रुस–युक्रेन युद्धमा एक वर्ष
काठमाडौं । सन् २०२२ फेब्रुअरी २४ तारिखअघिदेखि चलिरहेको रूस र युक्रेनबीचको युद्धको मारमा यतिबेला एक वर्षको समय पार गरिसकेको छ । यसले विश्वभर चासो र चिन्ताको अवस्था सिर्जना गरेको छ । यसरी रसिया र युक्रेन पेट्रोलियम र ग्यासमा आधारित अर्थतन्त्र भएका देशहरू हुन् । यस्ता खालका अर्थतन्त्र भएका राष्ट्रमा केही अप्ठ्यारो गतिविधि भयो भने विश्वव्यापीरूपमा असर पर्छ । यसका लागि गतिलो उदाहरण सन् १९७३ मा अरब देशहरू र सन् १९७९ मा इरानमा यस्तै खालको समस्या आउँदा ग्लोबल सक देखा परेको थियो । जब कि ती राष्ट्रहरू साना थिए । तिनले विश्व अर्थतन्त्रमा पु¥याउने योगदान सानो अर्थात् १ प्रतिशत पनि थिएन । यसबाट के थाहा हुन्छ भने पेट्रोलियम र ग्यासमा आधारित अर्थतन्त्र भएका देशमा आएको समस्याले छिटो र धेरै प्रभाव पार्छ । यो युद्धले अशान्तिको अवस्था सिर्जना गर्ने मात्र नभई आर्थिकरूपमा पनि कमजोर बनाउँछ ।
मूलतः युरोपेली राष्ट्र युक्रेनमा रूसले आक्रमण गर्दा नेपालजस्तो विकासशील तेस्रो मुलुकसम्म युद्धका असर नपर्ला भन्न सकिन्न । हाम्रोजस्तो सानो देशले खासगरी युक्रेन र रूस दुवै राष्ट्रसँग व्यापार गर्ने भएकाले पनि नेपाली अर्थतन्त्रमा प्रभाव परेको हो । यद्यपि, रूस र युक्रेनबीचको यो युद्ध कहिले टुंगिन्छ भन्ने कुनै संकेत नहुँदा सम्भावित परिणामका लागि पूर्वतयारी गर्नुपर्ने देखिन्छ । अहिलेको स्थितिमा सरसर्ती हेर्ने हो भने यो लडाइँको असर नेपालको भान्सासम्म नै आइपुग्न थालिसकेको छ । यसर्थ नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध खाद्यान्न र खाने तेलका लागि युक्रेनसँगै निर्भर रहनुपरेको अवस्था छ ।
त्यसो त विगत वर्षमा आयात व्यापारमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु पठाउने मुलुकको सूचीमा छैटौँ स्थानमा थियो । तसर्थ अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांक हेर्ने हो भने पनि स्थितिमा खासै परिवर्तन आएको छैन । अहिले देशका व्यापार साझेदारहरूको सूचीमा युक्रेन आठौँ स्थानमा रहेको छ । जुन युक्रेनबाट विभिन्न औद्योगिक कच्चापदार्थ आयात हुनेगरेको छ । अतः एक वर्ष अगाडिदेखि युक्रेनमाथि रूसी आक्रमणले त्यहाँको निकासी व्यापार प्रभावित हुँदा देशमा पनि औद्योगिक कच्चा पदार्थको मूल्य बढेको देखिन्छ ।
विश्वमा एक वर्षयता सन् १९९१ अघि शीतयुद्धजस्तै विश्व दुई ध्रुर्वमा विभाजित थियो । यसरी नै रुस–युक्रेन युद्धको आर्थिक असर युरोपमा मात्र नभएर पूरै विश्व तथा दक्षिण एसिया हुँदै नेपालसम्म आइपुगेको छ । यसै क्रममा हेर्ने हो भने रुसको रक्षा खर्च बढेर यो वर्ष एक खर्ब ३२ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ । जसको कारणले गर्दा विश्वमा ग्यास र तेलको मूल्य बढेको छ । जुन समाचार संस्था रोयटर्सका अनुसार युद्धमा ४२ हजार दुई सयभन्दा बढी मानिस मारिएका छन्, ५६ हजारभन्दा बढी घाइते भएका छन् भने कम्तीमा १५ हजार मानिस हराएका छन् । करिब एक करोड ४० लाख मानिस विस्थापित भएका छन् । करिब तीन खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति ध्वस्त भएको छ । त्यरी नै फोब्र्सले तयार गरेको तथ्यांकअनुसार अवलोकन गर्ने हो भने पनि रुसले युक्रेनसँगको युद्धमा गत वर्ष ८२ अर्ब अमेरिकी डलर खर्च गरिसकेको थियो । यो रुसको वार्षिक बजेटको एक चौथाइ हो । यसमा ठूल–ठूला हतियार आर्टिलरी आपूर्तिमा मात्रै रुसले साढे पाँच अर्ब डलर खर्च गरेको छ । यसमा रुसले चार हजारभन्दा बढी मिसाइल हानेको छ । एक मिसाइलको खर्च मात्रै औसत ३० लाख डलर रहेको अनुमान छ ।
समग्रमा भन्नुपर्दा देशमा खाद्यान्नलगायत पेट्रोलिम पदार्थहरूको भाउ क्रमशः बढ्ने क्रम तीव्ररूपमा भइरहेको छ । देशको मुद्रास्फीति ५ दशमलव ६५ प्रतिशत त अहिले पनि छ । यसर्थ वर्षको अन्त्यसम्म विविध कारणले गर्दा मुद्रास्फीति दोहोरो अंकको हुनसक्ने बलियो सम्भावना सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । युद्ध अझै जारी छ र यो कसरी टुंगिएला भन्ने अझै यकिन छैन । यो एक वर्षका लागि यहाँ गरिएको विश्लेषण युद्धको बाँकी अवधिबारे प्रक्षेपण गर्न अनुपयोगी पनि ठहर्न सक्नेछ । तर त्यो भू–भागमध्ये क्राइमिया पूरै अनि डोनेस्क र लुहान्स्कको ठूलो हिस्सा सन् २०१४ देखि नै रूसको वा ऊसमर्थित मिलिसियाको नियन्त्रणमा थिए । त्यसैले सिंगो सैन्य शक्ति लगाउँदा पनि यो एक वर्षमा रूसले युक्रेनको असाध्य सानो थप भू–भाग मात्रै कब्जा गर्न सकेको छ । त्यति उपलब्धिका लागि उसले प्रयोग गरेको र नष्ट भएका हातहतियारबारे रूस र युक्रेनका आ–आफ्नै दाबी छन् ।
मूलतः कुनै बेला चीनको हाराहारी र केही सैन्य प्रविधिमा चीनभन्दा अघि रहेको मानिने रूसले मध्य–एसियाको ठूलो भू–भागलाई आफ्नो प्रभाव क्षेत्र मान्थ्यो र त्यहाँ उसको चीनसित प्रतिस्पर्धा थियो । तर अब त्यहाँका धेरै देशहरूमा उसको साख र प्रभाव दुवै गुमेको छ । यसरी रुस र युक्रेनको यो दुर्घटनाबाट नेपालले पनि पाठ सिक्नुपर्छ । खासगरी नेपाली भान्सामा प्रयोग हुने सूर्यमुखी तेल, इलेक्ट्रोनिक सामग्री र पेट्रोलियम पदार्थ रूस र युक्रेनले अन्य देशहरूमा आपूर्ति गर्छन् । त्यसैगरी खाद्यान्नमा रसिया गहुँ र युक्रेन मकै निर्यातमा अग्र स्थानमा छन् । यो युद्धका कारण नेपालले के कति आर्थिक क्षति बेहोर्नुपर्छ ? भन्ने एकीन विवरण त आइसकेको छैन, तर युक्रेनबाट वार्षिक २० अर्बभन्दा बढी रूपैयाँ र रुसबाट वार्षिक ११ अर्बभन्दा बढी रूपैयाँबराबरको वस्तु नेपाल आयात हुँदै आएको छ । यसमा खासगरी खाने तेल र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर देशले पनि भोग्नुपर्नेछ । यसमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सबै उपभोग्य वस्तुको मूल्य बढ्नु हो ।
यसैगरी युक्रेन र रुसबीचको भौगोलिक अवस्था र जनस्तरको सम्बन्ध जे–जस्तो छ, त्योभन्दा पनि संवेदनशील अवस्था नेपाल र भारतबीच छ । जबसम्म मुलुकमा उद्योग र उत्पादनहरू बढ्दैनन् तबसम्म विश्वबजारमा हुने यस्ता खालका हलचलले राष्ट्रलाई धेरै असर पार्ने गरेको हुन्छ । फलतः आफ्नो राष्ट्रमा उत्पादन भएपछि जतिसुकै मूल्य पुगे पनि खरिद गर्नुको अन्य विकल्प केही छैन । यसरी नै रूस र युक्रेनको युद्ध अझै केही दिनसम्म लम्बिनेजस्तो देखिन्छ । किनकि हालसम्म वार्ता हुने संकेत भने देखिएको छैन । यसको साथसाथै पेट्रोलियम पदार्थमा पछिल्लो समय इरानले केही सहयोग गर्ने भनिए पनि मूल्य बढेरै आयो । यसरी सबै मालवस्तुको मूल्य बढ्दै जाने हो भने चालू वर्षमा १० प्रतिशत मुद्रास्फीति पुग्ने देखिन्छ । यी विविध कारणहरूले गर्दा अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसरी नै रूस र युक्रेनको युद्धले डलरको भाउ अझै अकासिने पक्का छ । जब विश्व बजारमा हलचल आउँछ, सुन तथा डलर किन्ने होडबाजी चल्छ । विश्व बजारमै डलरलाई सुरक्षित मुद्राको रूपमा लिने गरिएको छ । बजारमा अत्यधिक माग भएपछि डलरको भाउ अवश्य माथि जाने नै भयो । यसमा पनि मुख्य गरी डलर, सुन, पेट्रोलियम, खानेतेल, खाद्यान्नको भाउमाथि जान्छ । यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा यी राष्ट्रको युद्धले नेपाललाई असर गर्छ ।
नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यान्नको आयात ठूलो मात्रामा हुनेगरेको छ । खासगरी युक्रेन संकटको तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने देखिन्छ । अतः सुन र कच्चातेलको मूल्य संसारभर नै अकाशिन थालिसकेको छ । यी दुवै वस्तु अन्तर्राष्ट्रिय बजारका सबैभन्दा महत्वपूर्ण हुन् । नेपाली उत्पादनको निर्यात नगन्य भए पनि तत्काल आयात प्रतिस्थापनको विकल्प नहुँदा समस्या देखिन्छ । खासगरी युक्रेनबाट आउने खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण एवं तयारी कपडा तथा मुलुकबाट निर्यात हुने कार्पेट, चिया र चित्रकलाको व्यापारमा समस्या आउने देखिन्छ । जुन पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी, कृषि उत्पादन र औद्योगिक उत्पादनमा प्रभाव पार्ने भएकाले पनि यसको विकल्पका लागि समयमै ध्यान दिनु आवश्यक छ । जसमा आत्मनिर्भर अर्थतन्त्रका लागि कम्तीमा आधारभूत कृषि वस्तुमा उत्पादन वृद्धिको विकल्प छैन भन्ने पनि यसले पाठ पढाएको जानकारहरू बताउँछन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया