Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगइतिहासबाट नसिक्नेलाई इतिहासले सिध्याउँछ

इतिहासबाट नसिक्नेलाई इतिहासले सिध्याउँछ


काठमाडौं ।  मेरा सहृदयी मित्र अधिवक्ता भोजराज भट्टज्यूले प्रस्तुत पुस्तक ‘सहिद दिवानसिंह राई’मा मन्तव्य लेख्दै आफ्नाबारे अलि बढी भएन ? भन्ने प्रश्न उठाउनुभएको छ । यस लगत्तै अघि मेरोे ‘सहिद क्याप्टेन यज्ञवहादुर थापा’ नामक पुस्तक प्रकाशनमा आएको थियो ।त्यस मुस्तकलाई समेत ध्यानमा राखेर मित्र भट्टजीले सोध्नुभएको प्रश्नमा ‘आफ्नो बारेमा भन्दा पनि कांग्रेसको मूल्यांकनमा गरिएको दाबीबाट पर्दा उघार्न अलिअघि सर्नुपरेको हो’ भन्ने जवाफ उहाँको मन्तव्यमा आएको थियो ।त्यसमा मुद्राराक्षसका कारण अलिकति लतपत्तिएर आएकोमा थोरै दुःखमना छ ।यो पुस्तकोे लेखक भएका नाताले बोल्नेमा भन्दा बढी सुन्नेमा ध्यान दिनु उपयोगी हुने भएकोले धेरैै बोल्दिनँ ।पुस्तकको मूलसार विषयमा एक-दुई कुरा राख्न चाहन्छु ।

२००७ सालको कान्तिमा ‘प्रजातन्त्र’ आयो भनियो । तर, त्यो प्रजातन्त्र नभएर ‘भारततन्त्र’ थियो भन्ने आज सात दशक पार गरेर मुलुकको स्वाधीनता आर्थिक अवस्था ८७ प्रतिशतभन्दा बढी पराइ मुलुकमा आश्रित हुन पुगिसकेकोे अवस्था छ । यति भइसक्दा पनि हाम्रा दलीय कार्यकर्ताहरू सांसद मन्त्री आदि इत्यादिलाई पत्तो नहुनु दास मानसिकताको हद हो भन्ने छर्लङ्गै छ ।

खासगरी २०५१ मा, मध्यावधि थोपारिएपछि मुलुकमा के भएन ? राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक ढालियो, आदिकवि महाकविका पनि सालिक बाँकी रहेनन, चन्द्रसूर्य आंकित नेपालको झण्डा च्यातियो, जलाइयो, गाई काटियो, धर्म मासियो, हुँदाहुँदा नेपाली धर्म, संस्कृति र सभ्यता बोकेको दौरासुरुवाल टोपी उतार्ने प्रयास हुँदा मुकदर्शक भइरहियो । संघीयता लादेर महाकाली सन्धिबाट लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूमि भारतकोे नक्साभित्र परेको कुरा पनि त्यसरी नै हेरिरहियो । अब ती भू–भाग ल्याउन अर्को पृथ्वीनारायण शाह जन्मिनुपर्ने भएको छ । यतिबेला त्यस्तो व्यक्तितवको खोजीमा नेपाल आमा ठूलो पीडामा छट्पटिरहनु परेको अवस्था छ ।

मेरा पछिल्ला आधा दर्जनभन्दा बढी प्रस्तुति, लेखन र पुस्तकहरूका हरेक पानामा एउटा कथन निरन्तर दोहोरिरहने गरेका छन् । अभिलेख भएका ती कुरा हेर्न सकिन्छ । त्यो हो प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो – लास । लासको प्रकृति समयमै अन्त्येष्टि भएन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैैलाउन थाल्छ । यतिखेर विचार हराएका पार्टीहरू (कांग्रेस, एमाले, माओवादी) कुहेर गनाएर रोग फैलाउने चरणमा पुगेका छन् । एउटा सफल शल्यक्रिया अपरिहार्य भएको छ । उल्लिखित शल्यक्रियाका लागि उपयुक्त औजार १) दोहोरो शिक्षा प्रणालीको अत्य र २) नेपाल भारत सीमा आवतजावत व्यवस्थापन (राहदानी) पहिलो चरणकै निर्विकल्प काम हो ।

सहिदको जीवनी लेख्नु भनेको एक प्रकारले समकालीन राजनीतिका लुकेका लुकाइएका इतिहास उजागर हुनु पनि हो । इतिहासका बारे एउटा सत्य भनाह के छ भने, इतिहासले आफैँ कुनै पाठ सिकाउँदैन अरे ! तर पाठ नसिक्नेलाई भने सिध्याइदिन्छ अरे ! इतिहासको यो परिभाषा हाम्रो ०५१ यताको राजनीतिमा गिरिजा, प्रचण्ड, देउवा, ओली, माधव आदि इत्यादिका सन्दर्भमा अक्षरंश पुष्टि र प्रमाणित पनि भइसकेको छ । त्यत्रो १७ हजारको बलिदान र आहुतिबाट निर्मित दुई/दुई पटक प्रधानमन्त्री समेत भइसकेका नेता प्रचण्ड एउटा फुच्चे पत्रकार रवि लामिछानेसँग चुनावमा हार्ने डरले कर्मथलो चितवन छाडेर आफैँले लत्याएका पात्र डा. बावुरामको आश्रित भएर गोरखा पुन्नुपरेको अवस्था सकिनुको योभन्दा अर्को उदाहरण के हुन्छ ? मैले त जुन दिन कमरेड प्रचण्डले गिरिजाप्रसाद कोइरालाका हातबाट सांसद पदको टीका थापेर ‘मिस्टर’ भएका थिए त्यही दिन उनको आजको यो हविगत आउँदै छ है भनेर वर्णन गरेको थिए ।  अहिले त मैलेभन्दा बढी आत्मदाही क्रान्तिकारी प्रेम आर्चाय र अनागरिक तुल्याइएका रवि लामिछानेहरूबाट नै आइरहेका धेरै वर्णनहरू एक दिन चेतनाबाट माथि उठेका मतदातासम्म अवश्य पुग्ने विश्वास लिएको छु ।

पुछारतिर आजसम्म मैलै प्रत्यक्ष भेटन नपाएका तर उहाँका लेख अन्तर्वार्ताहरूवाट प्रभावित भएर अग्रज मान्ने गरेको आदरणीय जगमान गुरुङज्यूको उपस्थितिलाई सम्मान स्वरूप एउटा प्रश्नको उत्तर माग्ने जमर्को गर्दछु । त्यो प्रश्न भनेको विस २००९ सालमा भारतले नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिकक्याम्प खडा गरेर विसं २०२७ सालसम्म १९ वर्ष चिनतिर बन्दुक तेस्र्याएर परेड खेलेको थियो । यो भनेको त्यो नेपाली इतिहासको १९ वर्ष नेपाली स्वाधिनता सार्वभौमिकता पूर्णरूपमा भारतको कब्जामा रहनु थियो । भारत चीन युद्धमा चीनबाट भारत पछारिएको मौका छोपेर राजा महेन्द्रले चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको आड लिएर भारतको बन्धक अवस्थाबाट नेपालाई मुक्त तुल्याएका, त्यसैको लपेटामा महेन्द्रको ज्यान गएको समेत प्रमाणहरू उपल्ब्ध छन् ।

नेपाल राष्ट्र यसरी १९ वर्षसम्म सार्वभौमिकता बन्धक रहेको त्यत्रो महत्वको इतिहास भाबी पुस्तालाई जानकारी हुनेगरी प्राइमरी स्कुलदेखि विश्वविद्यालयसम्म किन पाठयक्रम बन्न नसकेको हो ? मेरा यस्ता प्रश्नहरूको एकसरो वर्णन पुस्तकमा मन्तव्य लेख्नुहुने सहृदयी मित्र भोजराज भट्टज्यूले पनि ल्याउनुभएको हुँदा यहाँ थप दोहो-याउन चाहन्नँ । पुस्तक लेख्न प्रेरित गर्नुहुने आदरणीय दिज्यू लक्ष्मी राई र क्वालीटी कलेवरमा पुस्तक बजारमा ल्याई दिने शिखर बुकप्रति मुरी मुरी आभार प्रकट गर्दर्छु । अस्तु ।
(‘सहिद दिवानसिंह राई’ पुस्तक विमोचन समारोहमा लेखकका तर्फबाट सुवेदीका मन्तव्यअंश)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया