क्यान्सर रोकथाममा स्थानीय सरकारको भूमिका
काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।
स्वास्थ्य सेवामा कार्यान्यन भएका विभिन्न कार्यक्रमको फलस्वरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशु मृत्युदर २१ र पाँच वर्ष मुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर २३९ (प्रतिलाख जीवित जन्ममा)मा झरेको छ भने कुल प्रजनन दर २ दशमलव ३ प्रतिमहिला रहेको छ । त्यसैगरी पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्षमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य विमामा आवद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चार पटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।
नेपालको संविधान २०७२ ले व्यवस्था गरेको सङ्घीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैको लागि स्वास्थ्य बीमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । विशेषगरी यस लेखमा अबुर्द रोग (क्यान्सर) बारे संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
क्यान्सर रोगको सामाधान नेपाललगायत विश्वभर एउटा ठूलो स्वास्थ्य चुनौतीको रूपमा रहेको छ । क्यान्सरको उपचार र स्याहार पाउनको लागि सबैको पहुँच पुगेको छैन । सन् २०२३ को विश्व क्यान्सर दिवस ‘क्यान्सर सचेतनाका आवाजहरू वृद्धि गर्दै एकतावद्ध हौऔँ’ भन्ने नाराका साथ विश्वभर यस दिवस मनाइयो । प्रत्येक वर्ष लाखौँ मानिसको क्यान्सरको कारणले मृत्यु कम गर्दै धेरैलाई जागरण गरी उपचारका माध्यमबाट जोगाउने उद्देश्यले हरेक वर्ष फेबु्रअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । यो रोगको कारणले तपाईँहाम्रो आफन्त, साथीभाइ र छिमेकी, इष्टमित्र धरै गुमाइरहेको छौँ । यो रोग मानिसको लागि एउटा दुर्भाग्य साबित भएको छ । खर्च, पीडा र यससँगको चिन्ताले हामी सबैलाई ठूलो असर पारिरहेको छ । समयमै यसबारे पहिचान हुनसकेमा धरै हदसम्म क्यान्सरको रोकथाम गरी मृत्युवरणमा न्यूनीकरण गर्न सकिन्छ ।
क्यान्सरको उपचारको लागि विकीरण प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेकी उपचार गरिन्छ । यो पद्धतिलाई केमोथेरापी भनिन्छ । हाम्रो देशका मानिसहरू स्वास्थ्य उपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सर जोखिममा धेरै छौँ । बिरामी भएर मात्र उपचारको लागि जाने बानीलाई त्याग गर्दै समयमा नै उपचार गर्न जरुरी छ । नेपालमा स्वास्थ्य उपचार भन्नेबित्तिकै अत्यन्त झर्काेलाग्दो र खर्चिलो रूपमा हेरिन्छ । यसको नेपालभर रहेका सरकारी अस्पताल वा स्वास्थ्यसंस्थाहरूमा पनि सहजैरूपमा उपचार गरी जाँच गराउन सम्भव छ जुन त्यति खर्चिलो पनि हुँदैन । यसको लागि स्थानीय सरकार अथवा घरदैलोको सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।
यस रोगको नियन्त्रणको लागि मध्यमवर्गिय मानिसको लागि अपेक्षा गरेअनुसार स्वास्थ्य सेवाको पहुँच र एकरूपता भएको देखिँदैन । क्यान्सर रोगको नियन्त्रणको लागि आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट सर्वसुलभ रूपमा उपलब्ध भएको छैन । अति विपन्न र जोखिममा परेको नागरिकलाई उच्च प्राथामिकतामा राख्दै सोसम्बन्धी स्वास्थ्य सेवा अभाव भएको छ । नेपाल सरकारले नाफामूलक स्वास्थ्य क्षेत्रलाई क्रमशः सेवामूलक क्षेत्रमा रूपान्तर गरी स्वास्थ्य क्षेत्रलाई मानव स्वास्थ्यप्रति जिम्मेवार बनाउनु, स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्व वहन गर्ने, सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको सन्तुलित व्यवस्था गर्नु, औषधि उत्पादनमा आत्मानिर्भर बन्नु, औषधि तथा औषधि जन्य सामग्रीको प्रभावकारी व्यवस्थापन तथा नियमन गर्नु, स्वास्थ्य सूचना प्रणालीलाई प्रभावकारी गर्नु भन्ने नेपाल सरकारको नीति तथा कार्ययोजना भए पनि पूर्णरूपमा लागू भएको छ भन्न सकिँदैन ।
समग्रमा माथि उल्लेख भएजस्तै नेपाली जनताले अपेक्षा गरेअनुसारको स्वास्थ्य सेवाको विस्तारित पहुँच र एकरूपता लक्षित समूहसम्म नपुग्नु, सेवामूलक तथा जनस्वास्थ्यप्रति उत्तरदायी सेवा, जनशक्ति तथा भौतिक संरचनाको अभाव भएका संरचना तथा जनशक्ति पनि आवश्यक मात्रामा प्रयोग गर्न नसक्नु, क्यान्सरजस्तो रोगसँग सम्बन्धित जनस्वास्थ्य उत्पादन र उपयोगबीच सामान्जस्यता हुन नसक्नु, स्वास्थ्य सेवामा सरकारी तथा निजी क्षेत्रको सहभागिता यथोचित समन्वयको अभाव आदि कारणले पनि क्यान्सर रोगको न्यूनीकरणमा असर परेको पाइन्छ । माथि उल्लेख भएजस्तै पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि स्वास्थ्यको सफलतामा नै प्रश्नचिह्न खडा भएको छ ।
अतः क्यान्सर रोगको न्यूनीकरणमा तीनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । क्यान्सर रोग रोकथामको लागि स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधन स्रोत हुनु पर्दछ । आम नागरिकलाई प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्य कर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा उत्साहसाथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । यसो भएमा मात्र क्यान्सर रोगको न्यूनीकरण गरी लक्षित समूहको स्वास्थ्य सुरक्षा गर्न सकिनेछ । तब मात्र हरेक वर्ष फेबु्रअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसले सार्थकता पाउनेछ । (लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि गरेका हुन् ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया