बाह्रौँ जनगणनामा साक्षरता
काठमाडौं । नेपालमा श्री ३ महाराज चन्द्र शमशेरका पालामा विसं १९६८ देखि सुरु भएको जनगणना गर्ने कार्यको थालनी अहिले पनि निरन्तर छ । यो राष्ट्रिय जनसंख्या लिने तथ्यांक प्रत्येक १०/१० वर्षमा गरिँदै आएको छ । यस्ता किसिमका जनगणना देशमा हालसम्म १२ पटक गरिसकिएको छ । प्रत्येक पटक कुनै न कुनै नयाँ सन्दर्भ समेत समावेश गरेर जनतालाई प्रश्न गर्ने गरिएको छ । यसरी हाम्रो देशको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यसर्थ नेपाल सरकारको केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा लिएको जनगणनाको तथ्यांक विश्लेषणसहित सार्वजनिक गरेको अन्तिम नतिजाले विभिन्न नयाँ तथ्यांक सार्वजनिक गरेको छ । अतः यसले देश विकास गर्नको लागि तथ्यांकको महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसमध्ये कुनै पनि देशको साक्षरता प्रतिशतले पनि त्यतिकै महत्व राख्दछ । देशभर पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका कुल दुई करोड ६६ लाख ७५ हजार नौ सय ७५ जनसंख्यामध्ये दुई करोड तीन लाख ४१ हजार छ सय २३ जना पढ्न र लेख्न जान्ने रहेका छन् । जसमा भन्ने हो भने पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । यसै सन्दर्भमा राष्ट्रको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यसको साथसाथै केन्द्रीय तथ्यांक विभागले चैत्र १० गते सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार राष्ट्रमा पाँच वर्ष वा सोभन्दा बढी उमेका कुल जनसंख्याको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको हो । यसलाई पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत र महिलाको ६९ दशमलव ४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । यसरी नै २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५ दशमलव ९ प्रतिशत थियो । जसमा पुरुषको ७५ दशमलव १ र महिलाको साक्षरता दर ५७ दशमलव ४ प्रतिशत थियो । तसर्थ सम्बन्धित निकायको भनाइअनुसार जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४ दशमलव २ प्रतिशत रहेको तथ्यांक विभागले बताएको छ ।
हालैको तथ्यांकले के पुष्टि गरेको छ भने नेपालको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ । यसमा पनि भन्ने हो भने साक्षरता दर पुरुषको भन्दा १४ दशमलव २ प्रतिशत कम महिलाको छ । यसरी हेर्ने हो भने पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । जुन अघिल्लो जनगणना २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५ दशमलव ९ प्रतिशत थियो । जसमा पुरुषको ७५ दशमलव १ र महिलाको साक्षरता दर ५७ दशमलव ४ प्रतिशत रहेको थियो । यसैगरी सहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको शैक्षिक अवस्था तथा साक्षरता स्थिति दरलाई मध्यनजर गर्ने हो भने नगरपालिका क्षेत्रमा रहेको जनताको कुल साक्षरता दर ७८ दशमलव ५ प्रतिशतमध्ये पुरुष ८५ दशमलव ४ प्रतिशत र महिला ७१ दशमलव ९ प्रतिशत रहेको हालैको ताजा तथ्यांकले देखाएको छ । त्यसरी नै गाउँपालिका क्षेत्रमा बसोबास गर्ने जनताको कुल साक्षरता दर ७१ दशमलव ९ मध्ये पुरुष ७९ दशमलव ८ प्रतिशत र महिला ६४ दशमलव ४ प्रतिशत रहेको छ ।
नेपालको भौगोलिक क्षेत्रलाई अवलोकन गर्ने हो भने कुल हिमाली क्षेत्रको जनसंख्याको साक्षरता ७२ दशमलव ८ प्रतिशत रहेको देखिन्छ । त्यसमा पनि पुरुष ८१ दशमलव १ प्रतिशत छ भने महिलाको ६४ दशमलव ८ प्रतिशत रहेको छ । त्यसरी नै पहाडको कुल साक्षरता जनसंख्यामा साक्षरता दर ८० दशमलव ९ प्रतिशतमध्ये पुरुष ८७ दशमलव ९ प्रतिशत र महिला ७४ दशमलव ३ प्रतिशत रहेको छ । त्यसैगरी तराई क्षेत्रलाई हेर्ने हो भने कुल तराई क्षेत्रको कुल जनसंख्या साक्षरता ७३ दशमलव १ प्रतिशतमध्ये पुरुष ८० दशमलव ५ प्रतिशत र महिला ६६ दशमलव १ प्रतिशत रहेको छ । यसैगरीकन मुलुकका ७७ वटै जिल्लाहरूमा ५५ प्रतिशतभन्दा धेरै साक्षरता दर देखिएको छ । यसरी सबैभन्दा बढी साक्षरता दर रहेका पाँच जिल्लाहरू क्रमशः काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र चितवन रहेका छन् । त्यसैगरी सबैभन्दा कम साक्षरता दर रहेका पाँच जिल्लाहरूमा क्रमशः रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा रहेका छन् । यसरी यी ७७ वटै जिल्लाहरूलाई समष्टिरूपमा अध्ययन गर्ने हो भने काठमाडौं जिल्ल सबैभन्दा बढी ८९ दशमलव २३ प्रतिशत र रौतहट जिल्ला सबैभन्दा कम साक्षरता दर ५७ दशमलव ७५ प्रतिशत रहेको छ । त्यसरी नै पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा क्रमशः ९४ दशमलव १९ र ८४ दशमलव १६ प्रतिशत रहेको छ । यसमा पनि भन्ने हो भने रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाहरूको भन्दा कम रहेको छ ।
देशको प्रदेशगत रूपमा अध्ययन गर्ने हो भने कोशी प्रदेशको कुल साक्षरता दर ७९ दशमलव ७ प्रतिशतमध्ये पुरुष ८६ दशमलव १ प्रतिशत र महिला ७३ दशमलव ६ प्रतिशत रहेको छ । त्यसरी नै मधेश प्रदेशमा भने कुल साक्षरता दर ६३ दशमलव ५ प्रतिशतमध्ये पुरुष ७२ दशमलव ५ प्रतिशत र महिला ५४ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै गरी बागमती प्रदेशको कुल साक्षरता दर ८२ दशमलव १ प्रतिशतमध्ये पुरुष ८८ दशमलव ३ र महिला ७६ प्रतिशत रहेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कुल साक्षरता दर ८१ दशमलव ७ प्रतिशतमध्ये पुरुष ८८ दशमलव ८ र महिला ७५ दशमलव ३ प्रतिशत रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा कुल साक्षरता दर ७८ दशमलव १ प्रतिशतमध्ये पुरुष ८५ दशमलव २ प्रतिशत र महिला ७१ दशमलव ५ प्रतिशत रहेको छ । त्यसरी नै कर्णाली प्रदेशमा कुल साक्षरता दर ७६ दशमलव १ प्रतिशतमध्ये पुरुष ८३ दशमलव ३ प्रतिशत र महिला ६९ दशमलव ४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ र सुदूरपश्चिम प्रदेशमा कुल साक्षरदता दर ७६ दशमलव २ प्रतिशतमध्ये पुरुष ८५ दशमलव ४ प्रतिशत र महिला ६८ दशमलव २ प्रतिशत रहेको छ ।
नेपाल सरकारले साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र अगाडि सार्दै २०७६ सालसम्म सबै जिल्ला हुँदै नेपाल देश नै साक्षर घोषणा गरी निरक्षरता उन्मूलन गर्ने नीति अघि सारेको थियो । सो अवधिमा उल्लेख्य प्रगति नदेखिएपछि २०७७÷७८ सालसम्मको लक्ष्य थप गरेको थियो । सो अवधिसम्म जम्मा ६१ जिल्ला मात्र साक्षर जिल्लाका रूपमा घोषणा हुन सके । अतः अझै १६ जिल्ला घोषणा गर्न बाँकी नै छ । विगतका वर्षबाटै साक्षर नेपालका लागि अर्बाैँ रकम विनियोजित भएर पनि प्रगति हुन नसकेका यी जिल्लाका हकमा अलग्गै क्याम्पियन सञ्चालन नगर्दासम्म सरकारी लक्ष्य पूरा हुने छाँट देखिँदैन । विगतमा विनियोजत रकम के मा खर्च भयो ? रकम खर्चिएर पनि साक्षरता अभियान किन पूरा हुन सकेन यसको समीक्षाविना थप लगानी पुनः बालुवामा पानी नहोला भन्ने आधार भेटिँदैन । जुन शिक्षाको उज्यालो घामबाट कसैले पनि वञ्चित हुन नपरोस् भन्ने शिक्षा दिवस २०३१ को नारा, विश्वको सहश्राब्दी विकास लक्ष्य, सबैका लागि शिक्षाजस्ता अन्तर्र्राष्ट्रिय फोरममा नेपालले गरेको प्रतिबद्धता, दिगो विकास लक्ष्य २०३० को लक्ष्य नम्बर ४ मा सबैका लागि समावेशी र समानतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसर प्रवर्द्धन गर्ने कुरा उल्लेख गरिनुजस्ता कारणले नेपालले सबैका लागि शिक्षाका लागि विशेष पहल गर्नुपर्ने पनि भएको छ ।
समग्रमा भन्नुपर्दा नेपाल अधिराज्य भरीको सातै प्रदेशलाई सरसर्ती हेर्ने हो भने बागमती प्रदेशमा सबैभन्दा बढी साक्षरता दर रहेको छ । यसमा बागमती प्रदेशमा पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्याको ८२ दशमलव १ प्रतिशत साक्षर रहेका छन् । त्यसरी नै प्रदेशगतरूपमा अध्ययन गर्ने हो भने सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा ६३ दशमलव ५ प्रतिशत रहेको छ । त्यसैगरी प्रदेशगतरूपमा पुरुषको साक्षरता दर गण्डकी प्रदेशमा सबैभन्दा बढी उच्च रहेको छ । त्यस्तै गरी प्रदेशगतरूपमा हेर्दा पुरुषको सबैभन्दा कम साक्षरता दर मेधेश प्रदेशमा ७२ दशमलव ५ प्रतिशत रहेको छ । त्यसरी नै पुरुष र महिलाको साक्षरता दरलाई दृष्टिगत गर्दा समेत मधेश प्रदेशमा अन्य प्रदेशहरूको दाँजोमा सबैभन्दा कम प्रतिशत साक्षरता दर रहेको देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया