आध्यात्मिक साधना के हो र किन ?
काठमाडौं । आध्यात्मिक साधनामा लाग्ने हामीमध्ये प्रत्येकले सर्वप्रथम आफैँलाई प्रश्न गर्नुपर्दछ कि ‘म को हुँ ?’, ‘मेरो कर्तव्य के होे ?’, ‘यस संसारमा जन्म लिएर खाने–लाउने अनि सांसारिक सुख–सुविधा उपभोग गर्ने, यति मात्र हो त मेरो कर्तव्य ?’, ‘यतिको लागि मात्र हो त मैले यस संसारमा जन्म लिएको ?’ यी प्रश्नहरूलाई आफ्नो हृदयको केन्द्रविन्दुमा राखेर आत्मचिन्तन र परमात्मा चिन्तनमार्फत त्यसको उत्तर खोजी गर्नु नै आध्यात्मिक साधना हो ।
दुःखका साथ भन्नुपर्छ कि आज हामी जुन भौतिक संसारमा बाँचिरहेका छौँ त्यसप्रतिको अत्यधिक मोह र त्यसप्रतिको अत्यधिक लालसाले गर्दा हामीले आफ्नो वास्तविक मानवीय स्वरूप भुलिरहेका छौँ । आफ्नो मानवीय स्वरूप बिर्सेर हामी शरीर नै म हुँ र म नै शरीर हुँ भन्ने भ्रममा रुमल्लिरहेका छौँ । र यही भ्रमको कारण हामी यस नाशवान् भौतिक शरीरको सुख सुविधा र विलासिताको मात्र पछि लागेर आफ्नो जीवनको बहुमूल्य समय नष्ट गर्न पुग्दछौँ । र कुन दिन मृत्युले टपक्क टिपेर लैजान्छ सकियो ।
त्यति मात्र होइन, यही भौतिक सुख सुविधाको अत्यधिक लालसाले गर्दा समाजमा हत्या, हिंसा र अपराधजन्य घटनाहरू वृद्धि भइरहेको हामी पाउँछौँ । जब मानिसले भौतिक सुख सुविधाको मात्र अत्यधिक लालसा राख्दछ तब ऊ यसको प्राप्तिको लागि कुनै पनि गलत कर्म गर्न पछि हट्दैन र यसैको परिणामस्वरूप समाजमा हिंसा र अपराधजनक घटनाहरू वृद्धि हुन पुग्दछन् । त्यसैले समाजलाई यस्ता आपराधिक गतिविधिहरूबाट मुक्त राख्न आध्यात्मिक ज्ञानकै आवश्यकता पर्दछ । किनकि आध्यात्मिक ज्ञान वा चेतनाबाट नै कुनै पनि व्यक्तिलाई यस्ता गलत कर्महरूबाट टाढा रहने प्रेरणा प्राप्त हुन्छ । भौतिक प्रगति गर्नु हुन्न भन्ने होइन । हामीलाई आफ्नो दैनिक–पारिवारिक जीवन सञ्चालन गर्न, समाजमा मर्यादित जीवन व्यतीत गर्न भौतिक स्रोत साधन अवश्य पनि चाहिन्छ । तर त्यस्तो भौतिक स्रोत साधन सत्कर्म र सत्मार्गद्वारा प्राप्त गरी त्यसको केही अंश मानव हित र सेवामा लगाउन हामीलाई आध्यात्मिक ज्ञान र चेतनाको पनि उत्तिकै आवश्यक पर्दछ ।
हुन त कतिपय मानिसहरूको के धारणा रहेको पाइन्छ भने यो धर्म, आध्यात्ममा लाग्ने भनेको त उमेर ढल्केपछि पो गर्ने हो त । उमेर छँदै पनि यतातिर लागिरहन्छ कोही ? यो त समयको बर्बादी मात्रै हो । यो सोचाइ सही होइन । किनकि आध्यात्मिक साधनामा लाग्नु भनेको उमेर छँदा जे मन लाग्यो त्यही गरेर हिँड्ने अनि उमेर ढल्केपछि आफ्नो पाप मोचनका लागि मन्दिर चाहार्दै हिँड्नेजस्तो होइन । आध्यात्मिक साधनामा लाग्नु भनेको आफू, आफ्नो घर–परिवार र समाजको सकारात्मक रूपान्तरणको लागि सत्मार्गको अवलम्बन गर्ने हो, सत्कार्य गर्ने हो । त्यसैले समाजको सकारात्मक रूपान्तरणको लागि के बालबालिका, के युवा, के महिला, के वृद्ध सबैले आध्यात्मिक मार्गमा लाग्नु आवश्यक छ, जरुरी छ । बालबालिकाहरू भोलिका कर्णधार भएकाले उनीहरूमा असल चरित्रको जग बसाल्न आध्यात्मिक साधनाको आवश्यक छ । वास्तवमा बालबालिकाहरू भनेका कुमालेको हातमा रहेको काँचो माटोजस्तै हुन्, अभिभावकहरूले जस्तो संस्कार सिकायो उनीहरू त्यस्तै बन्छन् ।
त्यस्तै युवाहरूमा रहेको ऊर्जा र क्षमतालाई सही मार्गमा लगाउन र उनीहरूलाई कुलत र कुसंगतबाट टाढा राख्न आध्यात्मिक मार्गमा लगाउनु पर्दछ । युवाशक्ति भनेको पनि नदीको भेलजस्तै हो । नदीको प्रवाहलाई सहीरूपमा उपयोग गर्न सकियो भने त्यसलाई सिँचाइमा उपयोग गर्न सकिन्छ र त्यसबाट विद्युत् शक्ति पनि निकाल्न पनि सकिन्छ । अन्यथा त्यसले बाढी पहिरोको समस्या निम्त्याई उल्टो जनधनको ठूलो क्षेति पु¥याउन पनि सक्तछ । त्यसैगरी वृद्धवृद्धाहरूलाई परिवार, समाजको अग्रजको रूपमा मान्छौँ हामी । उहाँहरूले आफ्नो जीवनकालमा हासिल गरेको ज्ञान र अनुभवलाई समाजको परम्परागत मूल्य मान्यता र संस्कृतिलाई संरक्षण सवद्र्धन गर्दै समाजलाई सही र सकारात्मक दिशातर्फ अग्रसर गराउन उहाँहरूले आध्यात्मिक साधनामा लाग्नु आवश्यक छ । महिलाहरूको पनि घर व्यवहार सञ्चालन र बालबच्चाको पालन पोषण गरी उनीहरूलाई एउटा कुशल र योग्य नागरिक बनाउनमा महत्वपूर्ण भूमिका रहने भएको हुँदा महिलाहरूले पनि आध्यात्मिक साधनामा लाग्नु त्यत्ति नै आवश्यकता हुन्छ । त्यसैले समाजमा रहेका सबै उमेर, लिंग र वर्गका व्यक्तहरूले आध्यात्मिक साधनामा लाग्नु आवश्यक छ र जरुरी छ ।
अन्त्यमा हामीले अवलम्बन गर्ने आध्यात्मिक साधनाको मुख्य आधार भनेको सकारात्मक चिन्तन र आफूप्रतिको अटल विश्वास नै हो । यिनै कुराहरूले हामीलाई आध्यात्मिक मार्गमा निरन्तर लाग्न अभिप्रेरित गर्दछ । र आध्यात्मिक मार्गमा निरन्तर लागेर नै हामी समाजको सकारात्मक रूपान्तरणमा योगदान पु-याउन सक्तछौँ । समाजको सकारात्मक रूपान्तरणको लागि सबैभन्दा पहिले त आफ्नै मनको रूपान्तरण गर्नु आवश्यक छ र मनको रूपान्तरणको लागि पनि हामीलाई आध्यात्मिक साधनाकै आवश्यकता पर्दछ । सँगसँगै हामीले के पनि बुझ्न आवश्यक छ भने मनको रूपान्तरण गर्नु भनेको मनमा उठेका सबै इच्छा आकांक्षाहरूलाई दमन गर्नुपर्छ अथवा दबाउनुपर्छ भन्ने होइन । मन त विचारको प्रमुख स्रोत हो, मुहान हो । मनमा राम्रो विचार पनि उत्पन्न हुन्छ र नराम्रो विचार पनि उत्पन्न हुन्छ । वास्तवमा मनमा उठेको राम्रो विचारलाई कार्यान्वयनमा ल्याउनु र नराम्रो विचारलाई रोक्नु अथवा संयमतापूर्वक नियन्त्रण गर्नु नै मनको रूपान्तरण हो । र मनको रूपान्तरण पनि आध्यात्मिक साधनाबाटै सम्भव हुन्छ ।
यही कुरालाई मनन गरेर हामी यदि आध्यात्मिक मार्गमा निरन्तर लागिरहन सक्यौँ र तदनुरूप हामीले आफ्नो दैनिक आचरणमा सुधार गर्दै लान सक्यौँ भने अवश्य पनि यसबाट प्राप्त ज्ञान उपयोग गरी हामी आफ्, आप्mनो घर–परिवार र समाजको सकारात्मक रूपान्तरणमा महत्वपूर्ण योगदान पु-याउन सक्नेछौँ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया