विश्वव्यापी अर्थतन्त्रमा कोरोनाको प्रभाव
विश्वनाथ खरेल
कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै सुस्त बनाउने विश्लेषण विश्व अर्थशास्त्रीहरूले गरिरहेका बेला नेपालको अर्थतन्त्रमा पर्ने असरबारे पनि गम्भीर अध्ययन सुरू गर्न ढिला भइसकेको छ । विश्वको दोस्रो अर्थतन्त्र भएको चीनबाट फैलिएको भाइरस संक्रमणले त्यो देशको अर्थतन्त्रमा सबैभन्दा बढी प्रभाव पार्ने देखिएको छ । यो वर्ष चिनियाँ अर्थतन्त्र चार प्रतिशतमात्र वृद्धि हुने र करिब दुई प्रतिशत वृद्धिदर घट्ने विश्लेषण गरिएको छ । चीनमा लगानी गरेका विश्वका ठूला कम्पनीहरूले आफ्नो उत्पादन बन्द गरेका छन् भने संक्रमण बढ्दै गए अन्यत्र स्थानान्तरण हुने सम्भावना पनि देखिन्छ ।
विश्व अर्थतन्त्रको ठूलो अंश पर्यटन हो । डेढ करोडभन्दा बढी चिनियाँ पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा यो अंश स्वात्तै घट्नेछ । चिनियाँ पर्यटक बढी आउने थाइल्यान्डले त आफ्नो कुल गार्हस्थ्य उत्पादनको प्रक्षेपित अनुमानलाई घटाइसकेको छ । विश्व सेयरबजारसमेत ओरालो लागेको छ । मूलतः कोरोना भाइरसको संक्रमणमा केन्द्र मानिएको हुबेइको वुहान सहर जो सुविधा सम्पन्न छ । एक लाख ८५ हजार नौ सय वर्गकिलोमिटर क्षेत्रफल रहेको चीनको हुबेइ प्रान्त नै सिंगो नेपालभन्दा अझै ठूलो छ । अत्याधुनिक सहरमा मानिसहरूको जीवन ‘लक डाउन’का कारण पिंजडाको सुँगाजस्तो भएको यथार्थ हो । संक्रमणले सैयौँको ज्यान लिइसकेको छ । वुहान हुँदै अहिले चीनका अनेकन क्षेत्र र सीमापार गरेर विदेशसम्म पनि कोरोना फैलिइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरू नै भ्याक्सिन पत्ता लगाउन नसकेर हैरान भइरहेका छन् । यस्तो डरलाग्दो रोगको उद्गम भूमिमा जीवनयापन गर्नुपर्दाको मनोवैज्ञानिक असर जो–कोहीले अनुमान गर्न सक्छ । गत सोमबारसम्म कोरोनाका कारण विश्वभर एक लाखभन्दा बढी संक्रमित पुष्टि हुँदा चीनकै मात्र ७९ हजार नौ सय ३६ जना संक्रमित छन् । कोरोनाका कारण हालसम्म चीनमा सबैभन्दा धेरै दुई हजार सात सय ४२ जनाको मृत्यु भएको छ । यसर्थ प्रतिव्यक्ति उपभोगका आधारमा विश्वकै ठूलो अर्थतन्त्र चीनमा कोरोना भाइरस निमोनियाँ (कोभिड १९) को प्रकोपले पार्नसक्ने सम्भाव्य क्षतिबारे अहिले प्रारम्भिक आँकलन आउन थालेका छन् । सोमबार बिहानसम्म दुई हजार चार सय ६८ जनाको ज्यान लिइसकेको यो महामारी दक्षिण कोरियामा पनि फैलिएपछि विश्व अर्थतन्त्रमै अर्को त्रास सुरु भएको छ ।
विश्व जनस्वास्थ्य कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाको भनाइअनुसार कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र शून्य एकदेखि शून्य दशमलव तीन प्रतिशतसम्म ओरालो लाग्ने प्रक्षेपण गरिसकेकी छन् । उनका अनुसार चिनियाँ अर्थतन्त्रमा शून्य दशमलव चार प्रतिशत कमी आउनेछ । बार्कले एन्ड मोर्गन स्टेन्लीले यो महामारीका कारण विश्वव्यापी अर्थतन्त्रमा शून्य दशमलव दुईदेखि शून्य दशमलव चार प्रतिशतसम्म गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ । यो प्रारम्भिक आकलन मात्रै हो । यसको प्रभाव विश्वव्यापी उत्पादनमूलक क्षेत्र र रोजगारीमा पर्ने असर कति गहिरो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने अमेरिकी ट्रेजरी सेक्रेट्री स्टेभज मेनुचिनले बताएका छन् ।
९० को दशकपछि विश्व व्यापार नै चिनियाँ अर्थतन्त्रमा आश्रित हुँदै गइरहेको भन्ने कुरामा सायदै दुईमत होला । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार १६ दशमलव तीन प्रतिशत विश्वव्यापी आर्थिक गतिविधि पूर्णतः चीनमा निर्भर छन् । अर्थतन्त्रमा पर्ने यो अनुपातको असरलाई कम आँक्न मिल्दैन । यसको सबैभन्दा ठूलो प्रभाव उपभोगमा पर्नेछ र निजी उपभोगमा संकुचन आउँदा चिनियाँ मात्रै होइन, विश्वकै प्रमुख आयात/निर्यातकर्ता यसको चपेटामा पर्ने भएकाले सार्सको भन्दा यसको असर दोब्बर हुने आँकलन गरिएको हो, किनकी सार्सले चिनियाँ अर्थतन्त्रमा पारेको असर सीमित मात्रै थियो । यद्यपि कोरोना भाइरसको विश्व अर्थतन्त्र असर ‘भी’ आकारमा हुने अर्कोथरी अनुमान छ अर्थात् तीव्र गतिमा तल झरेसँगै पुनः माथि चढ्ने प्रकृतिको असर पर्ने अनुमान छ ।
हाम्रो देशको सन्दर्भमा भन्ने हो भने पनि नेपाली अर्थतन्त्रमा आन्तरिक र बाह्य झट्काको कतिसम्म गहिरो प्रभाव पार्छ भन्ने कुरा २०७२ को भूकम्प र सोही वर्षको अघोषित भारतीय नाकाबन्दीले प्रमाणित गरिसकेका छन् । दोहोरो झट्काकै कारण उक्त वर्ष आर्थिक वृद्धिदरमा तीन दशमलव पाँच प्रतिशत कमी आयो भने तीन प्रतिशत बिन्दुले गरिबी बढेको अनुमान छ । अतः अनुभवजन्य साक्षहरूले के देखाउँछन् भने नेपालजस्तो सानो (जसको आकार केवल ३० अर्ब अमेरिकी डलरबराबर मात्रै छ) र सीमित आर्थिक क्रियाकलापका भरमा आर्थिक वृद्धिदर हुने देशमा प्रकोपले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कम्तीमा शून्य दशमलव पाँचदेखि शून्य दशमलव पाँच प्रतिशतसम्म क्षति पु-याउँछन् । त्यसमा प्रकोपको आकार (डेन्सिटी) कत्रो र कस्तो छ भन्ने कुराले क्षतिको अनुपात भर पर्छ ।
उदाहरणका लागि २०७२ को भूकम्पले १० खर्ब रूपैयाँबराबरको क्षति ग-यो, जुन त्यस वर्षको जीडीपी अनुपातमा ४० प्रतिशत हाराहारी थियो । सोही वर्ष भारतले गरेको आर्थिक नाकाबन्दीले दैनिक औसत दुई अर्ब रूपैयाँबराबरको आर्थिक क्षति पु-याएको अनुमान छ । यसले समग्र आर्थिक वृद्धिदरमा साढे तीन प्रतिशत कमी ल्यायो । त्यसै गरी २०७४ सालको बाढी, पहिरो र डुबानले ६० अर्ब ७७ करोड रूपैयाँबराबरको क्षति पु-याएको प्रारम्भिक आकलन छ, तर उक्त वर्षको राष्ट्रिय लेखा गणनामा यसको क्षतिको हिसाबै समायोजन गरिएन । स्वतन्त्र अर्थशास्त्रीहरूको अध्ययनले भने जीडीपीमा करिब तीन प्रतिशत क्षति भएको देखायो । यी दुवै प्रकोपका कारण गरिबी रेखाआसपासमा रहेका करिब तीन प्रतिशत जनता पुनः चरम गरिबीमा धकेलिएको निष्कर्ष छ, ।
अन्त्यमा भन्नुपर्दा दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रमगन्तव्य हो । कोभिड–१९ को प्रकोप बढेपछि कोरिया सरकारले सन् २०२० को पहिलो लटमा छानिएका दुई सय नेपालीलाई कोरिया प्रवेशमा रोक लगाएको छ । यसको असर कति समय र कहाँ–कहाँ पर्छ अहिले नै भन्न सकिन्न । तसर्थ यसबाट हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रभावबाट बच्न तयारी थाल्न आवश्यक छ । मूलतः दक्षिण कोरियामा रहेका ४२ हजार नेपाली त्यसको संक्रमणमा नपुरुन् र उनीहरूको उद्धारका लागि कुनै दाता गुहार्न नपरोस् । चीनबाट एक सय ७५ नेपाली ल्याएर क्वारेन्टाइनमा राख्न त ठूलै युद्ध जितेजस्तो भएको सरकारका लागि दक्षिण कोरियाको सिउलमा कार्यरत एक हजार मात्रै नेपाली स्वदेश फर्काउन प¥यो भने हालत के होला ?
सन् २००२ र २००३ मा सार्स रोगबाट चीन र हङकङसमेत गरी सात सय ७४ जना मरेका थिए । आधिकारिक तथ्यांकले, अहिले जनाएअनुसार सार्सभन्दा कोरोना भाइरसबाट धेरै मानिस मरेको देखाएको छ । चीनको वुहानमा एक करोड ५० लाख जनसंख्यामध्ये ४० लाख जनसंख्या नयाँं वर्षको अवसरमा बाहिरिए । विगत १८ वर्षसम्म छ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्दै आएको चीनका लागि यो आफैँमा ठूलो चुनौती र लडाइँ पनि हो । सन् २००३ मा चीनले सार्स रोगको सामना गर्दा केही समयका लागि दुई प्रतिशतभन्दा बढी आफ्नो आर्थिक वृद्धिदरमा कमी आएको थियो । यद्यपि, त्यतिखेर सार्स २७ देशहरूमा देखापरेको थियो । जुन बेला सार्सले चीनको अर्थतन्त्रमा लात्तो बजारेको थियो, त्यतिबेला चीनले संसारको अर्थतन्त्रको आठ प्रतिशत भाग ओगट्ने गरेको थियो । तर, आज त्यो स्थितिमा चीन छैन ।
चीनले विश्व अर्थतन्त्रको १९ प्रतिशतभन्दा बढी भार ओगटेको छ र त्योभन्दा पनि आज विश्व अर्थतन्त्रमा अमेरिकापछिको ठूलो अर्थतन्त्र भएको देश भइसकेको छ । आज यो देशले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न नसक्दा आफूमात्र होइन, पूरै विश्व नै खल्बलिन्छ । यो संसारभरिका अर्थशास्त्रीहरूले राम्ररी बुझेका छन् । चिनियाँ अर्थतन्त्रलाई पहिलो झड्का हो । त्यस्तै चिनियाँ मुद्रा (युआन) अमेरिकी डलरको तुलनामा सात प्रतिशतसम्म कमजोर हुनु अर्को ठूलो झड्का हो । यो झड्काले पनि चीनलाई अलि कम दुखिरहेको छ होला तर ढाडमा त त्यतिबेला असर प-यो जब पब्लिक बैंक अफ चाइनाले सर्वसाधारणबाट एक दशमलव दुई ट्रिलियन चाइनिज मुद्रा जम्मा गर्ने कार्य केही समयका लागि लम्ब्यायो ।
बजार र बैंकमा पैसाको तरलता कम भयो भनेर लिन लागिएको रकम तरलता बढी भएका कारण केही समयपछि लिने भनी लम्ब्याउनुले देशको अर्थतन्त्रमा यति ठूलो असर प-यो कि बैंकभरिको पैसा चलायमान भएन । जसले गर्दा यो महामारीबाट नेपाल अछुतो हुन सक्दैन त्यसैले बेलैमा रोकथामको नियन्त्रणमा युद्धस्तरमा लागि पर्नु नेपाल सरकार, राजनीतिक पार्टीहरू, नागरिक समाज, स्वस्थ्य क्षेत्रहरूका सम्पूर्ण विज्ञहरू यसमा लागि पर्नुपर्ने बेला खट्किएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया