बीमा व्यवसाय प्रवर्द्धनका उपाय
काठमाडौं । साधारणतया व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, आगलागी, बिस्फोट, सडक एवं हवाई दुर्घटना, चोरी, डकैती, मृत्यु आदि कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ ।
वस्तुतः जोखिमलाई आफ्नै क्षमताभित्र वहन गर्न सकिन्छ । साधारणतः न्यूनतम खर्चमा बीमाशुल्क बुझाई आफ्ना सम्पत्ति, आम्दानी, दायित्व एवं कामदारहरूको अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । तर, धेरैले यसलाई राम्ररी बुझेका छैनन् ।
विश्वमा प्राकृतिक वा भइपरीरूपमा आउने कुनै पनि जोखिमबाट हुने क्षतिपूर्तिको लागि जीवन तथा निर्जीवन बीमा गर्ने प्रचलन छ । कुनै एक बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमा शुल्क भुक्तानी गरी बीमायोग्य जोखिम हस्तान्तरण गरिन्छ ।
बीमालेखमा बीमा गर्नु, प्रस्ताव गर्नेले बीमा प्रस्ताव गर्दा उल्लेख गरिएका कुरालाई आधार मानी, प्रस्तावकको नाम, ठेगाना, जोखिम विवरण, बीमा शुल्क बुझाएको रसिद, बीमा गरिएका वस्तु÷व्यक्ति वा अन्य कुराहरू उल्लेख गरिएको हुन्छ ।
नेपाल बैंकको स्थापनापश्चात् तत्कालीन रघुपति जुटमिल र जुद्ध म्याच फ्याक्ट्रीलाई नेपाल बैंकले कर्जा प्रवाह गर्न थालेदेखि नेपालमा बीमाको आवश्यकता महसुस गरियो । त्यतिबेला यहाँ भारतीय बीमाहरूले कर्जाको बीमा गर्ने प्रचलन थियो । त्यसैले यो जनसमक्ष धेरै प्रचलित थिएन ।
नेपाल बैंकको सक्रियतामा विसं २००४ मा स्थापित माल चलानी तथा बीमा कम्पनी विसं २०१६ मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनीको नाममा परिवर्तन गरियो । विसं २०४८ मा निर्जीवन बीमाको काम गर्नका लागि नेपाल इन्स्योरेन्स कम्पनी स्थापना गरियो ।
विसं २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान स्थापना गरियो । विसं २०२९ देखि यहाँ जीवन बीमा व्यवसाय सुरु गरियो । विसं २०४० पश्चात् यहाँ निजी क्षेत्रद्वारा सञ्चालित बीमा कम्पनीहरूको विस्तार एवं विकास भइरहेको छ । हालसम्म यहाँ २० निर्जीवन, १८ जीवन बीमा र एक पुनर्बीमा कम्पनीको स्थापना गरिएको छ । निजी क्षेत्रबाट एक अर्को पुनर्बीमा कम्पनी पनि छिटै सञ्चालनमा आउने भएको छ ।
नेपालमा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्न नियमनकारी संकायको आवश्यकता महसुस गरी नेपाल सरकारबाट बीमा ऐन जारी गरियो । जसअनुसार बीमा समितिको स्थापना गरिएको छ । तर यसले आशा गरेअनुरूप काम गर्न सकेको छैन ।
बीमा व्यवसाय प्रवर्द्धनका लागि पुनर्बीमा कम्पनीले महत्वपूर्ण भूमिका खेल्छ । यही कुरालाई हृदयङ्गम गरी नेपालमा पनि पुनर्बीमा कम्पनी स्थापना गरिएको छ ।
वस्तुतः नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको अधिक सेयरमा स्थापित विश्वभर कार्यक्षेत्र भएको नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । यो कम्पनीको मुख्य उद्देश्य यहाँको बीमा कम्पनीहरूलाई स्थानीयस्तरमा विश्वस्तरीय पुनर्बीमा सेवा प्रदान गर्नु र यहाँबाट पुनर्बीमा शुल्कबापत विदेशिएको मुद्राको हिस्सालाई कम गर्नु तथा विभिन्न मुलुकहरूबाट पुनर्बीमा व्यवसाय ग्रहण गरी विदेशी मुद्रा आर्जन गर्नु, पुनर्बीमा व्यवसाय सञ्चालनमार्फत स्रोत तथा साधनहरू संकलन र सोको सर्वांगीण देश विकासमा परिचालन गर्नु, स्वदेशमा आवश्यक रोजगारी सिर्जना गर्नु र क्षेत्रगत जनशक्तिका लागि केही योगदान दिनु रहेको छ । यति मात्र नभई यहाँको बीमा बजार र बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरण गर्न उक्त कम्पनीको कम महत्व छैन ।
उक्त कम्पनीको व्यावसायिक रणनीतिअनुरूप वित्तीय क्षमता वृद्धि गर्ने, गुणस्तरीय पूर्वाधार स्थापना गर्ने र संरक्षित एवं तुलनात्मकरूपमा बढी प्रतिफलदायी क्षेत्रमा लगानी वृद्धि गरी आयवृद्धि गर्ने, कम्पनीको आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई अधिकतम सेवा प्रदान गर्ने कार्यक्रमहरू छन् । यसबाट नेपालको बीमा व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्नेछ ।
व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, विस्फोट, आगलागी, चोरी, डकैती, सडक एवं हवाई दुर्घटना, मृत्युजस्ता कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ ।
विश्वमा प्राकृतिक तथा भैपरीरूपमा आउने कुनै पनि जोखिमबाट हुने क्षतिपूर्तिका लागि जीवन तथा निर्जीवन बीमा गर्ने प्रचलन छ । बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमा शुल्क भुक्तानी गरे बीमायोग्य जोखिम हस्तान्तरण गरिन्छ ।
बीमालेखमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्ति वा संस्थाले बीमा प्रस्ताव गर्दा उल्लिखित कुराहरूलाई आधार मानी प्रस्तावकको नाम, ठेगाना, जोखिम विवरण, बीमा शुल्क, बुझाएको प्रमाण, बीमा, गरिएका व्यक्ति, वस्तु वा अन्य कुरा उल्लेख गरिएको हुन्छ । नेपालमा हालसम्म २० निर्जीवन, १८ जीवन र १ पुनर्बीमा कम्पनी बीमा बजारमा क्रियाशील छन् । निजी क्षेत्रद्वारा स्थापित एक अर्को पुनर्बीमा कम्पनी पनि छिटै सञ्चालनमा आउने भएको छ ।
यहाँ बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण र अनुगमन गर्न तत्कालीन अवस्थामा नियन्त्रणकारी निकायको आवश्यकता महसुस जारी गरियो । जसअनुसार बीमा समितिको स्थापना गरियो ।
वस्तुतः बीमा भनेको बीमा कम्पनी तथा व्यक्ति÷संस्थाको हितमा जारी गरिएको सम्झौता हो । तर, नेपालका धेरैजसो बीमा कम्पनीहरूले जोखिम बहन गर्ने सम्झौताको आधारमा प्रिमियम लिने तर कुनै घटना भएमा भुक्तानी दिन आनाकानी गर्छन् ।
यी कम्पनीहरूले आकर्षक योजनाहरूसहित विज्ञापन गरेर सर्वसाधारण र व्यवसायीहरूलाई आकर्षण गर्छन् । तर, कुनै अप्रिय घटना भएमा विभिन्न कागजातहरूको झन्झट देखाई बीमा गर्न व्यक्ति वा संस्थालाई दुःख दिन्छन् । यसबाट बीमा कम्पनीहरूको विश्वासमा आँच आउन सक्छ ।
कोरोना बीमा मापदण्ड २०७७ ले व्यवस्था गरेअनुसार आवश्यक कागजात पूरा भएको सात दिनमा कोरोना पोजिटिभ भएको व्यक्तिले बीमाको क्षतिपूर्ति पाउनुपर्ने प्रावधान छ । तर, धेरैजसो बीमा कम्पनीहरूले उक्त प्रावधानको पालना गरेका छैनन् ।
कतै त बीमा भुक्तानी दाबी गरेको तीन महिनासम्म पनि यसको भुक्तानी नपाएको गुनासो छ । बीमा समिति क्रियाशील भए पनि अर्थमन्त्रीले भुक्तानीका लागि आदेश दिनुपर्ने कम लज्जास्पद होइन । नियमअनुसारको कागजातहरू दाबी गर्ने व्यक्ति वा संस्थाले अझसम्म केही बीमा कम्पनीहरूबाट भुक्तानी नपाउनु दुःखका कुरा हो ।
बीमाको दाबी भुक्तानीका लागि कोरोना परीक्षण नै नगराई कोरोना पोजिटिभको रिपोर्ट पेस हुने जोखिम पनि बीमा कम्पनीहरूमा नभएका होइनन् । तर, यसबारे सम्बन्धित कर्मचारीहरू सतर्क हुनु जरुरी छ ।
कोरोना परीक्षण गर्ने प्रयोगशालाचाहिँ सरकारी होस् वा गैरसरकारी सबैले नतिजालाई मान्नुपर्ने सरकारी निर्देशन भए पनि सरकारी प्रयोगशालालाई मात्रै बीमा कम्पनीहरूले भुक्तानीका लागि मान्यता प्रदान गर्नु न्यायोचित देखिँदैन ।
विदेश जाने व्यक्तिहरूले सरकारी प्रयोगशालामा मात्र परीक्षण गराएका व्यक्तिलाई विमान सेवा प्रदान गर्ने भन्ने सरकारको पछिल्लो निर्णय पनि न्यायपूर्ण छैन । किनभने यसो गर्नाले विदेश जाने व्यक्तिहरूले धेरै समय कुर्नुपर्ने हुन्छ ।
विगतमा कोभिड–१९ को जोखिम संरक्षणका लागि धेरै बीमालेखको बिक्री सुरु गरिएको भए पनि अनुमानको भरमा भारी बीमालेख बिक्री गर्ने र मनग्य नाफा आर्जन गर्ने योजना बनाएका बीमा कम्पनीहरूलाई बढ्दो संक्रमणले चुनौती थप्यो । तर, बीमा व्यवसाय प्रवर्द्धनका लागि बीमित व्यक्ति वा संस्थाहरूलाई जसरी पनि दाबी भुक्तानी यथोचित समयमा दिनुपर्छ । सो गर्नसके मात्र उनीहरूको बीमा कम्पनीहरूप्रति आस्था बढ्छ ।
कोभिड–१९ को महामारी, उच्च मुद्रास्फीति आर्थिक वृद्धिदरमा गिरावट र रसिया–युक्रेन युद्धका कारणमा विश्व अर्थतन्त्रमा संकुचन आएको छ । सन् २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३ दशमलव २ प्रतिशतमा झर्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको थियो । हालसम्म पनि उक्त आर्थिक वृद्धिदर न्यून नै छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण एकतर्फ उपभोग्य वस्तुहरूको मूल्य बढेको छ भने अर्कोतर्फ यिनीहरूको आपूर्तिमा गम्भीर असर परेको छ । जुन कुरा सबैले अनुभव गरेका छन् ।
आयात बढ्ने र निर्यात घटने कारणले यहाँ व्यापार घाटा नियन्त्रण गर्न सकिएको छैन । फलतः यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।
एकातिर यहाँ मुद्रास्फीति बढेको छ भने अर्कोतिर आयात नियन्त्रणका लागि कठोर नीति अपनाए पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार गर्न सकिएको छैन । यहाँका बैंक तथा वित्तीय संस्थाहरूमा तरलता हुनाले ब्याजदर बढेको छ । जसको प्रत्यक्ष असर यहाँका उद्योग तथा व्यापार सञ्चालनमा परेको छ ।
यहाँ विप्रेषण आप्रवाहमा केही वृद्धि भए पनि अर्थतन्त्रका धेरैजसो सूचकाङ्कहरू ऋणात्मक नै छन् । योबाहेक लगानी अपेक्षाकृतरूपमा बढाउन सकिएको छैन । जसको असर बीमा व्यवसायमा परेको छ ।
वस्तुतः नेपालीहरूको आम्दानी बढाउन सके यहाँ बीमा व्यवसाय फस्टाउने सम्भावना देखिन्छ । किनभने जतिजति उनीहरू सम्पन्न हुन्छन् त्यतित्यति बढी सुरक्षाको आवश्यकता महसुस गर्छन् ।
नेपाल एक कृषिप्रधान देश भएकोले यहाँका दुई तिहाइ जनता कृषिमा आश्रित छन् । तसर्थ, उनीहरूका विभिन्न बाली तथा गाईबस्तुको बीमा गर्न सकेमा भविष्यमा उनीहरू आफ्ना कृषि कर्ममा निर्धक्कका साथ संलग्न भई बढी आयआर्जन गर्न सक्षम हुने छन् र यहाँको बीमा व्यवसायमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
यसैगरी, यहाँका उद्योगहरूको बीमा गर्न सकिएमा स्थानीय जनताका रोजगारी सुनिश्चित भई उनीहरूको आम्दानी बढ्नेछ र यहाँका बीमा व्यवसाय फस्टाउन ठूलो सघाउ हुनेछ ।
यहाँको बैंकिङ क्षेत्रमा विद्यमान तरलता अभाव एवं ब्याजदर वृद्धिको कारण विभिन्न लगानी क्षेत्रहरूमा आकलन गरेजति लगानी गर्न नसक्दा त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको छ । त्यसैले यहाँका सबै बीमा कम्पनीहरूले यसतर्फ विशेष सतर्क भई काम गर्न आवश्यक छ ।
वर्तमान समयमा बीमा व्यवसाय नेपाली अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा भएको छ । तसर्थ यसको पहुँच विस्तार एवं विकासका लागि एकातिर यहाँका स्थानीय निकायहरूसँग सहकार्य गर्न जरुरी छ भने अर्कोतिर डिजिटाइजेशनको माध्यमद्वारा बीमा सेवा प्रदान गर्न पनि उत्तिकै जरुरी छ ।
यहाँका बीमा कम्पनीहरूको क्रमिक सुधारका लागि एकतर्फ हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै यिनीहरूका नीति–नियम, विनियम, आन्तरिक लेखापरीक्षणलगायत बीमा प्राधिकरणबाट बेला–बेलामा प्राप्त निर्देशनहरूको पालन गर्नुपर्छ । उक्त बीमा कम्पनीहरूको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाएर विद्यमान स्रोतसाधनहरूका उच्चतम परिचालन गर्न पछि पर्नु हुँदैन । यति मात्र नभई, यहाँका सबै बीमा कम्पनीहरूका प्रधान कार्यालय तथा शाखाहरूमा सहज तथा प्रभावशाली सेवा प्रदान गर्न सूचना तथा सञ्चार प्रणालीमा विशेष जोड दिनुपर्छ । यसो गर्नसकेमा उक्त कम्पनीहरूको भविष्य उज्ज्वल हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया