स्कुल बिदाइमा विद्यार्थीले लेखे, ‘अब खाडीमा भेटौँला !’
काठमाडौं । करिब १५ वर्षको अध्ययनपछि विद्यालयको बिदाइमा एक–आपसमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने बाचा गरिन्छ । तर हालै भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको निकै छोटो तर भावनात्मक सन्देश यतिबेला निकै चर्चित बनेको छ, ‘अब खाडीमा भेटौँला !’
साथीले उनको सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे’, ‘तर उनलाई त्यो विश्वास लागेन, त्यसैले खाडीमा भेटौँला भनेर उसको सर्टमा लेखेको कुरा उनी बताउँछन् । ’
‘पार्ट टाइम’ काम गरेर पढ्दै आएका उनले योभन्दा बढी पढ्न नसक्ने बताए । ‘काम गर्दाको अनुभव र मुलुकको अवस्था देखेर यहाँ टिक्न सकिन्न भन्ने उनलाई अनुभूत भएको रहेछ ।
सानो उमेरदेखि बैंकमा काम गर्ने सपना पालेका त्यो सपना पनि पूरा नहुने देखेर बाहिर जान लागेको उनले सुनाए ।
यो बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ । धेरैले यसलाई नेपाली समाजको तितो यथार्थता भनेका छन् । ‘यो प्लस–टुपछि सबै विद्यार्थीको दिमागमा चल्ने तरङ्ग हो भन्नुमा अत्युक्ति नहोला ।
नेपालमा बेलाबखत सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने कुरा सार्वजनिक भए तर ती व्यावहरिक भएनन् । सरकारले खासगरी २०६२/६३ पछिका सबै सरकारले रोजगारी दिने घोषणा गरे पनि रोजगारी दिन नसकेको बताउँछन् । अघिल्ला सरकारले समेत स्वदेशमै रोजगारीमा प्राथमिकता दिने घोषणा गरेका थिए । तर रोजगारी दिन सकेनन् । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरे पनि सरकारको कार्यक्रमको पाना भर्नेबाहेक अरु केही नहुने देखिन्छ ।
मेरा एक मित्रको छोराले विदेश जान्न नेपालमा नै पढेर यही काम गर्छु भन्नेलाई कामको सिलसिलामा मालपोत कार्यालयमा, यातायातमा र अन्य सेवाग्राही बढी चाप हुने ठाउँमा पठाएको अर्को दिन नै म पढ्न र त्यसपछि काम गर्न विदेश जान्छु’ भन्न थाल्यो रे भनेर भनेको सुन्दा कटु यथार्थ हो कि भगौडा हो छुट्याउन गाह्रो हुने रहेछ ।
निजामती सेवाको सुधार प्रयासहरूले यसको भूमिका र कार्यहरू, यसको संगठनात्मक संरचना र कार्यविधिहरू, यसको मानव संसाधन प्रणाली र यसको शासनलाई सम्बोधन गरेको छ । तर धेरै प्रयासका बाबजुद पनि निजामती सेवामा धेरै कमजोरी छन् । यी हुन्ः निजामती कर्मचारीहरूको उत्प्रेरणाको तल्लो तह, प्रशासनिक संयन्त्रका कारण सरकारी कामको सम्पूर्ण दायराले मानव जीवनलाई असर गर्छ भन्ने धारणाको कारण, सरकारी निकाय र यसका कर्मचारीहरूको संख्यामा अनावश्यक विस्तार, निर्णय प्रक्रियामा बहुतहहरू, व्यक्तिगत अधिकारीहरूलाई जवाफदेही बनाउने कमजोर संयन्त्र, चुनौती नयाँ प्रविधिलाई प्रभावकारी रूपमा अँगाल्न नसक्नु, नागरिकप्रति उत्तरदायित्वको अभाव र क्षेत्रीय कार्यालयमुनिका अधिकारीहरूलाई आवश्यक पर्ने शक्तिको विकेन्द्रीकरणको अभाव पनि समस्या भएको देखिन्छ ।
नेपालमा वर्षेनी श्रमबजारमा पाँच लाख आउँछन् । त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन् । यसअघिका सरकारले बाध्यात्मकरूपमा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म बाध्यतात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम दिन सकेको छैन । जसले गर्दा अदक्ष कामदार वैदेशिक रोजगारीमा जान बाध्य छन् । स्वदेशमा विदेशी नागरिकले अवसर पाइरहेका छन् ।
नेपालको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकमा फागुनमा मात्र कामको खोजीमा ६१ हजार आठ सय ४५ जना नेपाली विदेशिएको देखिन्छ । साथै, मुलुकमा राजनीतिक अस्थिरताले काम गर्ने वातावरण नहुनु, सरकारी कामकाजमा ढिलासुस्ती हुनु, सीपयुक्त युवा रोजगारबारे सरकार गम्भीर नहुनुलगायत कारणले विदेशिने युवाको पङ्क्तिमा कति पनि कमी आउन सकेको छैन ।
युवाहरू वैदेशिक रोजगारीका लागि लामबद्ध भएका छन् । सरकारले हरेक दिन आर्थिक समृद्धिको रटान लगाइरहँदा नेपालका गाउँ खालि हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ, कतिपय गाउँ महिलाका भरमा चलेको छ । गाउँमा विपति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ ।
सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैँ मालिक बन्न सकिन्छ । तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने मान्यता अझै पनि हाबी भएको छ ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार वार्षिक छ लाख नेपाली युवाशक्ति विदेश पलायन हुनेगरेका छन् । युवा विदेशिने क्रममा कमी होइन दिनहुँ बढोत्तरी भइरहेको छ । स्वदेशमा यसको विकल्प नखोज्ने हो भने दशकौँ सम्म नेपालीले विदेशमै श्रम बेच्दै दासत्वको जीवन बिताउनुपर्नेमा कुनै द्विविधा छैन ।
विभिन्न तथ्यांकका अनुसार नेपालका ७६ लाख मानिस वैदेशिक रोजगारीको लागि भारतदेखि खाडी मुलुक, युरोप, अमेरिका, अष्ट्रेलियासम्म पुगेका छन् । त्यहाँ पुग्नेहरूमा महिला पुरुष दुवै छन् । पेसाको हिसाबले डाक्टर, इन्जिनियर, पत्रकार, कलाकार, नर्स, विद्यार्थी, शिक्षक, सरकारी कर्मचारीलगायत सबै–सबै छन् ।
हाल आएर सकेसम्म नेपालमा नबस्ने सोचाइ अधिकांस नेपालीहरूमा रहेको कटु यथार्थ छ । अधिकांसको मनोविज्ञान ‘यहाँ बसेर केही हुँदैन’ भन्ने ढङ्गको रहेको पाइन्छ । पढ्ने नाममा, घुम्ने नाममा, रोजगारीको लागि, अन्य पेसा तथा व्यवसायको लागि भनी विदेश जानेहरूको संख्या डरलाग्दो छ ।
खाडी मुलुकमा जाने मुख्य कारण यो हो कि, लगभग सबै खाडी देशहरूमा, प्रवासीहरू नागरिकहरूको संख्याभन्दा बढी छन् । विदेशीहरूलाई राष्ट्रियता प्रदान गर्दा कतार (जसमा विदेशीहरूको संख्या ७.३ः१) र संयुक्त अरब इमिरेट्स (७.७ः१) जस्ता नयाँ अंगीकृत नागरिकहरू भएका देशहरूमा सजिलैसँग ‘मूल’ नागरिकहरूभन्दा बढी हुन सक्छ ।
गल्फ कोअपरेसन काउन्सिल सरकारहरूले आफ्ना नागरिकहरूको ठूलो ख्याल राख्छन्, निःशुल्क स्वास्थ्यसेवा, शिक्षा (विदेशमा पूर्ण वित्त पोषित छात्रवृत्तिहरू पनि), रसब्सिडीहरू (बिजुली, पानी, पेट्रोल, खाना आदि) प्रदान गर्छन् । यीमध्ये धेरैजसो देशका नागरिकहरू र आफ्ना देशका नागरिकहरूलाई मात्र उपलब्ध छन् ।
हाई स्कुल अध्ययनपछि तिनीहरूले हामीलाई बाहिर निकाल्छन् र भन्छन् ‘भविष्य हाम्रो हो, कुनै म्यानुअल निर्देशनहरूविना, डम्मीहरूको लागि हाई स्कुलपछि के हो भन्ने किताब पनि होइन । हरेक विद्यार्थी कलेजको लागि तयार हुँदैनन् र हरेक विद्यार्थी जागिरमा हिँडिरहेका छैनन् । अधिकांश हाई स्कुलबाट स्नातक गर्न पाउँदा खुसी हुन्छन् । छनोट हाम्रो हो, तर सत्य यो हो कि हामीसँग जीवनमा कुनै विकल्प छैन । जब पैसा हाम्रो प्रेरक शक्ति हो । हाम्रो प्रेरक शक्ति जोस हुनुपर्छ, जुन क्षणबाट हराएको छ जुन हामी प्रणालीमा प्रवेश गर्छौँ, जसले हामीलाई प्रेरित गर्नुको सट्टा हामीलाई तालिम दिन्छ ।’
नेपालीहरू विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भनाइले पनि धेरै युवा वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइको न्यूनता, १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको हो ।
हालका केही वर्षमा कतिपय युवाले विदेशबाट सिकेर आएको सीपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरेका पनि छन् । तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै व्यवसाय छाडेर पुनः विदेशमा जानेहरूको संख्या पनि उत्तिकै भएको कटु वास्तविकता छ ।
नेपालमा विसं २०७८ मा गरिएको जनगणनाको नतिजाअनुरूप करिब २१ लाख ७० हजार युवा विभिन्न देशमा रोजगारीका लागि गएका छन् ।
विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत रविदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवाशक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापारघाटा बढ्दै जानेलगायतका समस्या पनि नदेखिएका होइनन् ।
नेपालबाट दक्ष, पेसागत र श्रमिकको विदेशमा बढ्दो पलायनले देशको विकासमा ठूलो खतरा खडा गरेकोले यसले धेरै प्रश्नहरू अनुत्तरित बनाउँछ । के हामी आफ्नो सीप आफ्नै देशमा प्रयोग गर्न सक्दैनौँ ? के हामी आफैँलाई राम्रो बनाउन सिक्दै छौँ ?
वैदेशिक रोजगार भन्दै गर्दा हाम्रो मानसपटलमा आउने भारत वा खाडी मुलुक हुन् । तर हाम्रो मस्तिष्कले संसारका विकसित मुलुकमा जानुलाई वैदेशिक रोजगार मान्नको लागि तयार भने भएको छैन । कतार र क्यानडा जाने वा अरब र अमेरिका जानेहरूको बीचमा विभेद अहिले पनि हाम्रो समाजले गरिरहेको देखिन्छ ।
सामान्यता हामी वैदेशिक रोजगार भन्नाले विदेशमा काम गर्न जानु भन्ने बुझ्ने गरेका छौँ । खाडी मुलुकमा हामीले बगाएको पसिनालाई हामी बाध्यता बुझ्दछौँ भने विकसित मुलुकमा बगाएको पसिनालाई रहरको तुलोमा जोख्दछौँ । जुन गलत हो । त्यसो त अहिले विश्व बजारमा अन्तर्राष्ट्रिय जनशक्तिको खपत व्यापकरूपमा भइरहेको पाइन्छ । नेपालको अर्थतन्त्र पनि रेमिट्यान्सले धानेको छ ।
अहिले परिस्थिति जतिसुकै अराजकजस्तो देखिए पनि चिजहरू ठीक हुँदै जानेछन् । विदेशमा रहेकाहरू भविष्यमा फर्कन लागेका छन् र के गर्दै छन् थाहा छ ? एउटा कम्पनी सुरु गर्नुहोस् वा जागिर खोज्नुहोस्, जुन तपाईंले अहिले गर्न सक्नुहुन्छ । जब तिनीहरू फिर्ता आउँछन् तब तपाईँ नेता हुनुहुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया