Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वाइन फलू र कोरोनाबाट बच्न आचारसंहिता

स्वाइन फलू र कोरोनाबाट बच्न आचारसंहिता


लक्ष्मण सिटौला
रातभरि अनिदो निदाउँछ
बिहान उठेपछि
एक गिलास लोकल दन्काउँछ यो सहर
बाबुलाई देखाएर छोरा खान्छ
आमालार्ई वृद्धाश्रम पठाउँछ
हजुरबा हजुरआमाको आँसुले
चोक पखालिन्छ यहाँ
एक कोशमा शौच गर्ने ठाउँ छैन
तर, गल्ली–गल्लीमा भट्टी छ
जात–जातमा, उमेर–उमेरमा
सौन्दर्य प्रतियोगिता हुन्छ
यहाँ धुलोले मीत लाउँछ
यहाँ सोझाले शीत पाँउछ
यहाँ गन्धले गीत गाउँछ
खाल्डाले मुख बाउँछ

पहाडका मान्छे यहीँ आएर सहिद भएका छन् कति
रातभर चन्द्रागिरी र शिवपुरी सुरक्षागार्ड बसे पनि
दिउँसै गोली चल्छ यहाँ
साँचो कुरा भन्नुपर्दा
तरकारीभन्दा मान्छे सस्ता छन्, यो सहरमा
मिडियाको पोलुसन यहीँ छ
किरा परेका मासु यहीँ बिक्छ
पहाडीहरूको भैँसीले नखाको साग
यहाँ हानथापमा बिक्छ
कुहिएको चामलदेखि
मिल्किएका करेलासम्म यहीँ बिक्छ
यो सलहको सहर हो
रत्नपार्कबाट भाषण सिकेर जाने पाषणहरू
फेरि यतै फर्किन्छन् चुनाव जितेर
कुर्लिन्छन् तिनै गधा गवारहरू बेफिक्री

देश यसै गरिब भाको होइन
गरिब दिमागले गरिब बनाइदिएका हुन्
कुनैबेला रत्नपार्कको पर्खाल भत्काउने भैरे
अहिले पुनर्निर्माण मन्त्री भएको छ
हिजो रत्नपार्कमा ग्राहक खोजेर हिँडेकी चम्पुचमेली
आज संस्कृति मन्त्री बनेकी छ
यो सहर मन्दिरै मन्दिरको रहेन अब
घुसखोर दल फेरिरहने दलालहरूको गोठ बनेको छ
धनीका घरको भोजमा घन्केको पप र -यापले
छिमेकमा डेरा लिएर बस्ने परिश्रमीको
निन्द्रा कचल्टिएको ख्याल गर्दैन यो सहर
सडकको लेन मिच्ने माइक्रोबस चालकको दादागिरी
अटेर गरेर निर्माण सामग्री सडकमा राख्ने व्यापारी
खोइ कसले तह लगाउने
पन्ध्र मिनेटको गन्तव्य पुग्न तीन घन्टा लाग्छ
खोइ यो कस्तो सहर हो

सुँगुुरले मान्छेको दिसापिसाब खान्छ । सुँगुरले सबैभन्दा फोहोर चिज खान्छ । त्यही सबैभन्दा फोहोर चिज कुहिएको किरा परेको रोगाक्रान्त फाल्तु वस्तु खाएर हुर्केको सुँगुरलाई मान्छेले खान्छ । हामी मान्छे त सुँगुरभन्दा पनि फोहोरी प्राणी रहेछौँ नि । अनि हामीलार्ई कोरोना भाइरसदेखि स्वाइन फ्लू, हैजा झाडावान्ता मलेरियादेखि गनोरियासम्म लाग्ने नै भयो । जस्तो आहार त्यस्तै आचरण र जस्तो आचरण त्यस्तै रोग । विष्णुमती कोरिडर बाटो शोभाभगवतीदेखि म्हेपी, नयाँ बसपार्क, गोंगबु, जालपा चोक धनेश्वर हुँदै साङ्लासँग अब जोडिन लागेको छ । पहिलेभन्दा धुलो धुवाँ पनि कम छ । बाटो सफा र नदी पनि कम दुर्गन्धित छ । तर, विष्णुमती नदीको किनारमा राखिएका सुँगुरपालनले यो पवित्र नदीलार्ई अपवित्र बनाउँदै लगेको छ ।

विष्णुमती बालुवा पाटी हुँदै जब यो कोरिडोर उत्तरतर्फ भत्केको पुल र धनेश्वरलाई दायाँ लगाउँदै जान्छ । त्यस आसपासमा बसेको फोहोर बस्ती र सुँगुरको दुर्गन्धले सारा स्थानीय अवाक भएका छन । कान्तिपुर सहरलार्ई सबैभन्दा दुर्गन्धित बनाउने व्यवसाय भनेको सुँगुरपालन नै हो । जतिसक्दो छिटो यो सुँगुरपालन व्यवसायलाई उपत्यकाबाट बाहिर पठाउनु पर्छ । सुन्दर नगरी काठमाडौँ उपत्यकाभित्र बस्ने असुन्दर फोहोर कुरा खाने हामी मनुष्यलार्ई कुनै दिन स्वाइन फ्लूले अक्रान्त पार्ने निश्चित छ, किनभने हाम्रावरिपरि सुँगुर छन् र सुँगुर खाने मान्छे छन् ।

सडकमा एकाबिहानै मोटरसाइकलामा बीसवटा जति प्लास्टिकका घ्याम्पामा होटेलमा कहिलेदेखि बासी सडेगलेका फोहोर खाना बटुल्दै गरेको दृश्यले हामीलार्ई त्यसै नि अवाक बनाउँछ । त्यो दृश्य अजीवको लाग्छ । यसले सडकको आधाभन्दा बढी बाटो ढाकेको हुन्छ र त्यो कुहिएको सिनो र सडेगलेको खानाले पूरै सडक नै बनाएको हुन्छ । त्यही खाना र कुहिएको सिनोहरू सुँगुर पालेको बस्तीतर्फ जान्छ ।

ट्राफिकहरू पनि यो पेशा गर्नेदेखि आजित छन् । बिचरा भन्न मात्रै सकेका छैनन् । हो, यो कसैका लागि पेशा बनेको छ जसका कारण उसले आफ्ना सन्ततिलार्ई पालेको होला तर यही पेशाले गर्दा सहर सडक, नदी र वातावरण नै दुर्गन्धित भएको पनि छ । एक व्यक्तिको पेशाले एक हजार मानिसको स्वस्थ्यमाथि खेलबाड भैरहेको छ भने यसमा यो पेशालार्ई किन मर्यादित नबनाउने भन्ने मेरो आशय हो । जुन पेशाले समाजलार्ई नै हानी पु-याइरहेको हुन्छ त्यस्तो पेशा र व्यवसाय गर्ने व्यक्तिले अलिकति समाज र वातावरणलार्ई पनि ध्यान दिनुपर्ने हुन्छ ।

विष्णुमती मात्रै होइन उपत्यकाभित्र बहने प्रायः सबै नदी किनारमा सुँगुरपालन व्यवसाय गरिएको छ । यो सुँगुरपालन कुखुरापालनभन्दा धेरै हानिकारक व्यवसाय हो । सुँगुरको मासु सेवन गर्ने मान्छेको दिमागभित्र टेपवर्म भनिने जुका पर्न सक्छ जुन जुकालार्ई माइनस ३८ डिग्रीको चिसोले पनि केही असर गर्न सक्तैन । सुँगुरको मासु पूरै किराबाट निर्मित भएको मानिन्छ । विज्ञान र धर्मशास्त्रले पनि सुँगुरलाई सबैभन्दा घिनलाग्दो जीवका रूपमा प्रमाणित गरेको छ । तर, हामी मनुष्यलार्ई त्यही सुँगुरको मासु नभई हुँदैन ।

नदीकिनार सधैँ सफा राख्नुपर्ने स्थान हो । यही बाटो हुँदै चराचर जगतका जीवात्माहरूलाई आवश्यक पर्ने पानी बगिरहेको हुन्छ । मुहानमै सुँगुरको दुर्गन्धले पवित्र नदीको पानी विषाक्त तुल्याइदिएको छ भने त्यो पानी पिउनेको हालत के होला । सुँगुरको खोरको दुषित हावा एक किलोमिटरसम्म फैलिएको हुन्छ जसले गर्दा हावामा नै रोगका जीवित जीवाणु एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुन्छन् ।

अहिले विश्वव्यापी बन्दै गैरहेको कोरोना भाइरसका जीवाणु पनि हावाकै माध्यमबाट फैलिरहेका छन् । चीनको एक प्रान्तको जीवाणु अहिले मध्यपूर्व हुँदै पश्चिमी राष्ट्रहरूमा व्यापक फैलिँदै छ । रोग फोहोरबाट उत्पादन हुन्छ । फोहोर जनावरले भन्दा पनि मनुष्यले बढी उत्पादन गर्छन् । त्यो फोहोरको उचित व्यवस्थापन पनि मनुष्य स्वयंले गर्नुपर्ने हुन्छ । काठमाडौँ उपत्यका बमको गोला हुन सक्छ यदि यो प्राचिन बस्तीलार्ई व्यवस्थितरूपमा राख्न सकिएन भने । यहाँका जनतामा कुनै एउटा महामारी रोग फैलियो भने सुकेको खरमा आगो लागेजस्तै धेरै जनसंख्या हताहत हुने सम्भावना रहन्छ । माओवादी द्वन्द्व र ७२ सालको महाभूकम्पका कारण उपत्यकाभित्र बसाइसराइमा व्यापक वृद्धि भयो । संघीयता आएपछि यहाँको जनसंख्या तीव्ररूपमा घट्ने अनुमान गरिए पनि अपेक्षितरूपमा यो सोचेजस्तो भएन । जनसंख्या थपिएसँगै बेरोजगार मानिस थपिन्छन् । खानको लागि मानिस जुनसुकै पेशा अपनाउन बाध्य हुन्छ । सुँगुरको पेसा अपनाउनेहरूको पछाडि पनि सायद यही कारण होला नै ।

उपत्यका प्रवेश नाकाबाट दैनिक दशौँ हजार लिटर घरेलुु रक्सी भित्रिरहेको छ । उपत्यकाभित्र रहेका अधिकांश सामान्य भट्टी पसलमा त्यही रक्सी र सुँगुरको मासु खपत हुन्छन् । उपत्यकानजिक रहेका स्थानीय तामाङहरूको प्रमुख पेशा नै घरेलुु रक्सी उत्पादन गर्ने अनि कान्तिपुरका थर्ड क्लास भट्टीमा बेच्ने । त्यो घरेलु मदिरा यति हानिकारक हुन्छ कि यसमा कुहिएको अन्न सडेगलेका खान अयोग्य अखाद्य पदार्थ हालिएको हुन्छ । उपत्यका प्रवेश गर्ने नाकाहरूमा रहेका प्रहरी प्रशासनसँग मिलेमतो गरेर प्रहरीहरूलाई घुस ख्वाएर प्रवेश गराइन्छ । नाकामा रहेका सबै चेकपोष्टका प्रहरीको कमाइको बाटो स्थानीय उत्पादन घरेलुु मदिराविना चेकजाँच उपत्यका छिराउनु हो ।

सुँगुरको मासु र लोकल रक्सीको विषाक्त सेवनले भानुभक्तको अमरावती कान्तिपुरी नगरीलार्ई पायल्स, ग्यास्टिक, क्यान्सर, कोरोना, अल्सर, झाडावान्ता, पाखाला लगाउन यस्ता फोहोर चिजहरूले मुख्य भूमिका खेलेका छन् । उपत्यका प्रवेश नाकाबाट भित्रिने घरेलुु रक्सी जो स्वस्थ्यको लागि हानिकारक छ त्यसमा तत्काल बन्देज लगाउनुपर्छ किनकी यसले मानिसको स्वास्थमा सिधै हानि गरिरहेको छ । सुँगुर व्यवसायलार्ई मानिसको बसोबास नहुने उपत्यकाबाट बाहिर सार्नुपर्छ र नाकाबाट लोकल मदिरा प्रवेश निषेध गर्ने हो भने उपत्यकाका प्रायः निजी अस्पतालहरू आफैँ बन्द हुन्छन् र तिनका ठगी धन्दा पनि बन्द हुन्छ ।

मापसेबाट यति जरिवाना उठ्यो भनेर नेपाल प्रहरीले छाति फुलाएर भन्नुको सट्टा घरेलु रक्सी उपत्यका प्रवेशमा रोक लगाउने र अरु आयातीत मदिरालार्ई पनि कडाइ गरिदिने हो भने उपत्यका बल्ल बस्न लायकको स्थान हुनेछ । दिउँसो नै मदिरा पिएर ठूलो साउन्ड निकाल्ने मोटर साइकल चढ्ने बोक्रे युवाहरूलार्ई किन प्रहरीले टुलुटुलु हेरिरहेको छ, मैले बुझेको छैन । उपत्यकाभित्रको ध्वनि पोलुसन, रक्सी पोलुसन, सुँगुर पोलुसन, गाडीका धुवा र मान्छेका व्यवहारको पोलुसनले गर्दा यसको महिमा र गरिमा दिनानुदिन सक्किँदै गएको अनुभव हुन थालेको छ ।

सडक प्रायः कालोपत्रे भए पनि यहाँभित्र रहेका भट्टी लोकल रक्सी सुँगुर पालनलार्ई विस्थापित गर्नु जरुरी छ । रक्सी पसललार्ई दिनको एक समय मात्रै खोल्न दिने नियम राख्नुपर्छ । फोहोर भट्टीलार्ई बन्द गर्नुपर्छ । आम्दानीका स्रोतहरू भट्टी पसल मात्रै होइनन अरु पनि प्रशस्त छन् । खाने अन्नलाई कुहाएर हानिकारक बनाएर छिटोभन्दा छिटो मदिराको नसा लागोस् भनेर युरिया मल र स्त्रीका पेन्टीसमेत मिसाएर रक्सी बनाउने प्रवृत्तिको अन्त गराउन धेरै कडा नियमन हुनु आवश्यक छ । महामारीजन्य रोगहरूबाट बचाउन अस्पताल होइन भट्टीपसल र सुगुर उत्पादन गर्ने खोरहरू बन्द गर्नुपर्छ । नदीका मुहान सफा राख्नुपर्छ । मानिसलाई आचारसंहितामा हिँड्न जोड दिनुपर्छ अनि मात्र कोरोना र भविष्यमा आउन सक्ने महामारीजन्य रोगबाट हामी सबै बाँच्न सक्छौँ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x