा मिहिन ढंगले अध्ययन गरेर समग्रमा नेपाल पर्यटन बोर्डले निकाल्ने प्रतिवेदनमा आउने नै छ भन्ने आशा गरौँ ।
खासमा समग्र नेपालको पर्यटनको कुरो गर्दा सुरुमा नेपाली पर्यटनको उत्थान र प्रवद्र्धन गर्नमा विदेशी नागरिकहरूको महत्वपूर्ण योगदान रहेको थियो भन्ने हामीले बिर्सनु हुँदैन । त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी, इटलीयन आदि देशका नागरिकहरू नेपाली पर्यटन प्रवद्र्धन गर्न योगदान गरेका थिए । त्यसैले हामीले उनीहरूले गरेको त्यो सुरुवाती योगदानलाई कहिल्यै पनि भुल्नु हुँदैन ।
त्यसो त ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू सुरुमा शुद्ध पर्यटन व्यवसायीको रूपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल बसेका थिए । जे–जस्तो भए पनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरू बेच्न जस्तैः पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रुप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरूबाटै सुरु भएको हामीले खुला हृदयले आत्मसात् गर्दै फराकिलो छाती बनाएर स्वीकार गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया