Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट ?

प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट ?

सन्दर्भ : विश्व प्रेम दिवस


काठमाडौं । प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट ? यो प्रश्न हामीमध्ये जो–कोहीले ग-यौँ भने प्रायः एउटै उत्तर आउँछ प्रेम त मुटुबाट हुन्छ नि त्यो पनि सोध्ने कुरा हो र ? हुन पनि प्रेमसम्बन्धी कुरा गर्दा हामी मुटु वा हृदयसँगै जोडेर कुरा गर्ने गर्दछौँ । जहाँसम्म प्रेमको कुरा छ त्यो पतिपत्नीबीच पनि हुन सक्छ । आमाछोराबीच पनि हुन सक्छ । दाजुभाइ वा दिदीबहिनीबीच पनि हुन सक्छ । प्रेमी– प्रेमिकाबीचको प्रेमको कुरा पनि हुन सक्छ । त्यस्तै मानिस मानिसबीचको कुरा मात्र नभई मानिस वा पशुपन्छीबीचकै प्रेम पनि हुन सक्छ ।

जे होस् जुनसुकै प्रेम प्रसङ्गको कुरा गर्दा पनि मुटु वा हृदयसँगै जोडेर कुरा गर्ने गरिएको हामी पाउँछौँ । जस्तो म तिमीलाई हृदयदेखि नै माया गर्छु, तिमी मेरो मुटुको टुक्रा हौ, तिमी मेरो मुटुको धड्कन हौँ आदि इत्यादि । यी सबै भावानात्मक पक्षका कुरा भए । अब वैज्ञानिक पक्षबाट भन्नुपर्दा प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट त ? यसबारे जानकारी राखिहाल्नुअघि सर्वप्रथम मुटु र मस्तिष्कको बनावटबारे पनि अलिकति चर्चा गरौँ ।

मुटु
मानव शरीरमा छातीको देब्रे भागपट्टी अवस्थित खोक्रो चारवटा कोष्ठ भएका संकुचनशील एवं शक्तिशाली मांशपेशीय अंग हो मुटु । जसले रगत तथा अन्य तरल पदार्थहरूलाई रक्तनलिकाहरूद्वारा शरीरको सम्पूर्ण भागमा अक्सिजन तथा जीवनका लागि अत्यावश्यक तत्वहरू परिवहन गर्दछ । सामान्य अवस्थामा एक वयस्क मानव मुटुको ढुकढुकी ७० देखि ७२ पटकसम्म धड्किने गर्दछ । तर शारीरिक परिश्रमको समयमा, ज्यादै हर्ष वा विस्मातको समयमा भने मानव मुटु प्रतिमिनेट दुई पटकसम्म पनि धड्किन सक्छ ।

वैज्ञानिक हिसाबले भन्नुपर्दा मुटु केवल रक्तसञ्चार, अक्सिजन र शरीरलाई आवश्यक पोषक तत्वहरू शरीरमा प्रवाह गर्ने पानको पातजस्तो देखिने मुट्ठी आकारको मांशपेशीय अङ्ग मात्र हो । शरीरमा मुटु चौबीसै घण्टा खुम्चिने र फुक्ने प्रक्रिया चलिरहेको हुन्छ र मुटुको यही खुम्चिने फुक्ने प्रक्रियाले गर्दा नै हामी छातीमा कान थाप्दा वा स्टेथेस्कोपबाट ढुकढुक आवाज सुन्ने गर्दछौँ । मुटु दिनरात क्रियाशील रहने एउटा विलक्षण क्षमता भएको अङ्ग हो । जुन दिन यसले ढुकढुक गर्न छाड्छ त्यसपछि मानव जीवनको पनि अन्त्य हुन पुग्छ ।

मस्तिष्क
अब कुरा गरौँ मस्तिष्कको । मस्तिष्क केन्द्रीय स्नायु प्रणली अर्थात् सेन्ट्रल नर्भ सिस्टमको बृहत् एवं कोमल मस्तिष्क कोष्ठ (कपाल) भित्र अवस्थित सेतो र खैरो रङ्गको भाग हो । यो अग्र मस्तिष्क, मध्य मस्तिष्क तथा पश्च मस्तष्कि मिलेर बनेको हुन्छ । नवजात शिशुमा यसको तौल तीन सय ७० देखि चार सय ग्रामसम्म हुन्छ भने एउटा वयस्क मानिसमा यसको तौल १२ सय ८० देखि १३ सय ८० ग्रामसम्म हुन्छ । यसले हाम्रो सम्पूर्ण शारीरिक तथा मानसिक क्रियाकलापहरूलाई नियन्त्रण गर्दछ र तिनीहरूबीच समन्वय कायम गर्ने काम पनि गर्दछ । तर मस्तिष्क मुटुजस्तो चौबीसै घण्टा क्रियाशील रहँदैन । यसले गहिरो निद्राको बखतको अवस्थामा आराम गर्ने अवसर प्राप्त गर्दछ । झण्डै एकदेखि डेढ किलोग्रामसम्म तौल भएको मस्तिष्क ऊर्जाको अत्यधिक भोको हुन्छ र यसले शरीरको ३० प्रतिशतभन्दा बढी ऊर्जा प्राप्त गर्दछ ।

अब फेरि कुरा कोट्याऔँ प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट । यस सम्बन्धमा वैज्ञानिक अध्ययनबाट हालै पत्ता लागेको एक तथ्यले के देखाएको छ भने प्रेम मुटु वा हृदयबाट नभई मस्तिष्कबाट हुने गर्दछ । अध्ययनअनुसार मानव मस्तिष्कमा भएको प्रेमस्तिष्क हो जुन मस्तिष्कको सबभन्दा ठूलो भाग हो र यो दुईवटा भागमा विभावित रहेको हुन्छ । यही नै हाम्रो बौद्धिक क्षेमताको परिचायक पनि मानिन्छ र यही भागबाट मानवीय भावनाको अनुभूति, समन्वय एवं नियन्त्रण हुने गर्दछ । खासगरी मस्तिष्कको अग्रभागमा ‘फेरमोन’ नामक हर्मोन तत्व रहेको हुन्छ र यही हर्मोन तत्वको क्रियाशीलताद्वारा प्रेममय भावनाको सिर्जना हुने गर्दछ ।

जस्तो एकछिनलाई प्रेमीप्रेमीकाकै प्रेम प्रसङ्गलाई लिएर कुरा गरौँ । दुई प्रेमी–प्रेमिकाबीच प्रेमाकर्षण भएको बेला अथवा भनौँ एक–अर्काबीच नजर जुधेको बेला जसरी मुटुको ढुकढुकी बढ्ने, शरीर काप्ने अथवा थर्थराउने, गाला रातो हुने, हत्केला चिसो त्यसपछि भोक निद्रै हराउनेजस्ता जुन किसिमको लक्षणहरू देखा पर्ने गर्दछ ती सबै मस्तिष्ककै अग्रभागमा रहेको फेरमोन नामक हर्मोनको रासायनिक क्रियाकलापले हुन गएको हो भन्ने कुरा वैज्ञानिक अध्ययनबाट थाहा हुन आएको छ । त्यसैले वैज्ञानिक तथ्यको आधारमा हामी के भन्न सक्छौँ भने प्रेम मुटुबाट नभई मस्तिष्कबाट नै हुने गर्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x