विश्व गैरसरकारी संस्था दिवस
काठमाडौं । प्रत्येक फेब्रुअरी २७ तारिखमा विश्व गैरसरकारी संस्था दिवस संसारभरि मनाइन्छ । यसरी फेब्रुअरी २४ तारिख सन् १९४५ मा नवनिर्मित संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक गैरसरकारी संगठन शब्दले एउटा औपचारिक स्थान पाएको थियो । त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि मुलुकको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफामूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरिएको छ ।
त्यसरी हालसम्म आइपुग्दा हरेक राष्ट्रमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले प्रत्येक सहर वा जिल्लाहरूमा हुने स्थानीय समस्याहरूको ध्यानाकर्षण ठूला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन् । यसरी हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने पनि गैरसरकारी संस्थाहरूले विकास निर्माणका कार्यहरूमा धेरै सहयोग पु-याउँदै आएको छ । मूलतः मुलुकमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन समाज कल्याण परिषद्ले गरिरहेको छ । यसर्थ समाज कल्याण ऐन २०४९ को अधीनमा रहेर सामाजिक कल्याण तथा विकासका काममा सहयोग गर्न चाहने संस्थाहरू यस परिषद्बाट स्वीकृति लिएर काम गरिरहेका छन् । यी संस्थाहरूले शिक्षा, विद्युत, स्वास्थ्य, खानेपानी, सडक, कृषिजन्य, पशुपन्छीजन्यलगायत विविध क्षेत्रहरूमा कार्यरत रहेर विभिन्न किसिमका कार्यहरू गर्दै आइरहेका छन् । यसर्थ समाज कल्याण परिषद्को तथ्यांकअनुसार २०७७/०७८ सम्ममा काम गर्न अनुमति लिएका राष्ट्रिय गैरसरकारी संस्था(एनजीओ)को संख्या ५१ हजार पाँच सय १३ छ ।
त्यसैगरी विभिन्न क्षेत्रमा काम गर्ने अनुमति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को संख्या दुई सय ३० रहेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । यसमा पनि सबैभन्दा धेरै अमेरिकाको छ भने त्यसपछि बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्डलगायतका देशबाट सञ्चालित आईएनजीओ रहेका छन् । अतः नेपालको कुरा गर्ने हो भने आर्थिक वर्ष २०४९/०५० पछि एनजीओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक धेरै छ । नेपालजस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । फलतः देशका ग्रामीण क्षेत्रहरूमा यसको महत्व अझ बढी रहेको पाइन्छ । जबसम्म पिछडिएका दूरदराजसम्म विकासको गति अधि बढ्न सक्दैन तबसम्म देश विकास हुन सक्दैन । जबसम्म पिछडिएका क्षेत्रहरूमा बाटाघाटो, पुल, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आवश्यक पूर्वाधार विकास जोड दिनको लागि एनजीओ तथा आइएनजीओेको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
नेपालमा एनजीओे तथा आईएनजीओको इतिहास धेरै लामो छैन । खासगरीकन पञ्चायती व्यवस्थापछि मात्र अर्थात् ९० को दशकदेखि मात्र देशका विभिन्न पहाडी भू–भागहरूको यस संस्थाहरू खुल्न थालेका हुन् । यसमा पनि थारु, जनजाति, महिला हिंसा आदि क्षेत्रमा यसले कार्य गर्दै आएको छ । देशको विकट क्षेत्र मानिने सुदूरपश्चिम प्रदेशको आधिकारिक रूपमा तथ्यांक नभए पनि मोटामोटी रूपमा कर्णाली अञ्चलमा मात्र दुई सय तीसभन्दा बढी एनजीओे तथा आईएनजीओ रहेको अनुमान गरिएको छ । यसरी गाउँ तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने माझी, राउटे, मुसहर, चेपाङ, महिला हिंसाविरुद्ध, पोषण आदि कार्यक्रममा क्रियाशील भएको देखिन्छ । त्यसरी नै यो क्षेत्रमा एनजीओे दुई सयभन्दा बढी र आईएनजीओको संख्या भने ३० वटा रहेको छ ।
यसमा कार्यरत कर्मचारीहरूको संख्या भने २० हजारभन्दा बढी रहेको अनुमान गरिएको छ । देशमा हेर्ने हो भने मानप्रतिष्ठा र सम्मान पाइने क्षेत्र पनि हो । तथापि, यो क्षेत्र एकातिर हेर्ने हो भने यो क्षेत्र साँघुरो पनि छ । तर, शिक्षा, स्वास्थ्य, आईटी आदि क्षेत्रहरूमा अवसर धेरै रहेको छ । यो क्षेत्रभित्र दक्ष योग्यताहरू भएका व्यक्तिहरूले अवसार पाउन सकिन्छ । जब अन्तर्राष्ट्रि स्तरलाई नियाल्ने हो भने कम्तीमा संयुक्त राज्य अमेरिकामा, एनजीओका लागि कोष प्राप्त गर्नका लागि चार मुख्य तरिकाहरू छन् । पहिलो र सबैभन्दा महत्वपूर्ण दान हो । यसमा पनि व्यक्तिगत दाता भनेको संगठनको मिसन, कामको प्रभावकारिता र विभिन्न कारणहरूको योग्यतामा विश्वास गर्ने व्यक्तिहरू हुन् । यस संस्थाहरूमा तिनीहरूले पैसा दान गर्छन् किनभने तिनीहरूले दान गरेको के–कति रकम छ भन्ने ख्याल राख्छन् ।
यसरी एनजीओ कुनै नाफामूलक व्यवसाय होइन । यो एक किसिमको गरिब तथा असाहय वर्गहरूको परोपकारी संस्था हो । यो नाफामुखी मोडेलमा प्रभावकारी रूपमा चल्न सक्दैन । यो अरूको भलाइ र परोपकारमा निर्भर हुन्छ । यसमा व्यक्तिगत दाताहरू एनजीओको परोपकारको जीवन रक्त हुन् । यसमा व्यक्तिगत तथा धनी व्यक्तिहरूको रकमहरू समावेश हुन सक्छन् । यस व्यवसायहरू र व्यवसायहरूले पैसा दान गर्न सक्छन् वा तिनीहरूले सामान वा सेवाहरू दान गर्न सक्छन्, जसलाई एक प्रकारको दान भनिन्छ । यो अनुदान रकम प्राप्त गर्ने अर्को तरिका पनि हो । यद्यपि, यी धेरै समय गहन र अत्यधिक प्रतिस्पर्धात्मक छन् ।
मानिसहरूसँग सम्बन्ध विकास गर्न धेरै तरिकामा यो राम्रो छ । तर, अनुदानको फाइदा यो हो कि यो यहाँ थोरै पैसा हुनुको सट्टा र त्यहाँ धेरै पैसा हुनु यो एकमुस्ट रकम हो जसले मुख्य तत्वहरूको लागि आवश्यक सहयोग प्रदान गर्दछ । यो कार्यक्रम अनुदानको लागि आवेदन दिनको लागि कसले के काम गरिरहेको छ । सो कामको आधारमा विभिन्न कामहरूको प्रकारको समर्थन आधारहरू खोज्नुपर्छ । यस कोष प्राथमिकताहरू नजिकबाट पढ्नुपर्छ र निम्न प्रश्नहरूको जवाफ दिनुपर्छ ? तिनीहरूले के समर्थन गर्छन् ? तिनीहरूले के समर्थन गर्दैनन् । उदाहरणका लागि, केही फाउन्डेसनहरूले पाँच वर्षभन्दा कम उमेरका गैरसरकारी संस्थाहरूलाई समर्थन गर्दैनन् वा तिनीहरूले सामग्रीको लागि तिर्नेछन् वा तलब होइन ।
यदि यी संस्थाहरूलाई दिएको अनुदानको लागि आवेदन दिन यो समयको बर्बादी हो । यसप्रकारको सहयोगबाट के गरिबी हट्छ त ? के यसले गुणस्तरीय सांस्कृतिक अनुभवलाई बढावा दिइरहेको छ ? यी विभिन्न प्रश्नहरूले यस संस्थाहरूको विकास गर्न आफ्नै लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ । यसरी यी कोषहरू संरचनाहरू साँच्चै देश–देशमा भिन्न हुन्छन् । उदाहरणका लागि, यो हो कि युरोपमा, अनुदानहरू प्रायः एनजीओहरूले कसरी आफ्नो कोष प्राप्त गर्छन् भन्ने कुरा मात्र हो । त्यसकारण विभिन्न क्षेत्रहरूका अन्य गैरसरकारी संस्थाहरूलाई हेर्नु पनि महत्वपूर्ण छ । यसर्थ यस्ता किसिमका कोष निर्माणको लागि रकम कहाँबाट जुटाउन सकिन्छ । सामान्यतया भन्नुपर्दा, अन्य गैरसरकारी संस्थाहरूसँगको सहकार्य जे भए पनि धेरै महत्वपूर्ण छ । जबसम्म यी संस्थाहरू कुरा स्पष्टसँग बुझेर मात्र दाता राष्ट्रहरूले ठूलो धनराशिमा रकमहरू दिनेगरेका हुन्छन् । जसले गर्दा यस्ता किसिमका केही गैरसरकारी संस्थाहरू आफ्ना कार्यहरू तदारुकका साथ अगाडि बढाउन सक्छन् ।
समग्रमा भन्नुपर्दा प्रत्येक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र संघले विश्व गैरसरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाऔँ भन्ने रहेको छ । आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैरसरकारी संस्थाले समाजमा पु-याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ । हाम्रो जस्तो विकासशील देशको लागि यी संस्थाहरूको योगदान अतुलनीय रहेको पाइन्छ । त्यसबाहेक आजको दिन ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पु-याएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो । यस्ता थुप्रै व्यक्तिहरू छन् जसले कुनै न कुनै रूपमा यस्ता गैरसरकारी संस्थाहरूका कार्य र परियोजनाहरूलाई सफल पार्न आफूलाई समर्पित गरेका छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया