कोरोनापछि उकालो लागेको पर्यटन
काठमाडौं । लगभग तीन वर्षको कोरोना महामारीको सम्झना हामी कसैको मानसपटलबाट पनि हराइसकेको छैन । हुन पनि कोरोना महामारीले कसैले नसोचेको स्तारमा विश्वव्यापी रूप लिएपछि विश्व पर्यटनमा कसैले पनि नसोचेको स्तरमा ‘डाउन–फल’ सुरु भयो । हुन त तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलगायत अन्य केही देशका सरकार प्रमुखहरूले कोरोना महामारीलाई अति हलुका रूपमा लिएका थिए । त्यसो भए पनि यसले व्यापकस्तरमा विश्वभरि फैलने क्रम बढाएपछि विश्वभरिकै पर्यटकीय गन्तव्यहरू बन्द भए, बन्द गरियो ।
भनाइको मतलब धेरैजसो देशले घुमघाम र पर्यटकीय गतिविधिहरू पूर्णरूपमा बन्द ग-यो । हुन त इतिहास हेर्दा त्यसअघि पनि विभिन्न खाले ठूल–ठूला महामारी फैलिएको थियो । तर त्यसबेला कुनै पनि देशले त्यसरी पूरै यात्रा र घुमघाममा प्रतिबन्ध लाएको थिएन । विश्व पर्यटन संगठन यूएन डब्लूटीओले त्यसबेला गरेको अध्यययनअनुसार दुई सय १७ सानाठूला (अरुको अन्डरमा रहेका टापु देशहरू समेत) देशले यात्रा र घुमघाममा प्रतिबन्ध लगाएको थियो । त्यस्तै शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द गरिएको थियो । जसले गर्दा तत्कालै हवाइ तथा जलयात्रामा ३३ प्रतिशतसम्म कमी आएको थियो । पछि यो क्रम (हवाइ तथा जलयात्रा) अरु बढ्यो । हुन त यस्तो प्रतिबन्धले कहिलेसम्म धान्न सकिन्थ्यो र ? त्यसैले बिस्तारै विश्वका केही देशले कोरोना महामारी फैलिएको देशको अवस्था हेरेर आफ्नो देशमा आउन चाहने विदेशी पर्यटकका लागि सातदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरे र कुनै देशका नागरिकलाई निश्चित अवधिसम्म आफ्नो मुलुकमा प्रवेश गर्नै नपाउने गरी प्रतिबन्ध लगाए ।
कुनै देशले आंशिकरूपमा आफ्नो देशको सीमा बन्द गरे । कुनै देशले पूर्णरूपमा आफ्नो देशको सिमाना बन्द गरे । कुनै देशले पूर्णरूपमा हवाइ उडान बन्द गरे । कुनैकुनै देशले चाहिँ कोरोना केही होइन भनी आफ्नो देशमा यात्रा गर्न र घुमघाम गर्न दिए । तर त्यसो गर्नुकोे असर बिस्तारै नराम्रोसँग पर्न थालेपछि उनीहरूले पनि विवश भएर आफ्नो देशमा यात्रा र घुमघाममा अस्थायीरूपमा प्रतिबन्ध लगाए । विश्वमा परेको कोरोना महामारीको असरबाट नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । तर, समयक्रमसँगै सन् २०२२ को मध्यदेखि चाहिँ पर्यटनमा केही सकारात्मक परिवर्तन देखिन थाल्यो भने सन् २०२३ देखि त विश्व पर्यटन क्षेत्रमा स्वाभाविकरूपमा ‘अप–राइज’ सुरु भएको मान्न सकिन्छ ।
हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानीसरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड–१९) विश्वव्यापी महामारीपछिको सन् २०२० र सन् २०१ मा विश्व पर्यटन क्षेत्रमा कस्तोसम्म स्थिति आयो भने, जसले गर्दा विश्व पर्यटन क्षेत्रमा सन् २०२० र सन् २०२१ मा विश्वव्यापी रूपमा पर्यटन क्षेत्रमा ठूलो स्केलमा पर्यटकीय मन्दी (लगभग बन्द नै) आयो । विश्वका पर्यटनविद् वा भनौँ विज्ञहरूले सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानीसरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड–१९) ले सन् २०२० मा विश्वव्यापी पर्यटन आगमनदरमा ३० प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको जसरी विश्वव्यापी रूपमा महामारीका रूपमा फैलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा शून्यता छायो ।
अर्थात् विश्व पर्यटनमा सोच्दै नसोचेको स्तरमा ‘डाउन–फल’ भयो । सन् २०२१ म ६३६ दशमलब पाँच बिलियन अमेरिकी डलर आम्दानी विश्व पर्यटनमा । त्यस्तै सन् २०२० मा पाँच सय ५९ बिलियन अमेरिकी डलर आम्दानी भयो । तर, सन् २०२३ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको संकेत मिलेको छ भनी माथि नै पनि लेखिएको छ । किनभने सन् २०२२ मा नौ सय मिलियन अर्थात् ९० करोड पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । त्यस्तै सन् २०२१ मा छ सय ६७ दशमलव ७३ मिलियन विभिन्न देशका पर्यटकले विश्व भ्रमण गरेका थिए । जब कि सन् २०२० मा चाहिँ केबल चार सय १५ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । जब कि तथ्यांकअनुसार सन् २०१९ मा एक दशमलव पाँच बिलियन पर्यटक भ्रमण गर्न निक्लेका थिए ।
नेपालमा चाहिँ सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक संख्या नेपाल भ्रमण गर्न आएका थिए । स्मरणीय के छ भने सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमणमा आएका थिए भने सन् २०२१ मा चाहिँ केबल एक लाख ३१ हजार विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । तर सन् २०२२ मा फेरि यो संख्यामा बढोत्तरी भएर छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकको संख्या पुग्यो ।
यो क्रम अरु बढ्ने क्रम जारी छ । फलतः सन् २०२३ को तीन महिनामै नेपालमा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अझै धेरै संख्यामा बढाउन के गर्ने ? साथै विदेशी पर्यटकको नेपाल बसाइ अवधिका साथै नेपाल बसाइको क्रममा प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च कसरी बढाउने भन्ने सम्बन्धमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया