Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग२०८० साल सबैका लागि सुुखद बनोस्

२०८० साल सबैका लागि सुुखद बनोस्


काठमाडौं, विश्वव्यापीरुपमा छाएको आर्थिक मन्दीले हाम्रो देश पनि अछूतो रहेन । यसो हुनुका विविध कारणहरु हुन सक्छन् । ती कारणहरुमध्ये विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसलाई मुख्य रुपमा गणना गरिएको छ । त्यसपछिको अर्को अर्थात् दोस्रो मुख्य कारण रुस–युक्रेन युद्धलाई मानिएको छ । विश्व मन्दीले युरोप अमेरिकाजस्ता शक्तिसम्पन्न राष्ट्रहरुमा पनि आर्थिक संकट छाएको छ । जसको कारण अमेरिकामा पछिल्लो समय बेरोजगारीको संख्यामा निकै ठूलो बढोत्तरी आएको छ । बेलायतमा पनि मन्दीको समस्या उस्तै छ ।

विश्व अर्थ बजारमा ठूलो हिस्सा ओगट्न सफल ट्विटर र फेसबुकजस्ता कम्पनीमा कामदारको ठूलो कटौती गरिएको अवस्था छ । ती कम्पनीका कतिपय अति आवश्यक कामदार पनि आधा तलबमा काम गर्न बाध्य छन् । अमेरिका, बेलायतबाहेकका जर्मनी, फ्रान्स, जापान, अष्ट्रेलियाजस्ता शक्तिसम्पन्न देशले पनि यतिबेला विश्व मन्दीको सामना भोग्नुपरिहेको छ ।

आर्थिक मन्दीको असर विकसित देशमा मात्र छैन । अल्पविकसित देशमा पनि उत्तिकै असर परेको छ । यतिखेर हाम्रो देशमा सरकारी क्षेत्रका कर्मचारीहरु आफ्नो पाकेको तलब नपाएर हैरान हुनुपरेको विषमपूर्ण अवस्था छ । त्यस्तै निजी क्षेत्रका संघ÷संस्थाहरुमा कार्यरत श्रमिकहरुले पनि तलब नपाएको अवस्था छ । यसको अर्थ आर्थिक मन्दीले विस्तारै गाँज्न थालेको मात्र नभएर यो अझ सशक्त बन्दै गएको अवस्था देख्न र सुुन्न थालिएको छ ।

बैंकमा पैसा छ तर लगानी हुनसकेको छैन । लगानीकर्ता आर्थिक मन्दीको चपेटामा परेको कारण लगानी गर्न डराएको अवस्था अहिले हो । अर्कोतर्फ बैंकको ब्याजदर पनि बढेको स्थिति हो । बैंकको ब्याजदर बढेको कारण हत्तपत्त उद्योगी व्यवसायीले ऋण लिन चाहिरहेका छैनन् । एकप्रकारले भन्ने हो भने व्यापार व्यवसाय नै ठप्प हुने अवस्था सिर्जना भएको छ । जसका कारण बजारमा आर्थिक चलायमान हुनसकेको छैन । राष्ट्र बैंक र सरकारबीच आर्थिक संकट समाधान गर्ने विषयमा तालमेल छैन । सरकारले लक्ष्यअनुसारको कर उठाउनसकेको छैन ।

राजस्व संकलन न्यून भएको कारण सरकारको ढुकुटीमा रकम अभाव भएको छ । सरकारी ढुकुटीमा रकम अभाव हुँदा समग्र देशको अर्थतन्त्रमा सघन असर पुगेको छ । विकास निर्माणका कामहरु ठप्पप्रायः भएका छन् । सरकारी कर्मचारीले तलब नपाएको दुई महिना भइसकेको अवस्था छ ।

औद्योगिक क्रान्ति गर्ने यही विराटनगरको हकमा कुरा गर्ने हो भने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीदेखि सो कार्यालयका तल्लो तहका कुनै पनि कर्मचारीले दुई महिनादेखि तलब बुझेका छैनन् । जिल्ला अदालतको अवस्था पनि त्यस्तै छ । त्यहाँका न्यायाधीशले चैतसम्म गरी दुई महिना हुन लाग्यो तलब खान नपाउने अवस्था छ । उता भन्सारका कर्मचारीको हालत पनि उस्तै छ ।

त्यहाँका कर्मचारीले पनि तलब नबुझेको दुई महिना भयो । अझ सरकारी अड्डामा करारमा काम गर्ने अधिकांश कर्मचारीले तीन महिना भयो तलब नबुझेको । जिल्ला प्रशासन कार्यालय मोरङमा करारमा नियुक्त एक महिला कर्मचारीले आफूले भोकै काम गर्नुपरेको गुनासो गरिन् । त्यहाँ कार्यरत अधिकृतस्तरका एक कर्मचारीले भने, ‘महंगी चरम बढेको स्थितिमा तलब पनि पाइँदैन कसरी पो घर चलाउने हो, यहाँ त इज्जतको सवाल छ, मागौँ कसलाई मागौँ ।’ त्यस्तै भन्सारका एक कर्मचारीले भने, ‘जग्गा बेचौँ किन्ने कोही छैन, सेयर बेचौँ घटेर सावाँ पनि गुमेको अवस्था छ । चारैतिर अन्धकार छाएको छ । अब कसरी पो बाँच्ने हो ।’ यी त प्रतिनिधि पात्र मात्र हुन् । धेरैको गोजी खाली भएको अवस्था बुझ्न यी नै प्रतिनिधिपात्रको भनाइबाट पनि देशको आर्थिक अवस्था कति जर्जर भएको छ भन्ने सजिलै पुष्टि हुनपुग्छ ।

आर्थिक मन्दीले सरकारी क्षेत्र मात्र गाँजेको छैन । गैसरकारी तथा निजी क्षेत्र पनि उत्तिकै संकटग्रस्त अवस्थामा छ । ती संघ÷संस्थामा काम गर्ने श्रमिकहरुले तलब नपाएको कम्तीमा तीनदेखि बढीमा ६ महिना बितिसकेको छ । उद्योगी व्यवसायीले बजारमा गएको पैसा नउठेको एकदेखि डेढ वर्ष बितिसकेको बताएका छन् । उनीहरुले आफ्ना उद्योगधन्दामा लगानी नगरेको पनि त्यति नै समय भइसकेको छ ।

अपवादमा केही नयाँ उद्योगमा बाध्यताले लगानी गरे पनि पूर्णरुपमा चलाउन सक्ने अवस्था छैन । उनीहरुले पनि श्रमिकलाई नियमित तलब भुक्तान गर्न सकेका छैनन् । कतिपय वित्तीय संस्थाहरुमा तरलता संकुचन अझै पनि कायमै छ । यसको पछिल्लो उदाहरण सहकारी क्षेत्र भएको छ ।

सहकारीले आफ्ना बचतकर्तालाई समयमा भुक्तानी गर्न नसकेको अवस्था छ । कतिपय सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेका घटना पनि एकपछि अर्को गर्दै सार्वजनिक भएका छन् । सुनसरीको वराह सहकारी संस्था डुबेको घटना सेलाउन नपाउँदै विराटनगरको अर्बौँ आर्थिक कारोबार गर्ने तुलसी सहकारी संस्था पनि डुबेको छ ।

जसको बचत रकम नै डेढ अर्ब रुपैयाँभन्दा बढी छ । त्यस सहकारीका दुई जना सञ्चालक र एक जना व्यवस्थापक आर्थिक अपचलनको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका छन् । सो संस्थाका अध्यक्ष केदारनाथ शर्मा दुई महिनादेखि फरार छन् । बचतकर्ताहरु आर्थिक तथा मानसिक संकटबाट ग्रुजिरहेका छन् । यो त एउटा सानो उदाहरणमात्र हो ।

आर्थिक मन्दीको असरले उत्पादनमूलक वस्तुको भाउ पनि बढेर आकाश छुने अवस्था छ । विशेष गरी पशुपालन क्षेत्रमा नराम्रोसँग असर गरेको छ । पशु आहार अचाक्ली बढेको कारण सानाखाले व्यवसायीहरु आर्थिक चपेटाबाट क्रमशः व्यवसायबाट नै पलायन हुने स्थिति छ । त्यस्तै कुखुरा तथा पन्छीपालक तथा व्यवसायी पनि अप्ठ्यारो अवस्थामा छन् । कतिपयले महंगो दाना खरिद गर्न नसकेर व्यवसाय नै गर्न छोडेका छन् वा त्यागेको अवस्था पनि छ । यसले


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया